Showing posts with label Khas people. Show all posts
Showing posts with label Khas people. Show all posts

Thursday, May 14, 2026

खस जातिको इतिहास : खस भाषा र संस्कृति -भाग एक

 खस जातिको इतिहास : खस भाषा र संस्कृति -भाग एक

पूर्ख्यौली वृतान्त

खस जातिभित्र बाह्मण, क्षत्री, ठकुरी, दशनामी दलित समूहका मानिसहरू पर्दछन् । नेपालका विभिन्न जाति वो अध्ययन गरेका हडसनले क्षत्री जातलाई झर्रा क्षत्री, ठकुरी, हमाल खत्री भनी वर्गीकण गेका छन् (Hodgson, १९७२ पृ. ३७–४४) । झर्रा क्षत्रीमा ओली, काकी, कुँवर, खडका, थापा, बस्नेत, बानियाँ, विष्ट, बुढा, बोगटी, बोहोरा, महत, राउत, रावल, सिंजापति पर्दछन भने ठकुरीमा कल्याल, खाँड, चन्द, पाल, बम, मल्ल, शाह, शाही, सिंह आदि थरका मानिसहरू पर्दछन् ।

१. विषय प्रवेश
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले युक्त दक्षिण एशियाली राष्ट्रको रुपमा परिचित छ । नेपालमा विद्यमान सांस्कृतिक, पर्यावरणीय तथा जैविक विविधता अनुरुपकै भाषिक विविधता पनि छ । नेपालका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरु विभिन्न भाषाहरु बोल्दछन् । राष्ट्रिय जनगणना २०७८ ले १२४ भाषा र १४२ जातजाति रहेको कुरा उल्लेख गरेको छ । यसबाट के स्पष्ट हुन्छ भने नेपाल भाषिक विविधता मात्र होइन जातीय विविधता समेत भएको मुलुक हो । यहाँको बहुभाषिकता र बहुजातीयता बिच अन्तरसम्बन्ध छ । त्यसैले नेपालको भाषिक स्थिति भनेको जाति र भाषाबिचको पारस्परिक अन्तक्रियाबाट सृजित जाति–भाषिक दिपक्षीय संरचना हो (यादव २०६१,पृ.३२०) । नेपालमा विविध जातिको बसोबास छ । ती जातिहरूका आआफ्नै किसिमका पहिचान छन । यो देश भित्र बसोबास गर्ने विविध जातिले संरक्षण गर्दै आएको आफनो संस्कृति नै उनीहरूको पहिचान हो । विभिन्न जातिहरूको अलगअलग संस्कृति हुनु नै विविधता हो । अतःविश्व जगतमा नेपाललाई सांस्कृतिक विविधताको मुलुक भनेर चिनिन्छ । नेपालमा बसोबास गर्ने विभिन्न जातिमध्ये खस जाति पनि एक हो । यो जातिको पनि आफ्नै किसिमको पहिचान छ । खस जातिको आफनै किसिमको भाषा र संस्कृति छ । त्यही भाषा संस्कृति नै यसको पहिचान हो । खस जातिको इतिहास,खस भाषा संस्कृतिको विकास कसरी भएको हो भन्ने विषयमा हरेकलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । अतः खस जातिको भाषा, संस्कृतिको विषयमा चर्चा गर्नु सान्दर्भिक देखिएकाले प्रस्तुत आलेखमा खस जाति,भाषा र संकृतिको बारेमा सङ्क्षिप्त रूपमा प्रकाश पार्ने प्रयास गएिको छ ।

२. नेपालका खस जाति
नेपालको सबभन्दा ठूलो जातिसमूह खस हो । नेपालको सन्दर्भमा खसजाति भन्नाले पहाडी क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, वादी, दमाई, गाइने आदि जातसमूहलाई बुझिन्छ । बाह्मण, क्षेत्री ठकुरी, गिरी, पुरी, सन्यासी पहाडी शुद्र आदिमा विभाजित खस समुदायको जनसङ्ख्याले नेपालको आधाभन्दा बढी आबादी ओगट्छ । इशापूर्व १५००–१००० सम्ममा खसहरू भरतखण्ड (भातवर्ष) मा प्रवेश गरेका हुन भन्ने मान्यता इतिहासकाहरूको रहेको छ । इशापूर्व १५००–१००० सम्ममा खसहरू भरतखण्ड (भातवर्ष) मा पवेश गेका हुन भन्ने मान्यता इतिहासकाहरूको रहेको छ ( अधिकारी, २०६८, पृ.१९ ) । वैदिक आर्यहरूभन्दा खसहरुको आगमन एक सहसाब्दि पछिको हो भन्ने मान्यता केही विद्वानहको रहेको छ । विक्रमाब्दको बाह्रौं शताब्दीको आसपासतिर नेपालको कर्णाली क्षेत्रलाई केन्द्र बनाएर नागराजले सामाज्य स्थापना गरेपछि खसजातिको प्रभाव विस्तार हुँदै आएको इतिहास भेटिन्छ तापनि मनुस्मृति र महाभारत जस्ता गन्थ्रहरूमा उल्लेख भएका अनेक प्रसङ्गहरूबाट खस समुदायको यस क्षेत्रमा रहेको उपस्थिति प्रागऐतिहासिक कालदेखिकै हो भन्ने कुरा स्पस्टहुन्छ । इतिहासको निकै लामो कालखण्डसम्म खस जातिले बुद्धधर्मलाई राज्यधर्मकै रूपमा अपनाएको प्रमाण पनि भेटिन्छ ।

नेपालमा बसोबास गर्ने विभिन्न अन्य जाति झै खस जाति पनि प्रागऐतिहासिककालदेखि नै यस क्षेत्रमा बस्दै आएको थिए । पागऐतिहासिककालदेखि नै खस जातिको नामले परिचित भएको मध्यकालमा नेपालको पश्चिमी क्षेत्रमा विशाल राज्य स्थापना गरेको यस जातिको गौरवपूर्ण इतिहास छ । कुनै पनि जातिको पहिचान उसको भाषा संस्कृतिबाट हुन्छ । किनकि जातित्वको निर्धारक कडी भाषा र संकृति हो । खस जातिको पनि आफनै किसिमको भाषा, सस्ंकार, सस्ंकृति रहनसहन छ । वर्तमान नेपालमा बसोबास गर्ने बाहुन, क्षेत्री, ठकुरी, दशनामी, पहाडी दलित (कामी, सार्की, दमाई, गाइने वादी) जातका मानिसको मातृभाषा खस भएकाले तिनीहरू खस जातिका हुन भन्ने विद्वानहरूको भनाइ छ (पोखेल, २०२५ पृ. २९) । बह्मपुराण, बृहत संहिता, भागवत पुराण, मत्स्य पुराण, मनुस्मृति, महाभात, मार्कण्डेय पुराण,, वायु पुराण, विष्णु पुराण, स्कन्ध पुराण, आदि हिन्दु गन्थहरू बौद्ध गन्थहरूमा समेत कम्बोज, किराँत, दरद, पल्लभ, पौण्ड्रक, यमन, सक र हुण जातिका साथमा खस जातिको पनि उल्लेख गएिको छ (पोखेल, २०५५ पृ.३४२–४७) । यो जातिको नाम कसरी ’खस’ हन गयो भन्ने बारेमा यथार्थ ज्ञान नभए वा अन्य विभिन्न काणले यो जातिभित्र पर्ने कैयौं मानव समुदायले आफूलाई खस जातिको भन्न हिचकिचाउने गरेको पाइन्छ । यस सम्बन्धमा भाषाविद् बालकृष्ण पोखेलको भनाइ यस्तो छ :

पर्वते जातिले आफनो वास्तविक संज्ञा मन नपाउनुका अनेक कारण हुन सक्छन । पहिलो कारण हुन सक्छ खस शब्दको खस (खनु, मर्नु, झर्नु,) धातुको ध्वनिसाम्य । दोसो काण हुन सक्छ, खस समाजका सदस्यहरूले आफनो अतीतको गौरवगाथा बिर्सनु । तेसो कारण हुनसक्छ, आफूलाई खस भन्न नरुचाउने थुपै जातिहरूको खससम्प्रदायमा प्रवेश हुनु । चौथो काण हुनसक्छ, वर्तमान खसहरू प्रायः हिन्दू हुनु हिन्दू वाङमयमा खस जातिलाई नीच देखाएको हुनु ।“

माथिको भनाइले के पुष्टि गर्दछ भने खस जातिको बारेमा अज्ञानतावस वा जानाजानी भ्रम फैलाइएको छ । त्यसकारण खस जातिका बारेमा जान्नका लागि यसको नाम कसरी रहन गयो भन्ने बारेमा पनि जान्न आवश्यक छ । खस जातिको नामकण यो जातिको उदगमस्थल र प्रसारणका आधामा भएको मानिन्छ । यो जातिको उदगमथल मध्य एसियाको ’ककेसस’ पर्वत मानिन्छ । त्यहाँबाट पहाडैपहाड पूर्वतिर लागेको यो मानव समूह काशगर, खसगर, खसमिहिर, हिन्दुकुश हुँदै हिमवत्खण्डमा पुगेको हो भन्ने भनाइ छ (ब्तपष्लकयल, १९७४ पृ. ३७५–८१ र ३९७) । त्यही ककेसबाट बाहिर निस्केको मानव समूह बेबिलोनियामा पुगेपछि ’कस’ जातिको रूपमा परिचित भएको थियो । त्यहाँबाट पनि पूर्वतिर फैलिँदै जाँदा इराक इरानको खसिस्तानमा पुग्दा ’खस’ नामले विभषित भएको थियो । यो जातिले शुरूमा हालको तिब्बतमा पर्ने खारी प्रदेशमा आफ्नो राज्य स्थापना गरेको देखिन्छ । त्यसपछि बा–हौँ शताब्दीमा नागराजले वर्तमान नेपालको कर्णाली प्रदेशमा ’खस राज्य’ स्थापना गरेका थिए । त्यतिखरे यो राज्यको सिमाना पूर्वमा त्रिशुली नदी, पश्चिममा गढ़वाल, उत्तमा गुंगेपुराङ दक्षिणमा शिवालिक पर्वतसम्म फैलिएको थियो (अधिकारी, २०५३ पृ. ४२) । खसहरू अनार्य भएको उनीहरूले वर्ण व्यवथा नमानेको हुनाले नै मनुले उनीहरूलाई ’वात्य वा वृषल’ भनेका थिए (पोखेल, २०५५ पृ. ३४२–४३) । बा–हौ शताब्दीपछि मात्र हिन्दु वर्ण व्यवस्थाले खस जातिको सस्ंकृतिमा प्रवेश पाएको थियो । खस राजा क्राचल्ल (वि.सं. १२६४–१२०८०)ले बालेश्वर मन्दिमा राखेको तामपत्रमा उनलाई बुद्ध धर्मका उपासक हिन्दु देवताका अनेक गुणले सम्पन्न राजा भनिएका छ (अधिकारी, २०५३ ९०–९१) । खस राजाहरू हिन्दु वर्ण व्यवस्थाबाट प्रभावित भएका भएपनि आम जनता भने आफ्नै धर्म संस्कृतिमा रमाएका थिए । पन्ध्रौं शताब्दीमा खस राज्यको विघटन भएपछि जब बाईसी चौबीसी नामका अनेक ससाना राज्यहरू थापना भए ती राज्यहरूका राजाले आफ्लाई शक्तिशाली बनाउन हिन्दु वर्ण व्यवथालाई राजकीय धर्मको रूपमा अङ्किार गरी त्यसको प्रचार–प्रसारमा प्रोत्साहन दिए तर बौद्ध धर्मलाई कुनै किसिमको सरंक्षण दिएनन् जसका कारण बौद्ध धर्म उच्च हिमाली क्षेत्रमा मात्र सीमित हुन गयो । शासक वर्गले हिन्दु धर्मलाई प्रोत्साहन दिन थालेपछि जनतामा पनि त्यसको प्रभाव पर्यो । अतः खस जातिमा हिन्दु वर्ण व्यवस्था अनुसारको बाह्मण,, क्षत्री, वैश्य शुद्र भन्ने जात प्रथा शरूु भयो । त्यसपछि खस जातिमा तिन समूह देखा परे । पहिलो समूह ’खस’ जसले हिन्दु वर्णव्यवथा अङ्गीकार गरेनन् मतवाली वा पावई खस जातिको रूपमा परिचित छन (विष्ट, २०५५ पृ.५६–६१) । दोस्रो समूह ’खस आर्य’ हो । कर्णाली भेकमा बसोबास गर्ने खस जातिका मानिसहरूले दक्षिणतिरबाट आएका आर्यहरूसँग हेलमेल बढेपछि हिन्दु वर्णाश्रम व्यवस्था अपनाएर खस–आर्य भनी चिनिन थाले । त्यस्तै तेस्रो समूह हो ’आर्य–खस’ । दक्षिणतिरबाट आएका आर्यहरूले कर्णाली भेकका खस जातिसँग विवाह सम्बन्ध थापना गरी घरजम बसाएपछि उनीहरूबाट जन्मेका सन्तान आर्य–खस भनी चिनिन थाले ।

खस जातिभित्र बाह्मण, क्षत्री, ठकुरी, दशनामी दलित समूहका मानिसहरू पर्दछन् । नेपालका विभिन्न जाति वो अध्ययन गरेका हडसनले क्षत्री जातलाई झर्रा क्षत्री, ठकुरी, हमाल खत्री भनी वर्गीकण गेका छन् (Hodgson, १९७२ पृ. ३७–४४) । झर्रा क्षत्रीमा ओली, काकी, कुँवर, खडका, थापा, बस्नेत, बानियाँ, विष्ट, बुढा, बोगटी, बोहोरा, महत, राउत, रावल, सिंजापति पर्दछन भने ठकुरीमा कल्याल, खाँड, चन्द, पाल, बम, मल्ल, शाह, शाही, सिंह आदि थरका मानिसहरू पर्दछन् (विष्ट,१९६७ पृ.५) ।

३. खस जातिको पहिचान
कुनैपनि व्यक्ति वा समहको पहिचान भनेको उसमा भएको अलग विशेषता हो जसका आधामा उसलाई अरूभन्दा पृथक रूपमा चिन्न सकिन्छ । मानव जातिको पहिचान उसको भाषा सस्ंकृतिबाट हुन्छ । किनभने मानवका सबै क्रियाकलापको प्रतीक नै सस्ंकृति हो । कुनैपनि मानव समुदायको संस्कृति बो जानकारी दिने विभिन्न प्रतीक हुन्छन । त्यसकै आधारमा कुन सस्ंकृति कुन जाति वा मानव समूहको हो भन्ने कुराको पहिचान गर्न सकिन्छ । ती प्रतीकहरू मध्ये भाषा, साहित्य, कला, धर्म, संस्कार चाडपर्व मुख्य मानिन्छन् । संस्कृतिले एकातिर मानव समूहको भाषा, संस्कार सभ्यतालाई अभिव्यक्त गरेको हुन्छ भने अर्कोतिर मानिसका भौतिक आत्मिक पक्षलाई पनि समेटेको हुन्छ । आन्तरिक, वैचारिक परम्परागत धारणाको रूपमा विकसित हुँदै आएको आचारविचार रहनसहनलाई सस्ंकृति भनिन्छ । संस्कृति मानव समुदायले विकास गरेको ज्ञान, कला, साहित्य, विश्वास, मान्यता परम्परा हो (Scott and Marshal,ed:), २००५ पृ. १३२–३३) । यसबाट के थाहा हुन्छ भने सस्ंकृतिको माध्यमबाट कुनै पनि राष्ट्र, समाज वा जातिको पहिचान गर्न सकिन्छ । किनभने ’जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन साझा संस्कृतिमा व्यक्त हुने मनोवैज्ञानिक स्वरूपको आधारमा निर्मित, एक ऐतिहासिक रूपले स्थापित, स्थिर जन–समुदाय हो ।’ (श्रेष्ठ (अनु.), २०६४ पृ. २३–२९) ।

नेपालमा प्राचीनकालदेखि नै विभिन्न जातिले अलगअलग किसिमका सभ्यता सस्ंकारको विकास गरेको पाइन्छ । ती जातिहरूमध्ये खस जाति पनि एक हो जसले आफनै किसिमको सभ्यताको विकास गरेको छ । मानव सभ्यताको विकासका विभिन्न चरणमा जुन मानव समुदाय प्रकृति, वातावण अन्य मानव समुदायसँग घुलमिल हुन सक्यो त्यसको अस्तित्व रहेको देखिन्छ । त्यसकाण आफ्नो अस्तित्व रक्षाका लागि मानिसले बेलाबखतमा प्रकृति, वातावण अन्य मानव समुदायको सङ्गतबाट पनि धेै करुा सिकेको हुन्छ । आफ्ना नराम्रा संस्कार छाडेर अरूका राम्रा संस्कार सिक्नु संस्कृतिको रूपान्तण हो । खस जातिले पनि बेलाबखतमा अन्य जातिबाट विभिन्न किसिमका संस्कार सिकेको पाइन्छ । कुनै जातिको सामाजिक भौतिक अवस्थाको उन्नतिको प्रतिबिम्ब नै सभ्यता हो । खस जातिले पनि आफ्नै किसिमको भाषा, धर्म सस्ंकारको विकास गरेको छ जसलाई यस जातिको सभ्यता वा सस्ंकृतिका विशेषताका रुपमा लिइन्छ । यस सन्दर्भमा खस जातिले विकास गरेको खस भाषा, प्रकृति पुजक संकृति तथा हिन्दु बौद्ध धर्म मिश्रित धार्मिक मान्यता नै यो जातिका पहिचान हुन ।

४. खस भाषा
खस भाषा कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा कालीकोट जिल्लामा बोलिन्छ । यो भाषा भाोपेली परिवारको आर्य इरानेली शाखाको भारत आर्य उत्तरी क्षेत्रको पहाडी भेद अन्तर्गत पर्दछ । नेपालको जनगणना २०७८को १२४ मातृभाषाको सूचीमा सूचीकृत आइएसओ प्राप्त (iso६३९–३) भाषा हो । जुम्ला लगायत कर्णाली अञ्चलका सबै जिल्ला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आदि जिल्ला र भारतमा समेत बोलिन्छ । एथ्नोलगः नेपालका भाषाहरू । २०१२) मा उल्लेख भए अनुसार एस आइएल (२००१) ले यो भाषा बोल्नेको संख्या ५०,००० देखाएको थियो तर २०६८ को जनगणनामा भने यो सङ्ख्या ८५१ मात्र देखाएको थियो । यो सङ्ख्यालाई आधार मानेर भाषाआयोग (२०७५) ले जुम्ली भाषालाई लोपोन्मुख भाषाको सूचीमा राखी वर्ण निर्धाण, शब्द सङ्कलन इतिहास लेखन जस्ता अनुसन्धानात्मक कार्य गराएको छ । २०७८ को जनगणनामा भने यो सङ्ख्या बढेर १,१७,५११ पुगेको देखिन्छ । यस भाषालाई पोखेल (२०५०) ले माझाली भाषिका, बन्धु (२०३६) ले केन्द्रीय भाषिका, निरौला (२०५०) ढुङ्गाना (२०५३) ले जुम्ली भाषिका भनेका छन् । हाल आएर यस भाषालाई भाषाको मान्यता दिएर आइयसओ कोड समेत प्रदान गरिएको छ । यस भाषाका भाषिक भेदहरूमा असिदाली, चौधबिसे, पाँचसयदाली र सिँजाली गरी चार ओटा रहेका छन् । खस भाषाको प्राचीन इतिहास वर्णन गर्न जुम्ला राज्यको सङ्क्षिप्त इतिहासका बारेमा उल्लेख गर्नु पर्ने हुन्छ । जुम्लाको इतिहास खस जातिसँग जोडिएको छ । खस जातिहरू भारतीय उपमहाद्विपमा उत्तर पश्चिमबाट इसापूर्व पहिलो शताब्दीमा भित्रिएका हुन् (अधिकारी, २०५६ पृ.१२) । उनीहरूपछि सर्दै नेपालको कर्णाली प्रसवण क्षेत्रमा आई पुग्दा भातीय आर्य भाषाको निकै प्रभाव पर्यो (पोखरेल अन्य, २०७६) ।

खसहरू भारतीय उपमहाद्विप अन्तर्गत उत्तरपश्चिम पहाडहरूमा बस्ने हुनाले उनीहरूको भाषा ’पहाडी भाषा’ को नामले पनि चिनिन्छ । प्राचीनकालदेखि नै खसहरू भारतीय उपमहाद्विपको उत्तरपश्चिम पहाडी भूभागमा बसोवास गर्दै आएका थिए । टुची (१९५६, १९६२) योगी (२०१२) ले सबैभन्दा पहिले खसहरू मानसरोवरबाट सिंजा दुल्लुमा आएर राज्य गरेको पत्ता लगाएका थिए (पोखेल अन्य, २०७६ पृ. २७) । आदिम जाति मायाव जातिको सामिप्य, सम्र्पक संसर्गले नयाँ भाषाको जन्म भयो । त्यो भाषाको नाम नै खस भाषा हो । खस भाषाका वक्ताहरूको बसोबास इ.सां.पूर्व आठौ शताब्दीदेखि बिक्रमको पाँचौ शताब्दीसम्म यस भेकमा रहेको मानिन्छ (यात्री, २०५३ पृ.१२३) । प्राचीनकालमा खस भाषालाई सिंजाली भाषा पनि भनिन्थ्यो । यसरी नेपाली भाषाको पुख्यौली भाषाको रूपमा खस भाषा पहिलेदेखि नै सिंजा राज्यमा अस्तित्वमा रहेको थियो । आदारार्थीमा रूपायन हुनु, यस भाषाको छुट्टै भाषिक विलक्षण हो । यस प्रकारको विशेषता संसारभरिकै अरू भाषामा पाइएको छैन (पोखरेल, अन्य, २०७५ पृ.१०) । जटिल तथा अमूर्त संकथन, नामानुगामी नामशीर्षान्त, दुई लिङ्गी व्यवस्था, शब्दमा एउटा उपसर्ग बढीमा पाँच परसर्गको संरचना हुनु यस भाषाका विशेषता हुन । ’जना’ कोटिकरको लिङ्ग बचन अनुसार रूपायन हुनु कारकीय चिन्हहरूले उपवाक्यीय कारकलाई चिन्हित गर्नु पनि यसका थप विशेषता हुन । हाल यो भाषा गोखापत्रको नयाँ नेपाल स्तम्भमा पृष्ठ प्रकाशित हुनुको साथै दैनिक व्यवहारका अधिकांश क्षेत्रमा सक्रिय रूपमा प्रयोग भइहेको पाइन्छ । यो नेपाली भाषाको प्राचीन रूप हो । प्राचीन अभिलेखीय भाषा हुनुका साथै हाल यस भाषामा कविता, कथा, उपन्यास पत्रपत्रिका समेत प्रकाशन भइहेका छन भने एफ. एम. रेडियोमा कार्यक्रममहरू उत्पादन भई प्रशारण भइरहेको छ ।

४.१ खस भाषाको विकास
कुनै पनि मानव समुदायको पहिचान उसको संस्कृतिबाट हुन्छ । साथै कुनैपनि मानव समूहको संस्कृति बारे जानकारी दिने मुख्य आधार भाषा हो । त्यसकारण खस जातिको मुख्य पहिचान नै यस जातिको आफ्नै भाषा हुनु, सो भाषामा साहित्यको उन्नति हुनु हो । प्राचीनकालमा खसहरूले बोल्ने भाषालाई ’खस कुडा’ भनिन्थ्यो (Hodgson, १९७२, पृ.१–२) । यस भाषाको विकास क्रमलाई हेर्दा के देखिन्छ भने नेपालको पश्चिमी क्षेत्रमा खस जातिको राज्य चलेका बेला यो भाषाको पनि विकास भयो । खस राज्यको विघटनपछि यो भाषा बाइसी चौविसी राज्यको रूपमा रहेका पहाडपर्वतका बासिन्दाले बोल्ने भएकाले नेपाल मण्डलका बासिन्दाले यो भाषालाई ’पर्वते भाषा’ भन्दथे (Hamliton, १९८६ पृ. १६) ।

धरेैजसो बाइसी चौबीसी राज्यमा यो भाषा नै प्रयोग हुने हुनाले उक्त भनाइले सार्थकता पाएको थियो । चौवीसी राज्य मध्येको पर्वत राज्यमा या ेभाषालाई सरकारी भाषाको रूपमा प्रयोग गएिको थियो । पर्वत राज्यबाट प्रसारित सबै प्ररकारका अभिलेख, आदेश लिखतहरूमा खस भाषा नै प्रयोग भएको पाइएको छ (श्रेष्ठ, २०५९ पृ. १९६–२१६) । पर्वत राज्यमा खस भाषाको उन्नतिका लागि निकै धेैरै प्रयास गरिएको थियो भन्ने कुरा संस्कृत भाषामा लेखिएको ’पायश्चित्त प्रदीप’लाई सर्वसाधाणले पनि बुझ्न सकुन भनरे यस राज्यका राजा मलेबम मल्लका पुरोहित पण्डित प्रेमनिधि पन्तद्वारा खस भाषामा उल्था गरिनुले पुष्टि गर्दछ (पोखेल, २०५० पृ.१०५–११६) ।

नेपालको एकीकण अभियान शुरू भएपछि विदेशी तथा वदेशी विद्वानहरूले खस भाषालाई ’गोखा भाषा’ भन्न थाले । किनभने एकीकण अभियान गोखा राज्यको नेतृत्वमा भएको थियो सो अभियानमा लागेका अधिकांश सेनाले खस कुरा बोल्दथे ( न्चष्बचकयल,ज्ञढज्ञट उ।ज्ञड ) । त्यसकारण खस भाषामा छापिने नेपालको पहिलो पत्रिकाको नाम नै ’गोखापत्र’ रहन गयो । साथै तत्कालीन नेपालमा आवश्यक पर्ने पाठयपुतक, ऐन, सनद, सवाल पत्रिका पकाशित गर्नका लागि वि.सं. १९७० मा ’गोखा भाषा पकाशिनी समिति’ नामक सस्ंथा पनि स्थापना गरियो । खस कुरालाई नेपाली भाषा नाम दिने पहिलो विद्वान आयटन थिए जसले वि.सं. १८७७ (सन १८२०) मा ’ग्रामर अफ द नेप्लिज ल्याङ्गवेज’ नामक पस्तक प्रकाशित गेरका थिए । त्यसपछि नेपालीहरूले बोल्ने भाषालाई पनि नेपाली भन्न थालियो । नेपाली भाषामा प्रशस्त मात्रामा साहित्यको रचना हुन थालेपछि त्यसको उत्थानका लागि वि. सं. १९८९ मा गोखा भाषा प्रकाशिनी समिति भन्ने नाम परिवर्तन गरी ’नेपाली भाषा प्रकाशिनी समिति’ राखिएको हो (शर्मा, २०५७ पृ.२–५) । नेपाली भाषा नेपालका विभिन्न जातिको विचार आदानप्रदान गर्ने माध्यम भाषाको रूपमा विकसित भएपछि वि.सं. २०१५ मा जारी भएको नेपाल अधिराज्यको संविधानमा यसलाई ’राष्ट्र भाषा’ भनी अङ्कित गरिएको हो (देवकोटा, २०३६ पृ.७४९) । यसरी नेपाली भाषाले राष्ट्र भाषाको रूप लिएको छ । वि.सं. २०७८ को जनगणना अनुसार खस भाषा बोल्नेहरूको सड्ख्या १,१७,५२१ छ ।

(लेखक खत्री त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा जुम्ला बहुमुखी क्याम्पसका प्रमुख हुनुहुन्छ। उहाँको अनुसन्धानात्मक लेखकको बाँकी अंश अर्को हप्ताको शुक्रबार प्रकाशन हुनेछ।)

प्रकाशित :

·        २०८२ आश्विन २४

 

Friday, June 14, 2019

‘खसानी’ जातभातको खास कुरो

खसानी’ जातभातको खास कुरो
डा. माधवप्रसाद पोखरेल
Naya Patrika, २०७६ बैशाख ७ शनिबार ११:०५:००
सांस्कृतिक मानवशास्त्र 
कल्याल महलको ताम्रपत्र (१८०२) मा खसहरू बसोबास गर्ने नेपालको भू–भागलाई ‘खसान’ भनिएको छ । यस लेखमा ‘खसान’ शब्दले नेपालको कर्णाली प्रदेशदेखि भारतका उत्तराखण्ड र हिमाचल प्रदेशसम्मको खस जाति बसोबास गरेको भू–भाग जनाउँछ । हुन त ‘खस जातिको खास कुरो’ (अन्नपूर्ण, फागुन १३, २०७५) भन्ने लेखमा स्थान नाम, सांस्कृतिक समानता र युरेसिया, चीन तथा दक्षिण एसियासम्मका ऐतिहासिक प्रमाणका आधारमा ताजिकिस्तानमा पर्ने विश्वको सबभन्दा अग्लो पामिरको माल भूमिवरिपरिको नेपाल, पश्चिम तिब्बतको ताक्लाकोट, सिन्च्याङको ताक्लामकान उपत्यका, किर्घिजिस्तान, उज्वेकिस्तान, अफगानिस्तान, पाकिस्तान, कास्मिर, हिमाचल प्रदेश र उत्तराखण्डको हिमाच्छादित भू–भागको मानव बस्तीलाई ‘खस मण्डल’ भनेर चिनाएको थिएँ, तर जातभातका आधारमा खस जातिलाई नै अनेक पत्रमा विभाजन गर्ने देश नेपाल र भारत मात्र भएकाले यस लेखको ‘खसान’ शीर्षकले चाहिँ नेपाल र भारतका त्यति क्षेत्रको जातभातलाई मात्र समेटेको छ ।
सप्त सिन्धुदेखि गंगाको बेँसीसम्म आर्यहरूले वैदिक साहित्य (इपू. १२औँ शताब्दीको ‘ऋग्वेद’ को दसौँ मण्डल (९०÷१२) र इपू. १०औँ शताब्दीको ‘शुक्ल यजुर्वेद’ को ३१औँ अध्यायको ‘पुरुषसूक्त’) मा उल्लेख गरेको चार जातको विभाजनको प्रभाव र सुइँको आर्यहरू नै भए पनि हिमाच्छादित पहाडी भेगमा गाई, भेडा, बाख्रा र घोडा पालेर बसेका खसहरूलाई थिएन, तर सुरुमा वैदिक धर्मले रचेको अनि गुप्त काल (चौथोदेखि छैटौँ शताब्दी) मा पुराणहरूमा व्यापक भएको हिन्दु धर्मको चार जातले भारतीय उपमहाद्वीपका आर्य, अनार्य सबैलाई प्रभाव नपारी छोडेन, त्यसैले खसानका खसहरू पनि वैदिक र हिन्दु धर्मको जात विभाजनको प्रभावबाट मुक्त हुन सकेनन्, तर त्यो जात विभाजन खसानमा चाहिँ बेछन्द्याइलो र अड्बंगे देखिन्छ ।
बझाङ (डा. लक्ष्मी पण्डित) मा चाहिँ धामी, रोकाया र कडायत छेत्रीहरू तागाधारी र मतुवाली दुवै पाइन्छन् अरे । दार्चुला (वासुदेव बिस्ट) मा जनै नलगाउने बोहोरा (कुकुडे्कुखुरा काट्ने बोहोरा) को पानी पनि चल्दैन अरे र तिनीहरूलाई घरभित्र पस्न पनि दिँदैनन् अरे । उनीहरूको लोथ्यान र बडालसित मात्र बिहे चल्छ अरे । डँडेल्धुरा (आर. डी. प्रभास चटौत) र बझाङ (डा. लक्ष्मी पण्डित) मा चाहिँ बोहोरा बाहुन पनि हुन्छन् अरे । बैतडीमा चाहिँ बोहोरा जनै लगाउने छेत्री नै छन् अरे ।
बैतडी (आत्माराम भट्ट)मा ठगुन्ना जनै लगाउने छेत्री हुन् अरे, अछाम (डा. हर्क शाही) र बझाङ (डा. लक्ष्मी पण्डित)मा चाहिँ ठगुन्ना मतुवाली हुन् अरे । त्यस्तै डोटी (शान्ति भट्ट)मा साउँद र ऐरले जनै लगाएको देखिन्छ अरे, बैतडी (आत्माराम भट्ट)मा भाट, साउँद (साउन) र राउत (राउट) ले जनै लगाउँदैनन् अरे, तर अछाममा त साउँदहरू दलित नै मानिन्थे अरे (डा. हर्क शाही)।
डँडेल्धुरा (आर. डी. प्रभास) र डोटी (शान्ति भट्ट) मा उपाध्याय बाहुनमा पनि चार राठभन्दा बार राठ तल्लो जात मानिन्छ अरे, तर चार राठका बाहुनले बार राठलाई छोरी चाहिँ दिन्छन् अरे, बुहारी चाहिँ ल्याउँदैनन् अरे । डँडेल्धुरा (प्रभास) का छेत्रीहरूमा विवाहिता पत्नीले पकाएको भात पनि नखाने चलन छ अरे ।
इतिहासको मध्यकालमा बिग्रेको जाति विभाजनको रूढी नै नेपाली दलितहरूको छुवाछुत प्रथामा देखिन्छ । भारतमा स्वामी दयानन्द सरस्वती र पूर्वी नेपालमा पण्डित छविलाल पोखरेलले हिन्दू धर्मशास्त्रका मानक ग्रन्थहरूका प्रमाण अघि सारेर दलितहरूको उत्थानमा जुन सामाजिक क्रान्ति ल्याए, त्यसलाई पूर्ण रूपमा समस्त नेपालमा लागू गर्नुपर्ने आवश्यकता छ । 
दार्चुलामा बडू जैसी बाहुन हुन् (वासुदेव बिस्ट) अरे, तर डोटीमा बडू दलितमा पर्छन् अरे (शान्ति भट्ट) । जुम्ला (बालकृष्ण पोखरेल, बिहारीकृष्ण श्रेष्ठ) मा छेत्री मात्र ‘घिउ पोल्ने’ र ‘घिउ खाने’ दुई जातका हुन्छन् अरे, तर बाजुरा (रूपक रोउले) मा बाहुनलाई नै ‘घिउ पोल्ने’ (उपाध्याय) र ‘घिउ खाने’ (पाध्याय) भनेर छुट्याउँछन् अरे ।
बाजुरा (रूपक रोउले) का उपाध्याय पण्डितहरू पहिले राजा थिए अरे, त्यसैले उनीहरू अरू उपाध्याय बाहुनसित बिहेबारी चाहिँ गर्थे अरे, तर छोएको भात चाहिँ खाँदैनथे अरे, आफूलाई ठूला मानेर अरू बाहुनको टीको चाहिँ थाप्थे अरे, तर अरू कसैलाई पनि टीको लगाइदिँदैनथे अरे ।
बाजुरामा बाहुनका तीन जात हुन्छन् अरे । बाजुरामा खत्री बाहुन र हमाल बाहुन पनि हुन्छन् अरे । खत्री बाहुन चाहिँ तेस्रो दर्जाको बाहुनमा पर्छ अरे, हमाल बाहुन चाहिँ दोस्रो दर्जा (जैसी सरह) र तेस्रो दर्जाका हुन्छन् अरे । बाजुरामा ठकुरीहरूमा अरूभन्दा आफैँलाई ठूलो मान्ने चलन छ अरे । खसानमा धेरैतिर ठकुरीहरू छेत्रीभन्दा आफूलाई माथ्लो जातका ठान्छन् अरे ।
बाजुरामा छेत्रीहरू थरैले पनि तिन दर्जाका छुट्टिन्छन् अरे । नुवाँघरी थापा पहिलो दर्जाका छेत्रीमा पनि अब्बल दर्जाका मानिन्छन् अरे । त्यहाँ पहिलो दर्जाका छेत्रीमा नुवाँघरे थापा, बुड्थापा, बिस्ट, कार्की, अधिकारी, कुँवर र बानियाँ आउँछन् अरे, दोस्रो दर्जामा भँडारी, रौले, खँड्का, खाती, बुढाथोकी, बोगटी, ओली, कटुवाल, खडायत, ऐडी, जेठारा, राना र दानी पर्छन् अरे भने, तेस्रो दर्जाका छेत्रीमा चाहिँ बुढा, धामी, राउत, बोहोरा, डँडाल, भाट र साउँद आउँछन् अरे । रूपक रौलेको भनाइअनुसार बाजुरामा यी तेस्रो दर्जाका छेत्रीहरू दुर्गम ठाउँमा चाहिँ जनै लगाउँदैनन् अरे, तर सुगम ठाउँमा चाहिँ जनै लगाएका भेटिन्छन् अरे । डोल्पा (जयबहादुर डसाल) को एउटा गाउँमा ८० प्रतिशत छेत्री (डसाल, महतारा, साहिला, आदि) जनै नलगाउने नै छन् अरे । हुम्ला (दीपक बुढा) का थपाल्या व्यासी पनि जनै नलगाउने छेत्री नै हुन् । बझाङमा झैँ खसानमा कतै कतै जनै लगाउने र नलगाउने छेत्रीबीच बिहेबारी पनि चल्छ अरे ।
सबै भारतीय आर्य समुदायमा झैँ खसानमा पनि परम्परागत प्रविधिज्ञ (टेक्निसियन अथवा इन्जिनियर) जतिलाई दलित बनाइएको पाइन्छ, जस्तै, दार्चुलाका लावड (दलितको पुरेत), लोहार (फलाम), मउर (घर बनाउने), ओड (फलाम, सुन, घर), पार्की (बाँस), चुनारा (ठेकी), दमाईं (लुगा, बाजा), बादी (नाचगान), भाण (गीत), भुल (छाला), आउजी (बाजा, लुगा), टमट्टा (तामा, सुन, चाँदी) । बाजुरा (रूपक रौले) मा चाहिँ सेराला (ठालुका खेतमा पानी लगाउने), सनाई (सनई बजाउने), कुमाल, कँडारा (माटाका भाँडा) र तिरुवा (तिरो तिर्न नसकेर हली भएको) जातका पनि दलित पाइने रहेछन् । रुकुम, जाजरकोट र सल्यान (मनोहर लामिछाने) मा चाहिँ तामाको काम गर्ने दलितलाई ‘ताम्या’ अथवा ‘ताउल्या’ भन्छन् अरे अनि गाइने अथवा गन्धर्वहरू गीत र कर्खाका लागि प्रसिद्ध छन् अरे । अरूतिर भुल दलित छन् अरे, तर बझाङ (डा. लक्ष्मी पण्डित) मा चाहिँ भुल बाहुन पनि छन् अरे । बझाङमा सूचना प्रसारण गर्ने ओखेडा र सरसफाइ गर्ने च्यामे पनि दलितमै पर्छन् अरे । कालीकोट (धनकृष्ण उपाध्याय) मा कामीहरू पनि मिझार (फलाम), सुनार (सुन), कसारा (काँस), टमोट्टा (तामा), लोहार (फलाम) र ओड (घर) गरी ६ किसिमका, दमाईंहरू दमाईं (दमाहा), हुड्के (हुड्को) र आउजी (लुगा) गरी तीन किसिमका हुन्छन् अरे ।
लक्ष्मीदत्त जोशी (१९८४ इ) को अनुसन्धानअनुसार खसहरूका समुदायमा हिन्दु वर्णाश्रम धर्मको वैश्य जाति नै पाइँदैन, तर पनि मैदानी भागको भारतीय हिन्दु वर्णाश्रम धर्मसित मिलाउन खसहरूका समुदायमा पनि ठूलो जात (चोखा) र सानो जात (बिटालु) मा वर्गीकरण गरिएको पाइन्छ ।
यसरी खसानमा वैदिक धर्मले चार जात छुट्याउनुभन्दा अगाडिका मतुवाली छेत्री पनि पाइन्छन् अनि अनेक किसिमका प्राविधिक सिप भएका परम्परागत टेक्निसियन र इन्जिनियरहरूलाई नै दलित बनाएर घर र मन्दिरमा पस्न नदिने र पानी काढ्ने प्रवृत्ति पाइन्छ, तर यही असमान व्यवहार आधुनिक टेक्निसियनहरूलाई गर्ने गरेको पाइँदैन ।
मानव इतिहासमा मान्छेलाई अनेक जातिमा बाँड्नु त स्वाभाविकै देखिन्छ । त्यस्तै, एउटै जाति पनि अनेक राज्यमा बाँडिएर होड गरेको पनि देखिन्छ । मानव जातिका अमानवीय युद्धहरूले राष्ट्र राष्ट्रका सीमाहरू बनाएर अनेक जातिलाई मात्र होइन, आफ्नै जातिलाई थिचेको र दास बनाइएको पनि देखिन्छ । अस्को पार्पोला (‘द रुट अफ हिन्दुइज्म’, २०१५ इ) को अनुसन्धानअनुसार स्थायी बसोबास गर्ने आर्यहरूलाई यायावर शकहरूले पटकपटक आक्रमण गरेको र कति शकहरूलाई स्थायी बसोबास गर्नेले कमारै बनाएर राखेका हुनाले ‘ऋग्वेद’ मै पनि शकहरूलाई ‘दास’ र ‘दस्यु’ भनेको पाइन्छ । इतिहासमा जित्ने देउता हुन्छ, हार्ने राक्षस मानिन्छ !
मानव इतिहासमा सबैभन्दा पहिले घोडा, भेडा र गाई पाल्नेलाई भारोपेली जाति भन्ने चलन छ । पुरातत्वविद्हरूले युराल पहाडको छेउछाउमा कृष्ण सागर र कश्यप सागरको सेरोफेरोलाई त्यस जातिको मूल थलो ठहराएका छन् । आर्य जाति त्यसै भारोपेली जातिको पूर्वी बगाल ठहराइएको छ । आर्यहरूसँग सबभन्दा पछाडि मूल थलाबाट छुट्टिने लिथुआनियालीहरू र त्यसभन्दा अगाडि छुट्ने ग्रिसेलीहरू मानिन्छन् । पुरातत्वविद्हरूले कजाखस्तान (आन्द्रोनोभो संस्कृति) लाई इरानी र दक्षिण एसियाली आर्यको साझा संस्कृति बुनिएको ठाउँ मान्दछन् (इलेना कुज्मिना, ‘द ओरिजिन अफ इन्डो इरानियन’, २००७ इ) ।
आर्यहरूकै एउटा बगालले दक्षिण तुर्कमेनियातिर इपू. १५औँ शताब्दीतिर ऋग्वेदको रचना गर्न थालेका पुरातात्विक दसी भेटिएका छन् (भिक्टर मायर र जेन हिक्मन, ‘रिकन्स्ट्रक्टिङ द सिल्क रोड’, २०१४ इ)। पछि सिन्धु नदीको बेँसीमा वैदिक सभ्यता फस्टायो । इरानमा पसेको आर्यहरूको अर्को एउटा बगाल हो, तर यी दुइटा बगालबाहेक पूरै युरेसिया, चीन, मंगोलिया, सिरिया र ‘खस मण्डल’ का हिमाच्छादित मानव बस्तीहरूमा घोडा चढेर घोडा, गाई, भेडा र बाख्रा चराउँदै हिँड्ने सबै आर्यका बगाल तिनै इरानमा बस्ने र ऋग्वेद लेख्ने भारतीय आर्यहरू मात्र होइनन् । अहिले पनि त्यस हिमाच्छादित भू–भागका मानव बस्ती (चित्राल, नुरिस्तान आदि) मा सहरको मुखै नदेख्ने आर्यहरूका थुप्रै बगाल छन् । खसहरूले आर्यहरूका तिनै बगालमध्ये एउटा बगालको प्रतिनिधित्व गर्छन् (कुज्मिना, २००७ इ) ।
ऋग्वेद लेख्ने आर्यहरूका बगालमा खस र शकहरू सामेलै थिएनन्, त्यसैले वैदिक सामाजिक धर्मअनुसार मानव जातिलाई चार जातमा विभाजन गर्ने ऋग्वेदको ऋचा (‘ब्राह्मणोस्य मुखमासीत्...’) अनुसार खसहरू त बाहुन, छेत्री र वैश्यमा पर्न सक्ने नै थिएनन्, त्यसैले खसहरूको वैदिक जात विभाजन नहुनु स्वाभाविक हो । यसरी बुझ्दा वैदिक आर्यहरूभन्दा अवैदिक आर्यका बगालहरू धेरैतिर बग्रेल्ती हुने भए । वास्तवमा खसहरू अवैदिक आर्य नै भएका हुनाले गवारियो (१९७६ इ) ले खसानका जनै नलगाउने मतुवाली छेत्रीलाई चाहिँ सक्कली खस मानेका हुन् ।
वैदिक आर्यहरूले नै पनि ब्राह्मण हुनलाई धेरै नियम र अनुशासन पूरा गर्नुपथ्र्यो, त्यसैले ‘जन्मना जायते शूद्रः कर्मणा जायते द्विजः’ (जन्म मात्रले मान्छे शूद्र मात्र हुन्छ, कर्मले मात्र ब्राह्मण हुन्छ) भन्ने उखानै चलेको थियो । क्षत्रिय र वैश्य वास्तवमा जातै नभएर पेसाका आधारका सामाजिक वर्ग मात्र थिए । यस हिसाबले वैदिक आर्यहरूले जन्मनेबितिक्कै कसैलाई ब्राह्मणै ठहराउँदैनथे । ब्राह्मण हुन धर्मका निर्धारित नियम, अभ्यास र अनुशासनको अनिवार्य आवश्यकता थियो .।
उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, १७/४, शतपथ ब्राह्मण, १३/४/२/७) हरूमा कसरी अवैदिकलाई वैदिक धर्ममा प्रवेश गराउने भन्ने विधि पनि पाइन्छ, जसलाई ‘व्रात्यस्तोम’ भनिन्छ । त्यसअनुसार रहर गर्ने खसहरूलाई पनि वैदिक जात दिइयो । वैदिक धर्मअनुसार जनै लगाउन पाउने अवैदिक आर्यहरूलाई ‘व्रात्य’ भन्ने चलन थियो । पञ्चविंश ब्राह्मणमा व्रात्यहरूका बेहोरा यस प्रकार छन् : कुरो नबुझ्नेलाई कुट्ने, फेटा (उष्णीष) बाँध्ने, हातमा कोर्रा लिने (प्रतोद), अनौठो धनुष बोक्ने (ज्याह्रोड), कालो लुगा लगाउने, छालाकै पोसाक लगाउने (अजिन), फलेकका घेरा लगाउने (फलकास्तीर्ण), लक्ष्यहीन हुल (व्रात) बाँधेर हिँड्ने, तल्लो जातको संगत गर्ने, थातवासको ठेगान नभएका अर्थात्, यायावर, संस्कृतको अशुद्ध उच्चारण गर्ने, आर्य भएर पनि अनार्यको भाषा बोल्ने, मगध निवासी अर्थात् पुर्बेली भाषिका बोल्ने, दश संस्काररहित, शूद्र र छेत्रिनी आमाका सन्तान, ब्रह्मचर्य पालन नगर्ने, आदि (पञ्चविंश ब्राह्मण, मोनियर विलियम्स) । यस्ता केही बेहोरा हुने शिवजी र उनका केही भक्त पनि पर्छन्, खसहरू पनि पर्छन् ।
‘मनुस्मृति’मा खसहरूलाई पनि ‘व्रात्य’ भनिएको छ । अथर्व वेद संहिता (१५/१/४/५) मा त शिवजीलाई पनि ‘व्रात्य’हरूका नाइके (महादेव) भनिएको पाइन्छ । वैदिक आचरण अक्षरशः नमान्ने भएकाले शिवजीलाई पुराणहरूमा पनि गतिछाडा मानिएको छ । वैदिक अनुशासन नमान्ने हुनाले पार्वतीकी आमाले पनि दक्ष प्रजापतिले पनि शिवजीलाई ‘असभ्य’ ठहराएका छन् । शिवजी आधारभूत रूपमा हरप्पा अथवा भारतीय उपमहाद्वीपका देवता हुन् । कैलाश पर्वत शिवजीको आवास भएकाले शिवजीलाई ‘यक्ष’ (‘यक्षस्वरूपाय’) अर्थात्, एट्किन्सनअनुसार ‘खस’ मानिएको छ ।
उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, आदि) हरूमा पाइने ‘व्रात्यस्तोम’ अनुसार वैदिक धर्म लिन निकै ठूलो श्रम र धन खर्च गर्नुपथ्र्यो, त्यसैले धनीमानी, राजा महाराजाहरूले त जनै लगाएर वैदिक धर्म लिँदा फाइदै देखे होलान्, तर खसानका जुन गरिबहरूसित जनै लगाउन चाहिने धन पनि थिएन र जनै लगाउँदा फाइदा पनि थिएन र जनै नलगाउँदा नोक्सानी पनि थिएन, ती खसहरूका काँधमा जनै नै पाइँदैन । यसरी नेपाल र भारतको खसानमा जनै नलगाउने अर्थात् मतुवाली छेत्री जो भेटिन्छन्, गबारियोले भने झैँ, ती चोखा खस हुन् । तिनीहरूले हिमालयका यस भेगमा खसहरूको प्रागितिहासिकताको जीवन्त परिचय दिइरहेका छन् ।
भारतवर्षमा वैदिक धर्मले राजनीतिक शक्तिको पुठ पाएपछि, त्यो धर्मको जोडदार प्रचार प्रसार हुनु स्वाभाविक हो । समाजका ‘ठुलाबडा’ ले जे गर्छन्, लोकले त्यसैको सिको गर्छ । यसरी वैदिक धर्म नमान्ने कोही भेटियो भने, त्यसको उपहास गर्ने प्रवृत्ति हुनु र उछित्तो काढ्नु पनि स्वाभाविक भयो । छान्दोग्य उपनिषद् (१/१०/७–९) मा नजान्नु नै दण्डनीय अपराध मानिने कुरो लेखिएको छ (अस्को पर्पोला, ‘रुट अफ हिन्दुइज्म’, १३९) । उत्तर वैदिक साहित्यमा त्यसको पनि दसी पाइन्छ । मैदानी भागबाट राजनीतिक शरण लिन हिमालय पसेका राजाहरूले वैदिक धर्मको प्रभाव हिमालयमा ल्याए होलान् । यसरी धेरैजसो खसहरू वैदिक धर्मको जातभित्र पसे पनि मतुवाली छेत्रीहरू मिलेनछन् । अरूको धर्मको सिको गर्दा केही ढंग नपुगेको हो कि किन हो, खसान क्षेत्रको जात विभाजनमा मैदानी आँखाले हेर्दा धेरै कुरा अनौठा देखिने रहेछन् ।
मध्यकालपछि गंगाको मैदानका हिन्दु समाजमा जसका हातमा प्राविधिक सिप छ (कामी, दमाईं, सार्की, गाइने), त्यसलाई चाहिँ शूद्र बनाइएको पाइन्छ (दिनकर, १९५६ इ) । त्यस स्थितिको नराम्रो प्रभाव तराई र पहाडका नेपाली समाजमा परे झैँ कर्णाली प्रदेशमा पनि नराम्रो गरी प्रचलित छ ।
ऋग्वेद र यजुर्वेदको ‘पुरुष सूक्त’ मा चार जातको जस्तो विभाजन देखिन्छ, त्यो पेसागत विभाजन मात्र थियो, भात, पानी र बिहेवारी नचल्ने आजको हिन्दु समाजको जस्तो निकृष्ट विभाजन थिएन । त्यसको प्रमाण महाभारतमा अनेक ठाउँमा देखिन्छ :
क. एउटै राजा गाधिका छोरा विश्वामित्र चाहिँ छेत्री र छोरीका छोरा नाति अष्टावक्र चाहिँ बाहुन भएका छन् ।
ख. विश्वामित्र आफैँ पनि जन्मिँदा छेत्री थिए, वशिष्ठ ऋषिले बाहुन भइस् भनेपछि बाहुन भए ।
ग. पराशर ऋषिले माझीकी छोरी सत्यवतीबाट जन्माएका व्यास ऋषि बाहुन भएका छन् ।
घ. वासुकि नाग (जनजाति) की बहिनी जरत्कारुको जरत्कारु ऋषिबाट जन्मेका आस्तिक मुनि चाहिँ बाहुन थिए ।
नेपालको मुलुकी ऐनले छेत्रिनी, जनजाति र बिहे नगरेका कन्याबाट जन्मेका बाहुनका छोरालाई बाहुन बनाउन कहिल्यै सक्थ्यो ? त्यसैले नेपाल भारतका दलितहरू अन्यायपूर्वक वैदिक सनातन धर्म र हिन्दुहरूका आधारभूत ग्रन्थ (वेद, ब्राह्मण, उपनिषद्, रामायण र महाभारत) मा कतै नभएको कुरो ‘हिन्दु धर्म’ ले निषेध गरेको भनेर मध्यकालीन उत्तर भारतको जातीय स्वार्थबाट विकसित भएको छुवाछुत र समाजबाट मुलुकी ऐन समेतले काढिएका छन् ।
उत्तर वैदिक ग्रन्थ (पञ्चविंश ब्राह्मण, आदि) हरूमा पाइने ‘व्रात्यस्तोम’ अनुसार वैदिक धर्म लिन निकै ठूलो श्रम र धन खर्च गर्नुपथ्र्यो, त्यसैले धनीमानी, राजा–महाराजाहरूले त जनै लगाएर वैदिक धर्म लिँदा फाइदै देखे होलान्, तर खसानका जुन गरिबहरूसित जनै लगाउन चाहिने धन पनि थिएन र जनै लगाउँदा फाइदा पनि थिएन र जनै नलगाउँदा नोक्सानी पनि थिएन, ती खसहरूका काँधमा जनै नै पाइँदैन ।
कुमाउँका पुरातत्वविद् महेश्वर जोशी (१९८४ इ) को अनुसन्धानअनुसार हिमालयको यस भेगमा त ‘शूद्र’ (डोम) हरू खसहरूभन्दा पनि पहिले आएका आर्य हुन् । महेश्वर जोशी (२०११ इ) ले ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने शोध ग्रन्थमा के कुरो भनेका छन् भने, ‘ब्राह्मण’ शब्दको आधारभूत अर्थ ‘कर्मकाण्ड गर्न जान्ने’ मात्र हो, त्यसैले गंगा र सिन्धुको बेँसीमा विकसित भएको कर्मकाण्डको ज्ञान नहुने मध्य हिमालयका आर्यहरूलाई उनीहरू वैदिक कर्मकाण्ड नजान्ने हुनाले ‘शूद्र’ ठहराइयो । उनले कुमाउँका त्यस्ता ‘शूद्र्र’हरूसँग बाहुनको बिहेबारी नहुने र तिनीहरूले छोएको पानी नचल्ने प्रतिबन्ध १९औँ शताब्दीसम्म थिएन, गोर्खाली फौजले जितेपछि मात्र तिनीहरू अस्पृश्य भए भन्ने कुरो लेखेका छन् ।
जे भए पनि, ‘शूद्र’, ‘अछुत’, ‘पानी नचल्ने’, ‘दलित’ जस्ता मानव जातिभित्रका पक्षपाती र अन्यायी वर्गीकरण वैदिक सनातन र हिन्दु धर्म दुइटैका आधारभूत मानक ग्रन्थसँग मेल नखाने सामाजिक रोग हुन् । तिनीहरूको अन्त्य हुनुपर्छ, त्यसैले नेपालले दलित उत्थान अभियान कार्यक्रमका रूपमा ल्याउनुपर्छ । नेपालीहरू संस्कृत भाषामा भगवान्का मुखबाट जसले जे भने पनि पत्याउँछन्, त्यसैले दलितहरूको जातभातको अन्त्य गर्ने यस अभियानमा नेपाल संस्कृत विश्वविद्यालय, सम्पूर्णानन्द विश्वविद्यालय अथवा पुणें विश्वविद्यालयका संस्कृतका धुरन्धर विद्वान् र अनुसन्धाताको उपयोग गर्नुपर्छ । स्व. योगी नरहरिनाथजस्ता विद्वान् जोगी, महात्मा र साधु सन्तहरूलाई पनि दलितहरूको सम्मानपूर्ण उत्थान र जातभातको समानताको अभियानमा अघि सार्नुपर्छ ।
इतिहासको मध्यकालमा बिग्रेको जाति विभाजनको रूढि नै नेपाली दलितहरूको छुवाछुत प्रथामा देखिन्छ । भारतमा स्वामी दयानन्द सरस्वती र पूर्वी नेपालमा पण्डित छविलाल पोखरेलले हिन्दु धर्मशास्त्रका मानक ग्रन्थहरूका प्रमाण अघि सारेर दलितहरूको उत्थानमा जुन सामाजिक क्रान्ति ल्याए, त्यसलाई पूर्ण रूपमा समस्त नेपालमा लागू गर्नुपर्ने आवश्यकता छ ।
सिप नभएका दलित नै हुँदैनन् । दलितका परम्परागत सिपहरूसित नेपाली संस्कृति नङमासु भएर मिलेको छ । नेपालमा प्रचलित शिक्षा ‘उल्टो बाटो’ मा चलिरहेकाले (हेर्नु ‘उल्टो बाटोमा शिक्षा’, कान्तिपुर, कात्तिक १०, २०७५) नेपाली संस्कृतिका सिक्नुपर्ने कुरा सिकाउने, अभ्यास गराउने र नेपाल र नेपाली चिनाउने कुनै पनि चलन लोप नहुने गरी नयाँ पुस्तामा कसरी शिक्षा र तालिम, अभ्यास, परीक्षा, पुरस्कार र प्रचारद्वारा सार्ने भन्ने कुरामा नेपालको शिक्षा मन्त्रालय संवेदनशील नभएकाले दलितहरू, उनीहरूको सिप र रोजगारसँगै नेपाली संस्कृति र हाम्रो राष्ट्रिय चिनारी दिनानुदिन संकटमा परिरहेका छन् । नेपालको शिक्षा व्यवस्थामा प्रभावकारी रूपमा राष्ट्रिय चेत र दूरदर्शिता उच्चतम प्राथमिकतामा नपरेकाले समग्र नेपाली संस्कृति अहिले दलित र शूद्र झैँ बनाइएको छ ।
शिक्षा मन्त्रालयले हरेक दलितको सिप त्यही जात अथवा अरू जातका सिक्न चाहने विद्यार्थीहरूलाई र विदेशी विद्यार्थीहरूलाई पनि त्यसै गाउँ, ठाउँ, जिल्ला र प्रदेशका मात्र होइन, देशका अन्य प्रदेशका देशभरकै र विदेशका विद्यार्थीहरूलाई तालिम केन्द्र र पाठ्यक्रम बनाएर क्रेडिट कमाउने प्रयोगात्मक तालिम तिनै दलितहरूबाट लिने चाँजो मिलाउन सक्छ । नेपाली लोक संस्कृतिको ठूलो अंश दलितहरूका परिवारमा सीमित भएकाले उच्च सम्मानका साथ त्यसको जगेर्ना, उत्थान, विकास, प्रचार, प्रशिक्षण, प्रदर्शन र बजारीकरण गर्न सरकार सचेत र सक्रिय हुनुपर्छ ।
क. नेपालभरिकै दलितहरूको उत्थान गर्न प्रथमतः उनीहरूको सिपलाई राज्यले राष्ट्रिय सिपका रूपमा सबै सरकारी कार्यालयमा अनिवार्य रूपले उपयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।
ख. दलितहरूलाई नै प्राथमिकता र टेवा दिएर सबै प्रदेशमा विदेशी र स्वदेशी पाहुनाहरूको सत्कार गर्ने कार्यक्रम चलाउनुपर्छ ।
त्यो सामाजिक सुधार गरेर न्यायिक समानताका आधारमा दलितहरूको वैज्ञानिक र वैधानिक सामाजिक उत्थान नगर्ने हो भने, विदेशी विस्तारवादी धर्महरूले नेपालीहरूका धर्ममा अतिक्रमण गर्ने फटाइँ मुलुकमा कायम रहन्छ । नेपालका कानुनले धर्म परिवर्तन गर्न निषेध गरे पनि थुप्रै विदेशी आइएनजिओहरू नेपालको सामाजिक उत्थान गर्ने निहुँ बनाएर गाउँगाउँमा धर्म परिवर्तन गर्न डलर बाँडिरहेका छन् भन्ने कुरो नेपाल सरकारले किन देख्न सकिरहेको छैन ? दलितहरूलाई विदेशी विस्तारवादी धर्ममा दीक्षित गराउने अपराध देशभर खुल्लमखुल्ला चलिरहेको छ । त्यसमा रोक र कानुन लगाउनुपर्छ ।


लिच्छवि : कताबाट आए ? कतातिर गए ?

  लिच्छवि  : कताबाट आए ? कतातिर गए ? इतिहास   गोपीकृष्ण ढुंगाना जेठ १२ , २०८१ शनिबार ७:३६:२३ कुनै बेला रजगज गरी बसेका लिच्छविहरू कहाँ पुगे आ...