डढेलोले हजार हेक्टर वनमा क्षति
चैत्र १७, २०७५भवानी भट्ट
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले ठूलो क्षेत्रमा क्षति पुर्याएको छ । डेढ सातादेखि निकुञ्जका विभिन्न भागमा लागेको डढेलोले साना बिरुवासँगै ठूला रूखमा समेत क्षति पुगेको हो ।
मालुमेला, बर्कौला र बाबाताल क्षेत्रमा डढेलो लागेको छ । सबैभन्दा बढी बर्कौला क्षेत्रमा नोक्सान पुर्याएको निकुञ्ज कार्यालयले जनायो । उक्त क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । ‘करिब हजार हेक्टरमा नोक्सान पुर्याएको छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, ‘एक सातादेखि लागेको डढेलो नियन्त्रण गर्न सकिएको छैन ।’
विगत वर्षमा वैशाख–जेठमा डढेलो लाग्ने गर्थ्यो । त्यसअघि निकुञ्जले नै डढेलो नियन्त्रणका लागि नियन्त्रित आगो लगाउने गर्थ्यो तर यसपटक चैतमै लाग्दा ठूलो क्षति भयो । डढेलोले ठूला वन्यजन्तुमा असर नपरे पनि साना भने धेरै मरेको अनुमान छ । २/३ दिनयता निकुञ्ज क्षेत्रमा धूवाँको मुस्लो देखिन थालेको छ ।
दिनभरि नियन्त्रणमा लागेर केही हुने भए पनि रातको समयमा पुनः बढ्ने हुँदा धेरै क्षति भएको चौधरीले बताए । ‘नियन्त्रण गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘दिनभरि नियन्त्रणमा खटिन्छौं तर ठूला मुढामा रहेको आगो निभ्दैन, राति त्यसैले ठूलो रूप लिन्छ ।’ उनका अनुसार सुकेको घाँसले डढेलोको जोखिम बढाएको छ ।
यतिबेला सफारीको मुख्य समय हो । जंगल सफारी गर्ने बाटो वरपर बाबाताल, रानीताल र बर्कौला क्षेत्रमा डढेलोले साना बिरुवा र पोथ्रा जलाएर कुरूप बनेको छ । वन्यजन्तुसमेत जोखिममा रहेको चौधरीको भनाइ छ । निकुञ्ज किनारका बासिन्दाले वन्यजन्तु
आफ्नो खेतबारीमा आउने रिसले र गाईबस्तु चरनका लागि नयाँ घाँस पलाउने भन्दै बस्ती किनारका वनमा आगो लगाउने गर्छन् । त्यही आगोले डढेलोको रूप लिएर वन क्षेत्र सखाप भएको हो । प्रकाशित : kantipur, चैत्र १७, २०७५ ०८:४९