Showing posts with label Ebvironment. Show all posts
Showing posts with label Ebvironment. Show all posts

Thursday, June 13, 2019

डढेलोले हजार हेक्टर वनमा क्षति

डढेलोले हजार हेक्टर वनमा क्षति
चैत्र १७, २०७५भवानी भट्ट
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले ठूलो क्षेत्रमा क्षति पुर्‍याएको छ । डेढ सातादेखि निकुञ्जका विभिन्न भागमा लागेको डढेलोले साना बिरुवासँगै ठूला रूखमा समेत क्षति पुगेको हो ।
मालुमेला, बर्कौला र बाबाताल क्षेत्रमा डढेलो लागेको छ । सबैभन्दा बढी बर्कौला क्षेत्रमा नोक्सान पुर्‍याएको निकुञ्ज कार्यालयले जनायो । उक्त क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । ‘करिब हजार हेक्टरमा नोक्सान पुर्‍याएको छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, ‘एक सातादेखि लागेको डढेलो नियन्त्रण गर्न सकिएको छैन ।’
विगत वर्षमा वैशाख–जेठमा डढेलो लाग्ने गर्थ्यो । त्यसअघि निकुञ्जले नै डढेलो नियन्त्रणका लागि नियन्त्रित आगो लगाउने गर्थ्यो तर यसपटक चैतमै लाग्दा ठूलो क्षति भयो । डढेलोले ठूला वन्यजन्तुमा असर नपरे पनि साना भने धेरै मरेको अनुमान छ । २/३ दिनयता निकुञ्ज क्षेत्रमा धूवाँको मुस्लो देखिन थालेको छ ।
दिनभरि नियन्त्रणमा लागेर केही हुने भए पनि रातको समयमा पुनः बढ्ने हुँदा धेरै क्षति भएको चौधरीले बताए । ‘नियन्त्रण गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘दिनभरि नियन्त्रणमा खटिन्छौं तर ठूला मुढामा रहेको आगो निभ्दैन, राति त्यसैले ठूलो रूप लिन्छ ।’ उनका अनुसार सुकेको घाँसले डढेलोको जोखिम बढाएको छ ।
यतिबेला सफारीको मुख्य समय हो । जंगल सफारी गर्ने बाटो वरपर बाबाताल, रानीताल र बर्कौला क्षेत्रमा डढेलोले साना बिरुवा र पोथ्रा जलाएर कुरूप बनेको छ । वन्यजन्तुसमेत जोखिममा रहेको चौधरीको भनाइ छ । निकुञ्ज किनारका बासिन्दाले वन्यजन्तु
आफ्नो खेतबारीमा आउने रिसले र गाईबस्तु चरनका लागि नयाँ घाँस पलाउने भन्दै बस्ती किनारका वनमा आगो लगाउने गर्छन् । त्यही आगोले डढेलोको रूप लिएर वन क्षेत्र सखाप भएको हो । प्रकाशित : kantipur, चैत्र १७, २०७५ ०८:४९

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...