Showing posts with label Maithili Culture. Show all posts
Showing posts with label Maithili Culture. Show all posts

Friday, June 14, 2019

पर्वपिच्छे फरक स्वाद

पर्वपिच्छे फरक स्वाद
वैशाख ४, २०७६कान्तिपुर संवाददाता
जनकपुर — मैथिली समाजमा खानपानसम्बन्धी एउटा भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नहि भेटैत छै ।’ अर्थात् माछा, पान र मख्खन स्वर्गमा समेत पाइँदैन । नयाँ वर्षसँगै वैशाख २ गते जुडशीतल पर्व मनाउँदा स्थानीयबासीले सातु, गुड, आँपको चटनी, बरी भोजन गरे । यस दिन तिलकोर, तरुल, तरुवा (पकौडा) सँगै दही खाने चलन छ ।
‘मिथिलाञ्चलमा चार ऋतुलाई लक्षित पर्व मनाइन्छ,’ जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले भने, ‘जुडशीतल, दशहरा, तिलासंक्रान्ति र फागुपर्व । यी सबैमा खानपान पनि ऋतुअनुसार भिन्नाभिन्नै हुन्छ ।’ उनका अनुसार गर्मी मौसमको खानपान भएकाले काँचो आँप चटनी, सातु, बरी, दहीजस्ता परिकार जुडशीतल पर्वसित जोडिएको छ ।
धेरैले मौलिक भेषभूषा, भाषा, संस्कृति, चित्रकला, लोकगीत, लोकगाथा तथा विवाह पद्धतिसँग मात्रै मिथिलाञ्चलको मौलिकता जोड्दै आएकोमा मौसम अनुसारका परिकारको संस्कृतिले भने खासै चर्चा नपाएको महन्थ वैष्णवले बताए । ‘मिथिलाको आफ्नै मौलिक भोजन विन्यास छ’, उनले भने, ‘आज मिथिला भोजन हुन्छ भन्नेबित्तिकै पाहुनाहरू हुरुक्कै हुने त संस्कार नै हो ।’
उनले पछिल्लो समय मैथिली चित्रकलाले बढी चर्चा पाए पनि यहाँको मौलिक खाना संस्कृति भने आधुनिक बजारमा प्रवर्द्धन हुन नसकिरहेको बताए । छठ पर्वमा गहुँको पीठोमा सख्खर मिसाएर बनाइने ठकुवा, चामलको आटामा सख्खर मिसाएर बनाइने भुसुवाजस्ता परिकार, साउनमा हुने चौठचन्द पर्वमा खाइने पूरी, खीर, ओलको तरकारी र चोखाले पनि मिथिलाका मौलिक परिकार हुन् । त्यस्तै शारदीय नवरात्रको अवसरमा मासु, माछासँगै खीर र पूरी खाने चलन छ । तिलासंक्रान्तिमा खिचडी, घ्यू, चाकु, तरुल, मुरही, तिल खाइन्छ भने फागु पर्वमा पुवा, पुरी र माछामासुका परिकार खाने गरिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका निरीक्षक प्रवीणकुमार तिवारी मिथिला क्षेत्रको पारम्परिक भोजनसंस्कृति वैज्ञानिक भएको व्याख्या गर्छन् ।
‘खाद्य विज्ञानले हामीलाई पौष्टिक तथा सन्तुलित भोजन खान निर्दिष्ट गर्छ,’ उनले भने, ‘सिजनअनुसारको खानपानको संस्कृति वैज्ञानिक छ । यो मिश्रित खाद्य परम्परा हो ।’ एउटै खाद्य पदार्थको अनेकथरि परिकार बनाएर खानु मिथिलाञ्चलको अर्को विशेषता हो । मौलिक खानपानले पनि मिथिला समाजको सम्मुनत सभ्यताको संकेत गर्ने समाजशास्त्रका जानकार रामचन्द्र झा बताउँछन् ।
प्रकाशित : वैशाख ४, २०७६ ०९:१७

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...