Sunday, May 30, 2021

थारु जातिको शोधग्रन्थ

 

जातिको शोधग्रन्थ

उदयराज आले

काठमाण्डु टुडे, २०७४ कार्तिक २७ गते ८:५५ मा प्रकाशित


काठमाण्डु, २७ कात्तिक– दाङको गढवा गाउँपालिका– ६ निवासी उदयराज आलेले सात वर्ष लगाएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन गरि Tharu: A Revelation, Saga of Struggle and Survival शोधग्रन्थ तयार गरेका छन् ।

उनले दाङ देउखुरीमा बसोवास गर्ने थारु जातिलाई केन्द्रित गरि बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, र कपिलवस्तु जिल्लामा बसोबास गरिरहेका थारु जातिको चिनारी, जीवनचक्र संस्कार जन्म, मृत्यु र विवाह, सामाजिक जीवन, भौतिक र अभौतिक संस्कृति, धर्म, परम्परा, पूजा, भाषा तथा लोकसाहित्य र थारु समुदायमा आइरहेको परिवर्तनलगायतका विषयवस्तु समावेश गरि पुस्तकमा उल्लेख गरेका छन् ।

उनले थारु जातिलाई दाङ जिल्लामा बसोबास गर्ने पहिलो जातिका रुपमा उल्लेख गरेका छन् । नेपालको पश्चिम तराई र भित्री तराईमा बसोवास गर्ने थारुको मूल थलो दाङ रहेको अध्येयता आलेले बताएका छन् । वर्षौ पहिले तराई क्षेत्रलाई खेतियोग्य भूमिमा परिणत गर्ने थारु जातिको आफ्नै भाषा, संस्कृति, कला, परम्परा र सामाजिक जीवनपद्धति रहेको छ । आधुनिकतामा प्रवेश गर्नु पूर्व थारु समाज व्यवस्थित र संगठितरुपमा सञ्चालित थियो । विशिष्ट चिनारी बोकेका थारु जातिको भाषिक विकास र सांस्कृतिक संरक्षणमा समयमै ध्यान पु¥याउन आवश्यक रहेको छ ।

अध्येयता आलेले थारु जातिको मौलिक संस्कृति, परम्परागत प्रथा गरधुरिया, सामाजिक संस्था खेल, भाषा तथा मौलिक भेषभुषा, जीवनशैली आदि परिवर्तन हुँदै गइरहेको उल्लेख गरेका छन् । आलेले थारु जातिको महत्वपूर्ण परम्परागत कला, सीप, मूल्य मान्यता, सामाजिक प्रथा र संस्था, भाषा र लोकसाहित्य संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभाव थारु जातिमा परिरहेकाले थारु जातिको मौलिक चिनारी जोगाउन राज्य र थारु जातिले ध्यान दिन आवश्यक छ ।

पुस्तकमा अध्येयता आले थारु जतिको विगत र वर्तमानलाई केलाउने प्रयास गरेका छन् ।
पुस्तक अङ्ग्रेजी भाषामा तयार गरिएकाले नेपालीलगायत विदेशी पाठकलाई उपयोगी हुने देखिन्छ ।
अध्येयता उदयराज आलेले यस पूर्व लोपोन्मुख आदिवासी कुसुण्डा जातिको अनुसन्धानात्मक पुस्तक ‘कुसुण्डा जाति र शब्दकोश’ प्रकाशन गरिसकेका छन् ।




किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...