Showing posts with label मगर. Show all posts
Showing posts with label मगर. Show all posts

Monday, September 02, 2024

दलितलाई खै ?

 दलितलाई खै ?

सञ्जीव कार्की

भदौ १६, २०८१ आइतबार ९:२५:५१

माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको, दारी पालेको यामानको भीमकाय शरीर भएको एउटा मान्छे संन्यासी जस्तो पनि देखिन्छ। उसले जिउभरी फलामे सिक्रीले हातखुट्टा र शरीर बाँधेर प्रदर्शन गरिरहेको छ। एउटा ब्यानरमा लेखिएको हुन्छ, ‘दलितलाई खै ?’

कहिलेकाहीँ ऊ भिडले घेरिन्छ। कहिले एक्लै पनि उभिइ रहेको हुन्छ एउटा प्रश्न बोकेर दलितलाई खै ? ऊ धेरै आक्रोशित पनि बन्दैन जति बन्नुपर्ने हो ? उसले कहिल्यै संविधानभन्दा बाहिरको कुरा गरेको छैन। संविधान मान्दिन र च्यात्छु भनेको पनि छैन। कसैलाई अपशब्द बोलेर ललकारेको पनि छैन तर ऊ निरन्तर बोलिरहेछ दलितलाई खै ? प्रश्नको झटारो हानिरहेको छ। दलितलाई खै

 प्रायः विद्रोहहरू र विद्रोहीहरूको भाषा अलि खरो र रूखो हुन्छ। दलितको भाषालाई पनि आममान्छेले आवेग र विद्रोहको भाषाको रूपमा विश्लेषण र मूल्यांकन गर्ने गर्छन्। दलित चेतना विश्लेषणको मापदण्डको रूपमा दलितले प्रयोग गर्ने भाषालाई तीतो तीखो, सोझो झर्रा हुन्छ भनेर कलेज र विश्वविद्यालयतिर पढाइन्छ। यसको कारण हो दलित जे बोल्छ जे भन्छ जे लेख्छ त्यो उसको अनुभूतिले गर्छ। निषेध, बञ्चितीकरण पीडा अपमान, अवरोधका बीच बाँच्न अभ्यस्त मान्छेहरूको सामूहिक र सामुदयिक विशेषता हो ठेट भाषामा ठेट प्रस्तुति। तर, खगेन्द्र सुनार त्यस्तो विद्रोही हो जसको भाषामा खरोपनभन्दा भद्रपन बढी छ, आवेगभन्दा विवेकको कुरा ज्यादा छ, निराशाभन्दा आशाका कुरा धेरै छ। खगेन्द्र आजसम्म आँधीको रूपमा देखिएको छैन तर उस भित्रको चेतनाले कतै यो आँधी अगाडिको सन्नाटा हो कि भन्ने भान पनि दिन थालेको छ।

खगेन्द्र दलितको एउटा बिम्ब बनेर उभिएको कुरालाई आम मान्छेले विशेषगरी दलितले र मानवता पक्षधरले चासोपूर्वक देशविदेशबाट हेरिरहेका छन्, जसको पुष्टि पर्खन आजको डिजिटल दुनियाँमा हप्तौं, महिनौं र वर्षौं पर्खिनु पर्दैन। खगेन्द्रको साङ्लो बेरिएको तस्बिरमा देखिने। लाइक, क्रियाप्रतिक्रियाको बाढीले पलभरमा नै प्रतिबिम्बित गरिरहेको छ। 

आजको दुनियाँ डाइरेक्ट डेमोक्रेसीमा विश्वास गर्छ त्यो भनेको सामाजिक सञ्जाल र मिडियाहरू हुन्।

सामाजिक सञ्जाल कसैको मुठी र पञ्जाभित्र नभएको कारण त्यहाँ अभिव्यन्जित यथार्थले समाजको ऐना प्रस्तुत गर्दछ। सो ऐनाबाट हेर्दा खगेन्द्रको प्रश्न ‘दलितलाई खै ? ले सामाजिक वैद्यता क्रमशः फराकिलो बनाउँदै गैरहेको छ। गैरदलितहरू पनि दलितमाथिको विगतदेखिको लामो अत्याचार, अन्याय, निषेध र प्रतिशोध अब गर्न नहुने पक्षमा छन्। विगतका भूल र त्रुटि सच्याएर मानवताको प्रबद्र्धनको पक्षमा देखिएका छन्। जसको उदाहरण साउन २५ मा पशुपति परिसरमा भएको कोटीहोममा धार्मिक सत्ताले कृष्ण दमाईको व्यासान र डा. मित्र परियारको २८ गतेको कोटीहोम याग्यशालामा वैचारिक प्रत्याक्रमणलाई सहजै पचाएको दृष्टान्तबाट बुझ्न सकिन्छ।

खगेन्द्र सुनारले लगाएको चार पाँच केजी फलामको साङ्लोको बोझभन्दा धेरै बोझ सरकार र दलित मैत्री नबन्ने पार्टी संस्था र व्यक्तिहरूलाई भएको छ। तथापि आजसम्म सरकार उनको माग र मुद्दाबारे मुखर भएर बोलेको सुनिएको छैन। उनको आन्दोलनलाई लिएर व्यक्ति केन्द्रित र एउटा व्यक्तिको हिरोइज्म भनेर पनि सुनिन आएको छ। खगेन्द्रले बोकेको मुद्दा मानवताको मुद्दा हो कि होइन ? खगेन्द्रले बोकेको मुद्दामा ६० लाख दलितको आत्मसम्मान, पहुँच, प्रतिनिधित्व र राज्यमा सबैको हिस्सेदारीको माग छ कि छैन ? खगेन्द्रले बोकेको मुद्दामा अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणा पत्र सन् १९४८ आकर्षित हुन्छ कि हुँदैन ? आमदलितको उत्पीडन मुक्ति रक्षा र संरक्षणको भाव छ कि छैन ? यदि छ भने को व्यक्ति र कसको अगुवाइभन्दा पनि विषय, मुद्दा र सरोकार विशेष पक्ष हुन्। खगेन्द्रले चलाएको शान्तिपूर्ण र भद्र आन्दोलन आम न्यायप्रेमी सामाजिक र नैतिक समतामूलक न्यायका हितैषी सबैको सरोकारको मुद्दा हो। सबैभन्दा ठूलो कुरा मानवताको मुद्दा हो। मानवताको मुद्दामा पक्षधरता मात्रै हुन्छ। सानो स्वार्थ नीहित उद्देश्य छुद्र तरिका र विषय मात्र त्याज्य हुन्छन्। अन्य विषयमा आन्दोलनका लागि निमन्त्रणा र विशेष आग्रह आवश्यक हुन्न सार्वजनिक अपिल र जानकारी काफी हुन्छ। उनी आफ्ना लागि होइन, मानव मर्यादाको माग लिएर उभिएका हुन्।

मानव मर्यादा आम मान्छेको विषय हो। दलितको विषय, दलितमा पनि खगेन्द्रको विषय, कुनै एक अमुक समूहको भनेर यसलाई अन्डरस्टिमेट गर्नु कदाचित राम्रो होइन। गैरदलित समुदायका लागि आफ्ना पूर्वजले जानअन्जानमा गरेका अपराध र पापको प्रायश्चित गरेर सच्चिने र गलत प्रथा, संस्कार र परम्परा इरेज गरेर मानवीय मर्यादा र मानवाधिकारको पक्षमा उभिएर उत्पीडक वर्ग हुनुको कलंक पुछ्ने अवसर हो। यसर्थ यो आन्दोलन गैरदलितको झन् धेरै हो।

दलित गैरदलित सबै मिलेर खगेन्द्रले माग गरेको संविधान प्रद्धत अधिकार प्राप्तिको लडाइँलाई साथ दिन कन्जुस्याइँ गरेर षड्यन्त्र गरेर बस्ने छैनन्। मुद्दा व्यक्तिको पार्टीको र प्रायोजित होइन समुदायको हो। दलित समुदायको सम्मान पहुँच, मर्यादा, समता स्वतन्त्रता र अधिकारको पक्षकै माग छन्। राम्रो काम जसले गरे नि हुन्छ। असल कामको अनुशरण जसको गरे पनि हुन्छ। राम्रो वृक्ष जसले रोपे पनि त्यसको फल सबैको लागि हो।

आरनबाट फर्केपछि गाईको गहुँत र सुनपानीले छर्केर चोख्खिने चेतनाले कसरी लेख्छ : आरनको इतिहास, मान्छेको मर्यादा ? कसरी बुझ्छ ः सीपको अर्थ र सामथ्र्यको सीमा ? तपाईको दृष्टिकोणमै खोट छ, महोदय! कतिपल्ट उधार्नुहुन्छ यो छाती कति चलाउनुहुन्छ छुरा हाम्रो मुटुमा, हाम्रो संवेदनामा! डा. नवराज लम्सालका यी हरफमा प्रतिबिम्बित भए जस्तै दलितको संवेदना र मर्ममा छुरा चलाउनेहरूलाई एउटा कालो ब्यानरमा दलितलाई खै ? भन्ने प्रश्नले पत्थरमा घन बजारे झैं भएको छ। यामानको घनले खगेन्द्रले केन्द्रको मुटुमा ठोकिरहेका छन्। शान्तिपूर्ण तरिकाले प्रश्न गर्नु नजायज हो ? कमजोरी हो

६० लाख मान्छेको आत्मसम्मान र अधिकार प्रतिस्थापन गर भन्नु खगेन्द्रको अपराध हो ? संविधानले प्रत्याभूत गरेका अधिकार देऊ भन्नु खगेन्द्रको पाप हो ? संविधान रूपी चेक बाउन्स गरेर दलितलाई भुलाउनु छक्याउनु र धोका दिनु राज्य सत्ताको चरित्र भएको छ। त्यसविरुद्ध दलित आन्दोलन फेरि जुर्मुराएको छ। जोसमनी सन्त परम्पराका प्रभावकारी व्यक्ति सन्त शशिधरको समय पृथ्वीनारायणकालीन समयमा विशेष रूपमा उठेको जोसमनी सम्प्रदायको वैचारिक आधार अत्यन्तै प्रगतिशील देखिन्छ।

जातपात, छुवाछूत र मूर्तिपूजा नमान्ने, महिलालाई पनि दीक्षित गरिने, आदि यस सम्प्रदायका विशेषता हुन्। साथै रक्सीमासु खानेलाई निषेध नगर्ने। गुरुङ, मगर, राई, लिम्बु, बाहुन, क्षेत्रीमात्र नभएर कथित तल्लो जातका व्यक्तिसमेत यस सम्प्रदायमा दीक्षित भएका थिए। सोही आन्दोलनको विरासत अनेकन दलित नेताहरूले बोक्दै आए र अनेक राजनैतिक आन्दोलनमा दलित समुदायको सहभागिता रह्यो। दलित समस्या बहुआयामिक छ यसको समस्या समाधानका उपाय एक छैनन् अनेक छन् तसर्थ अनेक कोण र आयामबाट यसको समाधानमा लाग्नु उपयुक्त देखिन्छ।

पछिल्लो चरणको राजनीतिक आन्दोलन २०५२ को जनयुद्ध सुरु भएदेखि २०६२/६३ को परिवर्तनसम्म आइपुग्दा झन्डै १४ सय दलितले जीवन उत्सर्ग गरेर आफ्नो हकको ग्यारेन्टी संविधानमा गराउन सफल भएका हुन्। अहिले हलचल मच्चिने गरी राजनीतिक नेतृत्व गर्न खगेन्द्र तम्सिएका छन्। यद्यपि खगेन्द्र यो संविधानलाई मानेर नै यहीं भित्रबाट सामधान खोज्ने पक्षमा छन्। 

 

Saturday, August 10, 2024

नेपालका मगर जाति

 नेपालका मगर जाति

श्रोतः https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने एक मूलबासी भूमिपुत्र हो। मूलको प्रकृति पुजक जाति हो।[१] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुमप्युठानरोल्पापाल्पानवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जातनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। मगर जातिको मुख्य थरहरू थापा, राना, आले, रखाल,पुन, रोका, घर्ती, बुढा ..भएपनि १६५0 भन्दा धेरै उपथरहरू मगर जातिमा पाइन्छ। खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो। नेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ। सहयोगी मिलनसार, सोझो, इमानदार, साहसी मगरहरू सम्बन्धि रजौटाको काल देखि प्रचलित एउटा उखानै छ "दुःख परे मगर गाँऊ तिर पस्नु"

बसोबास

सिन्धुली, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँचीरूपन्देहीकाठमाडौँरामेछाप, महोत्तरी, स्याङ्जा,  पाल्पानवलपरासीम्याग्दीबाग्लुङपर्वतडोल्पाहुम्लासुर्खेतधनकुटासिन्धुलीउदयपुर  संखुवासभागोर्खा, धादिङ लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन्। मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।

जनसङ्ख्या

वि. सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन्। वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% [[हिन्दु धर्म|हिन्दु]] धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>[http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf Central Bureau of Statistics (CBS) - Nepal]</ref>

यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए। [[लिम्बुवान]] युद्व हुदा लिम्बू सेनालाई पराजय पार्नेमा मगर सेनाको साहसलाई ठूलो भूमिका मानिन्छ। ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ। [[चित्र:Indigenous Magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरू मगर पहिरनमा]] ==प्रकार== मगर समुदाय भाषागत आधारमा चार प्रकारमा बाँडिएको छ। कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको [[खाम भाषा|मगर खाम]] बोल्ने मगर, डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू र पोईकेसहित। गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ। बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र आले हो। अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो। यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास रहेको छ। यिनै सात थरका मगरहरूका १६५० भन्दा धेरै उपथरहरू रहेका छन्। [[खस]] क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै। थापा, बुराथोकी/बुढाथोकी, राना, खड्का, घर्ति, खप्तरी, रोका, बुढा , लामिछाने, सिन्जाली, बराल, आदि
 <ref name="">http://www.magarsangh.org.np/</ref> =<nowiki>=इतिहास==

बाह्र मगरात राज्य र अठार मगरात राज्यमा दुई राजाहरू सबै राजाको राजा थिए र उनीहरूको राजवंशको नाम सेन/सेङ र खान/खाङ राजवंश थियो। समय बित्दै जाँदा, सेङ/सेन राजाहरू आफ्नो राज्य पाल्पाको पूर्व र दक्षिण दिशामा विस्तार गरे र खान राजाहरू भिरकोटको उत्तर र पूर्व तिर आफ्नो राज्य विस्तार गरे। पाल्पाका राजा हिन्दु धर्ममा परिवर्तन भएका पहिलो थिए र हिन्दु राजपूत राजा बने र भारतको सेन परिवारबाट उनको वंशको दाबी गरे। त्यसै गरी, भिरकोटका प्रमुख जो खान परिवारका थिए, धर्म परिवर्तन अस्वीकार गरे र एक शुद्ध मगर राजा बने। उनको नाम खान्चा खान थियो। दोस्रो राजकुमार जसको नाम मिन्चा खान थियो वा मगर भाषामा कान्छो राजा थियो, हिन्दु धर्ममा परिवर्तित भए। यस प्रकार, भिरकोटको दोस्रो राजकुमार एक हिन्दु राजपूत बने र उनको धार्मिक पुरोहितहरू उनलाई बाह्र मगरातको नुवाकोटको राजा बनाइयो। उनका जया खान, मिका खान, बिचित्रा खान, जगदेव खान र कुलमण्डन खान सन्तान थिए। यी राजाको समयदेखि, उनले खान आफ्नो परिवारको नाम जसले राजाको पद र अर्थ बोक्छ बदल्यो। भिरकोटका राजा खान्छा खानका सन्तानले हिन्दु धर्म स्वीकार गर्न अस्वीकार गरे र उनीहरूको आफ्नै जनजाति संस्कृति पालन गर्न सहमत भए, तर उनी आफ्ना सबै विषयहरू संग हिन्दु धर्म बाट यति प्रभावित भए कि सबै मगर जनजातिहरू आफ्नै जनजातिको शिक्षा लाई पछ्याउन छोडे। पुजारी र जन्म, विवाह र मृत्यु समारोह र हिन्दु धर्म मा रूपान्तरण को लागी बर्दाश्त गर्न सक्ने पाल्पा र भिरकोट को शान राजाहरू र खान राजाहरू को अदालत का अधिकारीहरू जो हिन्दु राजपूत बन्नुभयो र आफूलाई ठकुरीहरू लाई सम्मान गर्न को लागी हिन्दु पुजारीहरू को सिद्धान्त को पालन गरे। यस प्रकार, मगर राजाहरू र उनीहरूका अधिकारीहरू हिन्दु सभ्यता मा परिवर्तित भए।मगर गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर, धरानको बुढा सुब्बा मन्दिर र स्याang्जा जिल्लाको आलमदेवी मन्दिर (नेपालका पूर्व शाह राजाहरूकी आमा देवी वा पारिवारिक देवता) का मुख्य पुजारी हुन्। मनकामना मन्दिरमा, विशेष गरी, पुजारी संत लखन थापा मगर को वंशज हुनु पर्छ, जो राम शाह को एक आध्यात्मिक मार्गदर्शक को रूप मा वर्णित छ, र उनी रानी संग एक धेरै घनिष्ठ सम्बन्ध थियो, जो देवी दुर्गा भवानी को एक अवतार मानीयो। , पार्वती का एक अवतार। [13] त्यसै गरी, भीरकोट, गहराउकोट, खिलु ,्ग, नुवाकोट, सातहुकोट, सारणकोट, ढोर, लमजुung, गोरखा कालिका, सल्यानकोट धादि alsoमा सरु, बराल, सारु, सारु, पुलामी, चुमी, दारलामी, दूधराना, भुसाल/मस्की, सरु/मगर पुजारीहरू छन्। क्रमशः राणा मगर वंश [33]

चाखलाग्दो कुरा के छ भने, कालिका का मुख्य पुजारी, लमजुung र गोरखा को राज्य को रक्षा गर्ने देवी, बोहरा मगरहरू पनि थिए; यो नोट गर्न हड्ताल छ कि कसरी मगरहरू धार्मिक कार्यहरू का प्रभारी ठकुरी शक्ति का स्रोत बाट जोडिएको छ। [१३]

धर्म

मगर जाति प्रकृति पुजक हुन्, अधिकांश मगरहरू एक किसिमको तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन्, लामा गुरु पुरोहितको रूपमा हुन्छन्। धार्मिक पदानुक्रम गठन। बौद्ध धर्म दक्षिणी जिल्लाहरूमा पनि संस्कृतिको एक महत्वपूर्ण हिस्सा रहेको छ, जहाँ मगरहरू हिन्दु धर्मको एक समिश्रित रूप हो कि हिन्दु परम्पराहरू संग पहिले प्राकृत र बौद्ध अनुष्ठान को संयोजन गरीएको छ। प्रकृतिपूजक विश्वास प्रणाली को हिस्सा बनेको छ; उनकी धामी (विश्वास नीलो या एक प्रकार का जादूगर) को भनिन्छ र उनकी झाँकरी (विश्वास निको पार्ने वा शमन को एक अन्य प्रकार) मगरहरूको परम्परागत आध्यात्मिक र सामाजिक नेता थिए। [34] मगरहरूको पुरोहितलाई भुषाल/वापा भनिन्छ, जसले धार्मिक गतिविधिहरू गर्दछ, सामाजिक र कृषि सम्बन्धी चाडपर्वहरू को आयोजना गर्दछ, परम्परा र रीतिरिवाजहरूमा सुधार ल्याउँछ, सामाजिक र उत्पादन प्रणाली लाई सुदृढ बनाउँछ, संसाधनहरूको व्यवस्थापन गर्दछ, समस्या र विवादहरू लाई व्यवस्थित गर्दछ र मनोरन्जन को लागी गतिविधिहरू लाई व्यवस्थित गर्दछ र सामाजिक एकता कायम राख्दछ ।

भेष-भुषा‍‍

भुमिपुत्र, प्रकृति पुजक मगरहरू पुरुषहरूले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गर्छन्।

भाषा

आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्दछन्। भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ। तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ। आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन्।

लिपि

मगर जातिको आफ्नै लिपि रहेको छ जसलाई "अक्खारिक" लिपि भनिन्छ ।

संवत्

हरेक माघ १ गते बाट नयाँ मगर संवत् सुरु हुन्छ जसलाई मिनाम ल्हेसको रुपमा भव्यताको साथ मनाउने गर्दछन् ।

चाड पर्व

मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु मिनाम ल्हेस माघे सङ्क्रान्ति(चेली पुज्ने), चन्डी पूर्णिमा, भुमे/भुम्या/भूँयार, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरू पनि धुमधामले मनाउने गर्दछन्।

प्रमुख नाच

१. हुर्रा

हुल भनेको समुह हो । राहा भनेको आयो हो ।

पूर्व, धनकुटा, सुनसरी, मोरङ, झापा, उदयपुर

२. काट ओहोरा कानराहा-कौराह-कौरा

(तनहुँ पाल्पा, गोर्खा, स्याङ्जा, नवलपुर, नवलपरासी, चितवन, रुपन्देही)

३.जिवै मामा/ज्यो मारे

(रुकुम, रोल्पा, गुल्मी, स्याङ्जा, पाल्पा)

४. नचरा,

६..पैस्यारु, ५.टप्पा,६.मारुनी, ७.मयुर, ८.सारङ्ग्या, ९.हुर्रा,१०.पाङ्दुरे, ११.झाम्रे, १२.झपा,

७. रोदि, १४.जुयी, १५.वजाँरे ,

८ .डिग्रे, थकाने, फाक, झोल्यानि, नानिला, झाक्रि, (पुर्वी रुकुम)

दिवस तथा उत्सव

मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद लखन थापा मगर स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक अरुण थापा स्मृति दिवस साथै फागुन १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ।

Saturday, January 27, 2024

किरातको इतिहास : को हुन् किरात राई ?

 किरातको इतिहास : को हुन् किरात राई ?

डा. भक्त राई, लोकपाटी न्यूज ६ माघ २०७६, सोमबार

किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिमन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन्। किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन। जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ। ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन।

किरात जातिका बारेमा इमानसिंह चेम्जोङ भन्छन्, वर्तमान समयमा लिम्बू र राई मात्र किराती भनी प्रख्यात भएको भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, नेवार, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे कोचे, धिमाल, थारू, दनुवारसमेत किरात हुन्। यसैगरी, नेपालबाहिर आसामका ताई र भियतनामी जाति, फिलिपाइनका खम्बोज जाति र युनानी चिनिया जाति पनि किरात हुन्।

यसै क्रममा अर्का अनुसन्धानदाता डोरबहादुर विष्टका अनुसार किरातका सन्तानहरूमा आफ्नो मातृभाषाका रूपमा तिब्बत बर्मेली भाषाहरू बोल्ने राई, लिम्बू, सुनुवार, जिरेल, कोयू, गुरुङ, मगर, थकाली, मेचेकोचे र काठमाडाैका पहिलेका नेवारहरू हुन्।

तुलसी दिवसका अनुसार धिमाल जाति आफूलाई किराती मान्दछन्। ईसापूर्व १००० वर्षभन्दा धेरै पहिले भारतीय उपमहाद्वीपको उत्तरी र पूर्वी हिमालय क्षेत्रमा आएर बसेका किरातीहरूको एक शाखा धिमालहरू पर्दछन्। किरातका बारेमा हर्षबहादुर बुढामगर भन्छन्, ‘हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर, गुरुङ, लिम्बू तामाङ, चेपाङ, नेवार आदि किरातहरू हुन्। रामकुमार पाँडेका अनुसार किरातहरू लिम्बू, राई, सुनुवार, नेवार, मगर, कुमाले, तामाङ, गुरुङ, भोटे, थारू, याख्खाका रूपमा विकास भएका हुन्।

यसैगरी, किरातभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक अनुसन्धाताहरूले अर्काथरी धारणाहरू पनि सार्वजनिक गर्दै आएका छन्। यिनीहरूमध्ये ऐडेन मान्सिटाइका अनुसार खास अर्थमा राईहरू मात्र किराती हुन्। सही रूपमा यसको प्रयोग (खुम्बू) राईहरूका लागि मात्र हुनुपर्दछ। जर्ज ग्रियर्सनको भनाइ अनुसार याख्खा र लिम्बूहरूलाई प्रायजसो किराती भनिँदैन।

यसरी हेर्दा के देखिन्छ भने एकथरी विद्वान्हरूले खम्बू अर्थात् राईलाई मात्र किराँती भन्ने गरेको देखिन्छ भने अर्काथरि विद्वान्हरूले किरातीभित्र अन्य जातिहरू पनि पर्दछन् भन्ने धारणा व्यक्त गरेका छन्। वस्तुतः किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

यसरी किरात राई जातिभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषयमा लामो समयदेखि नै विभिन्न किसिमका फरक–फरक धारणाहरू आइरहेका छन्। तापनि, हाल आएर राई, लिम्बू, सुनुवार र याख्खा जातिले आफू किरात भएको स्वीकार गरेका छन्। त्यसैले, वर्तमान समयमा किराती भन्नाले यिनै चार जातिहरू राई, लिम्बू, सुुनुवार र याख्खालाई बुझ्ने गरिन्छ। यिनै चार जातिमध्ये राई जाति किरातको प्रमुख जातीय सम्प्रदाय हो। प्रस्तुत आलेखमा यिनै राई जातिको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ।

जनसंख्या तथा बसोबास क्षेत्र

मूल रूपमा पूर्वी नेपालको पहाडी जिल्लाहरूमा छरिएर बसोबास गर्ने किरात राईहरू हाल आएर नेपालका पूर्वी तराईका जिल्लाहरू खासगरी झापा, मोरङ, सुनसरी, उदयपुर तथा काठमाडांै उपत्यकामा समेत बसोबास गर्दछन्। वैदेशिक रोजगारीका क्रममा खास गरेर ब्रिटिस सेनामा कार्यरत किरात राई जातिका कतिपय मानिसहरू बेलायत, हङकङ, बु्रनाई तथा अमेरिकामा समेत बसोबास गर्न थालेका छन्। यसका साथै छिमेकी राष्ट्र भारतका सिक्किम, पश्चिम बंगाल, अरुणाचल, उत्तर प्रदेश तथा भुटानमा समेत किरात राईहरूको बसोबास पाइन्छ।

यिनीहरूको वास्तविक तथ्यांक नआउनुमा जनसंख्या संकलन गर्ने क्रममा गणकलाई जात लेखाउँदा ‘राई’ नेलेखाई थर (पाछा) लेखाएको देखिन्छ। जस्तै, राईको सट्टामा बान्तवा, साम्पाङ, कुलुङ, थुलङ, चाम्लिङ आदि। यसैगरी, जनसंख्या गणकहरूलाई उचित तालिम र सामग्री उपलब्ध नगराइनु तथा गणकहरूको अनुगमन नहुनाले वैज्ञानिक तरिकाले जनसंख्या गणना हुन नसेककाले पनि किरात राईहरूको वास्तविक जनसंख्या तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ।

थर तथा उपथर (पाछा)

किरात राई जातिभित्र विभिन्न थर तथा उपथर (पाछाहरू) रहेका छन्। किरात राई जातिमा सुरुमा दसथरी राई मात्र थियो भन्ने भनाइ रहेको पाइन्छ। किराती राई जातिमा थरहरूका बारेमा जनकलाल शर्मा भन्छन्, ‘किरात जातिमा भएका दसथरी राईहरू हुन्, १. आठपहरे २. बान्तवा राई ३. चाम्लिङ ४. कुलुङ ५. लोहरुङ ६. नेवाहाङ ७. नेपाली ८. साङपाङ ९. थुलुङ र १०. चौरसिया।’ यसरी हेर्दा के प्रस्ट हुन्छ भने यिनै राईका पुराना थरहरूबाट विभाजित हुँदै टुक्रिँदै र फैलिँदै जाँदा अनगिन्ती थर तथा उपथरहरू देखिँदै आएका छन्, जुन अद्यापि कायमै छ।

यसरी किरात राई जातिमा जातका रूपमा राई र थरका रूपमा साम्पाङ, कुलुङ, थुलुङ, बाम्बुले, खालिङ, नाछिरिङ, दुमी, कोयु, फमा, याम्फू, मेवाहाङ, आठपहरिया, लिङखिम, फाङदुवानी, बेल्हारे, लम्बिछोङ, चाम्लिङ, बाहिङ, बान्तवाजस्ता विभिन्न थरहरू रहेका छन् भने यी थरभित्र पनि आ–आफ्नै पाछा रहेका हुन्छन्। जस्तै, साम्पाङ थरभित्र मालु, बाली, राना, हिराङ आदि। त्यसैगरी, बान्तवाभित्र माङपाङ, मुकारुङ, छाङछा, इसारा आदि अनेकौं पाछाहरू रहेका छन्। यसरी किरात राई जातिको थरअनुसारको आ–आफ्नै भाषा समेत छ।

भाषिक अवस्था

किरात राई जातिका विभिन्न थरहरूको आ–आफ्नै प्रकारका भाषा छन्। कतिपयका भाषा लोप भइसकेका छन् भने कतिपयको लोपोन्मुख अवस्थामा पुगेका छन्। सरकारी एकल भाषिक नीति, बसाइँसराइ मिश्रित सामाजिक संरचना, अन्तरजातीय तथा अन्तरथरीय विवाह, आर्थिक विपन्नता, अन्तर्राष्ट्रिय प्रभाव आदिका कारण अधिकांश राईहरूको भाषिक अवस्था लोपोन्मुख अवस्थामा पुगको देखिन्छ। कतिपय राईहरू जस्तै बाहिङ, कोयू, हायू, याम्फू, याम्फे, छिलिङ, लोहारुङ, मेहवाङ आदि थरी राईका भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको देखिन्छ।

यसरी किरात राईहरूको जनसंख्या वृद्धिसँगै बसाइँसराइ हुने क्रममा ठाउँअनुसारको संस्कार, संस्कृति र भाषिकाहरूको विकास भई भाषिक विविधता भएको देखिन्छ। वर्तमान परिस्थितिमा नेपालको अवस्था यहाँसम्म आइपुग्दा भने कतिपय किरात राई भाषीहरूले आफ्नो भाषामा पाठ्यपुस्तक, पत्रपत्रिका तथा साहित्यिक रचनाहरू समेत प्रकाशन गर्न थालेका देखिन्छन्। तर, अधिकांश राई भाषाभाषीहरू लोप हुने खतराको नजिक पुगिसकेका छन्।

(लेखक त्रिविविबाट राई जातिका प्रचलित लोकगीतमा विद्यावारिधि हुन्।)

 

Monday, April 18, 2022

मगर जातिको राजनीतिक विरासत

 

मगर जातिको राजनीतिक विरासत

राजकुमार दिक्पाल

२०७६ फागुन ११ गते १२:४५ मा प्रकाशित

https://www.onlinekhabar.com/2020/02/838887 

परिस्थिति कस्तो आयो भने काजी अभिमानसिंह रानाले करवीर पाँडेलाई काट्नुपर्ने भयो । कोतमा जम्मा भएका भारदारहरुमध्ये त्योबेला शक्तिमा रहेकी राजा राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मीले यी काजीलाई काट्ने आदेश दिइन् । रानीको आदेश अनुसार उनका पि्रय काजी गगनसिंहका कथित हत्यारा वीरकेशर पाँडेलाई तत्कालै काट्नुपर्ने भयो, अभिमानसिंह रानाले ।

वि.सं. १९०३ साल भदौ ३ गते तत्कालीन शक्तिशाली काजी (मन्त्री) गगनसिंहको रहस्यमय हत्या भयो । हत्यारा पत्ता लगाउन भारदारहरुलाई कोतमा जम्मा हुन बिगुल फुकाएर आदेश दिइयो । तर, अभिमानसिंह राजाको कायलनामाको लालमोहर आएपछि मात्र यस्तो काम गर्न सकिने भन्दै बीरकेशरलाई काट्नबाट हच्किए ।

अवस्था बडो उत्तेजक बन्दै थियो । तत्कालीन मूलकाजी अर्थात् प्रधानमन्त्री फत्यजंग शाह पनि कोतमा झिकाइए । उनले रानीलाई सक्दो सम्झाए । रानी आफैं तरबार निकालेर वीरकेशर पाँडेको टाउको काट्न तम्सिइन् । त्योबेला फत्यजंग, दलभञ्जन र अभिमानसिंहहरुले मुस्किलले रानीलाई सम्झाएर माथि उनको आसनमा पुर्‍याए ।

कोतको यस्तो भय त्रास देखेर काजी अभिमानसिंह राना आफू बच्न मातहतका फौजी जवानसँग के मिसिन आएका थिए, उनलाई पाले जवानले रोकिहाल्यो । जंगबहादुरको इशारा पाएका अर्का फौजी जवान युद्धवीर अधिकारीले अभिमानसिंहको छातीमा सङ्गीन प्रहार गरे । अभिमानसिंह ढल्दै गर्दा उनले रहस्योद्घान गर्दै ‘गगनसिंहलाई मार्ने जंगे हो’ भनी चिच्याएको इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः२३४-२३५) मा पढ्न पाइन्छ ।

एउटा ठूलो ब्यूहरचनामा आयोजित कोतपर्वमा अभिमानसिंह रानाले गगनसिंहको हत्यारा भनी जसको नाम लिए, त्यो सुनिदिने कसले ?

यसरी कोतपर्वमा अभिमानसिंह राना मगरले अन्तिम सास फेरेसँगै मगरहरुको तत्कालीन राज्यसत्तासित रहेको पुरानो उच्चस्तरीय राजनीतिक विरासतको पनि अन्त्य भयो ।

फत्यजंगको नेतृत्वमा रहेको मन्त्रिमण्डलमा तीन पल्टनसहित अभिमानसिंह एक मन्त्री थिए । त्योबेला फत्यजंगसँग तीन पल्टन र गगनसिंहसँग सात पल्टन रहेको थियो (उहीः १८९) ।

मगरको पुरानो विरासत

इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः६) पढ्दा के थाहा हुन्छ भने नेपालको पूर्वराजवंशका पुर्खा जैन खानका सन्तान पाँच ठकुराईमा बाँडिदा उनीहरु मगरहरुको बस्तीमा बसे । त्यसमा पनि द्रब्य शाहले वि.सं. १६१६ तिर गोर्खामा राज्य बसाले ।

आचार्य (२०६१ः१२) अनुसार राम शाहको पालादेखि गोर्खाका मगरहरु प्रगतिमा चढ्न थाले । यिनैका समयमा सिद्ध लखन थापा मगरले मनकामनालाई पुण्यस्थल बनाइदिए । हुन त द्रब्य शाहको पालामा गंगाराम रानालाई न्याय विभागको अधिकारी बनाइएको थियो । आचार्य (२०६१ः१२६) लाई पढ्दा पृथ्वीनारायण शाहको बनारस यात्रामा जसिवन्त राना, देवु रानाजस्ता भारदारहरु पनि सहभागी थिए भन्ने थाहा हुन्छ ।

तर, द्रब्य शाहको समयभन्दा साढे चार सय वर्षअघि नै मगरहरुको आफ्नो ठाउँमा महत्वपूर्ण राजनीतिक विरासत रहेको लिखित प्रमाण पाइन्छ ।

धनबज्र बज्राचार्य र महेशराज पन्तहरुलाई पाद टिप्पणीमा राख्दै इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुपण’ (२०५५ः१२५-१२६)मा उल्लेख गरेअनुसार वि.सं. ११५७ मा पश्चिम नेपालमा पाइएको झान्टेश्वर महादेव स्थानमा ‘सोहव राने’ भन्ने नाम र थर पाइएको छ । उक्त ताम्रपत्रमा ‘मग्वरविषय’ शब्द परेको र त्यहाँ उल्लेख भएमध्ये एक सोहव राने पनि भएकाले ती सोहव राने एक जना महत्वपूर्व मगर ब्यक्तित्व थिए भन्ने प्रमाण मिल्छ ।

ताम्रपत्रमा ‘इदा भावो धक्नप र सोहव राने’ उल्लेख भएकाले पाञ्चाली गुठियारमध्ये पहिलो भावो वा भाओ उपनाम भएका धनीमानी ब्यक्ति थिए । दोस्रा स्थानीय व्यक्ति र तेस्रा राना मगर देखिन्छन् । नेपालले यो ताम्रपत्रमा ‘मग्वरविषय’ भन्ने उल्लेख भएबाट पश्चिम नेपालको गण्डकीप्रदेशको मगरातमा झण्टेश्वर स्थान थियो भन्न सकिने आधार प्रकट गरेका हुन् । यसले मगर जातिसम्बन्ध यो पुरानो लिखत ऐतिहासिक महत्वको थियो भन्ने प्रमाण निक्कै बलियो भएर आउँछ ।

पृथ्वीनारायण शाहले स्वीकारेको ‘मगरात’

बाबुराम आचार्य र योगी नरहरिनाथबाट सम्पादन भएको ‘बडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश’ (२०६१ः२८-५९) पढ्दा थाहा हुन्छ, पृथ्वीनारायण शाहले ‘मगरात’ स्वीकार गरेको तथ्य । यहाँ पृथ्वीनारायणले मगरातको राजा आफू नै भएको बताएका छन् ।

यो उपदेश उनले नुवाकोट दरबारमा आफ्ना ददा (बाल्यकालदेखि स्याहार गर्ने मानिस) सुरथसिंह रानालाई पनि साक्षी राखेर दिएका थिए । यसअनुसार पशुपतिनाथ लगायत विभिन्न तीर्थस्थलको दर्शन गरी गोरखनाथको पनि दर्शन गर्ने उद्देश्यले गोर्खा पुगेका आफ्ना मामा पाल्पाली युवराज उद्योत सेनसँग पृथ्वीनारायण शाहले आफू ‘नेपालको राजा’ हुने मनसुवा ब्यक्त गरे ।

पृथ्वीनारायण शाहले गोर्खाका पाँडे, बस्नेत, पन्त र मगरका सन्तानलाई उनीहरु मरेपछि उनीहरुको सन्तानलाई महत्वपूर्ण जिम्मेवारी दिनु र उनीहरुले ज्यान जाने नै गरी विराम गरेका भए पनि नमार्नु र कठिनतम लडाइँमा पठाउनु भन्ने उपदेश दिएका थिए

डोला लिन मकवानपुर पुगेर रित्तो हात चन्द्रागिरि पहाड हुँदै गोर्खा र्फकदै गर्दा पृथ्वीनारायण शाहले नेपाल राज्य -काठमाडौ उपत्यका) देखेर यस राज्यतर्फ आँखा लगाइसकेका थिए । यहीँ सन्दर्भ उनले मामा उद्योग सेनसँग निकाले ।

मामाचाहिँले उनीसँग के कस्तो सेना छन् भन्ने जिज्ञासा राख्दा उनले आफूसँग बाहुन, खस, मगर र ठकुरी सेना रहेको जाहेर गरे । त्यसपछि मामाले ‘बाहुनको सवार भन्याको वयेल (गोरु) हो. पातक् लाग्छ, ठकुरिको सवार सिंघ हो पछाडि दगा हुन्छ. मग्रको सवार भन्याको टागन् घोडा हो. ढिलो हुन्छ. षसको सवार ताजि तुर्की घोडा हो. षसको सवार गरे चा होला..’ भन्ने सल्लाह दिए ।

यसमा मगरलाई ढिलो जाति भनिएको छ । यो सन्दर्भ नरभुपाल शाहको समयमा पनि आउँछ । यसबारे फेरि उल्लेख गरिनेछ ।

गोर्खामा पृथ्वीनारायण शाहले ६ थर घर निर्धारण गर्दा अर्ज्याल, खनाल, पाँडे, पन्त, बोहरा र राना मगरलाई तोकेका थिए । उनको यहीँ परम्पराको निरन्तरता अनुसार काजी अभिमानसिंह राना कोतपर्वताका उच्च पदीय हैसियतमा रहेका थिए ।

पृथ्वीनारायण शाहले गोर्खाका पाँडे, बस्नेत, पन्त र मगरका सन्तानलाई उनीहरु मरेपछि उनीहरुको सन्तानलाई महत्वपूर्ण जिम्मेवारी दिनु र उनीहरुले ज्यान जाने नै गरी विराम गरेका भए पनि नमार्नु र कठिनतम लडाइँमा पठाउनु भन्ने उपदेश दिएका थिए ।

नुनका सोझाहरु

पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा आफू राजा भएको एक वर्षपछि अर्थात् वि.सं. १८०० मा कान्तिपुर अधिनस्थ नुवाकोट आक्रमणका लागि विराज थापा मगर र गौरेश्वर पन्थलाई खटाए । तर, उनीहरु विना उपलब्धी गोर्खा र्फके । तर, दोस्रो पटक नुवाकोट आक्रमणमा पृथ्वीनारायण शाहलाई सफलता मिल्यो ।

पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २१ (कात्तिक, २०२९ः२७) पढ्दा देवु राना, जसवन्त राना, नरकेशर थापा ग्रान्जी, नरबीर आले, सक्रजीत थापा, सुगेत राना, मानसिंह आले, रुद्रदेव थापा पुलामी लगायत धेरै मगर सैन्य नुवाकोट आक्रमणमा खटिएको पाइन्छ ।

यता गोर्खातिरबाट पृथ्वीनारायण शाहले प्रशस्त मगरसमेत सम्मिलित सेनाबाट नुवाकोट आक्रमण गरे । उता नरभुपाल शाहको समयका गोर्खाली काजी जयन्त राना भने गोर्खाबाट पलायन भइ कान्तिपुर अधीनस्थ नुवाकोटका उमराव भइ बसेका थिए ।

इतिहास शिरोमणि बाबुराम आचार्यको पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ -२०६१ः७४) अनुसार आफ्नो राज्यकालमा केवल एकपटक नरभूपाल शाहले नुवाकोट आक्रमण गर्ने योजना बनाए । यो योजनालाई तत्कालीन मन्त्री महेश्वर पन्थले समर्थन जनाए ।

त्योबेला सिन्धुपाल्चोक र नुवाकोटमा मगरहरुको आवाद बढिरहेको थियो । उनीहरु कान्तिपुरका राजालाई समेत नटर्ने हुँदा उनीहरुलाई काबुमा राख्न पलाञ्चोकका बगाले थापा क्षेत्रीमध्येका काशीराम थापालाई नुवाकोटको उमराव बनाइराखिएको थियो ।

नरभुपाल शाहको आदेशअनुसार काजी महेश्वर पन्थ र सरदार जयन्त रानाको सेनानायकत्वमा नुवाकोट आक्रमण गरियो । तर गोरखाली पक्षको हार भयो । यो हारपछि हतारिँदै गोर्खा र्फकेर हारको कारण मगरहरुमा रहेको सुस्ती हो भन्ने पोल महेश्वर पन्थले नरभुपालसमक्ष लगाउन भ्याइहाले । जयन्त गोर्खा पुग्न नभ्याउँदै उनले पदच्यूति पाएपछि उनी गोर्खाबाट पलायन भई नुवाकोटको दक्षिण पूर्वमा रहेको कोटगाउँमा घरबास गरी बस्न लागे । पछि उनी नुवाकोटको उमराव बने ।

आचार्य (२०६१ः१६५-१६७)अनुसार पृथ्वीनारायणले पूर्वगोरखाली सरदार जयन्तलाई बोलाउन आफ्ना मानिस पठाए । तर जयन्तले पृथ्वीनारायण शाहलाई ‘हुन त म हजुरकै चाकर हुँ । तर, जयप्रकाश मल्लको नुन खाइहालेँ, नुनको गुन छाडेर आउन सक्दिनँ’ भन्ने सन्देश पठाए । यस्तो सन्देश पठाएर गोरखालीसँग भिड्न उनी थप सैनिक बलका लागि कान्तिपुरका राजा जयप्रकाश मल्ललाई गुहार्न पुगे ।

महामण्डलमा उनका छोरा शङ्खमणि सेनानायकत्व गरी बसेका थिए । गोरखालीको आक्रमण भयो । शङ्खमणि पृथ्वीनारायण शाहका भाई दलमर्दन शाहको तरबार प्रहारबाट मारिए । यसरी वि.सं. १८०१ असोज १५ गते नुवाकोट गोर्खाको अधीनस्थ बन्यो ।

त्यसपछि पुत्रवियोगबाटसमेत शोकविह्वल अवस्थाका जयन्त बेलकोटमा बस्न थाले । उनको सैन्य शिविरमा पृथ्वीनारायण शाहले धावा बोले । उनी आफै डोलीमा चढी आक्रमणका निमित्त अघि सरे । तर, गोरखाली पक्षको ठूलो क्षति हुँदा युद्धमैदानबाट पृथ्वीनारायण शाह र्फकने तयारीमा थिए । त्यसैबेला कालु पाँडे प्रशस्त सैन्यशक्ति लिएर युद्ध मैदानमा पुगे । उनीहरुले जयन्तलाई पक्रिएर ल्याए, अनि जिउँदै छाला काढेर उनको प्राण लिए ।

यदि पृथ्वीनाराण शाहले बोलाउँदा उनी गोरखाली पक्षमा मिसिएका भए उनले यस्तो कठोर मृत्युवरण गर्न पर्दैनथ्यो नै, सम्भवतः उनले चाहेअनुसारको लाभ पनि पाउँथे । तर, उनले इमान्दारीपूर्वक नुनको सोझो गरे, अनि छोरो गुमाउँदै शत्रुपक्षबाट जिउँदै छाला काढिएर बलिदान भए ।

नरभुपाल शाहकै समयमा मगर भारदारहरुमध्ये लोहारी राना र जसबु राना सक्रिय रहेको देखिन्छ । गोरखाको मान्बु गाउँका रामु घलेलाई नरभुपाल शाहले जग्गा जमीनसम्बन्धी अधिकार दिदा बसेका नौ गोरखाली साक्षीमध्ये यी दुई मगर भारदार पनि सहभागी भएका थिए ।

वि.सं. १७९६ जेष्ठ बदी रोज १ मा जारी गरिएको यो ताम्रपत्रको छायाँप्रति घले परिवारका सन्तान सिर्जना घलेमार्फत यो लेखकलाई प्राप्त भएको हो । ताम्रपत्रमा लोहारी र जसबु राना मगरको नामसँगै शिवराम बस्नेत (शिवरामसिंह बस्न्यात) को पनि नाम उल्लेख छ । नेपाली इतिहासमा बीरका रुपमा चर्चित अभिमानसिंह बस्नेत शिवरामका सन्तान हुन् ।

मगर काजी, जो काटिए

गोर्खा दरबारदेखिनै पुरानो राजनीतिक विरासत बोकेका मगर काजीहरुमध्ये नाम चलेका काजीहरु भने कालगतिले मर्न पाएको देखिँदैन । नेपाली इतिहासको असाध्यै सन्काहा राजा रणबहादुर शाहको समयमा कोपभाजनमा परी नाम चलेका भारदारहरु मारिँदा केही मगर पनि परे ।

ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः४८-४९)अनुसार दरबारमा रणबहादुर शाहकी माहिली महारानी सुवर्णप्रभा शक्तिशाली हुँदा कीर्तिमानसिंह बस्नेत मूलकाजी थिए । यिनलाई महारानीसँग करणी विराउने बात लाग्यो । बस्नेत राति दरबारबाट निस्केर हात्तीसारको बाटो हुँदै घर गइरहेको बेला वि.सं. १८५८ असोज ६ वदीमा निरकञ्जन खवास र सामदत्त शाहीले काटिदिए । हत्याराहरु भागे ।

सुवर्णप्रभाले भारदारी सभा बोलाइन् । चौतारियाहरु शेरबहादुर शाही र बम शाहले कीर्तिमानसिंहको हत्याबारे प्रश्न उठाए, तर कोही चुइक्क बोल्न सकेका थिएनन् । हत्याको षडयन्त्रमा शंकाको घेरामा रहेका चौतारियाहरु श्रीकृष्ण शाह, विदुर शाही, काजी दामोदर पाँडेलाई बचाइयो । रणजीत पाँडे, रणकेशर पाँडे, गर्भु खवास इन्द्रसिंह खवास काटिए ।

यस प्रकरणमा तीनजना मगर भारदारहरु पनि मुछिए । तीमध्ये सरदार प्रतिमन रानालाई काटेर मारियो । देवदत्त थापा मगरको आँखा झिकियो भने प्रवल राना फलामको पिँजडामा कैद गरिए ।

यीमध्ये काजी देवदत्त थापा मगर र प्रतिमन राना वि.सं. १८४६ पछि भएको नेपालविरुद्ध भोट र चीन मिलेर लडेको युद्धपछि भएको सन्धिअनुसार सौगात लिएर चीनको राजधानी पुग्ने नेपाली दूत मण्डलको नेतृत्व गरेका थिए भन्ने पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २४ (श्रावण, २०३०ः३) पढ्दा थाहा हुन्छ ।

यसअनुसार यी दुई मगरले नेपालको अन्तराष्ट्रिय सम्बन्ध विस्तारको प्रारम्भिक चरणमा नेपाली राजदूतको पनि भूमिका निभाएका थिए भन्ने बुझ्न सकिन्छ । यस मुखपत्रको यसै सङ्ख्याको पृष्ठ २ नियाल्दा तिब्बत र चीनविरुद्ध नेपालको युद्ध हुँदा सरदार प्रबल राना र भास्कर रानाले केरुङमा लडेका थिए ।

ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः५६-५७) अनुसार पछि देश जोगाउने प्रबल राना भने आफ्नो ज्यान बचाउनका लागि देश छाडी भाग्न विवस भए । नेपाली इतिहासका महासन्काहा राजा रणबहादुर शाह काशीबासपछि नेपाल र्फकदा उनलाई स्वागत गर्न दामोदर पाँडेका साथ लागेर उनी थानकोट पुगेका थिए । उनी दामोदरसँगै समातिएर भद्रकालीमा थुनामा राखिए । उनले दामोदरसँग राति भाग्ने सल्लाह गरे, तर दामोदर भाग्न मानेनन् । उनी भने झाडापिसाव गर्ने निहुँले भागी सिमापार भइ गोरखपुर पुगेर ज्यान बचाए ।

दरबारमा महारानी राजेन्द्रलक्ष्मी र उनका देवर राजकुमार बहादुर शाहबीच शक्ति सङ्घर्ष हुँदा राजेन्द्रलक्ष्मीबाट मूलकाजीमा नियुक्त सर्वजीत रानाले पनि काटिएर अकालगतिमा मृत्यूवरण गर्नु परेको थियो । ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः१९-२०)अनुसार गुरु गजराज मिश्रको अनुरोधमा त्यसबेला थुनामा रहेका बहादुर शाह बन्धनमुक्त भए पनि उनी अधिकारविहीन थिए । त्यतिबेलै काजी सर्वजीतसँग रानी सल्केकी छन् भन्ने गाईगुई चल्यो । वि.सं. १८३५ भदौमा बहादुर शाहले आफ्ना काका दलजीत शाह र भारदार श्रीहर्ष पन्थसमेतको सहयोगमा आठपहरियाहरुलाई दरबार घेर्न लगाई यसै आरोपमा राजेन्द्रलक्ष्मीलाई चाँदीका नेल ठोकेर थुनामा राखे भने काजी सर्वजीत र उनका अनुयायीलाई कुमारीघरको छिँडीमा लगी कटाई दिए । यसपछि बहादुर शाह सर्वेसर्वा भए ।

पृथ्वीनारायण शाहको भारदारहरुलाई नमार्नु, मार्नैपर्ने गल्ती गरेका रहेछन् भने पनि उनीहरुलाई कठीन खालको लडाईमा पठाइदिनुभन्ने नीति थियो । तर, बहादुर शाहले आफ्ना पिताको कैयौं नीति अपनाएको देखिए पनि भारदारहत्यामा उनी चुकेको देखिन्छन् । उनले काजी सर्वजीत रानालाई जस्तै काजी स्वरुपसिंह कार्कीलाई पनि कटाएको इतिहास पाइन्छ ।

सशस्त्र विद्रोहमा मगर

माओवादी जनयुद्धमा मगरको उल्लेख्य सङ्ख्यामा सहभागिता हुनु र यसको मुख्य आधार इलाका रोल्पा, रुकुमजस्ता मगरात इलाका हुनुले सायद मगरहरुले पनि आफ्ना आदिविद्रोही लखन थापाको विरासतको सम्झना गर्दै उनले जस्तै निरङ्कुशताविरुद्ध हतियार उठाउने आँट गरे होलान्

कोतपर्वको पहिलो शिकार हुनपुगेका काजी अभिमानसिंह रानाले सङ्गीनले आफ्नो छाती छेडिएपछि मर्नेबेलामा जसरी ‘गगनसिंहको हत्यारा जंगे हो’ भनी चिच्याए, त्यसको ३० वर्षपछि तत्कालीन निरङ्कुश शासक जंगबहादुर र उनको सत्तालाई हाँक दिन अर्का एक जना मगर लखन थापा -दोस्रा)ले आँट गरे । उनले खुला रुपमा जंगबहादुरको नाम लिएरै उनीविरुद्धको युद्धको आन्तरिक तयारी पनि थालेका थिए ।

रेग्मी रिसर्च सेरिजको वर्ष १२ अङ्क ५ -डिसेम्बर १९८०ः७२-७५) पढ्दा लखनले जंगबहादुरको हत्या गर्न जयसिंह चुमी मगरलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिएको थाहा हुन्छ ।

त्यसबेला लखनले आठ क्युविक चौडा र १६ क्युविक उचाइको पर्खालले घरिएको किल्लाजस्तो घर पनि बनाएका थिए । उनलाई वि.सं. १९३२ फागुन २६ गते ढाल र तरबारले सुसज्जित भोटे सेनाले पनि साथ दिएका थिए । उनले उपेन्द्र विक्रम शाहलाई राजा बनाउने र आफू दोस्रो ब्यक्ति अर्थात् प्रधानमन्त्री हुने अनि तार्कु र मनाङबेसीमा जंगबहादुरको हत्या गर्ने तयारी गरेका थिए । त्यो काम फत्ते गर्न नसकिए तिब्बतमा सहयोग माग्न जाने पनि तयारी गरेका थिए ।

राणाकालीन माहिला गुरुज्यू हेमराज पाण्डेले लेखेको अनुमान गरिएको ‘नेपाल देशको इतिहास’ मा लखनलाई लक्षित गर्दै ‘गोरखाका इलाकामा लखन थापाको अवतार हुँ भनी एउटा लुच्चो मगरले..’ भनी उल्लेख गरिएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (वैशाख २०३१ः१५-१६) मा पाइन्छ ।

तर, त्यहीँनेर उल्लेख भएअनुसार पहिलो लखन थापाले जस्तै यहीँ पूजा गरिदिन्छु भनी पाँचतले घर बनाई गाउँगाउँबाट मनकामनाको पूजा गर्न दोस्रा लखन थापाको घरमा आउँदा यता मनकामनामा पूजा गर्न समेत मानिसहरुले छाडे भन्ने छ । यसबाट के स्पष्ट हुन्छ भने लखन लुच्चो होइन त्यसबेला लोकपि्रय थिए ।

जंगबहादुरका छोरा पद्मजंग राणाले गोर्खाको गल्ली र सडकमा एउटा जोगीको भेष धरेर जनता लुट्ने, अर्ध पागल, देशद्रोही र विप्लपकारी भनी लखन थापाको निन्दा गरेको ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४ः२८४-२८५)मा पढ्न पाइन्छ । तर, उनैले लखन थापाले १५ सयको सङ्ख्यामा अर्थात् १५ कम्पनी सैन्य बनाउन सफल भएको पनि उल्लेख गरेका छन् । पद्मजंगको भाषालाई विश्वास गर्ने हो भने कथित ‘एउटा अर्धपागल र लुटेरा’ ले यतिको सङ्ख्यामा सैन्य शक्ति बनाउन सम्भव छ ?

यसरी लखन थापालेे जहानियाँ शासनका सुरुवात, जातिभेदी मूलुकी ऐन निर्माण एवम् साम्राज्यवादी शक्तिको चाकरी गरी तत्कालीन नेपाली जनताको खुन पसिना चुस्ने तत्कालीन शासक जंगबहादुरविरुद्ध हुङ्कार गर्दा आफ्ना केही सहकर्मीसँगै वि.सं. १९३३ फागुन २ गते बलिदान हुनुपर्‍यो । जंगबहादुरले देवीदत्त पल्टन परिचालन गरेर लखन र उनका सहयोगीहरुलाई पक्राउ गरी थापाथली दरबारमा झिकाई मृत्यूदण्डको फैसला गरेका थिए ।

लखनले यसरी ब्यवस्थित रुपमा विद्रोह गर्दा सम्भवतः अघि उनका मगर पुर्खाहरुले स्थापित गरेको राजनीतिक विरासतको पनि सम्झना गरे होलान्, जुन विरासत जंगबहादुरको एकलौटीकरणपछि समाप्त भयो ।

माओवादी जनयुद्धमा मगरको उल्लेख्य सङ्ख्यामा सहभागिता हुनु र यसको मुख्य आधार इलाका रोल्पा, रुकुमजस्ता मगरात इलाका हुनुले सायद मगरहरुले पनि आफ्ना आदिविद्रोही लखन थापाको विरासतको सम्झना गर्दै उनले जस्तै निरङ्कुशताविरुद्ध हतियार उठाउने आँट गरे होलान् ।

 

 

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...