Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts

Tuesday, June 18, 2019

क्यागाजुनको खोजी


क्यागाजुनको खोजी
गोरख विष्ट
म पेसाले लेन्डस्केप आर्ट फोटोग्राफर । एउटा गम्भीर यात्रु 
हरेक यात्रा फोटोग्राफिक दृष्टिकोणले उपयुक्त समय र स्थान छुट्टयाएर गर्छु दशक लामो नेपाल–यात्रापश्चात् थाहा भयो— यात्रा सधैं रमाइलो मात्र हुँदैन रमाइलो यात्राले फेरि यात्रा गर्ने प्रेरणा दिन्छ भने कठिन यात्राले अर्को यात्राका लागि पूर्वतयारी गर्न सिकाउँछ

यस तस्बिर कथामा म माथिल्लो डोल्पाको क्यागाजुन भन्ने ठाउँको मेरो फोटोग्राफी एक्पिडिसनबारे भन्दै छु माथिल्लो डोल्पा विदेशी मात्र नभई घुमन्ते नेपालीका लागि पनि रोजाइको ठाउँ हो महँगो भएकाले कमै मात्र पुग्छन्

सन् २०१४ मा माथिल्लो डोल्पा घुमघामको दौरान क्यागाजुन पनि जाने योजना मनाएको थिएँ स्थानीयवासीले धेरै हिउँ भएकाले नजान सुझाए मैले पनि जोखिम मोल्न चाहिनँ फेरि हाम्रो टोली डोल्पाको ३० दिन लामो ट्रेकिङले लखतरान परिसकेका थियौं एक्सप्लोर डोल्पोका प्रबन्ध निर्देशक जितेन्द्र झात्रीसँगको सल्लाहअनुसार म फेरि गत २८ अगस्टमा नेपालगन्ज हुँदै डोल्पा लागेँ दुनै पुगेको दिन तीज परेको थियो बेलुका नाचगान, खानपिन भयो भोलिपल्ट लागियो क्यागाजुनतिर केही बाटो पहिले हिंडिसकेको भए पनि बाँकी बाटोबारे नक्साबाहे केही थाहा थिएन मलाई मेरा गाइडर सहयोगीहरूलाई क्यागाजुन माथिल्लो डोल्पाको बिलकुलै नयाँ गन्तव्य हो त्यहाँ हजार सय मिटरको एउटा हिमाल ओटा पानको पात आकारका ताल छन् यो डोल्पाको यार्चा खन्ने ठाउँमध्येको एक हो त्यहाँ हामीभन्दा पहिले स्थानीयवासीबाहेकका यात्रु गएको ‘रेकर्ड’ भेटाइएन
तेस्रो दिन बेलुका माथिल्लो डोल्पाको पहिलो गाउँ धोताराप र क्यागाजुन जाने बाटो छुट्टियो आधिकारिक बाटो नभएकाले क्यागाजुन खोला पछ्याउँदै तालसम्म पुग्ने हाम्रो योजना थियो त्यसका लागि पहिले धोताराप खोला तर्नुपर्थ्यो बेलुकीपख कठ्यांग्रिने खोला तरेर धोताराप क्यागाजुन खोला दोभानमा क्याम्प बनाएर बास बसियो हामी नक्सा मात्र मात्र हेरेर हिँडिरहेका थियौं कहिले कोही पर्यटक गएको फोटोमा देखेको नक्साका भरमा बाटो लाग्दा अप्ठ्यारो आउनु स्वाभाविक हो एकै दिनमा ३० पटकसम्म एकै खोला तर्नुपर्ला भन्नेचाहिँ कल्पनामा पनि थिएन जुत्ता काँधमा बोकेर खाली खुट्टा कठ्यांग्रिने खोला तर्दाको पीडा शब्दले महसुस गराउन सक्दिनँ
खोलावारिपारि गर्दै दिन ढल्किने बेला हामी क्यागाजुन हिमालको नजिक पुगेजस्तो लाग्यो त्यहाँबाट एउटा हिमाल थोरै देखिन्थ्यो दिन धमिलिँदै गएपछि हामीले त्यहीँ घाँसे भिरालोमा क्याम्प राखेर रात बितायौं

दिनभरिको चिसो थकानले रातभर टाउको फुट्लाजस्तो भयो तातोपानी गार्लिक सुप खाएर सुत्ने प्रयास गरें स्लिपिङ ब्याग तात्दै गएपछि निदाइएछ, बिहान भएको पत्तै भएन एकाबिहानै न्यानो घामले टेन्टभित्र सफा दिनको महसुस गरायो केहीबेरमा ब्रेकफास्ट गरेर हामी घाँसेमैदानबाट उकालो लाग्यौं हिमाल हेर्दै, बाटो अनुमान गर्दै जति माथि चढ्यो, त्यति हिँड्न गाह्रो बिस्तारै हिँड्नुको विकल्प थिएन हिमालतिर जाँदा मेरो एउटै सूत्र छ— बिस्तारै हिँड्नु बिस्तारै हिँडे अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न– हिमालमा पनि लागू हुन्छ यो भनाइ जति उकालो चढ्दै जान्छौं त्यति अक्सिजन कमी हुँदै जान्छ बिस्तारै हिँडेर शरीरलाइ वातावरण अनुकूल बनाउँदा अगाडिको यात्रा अलि सहज हुन्छ

हामी जति उकालो चढ्थ्यौं, एउटा हिमाल त्यति नै नजिक आउँदै थियो त्यसको फेदमै पुग्न करिब ७ घण्टा लाग्यो करिब बजे क्यागाजुन हिमाले नजिकै पुग्यौं तर ताल नदेखेपछि मन खिन्न भयो हिमाल भने बिस्तारै बादलभित्र छोपिँदै थियो सबै थकित थियौं मौसम बिग्रँदै थियो सहयोगीहरूले खानपिनको तयारी गरे व्यवस्थित तरिकाले हिँड्ने भएकाले मौसम बिग्रेकोमा समस्या थिएन तर हेर्न गएको कुरा नदेखेपछि चिन्ता लाग्यो लन्च गरेर क्यागाजुनको फेदैमा बस्ने निर्णयसहित अघि बढ्यौं करिब एक घण्टाको ग्लेसियरमाथि हिँडेर क्यागाजुन बेसक्याम्प पुग्दा एउटा बादलले छोपिएको ताल भेटियो खुसीले दंग भएँ ताल छेवैमा टेन्ट टाँगेर रात बिताउने निर्णय गर्‍यौं मौसम बिग्रँदै गएकाले हतारहतार टेन्ट टाँग्यौं पानी पनि आँट्दै थियो, दायाँ–बायाँ देखिन छोडिसकेको थियो
बिहान–बेलुकाको उज्यालोलाई हामी नेचर फोटोग्राफरहरू गोल्डेन आवर भन्छौं मेरो दिमागमा कुरा खेल्न थाल्यो— मौसम यसरी नै बिग्रियो भने मेरो के हाल हुन्छ? यसरी घुम्नुको एउटै कारण हुन्छ— सर्वोत्तम स्थानमा सुन्दर तस्बिर खिच्नु त्यसका लागि मौसमले साथ दिनुपर्छ र बेलुकादेखि लगातार पानी पर्‍यो टेन्टभित्रका सामान बचाउनै हैरान हुने गरी।आधा रातमा पानी पर्न रोकियो केहीबेर सुतेर सबेरै झोली तुम्बा भिरेर बाहिर निस्किएँ क्यागाजुन ताल त्यसमा डुबेको क्यागाजुन हिमाल राम्रो फोटोग्राफरले खिचेको पोस्टर टाँसेजस्तै गरी बसिरहेको थियो मेरो दुःखको भारी निमेषमै दूर भयो यति भएपछि मैले पनि समय खेर नफाली केही तस्बिर खिची काठमाडौं फर्किएँ
प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...