Showing posts with label King Prithavi Narayan. Show all posts
Showing posts with label King Prithavi Narayan. Show all posts

Friday, June 14, 2019

नुवाकोटमा सिन्दुरे जात्रा

नुवाकोटमा सिन्दुरे जात्रा
वैशाख १०, २०७६कृष्ण थापा
नुवाकोट — पृथ्वी नारायण शाहले नुवाकोट जितेको खुसियालीमा सुरु गरेको सिन्दुरे जात्रा अझै पनि निन्तर छ । पुरानो सदरमुकाम नुवाकोटको भैरवीथानमा जात्रा सम्पन्न भएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुर छर्कने कार्य गरेपछि सिन्दुरे जात्रा सुरु भएको थियो ।
‘नुवाकोट जित्यौ भन्ने सन्देश दिन देवीको जात्रासँगै सिन्दुर जात्रा गरेको इतिहास छ,’ शाहीले भने ।जात्राअन्तर्गत विदुर नगरपालिका– ५ देवीघाटस्थित जालपादेवी मन्दिरबाट शनिबार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट भैरवीको रथमा अष्टमातृका, बाह्रभाइ गणको मुकुटसहितको खट भैरवीथानमुनि धारपानीमा बिसाउने चलन छ । आइतबार साइत हेरेर अपराहृन ३ बजेको समयमा गुभाजुले धामी र धमिनीलाई पूजाविधि गरे । सेनाले सलामी अपर्ण गरे । सरकारी पदाधिकारीसहित सेनाको ब्यान्ड बाजा, देवीको बजाइने बाजा, धिमे बाजासहित शक्ति पीठ भैरवीको खट, धामीधमिनीसहित भैरवीथान पुर्‍याए ।
कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामीधमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए । त्यसपछि राजप्रतिनिधि शाहीले धामी र धमिनीलाई सिन्दुर छरेर सिन्दुर जात्रा गरे । जात्रालुलाई सिन्दुर छर्किने, गाजल र सिन्दुरको टीका लगाउने चलन छ । जात्रा अवलोकन गर्न प्रदेश ३ का सभामुख सानु श्रेष्ठ, प्रदेश सांसद उच्च पदस्थ पदाधिकारी उपस्थित थिए ।
भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजासहित धामीलगायत झल्दरी छाता ओढाएर भैरवीको खट अघि लगाई साततले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । राजप्रतिनिधि शाहीको निवासमा हाँस बलि गर्दै भत्किएको पाँचतले तुलजा भवानीको प्रांगणमा सेनाले सलामी अर्पण गरे ।
धामी, धमिनी र गणेश र कुमारलाई तुलजा भवानीका उपासेहरूले भोज खुवाए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीको खट र धामी भैरवी मन्दिर प्रांगण लामपाटी राखिएको छ । सिन्दुर जात्रा गरेपछि काठमाडौंको वसन्तपुरबाट कँडेलचोक भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा एक रात बसेर फर्किएर लिंगो ढालेपछि १७ वैशाखमा सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए । प्रकाशित : कान्तिपुर, वैशाख १०, २०७६ ०८:५१

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...