Showing posts with label Travel. Show all posts
Showing posts with label Travel. Show all posts

Sunday, August 11, 2019

तारेमाम तोक्पेगोला



तारेमाम तोक्पेगोला
सीताराम गुरागाईं, फुर्सद,  २५ साउन २०७६ ०८:४०:००
ताप्लेजुङका तीनवटा गोला चर्चित छन्— तोक्पेगोला, ओलाङचुङ्गोला र घुन्सागोला।
माथि लुम्बासुम्बा हिमाल। दायाँतर्फ मेवा नदीको आकार लिँदै बगेको सोदोपोखरीको निकास, बायाँपट्टि भेम्भेमा छाँगाको प्राकृतिक झंकारले बस्ती नै गुञ्जायमान बनाउँछ। दक्षिणतिर छितिजसम्मै फैलिएका लेकाली वनका फाँटहरूले आँखा झिमिक्क पार्न दिँदैनन्। खुला चौरमा फुलेका रंगीचंगी फूलहरूको बीचमा बनेका काठका घरहरू निकै आकर्षक र कलात्मक देखिन्छन्। यस्तै अग्र्यानिक सौन्दर्य साँचेर बसेको छ, तोक्पेगोला।
ताप्लेजुङका तीनवटा गोला चर्चित छन्— तोक्पेगोला, ओलाङचुङ्गोला र घुन्सागोला। नेपाली शब्दकोशअनुसार गोला भन्नाले ‘पर्वतको काखमा रहेको व्यापार व्यवसाय गर्ने थलो’ बुझिन्छ। तोक्पेगोला तिब्बतको सीमानजिक रहेको ऐतिहासिक नाका हो। सीमान्तीकृत समूहमा सूचीकृत ‘तोक्पेगोला’ (स्थानीय भाषामा ढोक्प्या भनिने) जातिको यहाँ बसोबास छ। ठाउँकै नामबाट जातको नामकरण गरिएको हो। तोक्पेगोला जाति शेर्पा परिवारभित्रै पर्छन्।
तोक्पेगोला नाम कसरी रह्यो भन्ने सम्बन्धमा यथेष्ट प्रमाण भेटिँदैन। स्थानीय वृद्ध तेन्जिङ शेर्पाका अनुसार नेपाल र तिब्बतबीच युद्ध हुँदा यो बाटो नेपालका सेनाहरू तिब्बततर्फ गएका थिए। तर सेनाहरू त्यहाँ नपुग्दै युद्धविराम भयो। र उनीहरूले सामान बोकाएर लगेका याक र चौंरीहरू गोठालालाई जिम्मा दिए। शेर्पा भन्छन्, ‘गोठालाहरूको भाषामा गोठालालाई ‘थोक्प्या’ र बस्ने ठाउँलाई ‘थोक्प्याई’ भनिन्थ्यो। पछि त्यही अपभ्रंश भएर ढोक्पे हुँदै तोक्पे रहन गयो।’ बिस्तारै घरहरू बने। मानिसहरू बस्न थाले। ‘पछि पापुङ, साँवा, नाल्बु, लिवाङ, खोक्लिङलगायत गाउँका मानिसहरू तिब्बतसँगको व्यापारका निम्ति आवतजावत गर्ने क्रममा त्यहीँ बास बस्ने क्रम सुरु भयो। ससानो व्यापारिक केन्द्र नै बनेको हुनाले यसलाई गोला भनियो। अनि ठाउँको नाम तोक्पेगोला रह्यो’, शेर्पाले भने।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई दिनको पैदलमा तोक्पेगोला पुगिन्छ। मिक्वाखोला गाउँपालिका–५ मै परे पनि पापुङबाट एक दिन जंगलै–जंगलको बाटो रहेको छ। बाटैभरि पहाडको कापबाट खसेका छाँगा छहराहरू भेटिन्छन्। ठाडो खोल्सोझैं छङछङ गर्दै बगेको मेवा नदीको किनारै–किनार दुई दिन हिँड्दा बाटो काटेको पत्तै हुँदैन। घना जंगलभित्र चराचुरुंगी र वन्यजन्तुको विभिन्न आवाजले मुग्ध बनाउँछ।

यहाँ १६ घर तोक्पेली र एक घर लिम्बूको बसोबास छ। मुख्य व्यवसाय पशुपालन हो। प्रत्येकले याक र चौंरी पालेका छन्। हिजोआज नजिकका तीनपोखरी, लोदेन, सिङ्सोङ्देन, साधुटारजस्ता लेकाली फाँटमा याक र चौंरीका गोठले ढाकिएका छन्। ६ महिना हिउँले ढाक्ने हुँदा बस्ती खाली हुन्छ। हिउँदमा गोठसहित औल (पापुङ) झर्ने स्थानीय मिलनदोर्चि शेर्पाले बताए। यहाँबाट ओम्बोक्ला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ। तिब्बतीसँग यहाँका नागरिकको व्यापारिक सम्बन्ध छ।

तीन हजार सात सय मिटरको उचाइमा अवस्थित तोक्पेगोला घरहरू झुरुप्पै भएकाले बजारजस्तै देखिन्छ। घरमाथि राखिएका ध्वजापताकाहरूले गाउँ झिलिमिली देखिन्छ। तोक्पेलीहरूले प्रत्येक वर्ष नागपञ्चमीमा ढुक्पाछेसी पर्व मनाउँछन्। यो दिन नागको पूजा गरेर घरघरमा बौद्ध धर्ममा आधारित पुस्तकहरू घुमाउने गर्छन्। यसो गर्नाले घरमा लक्ष्मी भित्रने र दुःखकष्ट हरण हुने जनविश्वास छ। उक्त अवसरमा ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, इलाम र संखुवासभासम्मका मानिसहरू तोक्पेगोला पुग्छन्। बस्तीनजिकै दुई ठूला पोखरी (भूतपोखरी र सोदोपोखरी) छन्।

काठे तोङ्बामा कोदोको जुसका साथमा सुकुटी खान पाइन्छ केन्जो, माईकोपिला, विख्मा, वनलसुन, पाँचऔंले, खोकिमलगायतका जडीबुटी पाइन्छ शेर्पा जातिको स्याब्ब्रु नाचसमेत तोक्पेगोलामा देख्न सकिन्छ सबै जनाले हात समाएर समूहमा यो नाच नाचिन्छ।
तोक्पेगोला जातिको बसोबास रहेको नेपालको एकमात्र स्थान हो। उचित प्रचार र त्यहाँसम्म पुग्ने बाटो मर्मत नहुँदा बाहिरका आन्तरिक तथा बाह्य पर्यटकको नजरमा खासै पर्न सकेको छैन। तर, पछिल्लो समय भने पर्यटकको चहलपहल केही बढेको वडाध्यक्ष डण्डु लामाको भनाइ छ। तोक्पेगोला जाति र लिम्बू जातिको संस्कृति, चौंरीपालन, जडीबुटीको अवस्थाका विषयमा अध्ययन गर्नेहरू पनि पुग्न थालेको लामाले बताए।

पदमार्गलाई पनि स्तरोन्नति गर्दै लगिएको उनी बताउँछन्। आमागी वर्षलाई सरकारले ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने तयारी गरिरहँदा यस्ता भर्जिन गन्तव्यलाई पहिचान परेर प्रचार गर्न सके पर्यटकको पहिलो रोजाइ बन्नसक्ने पर्यटन व्यवसायी हर्जराज गुरुङ बताउँछन्।



Tuesday, June 18, 2019

क्यागाजुनको खोजी


क्यागाजुनको खोजी
गोरख विष्ट
म पेसाले लेन्डस्केप आर्ट फोटोग्राफर । एउटा गम्भीर यात्रु 
हरेक यात्रा फोटोग्राफिक दृष्टिकोणले उपयुक्त समय र स्थान छुट्टयाएर गर्छु दशक लामो नेपाल–यात्रापश्चात् थाहा भयो— यात्रा सधैं रमाइलो मात्र हुँदैन रमाइलो यात्राले फेरि यात्रा गर्ने प्रेरणा दिन्छ भने कठिन यात्राले अर्को यात्राका लागि पूर्वतयारी गर्न सिकाउँछ

यस तस्बिर कथामा म माथिल्लो डोल्पाको क्यागाजुन भन्ने ठाउँको मेरो फोटोग्राफी एक्पिडिसनबारे भन्दै छु माथिल्लो डोल्पा विदेशी मात्र नभई घुमन्ते नेपालीका लागि पनि रोजाइको ठाउँ हो महँगो भएकाले कमै मात्र पुग्छन्

सन् २०१४ मा माथिल्लो डोल्पा घुमघामको दौरान क्यागाजुन पनि जाने योजना मनाएको थिएँ स्थानीयवासीले धेरै हिउँ भएकाले नजान सुझाए मैले पनि जोखिम मोल्न चाहिनँ फेरि हाम्रो टोली डोल्पाको ३० दिन लामो ट्रेकिङले लखतरान परिसकेका थियौं एक्सप्लोर डोल्पोका प्रबन्ध निर्देशक जितेन्द्र झात्रीसँगको सल्लाहअनुसार म फेरि गत २८ अगस्टमा नेपालगन्ज हुँदै डोल्पा लागेँ दुनै पुगेको दिन तीज परेको थियो बेलुका नाचगान, खानपिन भयो भोलिपल्ट लागियो क्यागाजुनतिर केही बाटो पहिले हिंडिसकेको भए पनि बाँकी बाटोबारे नक्साबाहे केही थाहा थिएन मलाई मेरा गाइडर सहयोगीहरूलाई क्यागाजुन माथिल्लो डोल्पाको बिलकुलै नयाँ गन्तव्य हो त्यहाँ हजार सय मिटरको एउटा हिमाल ओटा पानको पात आकारका ताल छन् यो डोल्पाको यार्चा खन्ने ठाउँमध्येको एक हो त्यहाँ हामीभन्दा पहिले स्थानीयवासीबाहेकका यात्रु गएको ‘रेकर्ड’ भेटाइएन
तेस्रो दिन बेलुका माथिल्लो डोल्पाको पहिलो गाउँ धोताराप र क्यागाजुन जाने बाटो छुट्टियो आधिकारिक बाटो नभएकाले क्यागाजुन खोला पछ्याउँदै तालसम्म पुग्ने हाम्रो योजना थियो त्यसका लागि पहिले धोताराप खोला तर्नुपर्थ्यो बेलुकीपख कठ्यांग्रिने खोला तरेर धोताराप क्यागाजुन खोला दोभानमा क्याम्प बनाएर बास बसियो हामी नक्सा मात्र मात्र हेरेर हिँडिरहेका थियौं कहिले कोही पर्यटक गएको फोटोमा देखेको नक्साका भरमा बाटो लाग्दा अप्ठ्यारो आउनु स्वाभाविक हो एकै दिनमा ३० पटकसम्म एकै खोला तर्नुपर्ला भन्नेचाहिँ कल्पनामा पनि थिएन जुत्ता काँधमा बोकेर खाली खुट्टा कठ्यांग्रिने खोला तर्दाको पीडा शब्दले महसुस गराउन सक्दिनँ
खोलावारिपारि गर्दै दिन ढल्किने बेला हामी क्यागाजुन हिमालको नजिक पुगेजस्तो लाग्यो त्यहाँबाट एउटा हिमाल थोरै देखिन्थ्यो दिन धमिलिँदै गएपछि हामीले त्यहीँ घाँसे भिरालोमा क्याम्प राखेर रात बितायौं

दिनभरिको चिसो थकानले रातभर टाउको फुट्लाजस्तो भयो तातोपानी गार्लिक सुप खाएर सुत्ने प्रयास गरें स्लिपिङ ब्याग तात्दै गएपछि निदाइएछ, बिहान भएको पत्तै भएन एकाबिहानै न्यानो घामले टेन्टभित्र सफा दिनको महसुस गरायो केहीबेरमा ब्रेकफास्ट गरेर हामी घाँसेमैदानबाट उकालो लाग्यौं हिमाल हेर्दै, बाटो अनुमान गर्दै जति माथि चढ्यो, त्यति हिँड्न गाह्रो बिस्तारै हिँड्नुको विकल्प थिएन हिमालतिर जाँदा मेरो एउटै सूत्र छ— बिस्तारै हिँड्नु बिस्तारै हिँडे अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न– हिमालमा पनि लागू हुन्छ यो भनाइ जति उकालो चढ्दै जान्छौं त्यति अक्सिजन कमी हुँदै जान्छ बिस्तारै हिँडेर शरीरलाइ वातावरण अनुकूल बनाउँदा अगाडिको यात्रा अलि सहज हुन्छ

हामी जति उकालो चढ्थ्यौं, एउटा हिमाल त्यति नै नजिक आउँदै थियो त्यसको फेदमै पुग्न करिब ७ घण्टा लाग्यो करिब बजे क्यागाजुन हिमाले नजिकै पुग्यौं तर ताल नदेखेपछि मन खिन्न भयो हिमाल भने बिस्तारै बादलभित्र छोपिँदै थियो सबै थकित थियौं मौसम बिग्रँदै थियो सहयोगीहरूले खानपिनको तयारी गरे व्यवस्थित तरिकाले हिँड्ने भएकाले मौसम बिग्रेकोमा समस्या थिएन तर हेर्न गएको कुरा नदेखेपछि चिन्ता लाग्यो लन्च गरेर क्यागाजुनको फेदैमा बस्ने निर्णयसहित अघि बढ्यौं करिब एक घण्टाको ग्लेसियरमाथि हिँडेर क्यागाजुन बेसक्याम्प पुग्दा एउटा बादलले छोपिएको ताल भेटियो खुसीले दंग भएँ ताल छेवैमा टेन्ट टाँगेर रात बिताउने निर्णय गर्‍यौं मौसम बिग्रँदै गएकाले हतारहतार टेन्ट टाँग्यौं पानी पनि आँट्दै थियो, दायाँ–बायाँ देखिन छोडिसकेको थियो
बिहान–बेलुकाको उज्यालोलाई हामी नेचर फोटोग्राफरहरू गोल्डेन आवर भन्छौं मेरो दिमागमा कुरा खेल्न थाल्यो— मौसम यसरी नै बिग्रियो भने मेरो के हाल हुन्छ? यसरी घुम्नुको एउटै कारण हुन्छ— सर्वोत्तम स्थानमा सुन्दर तस्बिर खिच्नु त्यसका लागि मौसमले साथ दिनुपर्छ र बेलुकादेखि लगातार पानी पर्‍यो टेन्टभित्रका सामान बचाउनै हैरान हुने गरी।आधा रातमा पानी पर्न रोकियो केहीबेर सुतेर सबेरै झोली तुम्बा भिरेर बाहिर निस्किएँ क्यागाजुन ताल त्यसमा डुबेको क्यागाजुन हिमाल राम्रो फोटोग्राफरले खिचेको पोस्टर टाँसेजस्तै गरी बसिरहेको थियो मेरो दुःखको भारी निमेषमै दूर भयो यति भएपछि मैले पनि समय खेर नफाली केही तस्बिर खिची काठमाडौं फर्किएँ
प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...