Friday, June 14, 2019

किरात सभ्यताको नालीबेली


किरात सभ्यताको नालीबेली
जेष्ठ २०, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — किरातहरूको मुन्धुम, संस्कार–संस्कृति, पूर्वीय मिथक तथा भाषा कस्ता छन्? प्राग्ऐतिहासिक युगदेखि प्राचीन मन्त्र तथा तन्त्रकालीन समय हुँदै आधुनिक कालसम्ममा किरात जाति कहाँ पुगे? कसरी जीविकोपार्जन गरे? यी सबै केलाउने कोसिस गरेका छन् अनुसन्धाता जितमान राई ‘यालुङ’ ले 
उनीद्वारा लिखित ‘किरात इतिहास तथा वंशावली’ पुस्तक उँभौली पर्वको अवसर पारेर राजधानीमा लोकार्पण गरियो अनुसन्धाता राईले ‘किरात इतिहास तथा वंशावली’ पुस्तकमा त्रेतायुगको सुरुवातका कालखण्ड वा ककेसस, निग्रोइड र मंगोलाइड समय अनि सिन्धुघाँटी सभ्यता हुँदै भारतीय सभ्यता र किरातकालीन समयलाई चियाउने प्रयास गरेका छन्
 अहिलेको मंगोल जातिले बोल्ने भाषा र लिपिले पूर्वज एउटै थिए भन्नेबारे पनि उनले तुलनात्मक अध्ययन गरेका छन् तिनका विभिन्न शाखा–सन्तान फैलने क्रममा चाइनिज, जापानिज, मंगोलियन, कोरियन, बर्मिज, थाई, किरात आदि रूपमा विकसित भएको उनको दाबी छ
 यालुङछा वंशावली प्रकाशन समिति, काठमाडौंले छापेको पुस्तकमा लेखक जितमानले किरातभित्र को–को पर्छन्? जिउने क्रममा कुन–कुन बाटो हुँदै बसाइँसराइ गरे? को कोसँग कहाँ युद्ध गर्नुपर्‍यो? राई शब्द के हो? कति पुरानो जस्ता प्रश्नको उत्तर दिएका छन्प्रकाशित : जेष्ठ २०, २०७६ ०८:०२


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...