Friday, June 14, 2019

उनले मलाई ऐनामा मुख हेर्नू भनिन् 

अन्नपूर्ण, फुर्सद,  ०७ बैशाख २०७६ १२:३८:००
हर्क गुरुङ
अनि एकखेप मलाई यस्तो लाग्यो म कसैलाई विशेष मन पराउँछु । आशाको भुल्को मैले प्रेम देखाएँ । मैले उनलाई मनको वास्तविकता के झल्काएथेँ, उनले मलाई ऐनामा मुख हेर्नू भनिन् । त्यस बेला मलाई युरुजेन ओनेलको पात्र यांकप्रति भ्रातृत्व उम्लेर आयो । तर जब मैले आफ्नो अनुहार दुनियाँका आँखाको नानीको ऐनामा हेरेँ-कालो-सेतो, सानो-ठूलो, राम्रो-नराम्रो, म अन्योलमा परेँ ।
आफ्नो वास्तविक रुप ठम्याउन सकिनँ । उनको घमण्ड नबुझेर होला, आफैँमा त्रुटि खोज्न थालेँ । आफैँबाट विश्वास उठेर जान थाल्यो । तर सायद आफ्नो कर्मलाई त्यो मञ्जुर थिएन । आफैँले आफैलाई तुच्छ तुल्याए पनि कैयौंले पत्याए । बेलाबेलामा अपूर्व सफलताहरूले ममा साहस फुक्यो र चित्रा जस्ताले नयाँ चेतना भरेर प्रेरणा दिए ।
मानिसमा र च्यातिएको नोटमा त्यति फरक छैन जति बरनार्ड शा र बालकृष्ण समका कलामा, जोनाथन स्विफ्ट र जनार्दन समको युगमा । यो घटनापछि मेरो दृष्टिकोण रंगिएको थियो र एउटा छायाँले छोपेको थियो ।
हर्क गुरुङको पुस्तक ‘विषय विविध’बाट

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...