Wednesday, October 16, 2019

लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो


लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो
भाद्र २६, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — भूकम्पका कारण क्षतिग्रस्त लिच्छविकालीन अनन्तलिङ्गेश्वर महादेव मन्दिर पुनर्निर्माण सकिएको छ सातौं शताब्दीमा नरेन्द्रदेवले प्यागोडा शैलीमा बनाएको लिच्छविकालीन मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो 
लिच्छविकालन प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण गर्दा गुम्बज शैलीमा बनाइएको थियो सोही गुम्बज शैलीको मन्दिर पनि ०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएको थियो

क्षतिग्रस्त मन्दिरलाई १९९० सालअघिकै शैलीमा पुनर्निर्माण गरिएको मन्दिर संरक्षण तथा विकास समिति अध्यक्ष शालिकराम न्यौपानेले बताए इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठको ‘अनन्तलिङ्गेश्वर’ पुस्तकमा १९९० सालको भूकम्प अघि अनन्तलिङ्गेश्वर मन्दिर नेपाली शैलीमा बनेको तीनतले थियो

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरका अनुसार यो पल्ट १ करोड ६३ लाख २९ हजार ६ सय ८८ लागतमा मान्दिर पुननिर्माण गरिएको हो करिब दुई वर्ष खर्चेर बनाइएको अनन्तलिङ्गेश्वर महादेव मन्दिरको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले संयुक्त रूपमा उद्घाटन गरे

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणको नाममा पुरातात्त्विक संरचनाको विनाश हुन नहुने बताए पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले लिच्छविकालीन मन्दिर मन्दिरवरपर निर्माण गर्न लागिएको गुरुयोजना सम्पन्न गर्न समन्वय, ऐक्यबद्धता आवश्यक भएको बताए

अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरका धेरै क्षेत्रहरू विश्व सम्पदामा सूचीकृत भएका र यहाँका महत्त्वपूर्ण धार्मिक स्थल भएकाले भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने बताएप्रकाशित : भाद्र २६, २०७६ ०७:३०


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...