नेपाली वास्तुकला र तिनका विशेषता
वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने मन्दिरहरूलाई निम्न तीन प्रकारमा विभक्त गर्न सकिन्छ । प्यागोडा शैली (छाने शैली) हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने उद्देश्यबाट मन्दिर वास्तुकलाका नमुनाका रूपमा निर्माण गरिएका हुन्छन् । यस्तो प्रयोजनका लागी विभिन्न स्वरूपका मन्दिरहरू निर्माण गर्ने चलन छ जसमध्ये प्रमुख नेपाली प्यागोडा शैली एक हो । प्यागोडा शैलीका मन्दिरहरू त्यस्ता मन्दिर हुन् जसमा अनेकन तल्ला हुने गर्दछन् भने यिनमा एकपछि अर्को गरी तह–तह परेका अनेकन संख्यामा छानाहरू पनि हुने गर्दछन् । तसर्थ यस्ता मन्दिरहरूलाई Multiple roofed temple or Tiered Temple पनि भनिएको पाइन्छ ।
प्यागोडा शैलीका मन्दिरहरूका विशेषताहरू
१) मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू
२) विशेष प्रकारको गर्भगृह
३) तहतह परेको छानो
४) टुँडाल र तोरणको प्रयोग
५) इँटा र काठको रुचिपूर्ण संयोजन
६) मन्दिरबीचको भाग खोक्रो छाड्नु
७) तल्ले शैलीका मन्दिरहरू ज्यादै अलङ्कृत हुने ।
प्यागोडा शैलीमा निर्माण भएका नेपालका केही मन्दिरहरू निम्नानुसार छन ।
१) पशुपतिनाथ मन्दिर
शिखर शैली
शिखर शैलीका मन्दिरहरू विभिन्न स्वरूप र प्रकारका हुन सक्दछन् । सुलुत्त परेर माथि चुलिंँदै गएका झलक्क हेर्दा खरजस्तो देखिने छाना नभएका मन्दिरको सम्पूर्ण रचना नै चुलिनाले गुम्वज जस्तो बनेको घामपानीबाट भित्र सुरक्षित हुने किसिमको निर्माणलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । बाहिर वरिपरि प्रदक्षिणापथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ । भारतमा गुप्त राजवंशीहरूको पालामा यस किसिमका मन्दिर बनाइन्थे ।
गुप्तहरूका समकालीन लिच्छवि राजाहरूको पालामा यस किसिमका मन्दिर बनेको पाइँदैन । तर मल्लकालमा सत्रौँ, अठारौँ शताब्दीमा यस्ता मन्दिरहरू निक्कै बने । यस किसिमका मन्दिरहरू प्रस्तरका टुक्राहरूलाई लेपले जोडेर बनाइन्छ भने इँट निर्मित मन्दिरहरूमा बाहिरबाट बज्रलेप गरी झरीबतास आदिबाट सुरक्षित गर्ने गरेको देखिन्छ । यस शैलीका मन्दिरहरू ब्रह्मा मन्दिर, पाटनको श्रीकृष्ण मन्दिर, पाटनको महाबौद्ध मन्दिर हुन् । यो शैलीको मन्दिरहरू मुख्य गरी नागर, द्रविड र वेशर प्रकारका हुन्छन् ।
शिखर शैलीका विशेषताहरू
१) सामान्यतया विभिन्न तहका पेटीमाथि शिखर मन्दिर स्थापना गर्नु ।
२) मन्दिरअगाडि एउटामात्र मण्डप निर्माण गर्नु ।
३) प्रदक्षिणापथको व्यवस्था गर्नु ।
४) बत्ती बाल्ने दियाहरू राख्नु ।
५) गर्भगृहमा मन्दिरका मूल देवताको प्रतिमा स्थापना गर्नु ।
६) धेरै तलाहरू निर्माण नगर्नु ।
७) मन्दिरमा छानाको आवश्यकता महसुस नगरी शिखरलाई नै छानाको रूपमा प्रयोग गर्नु ।
८) शिखर उँभोतिर सानो हुँदै गएको बनाउनु ।
९) विभिन्न रथहरूको प्रयोग गर्नु ।
१०) उरुश्रृङ्गको प्रयोग गर्नु ।
११) त्रिरथ, पञ्च रथ र सप्त रथको कल्पना गर्नु ।
१२) आमलक, छत्र र गजुरको प्रयोग गर्नु ।
शिखर शैलीबाट
बनेका केही मन्दिरहरू
१) पशुपतिको प्राङ्गणको ब्रह्मा मन्दिर
२) पाटनको महाबौद्ध मन्दिर
३) पाटनको कृष्णमन्दिर
४) भक्तपुरको
वत्सलादेवी मन्दिर
५) स्वयंभूको
प्रतापपुर र अनन्तपुर
६) पाटनको
च्यासिँदेग
७) पाटन शङ्खमूलको जगत् नारायण मन्दिर
८) ललितपुर बुङ्गमतीको मत्सेन्द्रनाथ मन्दिर
९) मिश्रित शैली
भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानुकुमारीले
वि.स. १८९५ मा निमार्ण कार्य सुरु गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी
मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो । राजपुत शैली र मुगल शैली अर्थात शिखर र
गुम्बज शैलीको विशिष्ट मिश्रित स्वरूप हो ।
नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छः वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला ।