Wednesday, October 16, 2019

मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर


मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर
भाद्र ३१, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — राजधानीको थापाथलिस्थित जंग हिरण्य हेमनारायण मन्दिरको पुनर्निर्माण रोकिएको छ मौलिक शैलीमा पुनर्निर्माण नभएपछि सरोकारवालाले मन्दिर निर्माणमा रोक लगाएका हुन् 
माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर राख्नुपर्ने भए पनि सामान्य गजुर मात्र राखिएको छ त्यस्तै तेस्रो तल्लाको चारै कुन्नामा राखिएको चार सिंह (मेघ, मल्ल, सिंह र सधुन) पनि सफा नगरी राखिएका छन्

मन्दिर मौलिक स्वरूपमा नबनाएकाले पुनर्निर्माणमा रोक लगाएको काठमाडौं महानगर–११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए ‘पुरातत्त्व विभागले निर्माण गरेको मन्दिरमा नागसहितको गजुर नराखी अर्कै गजुर राखिएकाल पुनर्निर्माणमा रोक लगाएको हो,’ उनले भने हाल विभागलाई मौलिक शैलीमा नै पुनर्निर्माण गर्न निर्देशन दिइएको उनले बताए

पुरानो मन्दिरको माथिल्लो भाग शिखर शैलीको थियो भने, अहिले उक्त भाग मण्डप शैलीतिर ढल्केको छ ती भाग पनि चर्किएको स्थानीयको भनाइ मन्दिर शिखर शैलीमै बनेको भए पनि आकारमा परिवर्तन आएकोे पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुँवर बताउँछन् मन्दिरको आकारमा परिवर्तन आएको स्थानीयको गुनासो तर आकारको अहिलेसम्मननापेको भनाइ

मन्दिरको काम बाँकी भएकाले रोकेको छ,’ उनले भने, ‘त्यसैले गजुर पनि राखिको छैन, हराएको भने होइन।’ मन्दिरको पुनर्निर्माण नसकिएकोले गजुर नराखेको उनको भनाइ करिब एक महिनापछि मन्दिरको काम सुरु हुने उनले बताए।२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएको थियो पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएपछि २०७३ सालमाठेक्का दिएको थियो

बीचमा निर्माण केही समय रोकिए पनि २०७५ मा सकाउने लक्ष्य लिइएको मन्दिर भने हालै मात्र निर्माण सम्पन्न भएको हो जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित वाग्मती किनारमा उक्त मन्दिर बनाएका थिए

उक्त कालमोचन घाटमा नै राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीनतल्ले ‘जगं हिरण्य हेमनारायण मन्दिर’ निर्माण गरेका थिए माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर तेस्रो तल्लाको चारै कुन्नामा चार सिंह राखी स्थापना गरिएको मन्दिर अगाडि भने जंगबहादुरकै पूर्णकदकोप्रतिमा रहेको छ

बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा उक्त मन्दिर निर्माण गरेका थिए करिब ३० रोपनी क्षेत्रफलमा निर्माण गरेको मन्दिर परिसरलाई कालमोचन घाट पनि भनिन्छ हेमनारायण मन्दिरको अगाडि राणा खानदानी किरिया बस्ने गर्दछन् त्यहाँ संन्यासी, उदासी र वैरागी गरी तीन अखडारहेका छन्प्रकाशित : भाद्र ३१, २०७६ ०७:३४


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...