Showing posts with label भूमे पर्व. Show all posts
Showing posts with label भूमे पर्व. Show all posts

Monday, June 17, 2019

टुँडिखेलमा भूमे पर्वको रौनक


टुँडिखेलमा भूमे पर्वको रौनक
अन्नपूर्ण, समाज,  ०१ असार २०७६ २०:०६:००
काठमाडौं : मगर समुदायले आइतबार उनीहरुको विशेष पर्व भूमे मनाएका छन्। राजधानीको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमकबीच भूमे पर्व मनाएका हुन्। 
यो पर्वको अवसरमा मगर समुदायले प्रकृतिको विशेष पूजा गर्ने गर्छन्। एक महिनासम्म मनाइने यो पर्वको आइतबार विशेष दिन हो। 
मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र मगरको पहिचान झल्किने पोशाकमा सजिएका थिए। टुँडिखेलमा महिला गुन्यौँ चोली, पटुका र पछ्यौरामा सजिएका थिए। मगर समुदायका पुरुष फेटा, ढाका टोपीसँगै कम्बरमा खुकुरी भिरेर नाचिरहेका थिए। सुनिता डंगोलले कैद गरेका तस्बिर  :












Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...