Showing posts with label Harka Gurung. Show all posts
Showing posts with label Harka Gurung. Show all posts

Friday, June 14, 2019

उनले मलाई ऐनामा मुख हेर्नू भनिन् 

अन्नपूर्ण, फुर्सद,  ०७ बैशाख २०७६ १२:३८:००
हर्क गुरुङ
अनि एकखेप मलाई यस्तो लाग्यो म कसैलाई विशेष मन पराउँछु । आशाको भुल्को मैले प्रेम देखाएँ । मैले उनलाई मनको वास्तविकता के झल्काएथेँ, उनले मलाई ऐनामा मुख हेर्नू भनिन् । त्यस बेला मलाई युरुजेन ओनेलको पात्र यांकप्रति भ्रातृत्व उम्लेर आयो । तर जब मैले आफ्नो अनुहार दुनियाँका आँखाको नानीको ऐनामा हेरेँ-कालो-सेतो, सानो-ठूलो, राम्रो-नराम्रो, म अन्योलमा परेँ ।
आफ्नो वास्तविक रुप ठम्याउन सकिनँ । उनको घमण्ड नबुझेर होला, आफैँमा त्रुटि खोज्न थालेँ । आफैँबाट विश्वास उठेर जान थाल्यो । तर सायद आफ्नो कर्मलाई त्यो मञ्जुर थिएन । आफैँले आफैलाई तुच्छ तुल्याए पनि कैयौंले पत्याए । बेलाबेलामा अपूर्व सफलताहरूले ममा साहस फुक्यो र चित्रा जस्ताले नयाँ चेतना भरेर प्रेरणा दिए ।
मानिसमा र च्यातिएको नोटमा त्यति फरक छैन जति बरनार्ड शा र बालकृष्ण समका कलामा, जोनाथन स्विफ्ट र जनार्दन समको युगमा । यो घटनापछि मेरो दृष्टिकोण रंगिएको थियो र एउटा छायाँले छोपेको थियो ।
हर्क गुरुङको पुस्तक ‘विषय विविध’बाट

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...