किरात सभ्यताको नालीबेली
काठमाडौँ — किरातहरूको मुन्धुम, संस्कार–संस्कृति, पूर्वीय मिथक तथा भाषा कस्ता छन् ? प्राग्ऐतिहासिक युगदेखि प्राचीन मन्त्र तथा तन्त्रकालीन
समय हुँदै आधुनिक कालसम्ममा किरात जाति कहाँ पुगे ? कसरी जीविकोपार्जन गरे ? यी सबै केलाउने कोसिस गरेका छन् अनुसन्धाता
जितमान राई ‘यालुङ’ ले ।
उनीद्वारा लिखित ‘किरात
इतिहास तथा वंशावली’ पुस्तक उँभौली पर्वको अवसर पारेर राजधानीमा लोकार्पण गरियो । अनुसन्धाता राईले ‘किरात इतिहास तथा वंशावली’ पुस्तकमा त्रेतायुगको सुरुवातका कालखण्ड वा ककेसस, निग्रोइड र मंगोलाइड समय अनि सिन्धुघाँटी
सभ्यता हुँदै भारतीय सभ्यता र किरातकालीन समयलाई चियाउने प्रयास गरेका छन् ।