Showing posts with label ‘भोटे मेला’. Show all posts
Showing posts with label ‘भोटे मेला’. Show all posts

Sunday, July 17, 2022

२० वर्षपछि ‘भोटे मेला’

 २० वर्षपछि ‘भोटे मेला’ 

 दुर्गालाल केसी

https://saptahik.com.np/culture/2020/02/27/20200227133710

२० वर्षअघिसम्म भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे मेला चर्चित थियो ।

सडक र सहरको विकाससँगै भोटेहरु दाङतिर झर्न छोडे । मेला पनि हरायो । तर, अहिले तीनै भोटेहरुको सम्झनामा शुक्रबार भोटेमेला मनाइएको छ । शिवरात्रिको अवसर पारेर तुलसीपुर–७ स्थित कालाखोलामा आयोजना गरिएको मेलामा स्थानीयको उल्लेख्य सहभागिता थियो ।

इतिहास सम्झने प्रयास स्वरूप मेला आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । आगामी वर्षमा पनि यस्तो मेलाको आयोजना गर्ने योजना भएको तुलसीपुर–७ का वडा अध्यक्ष टोपबहादुर केसीले बताए । २०५६ सालदेखि उक्त मेला आयोजना भएको थिएन ।



https://saptahik.com.np/culture/2020/02/27/20200227133710

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...