मधेसमा चैते छठ
चैत्र २९, २०७५शब्द/तस्बिर: जितेन्द्र साह
विराटनगर — तराई-मधेसमा महिलाहरुले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैते (चैती) छठको समापन गरेका छन् । ब्रतालुहरुले बिहीबार साँझ अस्ताइरहेको सूर्यको आराधना गरेका थिए ।
असोज/कार्तिकको छठ जस्तै चैते छठमा पनि पहिलो दिन नुहाएर खाने -नहा खा), दोस्रो दिन साँझ घरमै पूजा -खरना), तेस्रो दिन साँझ र चौथो दिन बिहान पायक पर्ने जलाशय किनारमा पुगेर सूर्यलाई अर्घ्य दिइन्छ ।
दुई दिवसीय मुख्य धार्मिक अनुष्ठानको अगाडि जलाशय किनारमा घाट बनाइ दिपावली झैं केराको बोटले सिंगारेर दीयो बालिन्छ । घरदेखि नदी, खोला र पोखरी किनारसम्म लोक नृत्य, गीत तथा संगीतको रमझम हुन्छ ।
ठेकुवा, भुसुवा, खाजा, पुरी, गेडागुडी, उखु, नरिवल र मौसमी फलफूल एवं तरकारीलगायतकै शाकाहारी सामग्री चढाइन्छ । बहुसंख्यक ब्रतालुले वर्षमा एकपटक जाडोयाममा मात्र छठ मनाउने हुनाले चैते छठमा भीड कम हुन्छ । तर, बहुजातीय सहभागिताले गर्दा विस्तारै चैती छठ पनि लोकपि्रय हुँदै गएको र घाट भनिने जलासय किनारमा भक्तजन बढ्दै गएको देखिन्छ ।
प्रकाशित : kantipur, चैत्र २९, २०७५ ०९:५२