Showing posts with label सुर्खेत. Show all posts
Showing posts with label सुर्खेत. Show all posts

Sunday, May 30, 2021

थारु जातिको शोधग्रन्थ

 

जातिको शोधग्रन्थ

उदयराज आले

काठमाण्डु टुडे, २०७४ कार्तिक २७ गते ८:५५ मा प्रकाशित


काठमाण्डु, २७ कात्तिक– दाङको गढवा गाउँपालिका– ६ निवासी उदयराज आलेले सात वर्ष लगाएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन गरि Tharu: A Revelation, Saga of Struggle and Survival शोधग्रन्थ तयार गरेका छन् ।

उनले दाङ देउखुरीमा बसोवास गर्ने थारु जातिलाई केन्द्रित गरि बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, र कपिलवस्तु जिल्लामा बसोबास गरिरहेका थारु जातिको चिनारी, जीवनचक्र संस्कार जन्म, मृत्यु र विवाह, सामाजिक जीवन, भौतिक र अभौतिक संस्कृति, धर्म, परम्परा, पूजा, भाषा तथा लोकसाहित्य र थारु समुदायमा आइरहेको परिवर्तनलगायतका विषयवस्तु समावेश गरि पुस्तकमा उल्लेख गरेका छन् ।

उनले थारु जातिलाई दाङ जिल्लामा बसोबास गर्ने पहिलो जातिका रुपमा उल्लेख गरेका छन् । नेपालको पश्चिम तराई र भित्री तराईमा बसोवास गर्ने थारुको मूल थलो दाङ रहेको अध्येयता आलेले बताएका छन् । वर्षौ पहिले तराई क्षेत्रलाई खेतियोग्य भूमिमा परिणत गर्ने थारु जातिको आफ्नै भाषा, संस्कृति, कला, परम्परा र सामाजिक जीवनपद्धति रहेको छ । आधुनिकतामा प्रवेश गर्नु पूर्व थारु समाज व्यवस्थित र संगठितरुपमा सञ्चालित थियो । विशिष्ट चिनारी बोकेका थारु जातिको भाषिक विकास र सांस्कृतिक संरक्षणमा समयमै ध्यान पु¥याउन आवश्यक रहेको छ ।

अध्येयता आलेले थारु जातिको मौलिक संस्कृति, परम्परागत प्रथा गरधुरिया, सामाजिक संस्था खेल, भाषा तथा मौलिक भेषभुषा, जीवनशैली आदि परिवर्तन हुँदै गइरहेको उल्लेख गरेका छन् । आलेले थारु जातिको महत्वपूर्ण परम्परागत कला, सीप, मूल्य मान्यता, सामाजिक प्रथा र संस्था, भाषा र लोकसाहित्य संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभाव थारु जातिमा परिरहेकाले थारु जातिको मौलिक चिनारी जोगाउन राज्य र थारु जातिले ध्यान दिन आवश्यक छ ।

पुस्तकमा अध्येयता आले थारु जतिको विगत र वर्तमानलाई केलाउने प्रयास गरेका छन् ।
पुस्तक अङ्ग्रेजी भाषामा तयार गरिएकाले नेपालीलगायत विदेशी पाठकलाई उपयोगी हुने देखिन्छ ।
अध्येयता उदयराज आलेले यस पूर्व लोपोन्मुख आदिवासी कुसुण्डा जातिको अनुसन्धानात्मक पुस्तक ‘कुसुण्डा जाति र शब्दकोश’ प्रकाशन गरिसकेका छन् ।




Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...