Showing posts with label Traditional Mela. Show all posts
Showing posts with label Traditional Mela. Show all posts

Friday, June 14, 2019

लुम्बिनीमा रुमिन्देई माइको मेला

लुम्बिनीमा रुमिन्देई माइको मेला
वैशाख ८, २०७६मनोज पौडेल
कपिलवस्तु — बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पूर्वतिर राम नवमीमा लाग्ने रुमिन्देई माई चैते पूर्णिमा मेला लागेको छ । मेला भर्न कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट श्रद्धालु भक्तजन आएका छन् । त्यस्तै सिमावर्ती भारतको सिद्धार्थनगर, बस्ती, महराजगंज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थी आएका छन् ।
दर्शनार्थीहरु पारिवारिक सुख शान्ति, धनदौलत प्राप्ति र मनोकाक्षा पूरा होस् भनेर रुमिन्देई माईको दर्शन गर्न आउने गरेको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरीले बताए । 'मायादेवी मन्दिरलाई ४०/५० वर्ष अघि रुमिन्देई माई भनिन्थ्यो उनले भने भाकल पूरा हुने हुँदा यहा पूजाआजा गरी मन्दिर दर्शन गर्नेको उत्तिकै घुइँचो । त्यही भएर अहिले पनि यहाँ रुमिन्देई माइकै नाममा चैते पूर्णिमा मेला लाग्ने गरेको छ । आइतबार मेलाको तेस्रो दिन हो । ५ दिनसम्म मेला लाग्छ ।
मेलाको अर्को महत्व पनि छ । यहाँ बालबलिकाको मुडन (पहिलोपटक कपाल काट्ने) काम गरिन्छ । 'बुद्धले मानव जातिलाई प्रदान गर्नुभएको सर्वोच्च आशा र आनन्दको उद्गमभूमि लुम्बिनी हो' स्थानीय पण्डित वीरेन्द्र मिश्राले भने, 'त्यही भएर श्रद्धालु बालबालिकाको पहिलो पटकको कपाल काट्न यहाँ मरिहत्ते गर्छन् ।' कपाल खौरिँदै रुमिन्देई माईसँग सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् । लुम्बिनीमा एक दैनिक हजार बढी बालबालिकाको मुड्न भइरहेको पण्डित मिश्राले बताए ।
तराईमा कराही (भगवानलाई प्रसाद) चढाउने अर्को प्रचलन पनि छ । जुन यहाँ पनि देख्न पाईन्छ । भगवानसँग सुख शान्ति, उन्नति र प्रगतिको कामना गर्दै कराही चढाइन्छ । पुडी र लप्सी पकाएर पहिले मायादेवी मन्दिरमा चढाएर आफूहरुले प्रसादका रुपमा खाने गरिन्छ । दर्शनार्थीको मायादेवी मन्दिरमा उत्तिकै भीड छ । मन्दिरको पूर्वी गेट पनि खोदिएको छ । यसअघि उत्तरको गेटमा खुला हुन्थ्यो । दर्शानार्थीका लागि मन्दिर प्रवेश निःशुल्क गरिएको छ । मेला व्यवस्थापन गर्न मेयर चौधरी आफै खटिएका छन् ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...