Showing posts with label Identity. Show all posts
Showing posts with label Identity. Show all posts

Saturday, June 15, 2019

जीवनकला, संस्कृति र धर्मको संयोजन

जीवनकला, संस्कृति र धर्मको संयोजन
सौर्य अनलाइन२०७२ साउन ४ गते ६:१५ मा प्रकाशित
मानिसलाई अन्य प्राणीभन्दा पृथक् पहिचान दिने कला नै संस्कृति हो । कला र संस्कृति एक अर्काका पर्यायवाची हुन्छन् । तर कतिपयले कला र संस्कृतिलाई धर्मसँग जोडेर व्याख्या गर्ने गरेको पाइन्छ । वास्तवमा धर्म र कला संस्कृति छुट्टाछुट्टै कुरा हुन् । उदाहरणका लागि नेवार समुदायमा कसैले वैदिक त कसैले बौद्ध, कृस्चियन वा मुस्लिम धर्म मानिरहेका हुन्छन् । उनीहरू पृथक्–पृथक् धर्मावलम्बी भए पनि तन्त्र, शाक्त परम्परा र प्रकृतिजन्य खानपान, पर्व संस्कृतिमा झन्डै एकरूपता पाइन्छ । फेरि अर्कोतर्फ एकै दिन छुट्टाछुट्टै धर्म जातीय समुदायले पृथक् संस्कार संंस्कृतिजन्य पर्वहरू मनाइरहेका हुन्छन् जस्तैः आज विश्वभर शान्ति अहिन्सा र सदाचारको सन्देश छर्दै बुद्ध जयन्ती मनाइरहँदा पूर्वी नेपालका किरातहरूले प्रकृति पूजा गर्दै साकेला मनाउने गर्दछन् भने बनेपामा चण्डेश्वरी भगवतीको भव्य खटजात्रासहित भोट जात्रा मनाउने परम्परा छ तर गत शनिबारको महाभूकम्पका कारण यी जात्रा पर्व प्रभावित हुनपुगेको छ ।
धर्म शरीर हो भने संस्कृति शरीरमा बग्ने रगत हो । त्यसैले कला र संस्कृतिभित्र १) ऐतिहासिक दस्तावेज लुकेको हुन्छ, २) सामुदायिक भाषा, कला, धर्म र संस्कृतिको पहिचान हुन्छ, ३) त्यो समाजको सिप, कला, प्रविधि हुन्छ, ४) बाँच्ने परम्परागत आधार हुन्छ, ५) अर्थनीति, ६) संस्कृतिभित्र खानपान पहिरन रहनसहन पहिचान हुन्छ, ७) राजनीति र कूटनीतिक आधार हुन्छ । आज यी नै पहिचानहरू प्रस्तुत गर्दै बुद्ध जयन्ती, साकेला वा चण्डी जात्रा भव्य हुनुपर्ने हो तर एक जना धार्मिक आस्थामा प्रतिबद्ध मानिसले संस्कृति मान्ने नाउँमा सामाजिक मूल्यमान्यता र भूकम्पको महापीडालाई एकातिर पन्छाएर संस्कार मान्ने नाउँमा कर्मकाण्डी हुन सुहाउँदैन ।
भगवान् बुद्धले दिएको सन्देश पनि यही हो । दुःखी, रोगी र भोकाएकालाई धर्मको सन्देश नदिनु तर मानिसहरूले संस्कृति मान्ने नाउँमा आफूलाई पशुभन्दा पृथक्, उँचो देखाउने नाउँमा फजुल खर्च, लागुपदार्थको आवश्यकताभन्दा बढी दुरुपयोग, ऋण काडेर घर–खेत बेची गुठी चलाउने, भोज खाने विकृति बढ्दै जान थालेको छ । त्यसैले भगवान् बुद्धले संस्कारित जन्जालमा रुमलिन नहुने धर्म देशना दिएको हो तर धर्म संस्कार बचाउने नाउँमा बोतलका बोतल पिउने पिलाउने, ईश्वर जाति सम्प्रदायका नाउँमा मर्न र मार्न उस्काउने संस्कार झाँगिँदा भने सरोकारवालाको आर्थिक अवस्था नाजुक बन्दै जान थालेको तथ्यलाई नकार्न सकिँदैन । भगवान् बुद्धले कहिल्यै पनि सम्प्रदाय खडा गर्न उपदेश गर्नुभएको छैन, आपूm जुनसुकै जाति, धर्म संस्कार, संस्कृति, सम्प्रदायका भए पनि बहुजन हिताय बहुजन सुखायको कर्म गर्न उपदेश गर्नुभएको छ ।
वास्तविक धर्म भनेको पनि त्यही हो । मार्ग मात्र फरक होला संसारका सबै धर्मको सन्देश पनि यही नै हो । आज त्यही सत्यलाई आत्मसात गरेर आआप्mनो तर्फबाट हुनसक्ने सेवा कार्यमा एकबद्ध भई लाग्ने प्रण गर्न पर्दछ ।
संस्कारलाई व्यवस्थित र वैज्ञानिक बनाउँदै आत्मसात् गर्नाले मात्र मानिसलाई कलात्मक र पशुभन्दा पृथक् बनाउने निश्चित छ । सभ्य सुसंस्कृतबाट निर्माण भएको कला–संस्कृति नै इजिप्टिसयनहरूले भनेजस्तै मृत्युपछिको जीवनलाई बचाएर राख्ने कला बन्न सक्दछ । हाम्रा कतिपय आदिम सिर्जना, कला संस्कृति पर्व परम्पराका परिवेश चहार्दै कलात्मकतालाई अनिवार्य सर्तका रूपमा लिइएको पाइन्छ । तिनै कला र सौन्दर्यको आवरणलाई पच्छ्याउँदै सिर्जना भएका अद्वितीय सम्पदाहरूमा उपत्यकाभित्र मात्र ७ वटा विश्व सम्पदा सूचीमा सूचीकृत सभ्यता छन् भने उपत्यकाबाहिर विश्वशान्तिका अग्रनायक बुद्धको जन्मस्थल लुम्बिनी–कपिलवस्तु रहेको छ । ती सम्पदालाई जीवन्त बनाइराख्न पुर्खाहरूले पूजा–जात्रा–पर्व–मेला महोत्सवको व्यवस्था गरिदिएको पाइन्छ 
जात्रा पर्व पूजा संस्कृतिबारे विवेचना गर्दा उपत्यकामा १) प्राकृतिक, २) सांस्कृतिक, ३) आर्थिक र ४) राजनीतिक कूटनीतिक आधारमा जात्रापर्वहरू मनाइन्छन् । यी जात्रा पर्व संस्कृतिहरूलाई जीवन्त राख्न पुर्खाले अनेक आख्यान, कथा र इतिहासलाई आधार लिएको पाइन्छ । जुन आधारलाई अझै मनोरञ्जनात्मक बनाउन अनेकौँ वाद्यवादनको विकास गरेका पाइन्छ । देशभर यस्ता मूर्त, अमूर्त सम्पदा मठमन्दिर, पाटी, दरबार, भित्ते कला, पौभा तथा सांस्कृतिक उत्सवहरू नष्टभ्रष्ट हुन गई राष्ट्रिय विपत्ति आइलागेको छ  । यी नै तथ्यगत आधारलाई उजागर गर्दै मानवीय अस्तित्वको दस्तावेजको पुनर्निर्माण, संस्कार संस्कृतिको संरक्षण गर्ने जिम्मा हामीमा आइपरेको छ । अबको समय हो– कर्मकाण्डी । बुद्धजयन्तीलाई बहिष्कार गरी सेवा, सहयोग र उत्तम कर्मका लागि दान गरी सार्थक र वैज्ञानिक बुद्ध जयन्ती ÷बौद्ध चाडहरू मनाउन जरुरी भइसकेको छ ।
सब्बे तसन्ति दण्डस्स, सब्बे भायन्ति मच्चुनो 
उत्तानं उपमं कुत्वा–नहनेय्य न धातिया 
दण्ड देखेर सबै डराउँछन्, मृत्युबाट सबै भयभीत हुन्छन्, यसैले सबैलाई आपूm समान सम्झेर हत्या नगर 
भगवान् बुद्धको यही सन्देशलाई आत्मसात् गर्दै सम्राट अशोकले शस्त्र परित्याग गरेको दिनका रूपमा बौद्ध मतावलम्बीहरूले दसैँलाई लिन्छन् । अशोक सम्राट ती व्यक्तित्व हुन्, जसले एउटा तुच्छ सत्ताप्राप्तिका लागि ९९ जना दाजुभाइको हत्या गरेछु भन्ने पश्चात्ताप गरी आश्विन शुक्ल दशमीका दिन शस्त्र परित्याग गरी सम्पूर्ण भारतीय उपमहाद्वीपवासी जनता र प्राणीलाई हिंसाको भयबाट मुक्त गरेका थिए । यशु ख्रिस्ट जन्मनुभन्दा तीन शताब्दीअघि अशोकले आफू सम्राट बन्नका लागि कलिङ्गको युद्धमा १ लाखभन्दा बढीको हत्या गरे भने त्योभन्दा बढी आतंकबाटै मृत्यु भए । सोही बेला डेढ लाख मानिसलाई कैदी बनाइएको ‘अस्त्र परित्याग दिवस’ दसैँमा स्मरण गरिन्छ । अशोक सम्राटले बुझे– ‘रगतको टाटा (दाग) रगतले धोएर कहिल्यै मेटिन्न’, फलस्वरूप उनी बुद्ध धर्ममा दीक्षित भई विश्वभर ८४ हजार बौद्धचैत्य स्थापना गरी बुद्धवचनलाई व्यापक बनाए । यही आधारको धरातलमा टेकेर विश्वभर बुद्ध धर्मले व्यापकता पाए, बुद्धवचनको प्रभावमा परी अंगुलीमाल जस्ता ।
……………..
वसन्त ऋतु आरूको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलार्धमा गर्मी सुरू हुन्छ, तब भूमध्यसागरतिर क¥याङकुरुङका बथान चोमोलिङमा (माउन्ट एभरेस्ट) काटेर साइबेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ती सा¥है शिथिल छ भन्ने थानेर खेली किसानीका लागि खेल पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पुजाका लागि लाभा लस्करसहित भेला हुन्छन् । वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीको मनाइरहेको बेला किरात समुदाय सुँगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उँभौली पर्व भव्य रूपमा मनाइरहेका हुन्छन् 
किरात मुलतः मुर्ति पूजक होइनन् तर साकेला (उभौली) पर्वमा मुतिृ पूज्ने प्रथा बारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ । पृथ्वी उत्पत्ति सँगै लुगाका लागि सुन्निमाले तान बुनिरहेको ठाउँमा पारीहाङले अति राम्रो कौगियो (सुखुप) आकासबाट खसालि दिएछन् । खुसीले गदगद भएको सुम्निमाले आवेगमा यति राम्रो कौगियो खसाल्ने सँगै विवाह गर्ने प्रतिज्ञा गरिन् । तत्काल बूढोको भेषमा देखिएका पारोहाङ्गलाई देख्दा भने सुम्निमाले कुरूप बूढा सँग विवाह नगर्ने बचन फेरिन् । बोलीको टुङ्गो नभएकी सुम्निमालाई झुक्याएर पारोहाङ्गले बीज खुवाइदिए, नभन्दै उनि गर्भवति हुन पुगिछन् 
सो कुरा सुलुली नामक एक युवकले सुम्निमालाई सुनाए तत्काल सोच्दै नसोची आफूले कसैसँग शारीरिक सम्पर्क नगरेको हुँदा गर्भ रहेको मान्न तयार भइनन् र भनिन् कि यदि मेरो छोरी जन्भी भने तिमी सँग नै विवाह गरिदिउँला । नभन्दै फेङमा नाउँकी छोरी त जन्मिइन तर छोरीले लेम्पा नाउँका केटालाई मन पराउन थालिन् । सुम्निमाले धुन र तरवार युद्धमा जसले जित्ला उसैसँग फेङमा छोरीको विवाह गराईदिने घोषणा गरिन् । फेङमाका लागि लेम्पा र सलुलो बीचको युद्धमा लम्पाको हत्या हुन्छ । आफ्ना प्रेमी लम्पाको् हत्यामा भावविहवल फेङमा पनि सोही तरवारले सेरिएर आत्महत्या गर्छिन् भने सुतुलीको पनि हृदयघाट भई देहान्त हुन पुग्दछ । यहि आख्यानका आधारमा लेम्पा फेङमा र सुलुली धानमा पुजा गर्न जाने परम्परा बसेको बताइन्छ भने प्रत्येक वर्ष साकेला नाच्दा किराती पुर्खा सुम्निमा र पारुहाङका शिष्यबीच धनु तरवार युद्ध प्रतियोगिताको आयोजना गरिन्छ ।
वैशाख पूर्णिमा देखि झण्डै १५ दिनसम्म वर्षात राम्रो भई अन्नपात सुप्रियोस भनि कामना गर्दै सोकला उभौली चण्डी नाचेर मनाइन्छ । किरातका ४२ भाषा मध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ्ग भाषामा साकाल, थुलुङ्ग भाषामा तोषी, खालिङ भाषामा भूमेपूजा, बाम्बूले भाषमा मानियो सिल्ली, कुलुङ्ग भाषामा साख्ले सिल्ली, छिन्ताङ्ग भाषामा वाधाङ्ग र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिल्ली पृथ्वीमा श्रृष्टि भएका सम्पूर्ण जिन्त युद्ध परम्परागत गतिविधी प्रर्दशन गर्दै नृत्य गर्ने गरिन्छ । चण्डी नाच अर्थात् साकेला सिल्ली बारे प्रचलित किवदन्ती अनुसार पारुहाङ्ग सुम्निमा बीचको सम्बन्धबाट पहिलो मानिस दोश्रो बाघ, तेस्रो भालु, र चौथो बाँसको जन्म भयो । बच्चा हुकर्दै जाँदा एक्लो सुम्निमालाई छोडेर पारुहाङ गायव भएछ । शिकार र कन्दमूल खोने क्रममा सुन्निमाले ढुंगा माथि एक किसिमको लहरा फेला पारिन् । त्यो लहरा चाख्दा मनलाई सौर्यवान् विर्यवान प्रफूल्लित मनको कुरा पोख्न उत्प्रेरित गर्ने खालको गुण पाइन् । एकदिन अचानक घर आइपुगेका पारुहाङ्गलाई सुन्निमाले त्यही बुटो खुवाइन् र बुटीको स्वभाव अनुरूप हर्ष विभोर पारुहाङले आफू स्वर्ग र नर्कको दुष्यावलोकन गर्ने चोमोलिङमा (विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट) ध्यानमा बसेको बताए 
यसैबीच आफ्ना चार सन्तानलाई हुर्काएकोमा भाव विभोर हुँदै पारुहाङ सुन्निमाका साथ नाच्न थाले । यस आख्यानको आधार पनि साकेला सिुल्ली नृत्यमा हुने गर्दछ । प्रकृतिवादी किरात (राई, लिम्बु, याख्खा, सुनुवा) मूलतः मूर्ति पूजक होइनन् । तर साकेला सिल्ली (उभौलीब्गस्–वैशाख पूर्णिमा–उधौली पौष पूर्णिमा यो मरी पूर्णिमा) का दिन भने किन मूर्ति पूजा गर्छन् त भन्ने बारे पनि छुट्टै आख्यान पाइन्छन् । किवदन्ती अनुसार दोलखाका किराती राजा बुद्धहाङ्ग आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्टो पुनः प्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानिय टुँडिखेलामा भेला गराई कूलदेवता हेन्कुबुङ्गको भव्य पूजा गर्दथे 
मुन्धुम धर्म शास्त्र अनुसार पूजा क्रममा राजा बुद्धहाङ्गलाई बहिनी सोइसोइलाले भृगु चराको प्वाख जति श्रीपेच पहिराई दिने गर्थिन् । यसै क्रममा एक पल्ट बहिनी सोइसोइला मासिक रक्पश्राप हुन पुगिछन् । लाज र ग्लानी वश श्रीपेच त्यही फ्याकी सोइसोइला जङ्गल पसिन् । आश्चर्य चकित जनसमुदायले “कुम्भादो सोइसोइला, कुम्भादो” भन्दै बोलाउन थाले तर सोइसोइला फर्किनन् । भुईमा खसेको श्रीपेच ढुंगामा परिणत हुन पुग्यो । तत्काल त्यहाँ दुई समुह देखा परे– दोलोको शाक्ति सोइसोइला सँगै जंगल गयो भनि विश्वास गरी अड्डीकस्ने प्रकृति पूजक लिम्बु कहलाए भने दोलोको शक्ति श्रीपेच खसेकै ढुंगामा छ भनि विश्वास गर्ने खुम्बु (राई)का रूपमा प्रख्यात भए । त्यसै बेलादेखि किरातीहरू चाड पर्वका बेला नाम्छोङ्ग पुरोहितद्वारा चोखो शुद रही पारुहाङ्ग–सुम्निमाको प्रतिक दुई ढुंगा र बीचमा सानो लुङ्ग उभ्याई नाच गान सहित पूजा गर्ने परम्परा थालनी भएको हो । ०००
https://www.souryaonline.com/2015/07/112742.html

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...