Saturday, December 08, 2018

Nepalese society in 1955


पिताजीको अनैतिक चरित्र’

संस्मरण

माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज।’ त्यो केटीले मानिन माताजीले त्यसको जगल्टा समातेर गालामा थप्पड हान्नुभयो त्यो केटी उठेर आफ्नी आमाछेउ गई

मंसिर २२, २०७५


काठमाडौँ — ती युवतीसितको अवैध सहवासले गर्दा पिताजीबाट हामी छोराछोरी र माताजीले ठूलै दु:खकष्ट भोग्नुपर्‍यो त्यो सम्बन्धबाट पिताजीलाई बाहिर निकाल्न हामीले प्रयास गर्दा सन् १९५५ मा उहाँले हामीसित रिसाएर बनारसको हाम्रो घर आफ्ना माहिला दाजुको जेठा छोरालाई बकसपत्र लेखेर छोडिदिनुभयो त्यतिबेलै त्यो घरको मोल करोड थियो

माताजीको अवसानभन्दा निकै वर्षपहिले नेपालमा भीमशमशेरको प्रधानमन्त्रीत्वको समयको कुरा हो मेरा पिताजीलाई उनले गम्भीर यातनाहरू दिइरहेका थिए त्यस्तैमध्ये एउटा थियो— घर डिल्लीबजार खोरमा आधाआधा समय बस्नु पिताजीले बिहान आठ बजेदेखि भोलिपल्ट बिहान आठ बजेसम्म चाहिँ डिल्लीबजारको खोरमा थुनिनुपथ्र्यो तिनताका दुई जना लट्ठीधारी प्रहरी उहाँका साथै रहन्थे



संवत् १९८७ सालको घटना हो यो एक दिन पिताजी हाँडीगाउँको आफ्नो घरमा आउनुभयो रातको साढे सात बजेको थियो दुई जना प्रहरी तल दलानमा थिए आठ वर्षको केटो थिएँ मेरा दुई दिदी दस तेह्र वर्षका थिए हामीलाई कोठाबाहिर राखेर पिताजीले ढोका बन्द गर्नुभयो माताजीसँग उहाँको कुन कुरामा विवाद बढ्यो, जथाभावी पिट्न थाल्नुभयो कोठामा रहेका जुत्ता खराउले नपुगेपछि लट्ठीले पिटेको पिट्यै गर्नुभयो हामी तीन जना केटाकेटी रुँदै बाहिरबाट ‘ढोका खोल्नु, ढोका खोल्नु’ भन्दै कराइरह्यौँ आधा घण्टापछि पिताजी ढोका खोलेर सोझै तल जानुभयो दलानमा पर्खिरहेका प्रहरीसँगै डिल्लीबजार खोरतिर जानुभयो जाँदाजाँदै उहाँले मलाई भन्नुभयो, ‘असनको त्यो वैद्य पसलमा यस्तो नीलडाम घाउमा लगाउनुपर्ने लेप पाइन्छ सो किनेर ल्याएर भोलि माताजीका घाउहरूमा लगाइदिनू।’ गएर माताजीका पिठ्युँ, आङ, पाखुरा, खुट्टामा जताततै नीलडाम थिए, छाला चर्किएर रगत बगिरहेको थियो



भीमशमशेरकै समयमा हाम्रो घरसँगैको अर्को घरको एउटा कोठामा पूर्व एक नम्बरका एक जनसेनाका तल्लो तहका अधिकारी डेरा गरी बस्थे तिनलाई हामी ‘हवल्दार’ भन्ने गथ्र्यौं एक दिन तिनले आफ्नो घरबाट किशोर उमेरकी आफ्नी छोरी लक्ष्मालाई डेरामा ल्याए र भीमशमशेरको टङ्गाल दरबारमा सुसारे सेविकाका रूपमा भर्ना गरिदिए



जहानियाँ शासनको त्यो कालो युगमा ‘रोलवाला सत्र भाइ राणाजी’ को बिगबिगी थियो ती प्रत्येकका घरमा पाँच जनादेखि पच्चीस जनासम्म चौध वर्षदेखि अठार वर्षसम्मका किशोरीहरू सुसारेका रूपमा राख्ने चलन थियो तिनलाई राणाजीहरू भोग गर्थे निकै गोरी, छरितो जिउकी लक्ष्मा भीमशमशेरका छोरा पद्मशमशेर र अन्य राणाजीहरूकी उपभोग्य थिई टङ्गाल दरबारमा भर्ना भएको चार महिनापछि माघमा त्यो केटी हाम्रो घरमा आफ्ना बाबुआमालाई भेट्न आई तीन दिनको घर िदामा आएकी त्यो केटी र मेरी माताजीबीच एक दिन दिउँसो दुई बजे दलानअगाडिको पेटीमा बसेर कुराकानी चलिरहेको थियो त्यसको ठीक माथिपट्टि झ्यालमा बसेर दुवै जनाको गफ सुनिरहेको थिएँ त्यस बेला माताजीले त्यो केटीलाई बिस्तारै भन्नुभयो, ‘बाजेसँगै राति बिछ्यौनामा सँगै हुन भरे आइज।’ त्यो केटीले मानिन माताजीले त्यसको जगल्टा समातेर गालामा थप्पड हान्नुभयो त्यो केटी उठेर आफ्नी आमाछेउ गई



यो घटना अर्कोपटक पनि भयो भीमशमशेर मरिसकेका थिए लक्ष्मा रुद्रशमशेरको दरबारमा सरुवा भएर आइसकेकी थिई जुद्धशमशेर श्री भएका थि एक दिन त्यो केटी आफ्नो बाबुलाई भेट्न हाम्रो घर आएकी थिई हामी आँगनमा खेल्दै थियौँ त्यो केटीले औँलाले मतिर देखाउँदै भनी, ‘ऊ मेरो पोइ! बाह्र वर्षजतिको थिएँ होला त्यो केटीले भनेको मैले बुझिनँ ‘पोइ’ भन्ने शब्दको अर्थ नै मलाई थाहा थिएन अंशबन्डामा हाम्रो भागमा पर्नुभएका र रोजै बिहान आएर हाम्रो घरका देवता शालिग्रामको पूजा गरिदिनुहुने, मभन्दा सात वर्ष जेठा धरणीधर भट्टराईलाई मैले भोलिपल्ट सोधेँ, ‘लक्ष्माले मलाई देखाएर ऊ मेरा पोइ भनी यो भनेको के हो?’ उहाँले मलाई बताउनुभयो, ‘विवाह गरेको एक जनालाई पति भनिन्छ त्यसपछि अर्कोसित टाँस्सियो भने फुँडी तेस्रो मानिससित सुत्यो भने त्यसलाई रन्डी भनिन्छ रन्डीले स्वर्ग जान पाउँदैनन् त्यही पनि मेरो पोइ भनी मान्छेलाई देखाउँदै एक हजार सङ्ख्या पुर्‍यायो भने त्यो केटी स्वर्ग गएर इन्द्रकी पत्नी भएर रानी हुन ाउँछे।’



माताजी मूच्र्छा पर्ने क्रम चलिरह्यो स्थानीय वैद्यले भनेबमोजिम हाम्रो खेतको कान्लामा रहेको बोझोजस्तो जडीबुटी खुवाउने काम चलिरह्यो तर, कुनैले पनि काम गरेनसन् १९४५ मा वीरगन्जको हरिनारायण नामक मारवाडीको बगैँचामा भाइ महेशको विवाह भएको थियो त्यस विवाहका क्रममा एक साँझ एउटी युवतीले मलाई फकाउने प्रचण्ड कोसिस गरेकी थिइन् त्यस बेला एमए पहिलो वर्षमा पढ्दै थिएँ संन्यासी हुनेबारे कोसिस गर्दै थिएँ मैले नमानेपछि ती युवती मेरा पिताजीतिर ढल्किछन् सन् १९४६ को अन्तिमतिर बलरामपुरमा काहिँला पितृव्यका छोराको व्रतबन्धको निम्तो मान्न मेरा सानाकान्छा पितृव्य हरमणि दीक्षित पनि काठमाडौँबाट आउनुभएको थियो एक दिन उहाँले मलाई भन्नुभयो, ‘मदनबाबु, यता आउँदा म वीरगन्जमा तिम्रा पिताजीको डेरामा दुई दिन बसेको थिएँ त्यस बेला तिम्रा पिताको चालचलन चरित्रबारे मैले आफूले देखेका कुरा तिमीलाई भन्दै छु मलाई त्योचित्त बुझेन



पछि गएर यस विषयले दारुण रूप लियो



त्यसै बेलाको कुरा हो माताजी पिताजीलाई सम्झाउन वीरगन्जबाट बनारस जानुभएको थियो आफ्नी विधवा दिदीको डेरामा बस्नुभएको थियो भाइ महेशमणिले उहाँलाई त्यहाँ पुर्‍याएका थिए पिताजीलाई रामकटोरामा भेटेर सम्झाउन दिउँसो तीन बजेतिर उहाँ त्यतै जानुभएछ तर, घरको ढोका बन्द रहेछ जमिनबाट तीनवटा ढुङ्गे खुड्किला चढेपछि ढोकामा पुगिन्थ्यो उहाँले ढोकामा पुगेर ढकढक गर्नुभएछ पिताजीले ढोका खोल्नुभएछ ढोका खुलेपछि माताजीले निहुरिएर खुट्टामा ढोग्न खोज्दा पिताजीले दाहिने खुुट्टाले माताजीको शिरमा हानेर तीन खुड्किला तल लडाइदिनुभएछ उहाँहरूबीच कुनै कुराकानी हुन पाएन शरीरमा घाउचोट बोकेर माताजी आफ्ना दाजुको घर फर्किनुभयो डाक्टर बोलाइयो आवश्यक मह्लमपट्टी गरियो स्वस्थ एपछि उहाँ आफ्ना काहिँला देवर यज्ञमणिलाई भेट्न बलरामपुर जानुभयो, पिताजीलाई सम्झाउन–बुझाइदिन भन्नलाई



माताजी बलरामपुरमा पन्ध्र दिन बस्नुभयो उहाँको एपिलेप्सी झन् बल्झेछ लखनउबाट डाक्टर बोलाइयो त्यो डाक्टरले केही गर्न सकेन भनेछ, ‘अब उहाँको जीवन लामो छैन।’ त्यस बेला भाइ महेश वीरगन्ज फर्किसकेका थिए संवत् २०१३ साल सुरुको कुरा हो यो काठमाडौँमा थिएँ बलरामपुरबाट मेरा नाउँमा टेलिग्राम आयो, तुरुन्तै आउनू भनेर चार दिनपछि बलरामपुर पुगेँ माताजीको स्वास्थ्य राम्रो हुँदै रहेछ दुई दिनपछि बलरामपुरबाट पितृव्यको मोटरगाडीमा गोन्डासम्म र त्यहाँबाट रक्सौलसम्म ट्ेरनमा मैले माताजीलाई ल्याएँ छपरादेखि बेतियासम्मको ट्ेरन यात्रामा माताजी फेरि दुई पटक मूच्र्छा पर्नुभयो, अवसानप्राप्त हुनुहोलाजस्तो स्थितिमा पुग्नुभयो त्यस बेला ट्ेरनको तेस्रो दर्जामा थिएँ भने सुविधा होस् भनेर माताजीलाई दोस्रो दर्जामा राखेको थिएँ दोस्रो दर्जामा छपरादेखि काठमाडौँकै मणि परिवारका नातेदार कोपुण्डोलका हर्षनाथ थिए उनैले हेरविचार गरिदिए मैले आफूसित रहेको होमियोप्याथिक औषधि माताजीलाई खुवाउने गर्दै आएको थिएँ



बलरामपुरबाट फर्केपछि हामीले रुपैयाँ पैसाको अभावले गर्दा अति दु:ख भोग्नुपर्‍यो वीरगन्जमा छउन्जेल मेरी देवीजीले माइतीघरबाट सहयोग ल्याएर चामल, दाल, तरकारी, मसला आदिको सम्पूर्ण खर्च चलाउने गरेकी थिइन् त्यहाँबाट सुरुमा एक्लै काठमाडौँ आएको थिएँ, कुनै काम पाइन्छ कि भनेर



यथार्थ भन्ने हो भने त्यस बेला मेरा कान्छा भाइ महेन्द्रमणि तथा माहिला भाइ महेशमणि गम्भीर बिरामी हुँदा पनि देवीजीमार्फत मेरो ससुरालीले सम्पूर्ण खर्च बेहोरिदिएको थियो



माताजीबारे यी कुरा नलेख्ने र पिताजीले वीरगन्जकी ती युवती अर्थात् आफ्ना मामाकी नातिनीकी छोरीसित सहवास बढाएका बारेमा कुनै चर्चा नगर्न मेरी देवीजीले मसित बराबर आग्रह गर्ने गर्थिन् उनी भन्थिन्, ‘अन्य केटीसितको व्यवहारमा पिताजीले गल्ती गर्नुभएकै हो... सबैमाथि आक्रमण गर्नु पनि नराम्रो हो तथापि जे हुनु थियो, त्यो सब भयो अब आएर पिताजीमाथि मात्र किन दोष थोपर्ने? हजुर आफूले पनि सहनुपथ्र्यो तर कहिल्यै सहने कोसिस गर्नुभएन।’



आफ्नी पत्नीका गुनासाहरूलाई म नाजायज भन्दिनँ, तथापि मेरो स्वाभिमानले पिताजीको अनैतिक चरित्रका सामुन्ने निहुरिने अनुमति मलाई दिएन पिताजीले कतिसम्म निकृष्ट व्यवहार गर्नुहुन्थ्यो भने एकचोटि मलाई ती युवतीका अगाडि भन्नुभएको थियो, ‘मेरा मामाकी नातिनीकी छोरी हो तसर्थ तेरी दिदी पनि हो , यो दिदीको खुट्टामा ढोग्।’ आफूले अवैध सहवास गरिरहेकी केटीको खुट्टामा ढोग्न पिताजीले मलाई अह्राउनुलाई मैले त्यस बेला आफ्नो स्वाभिमानका निम्ति अत्यन्त ठूलो आघात ठानेको थिएँ मेरो स्वाभिमानको आधार पनि थियो मेरा पितामह काशीनाथ आचार्य दीक्षितका भारतका धेरै ठूला विद्वान् डा. सर्वपल्ली राधाकृष्णनले मेरो स्वाभिमानलाई पुष्टि गरेका थिए त्यसैले मेरानिम्ति पिताजीको त्यो आचरणगत भ्रष्टता असह्य हुने गरेको थियो आफ्नो त्यो असहिष्णुताले गर्दा एक पटक मैले घरपरिवार सबै छाडेर सदाका लागि बिदेसिने निर्णय पनि गरेको थिएँ तर, माताजी र परिवारप्रतिको कर्तव्यले मलाई रोकेको थियो



माताजीको मानसम्मानबारे सम्झिने प्रयास गर्दा म त्यस बेलाका वरिष्ठ र प्रबुद्ध काशीनाथ आचार्य दीक्षितको समय र समाजको अवस्था तथा सामाजिक सम्बन्धबारे ध्यान दिन्छु—



त्यो परिवारमा सवारी साधानका रूपमा नौवटा तिब्बती घोडा थिए तिनको भोजन स्याहारसुसारका लागि एघार जना सइस कामदारहरू थिए ती सबै त्यस बेलाको ऐन–कानुनअनुसार ‘कमारा’ थिए ती कमाराहरूका कमारी पत्नी पनि त्यही घरमा काम गर्दै वर्षका दुई जोर (रामनवमी बडादसैँमा) सबैभन्दा सस्तो कपडाको धोती–चोलो पाउने गर्थे



तबेलाको काम गर्नेबाहेक परिवारका सदस्यहरूको दैनिकको सेवा कार्यका निम्ति एक–एक जना कमारी रहने गरेका थिए ती कमारीका लोग्नेहरू पनि रहने गर्थे एउटी कमारीले मेरी माहिली दिदीको विवाहको अन्त्यमा लोकन्ती भएर जानुपर्दा भाने भन्ने उसको लोग्नेले नयाँ सुती साडीको माग गरेको थियो त्यसबाट रिसाएर उसलाई मेरा एक पितृव्यले हात समातेर फनफनी घुमाएका थिए त्यसको दाहिने पाखुरा भाँचिएको थियो यो संवत् १९७७ सालको घटना हो



त्यही भाने कमारोले एक दिन मेरा एक पितृव्यको दराजमा रहेको बट्टा चुरोट झिकेर सल्कायो त्यो अपराधबापत उसका दुवै हातमा कटक बिजुली बाँधेर चक्का घुमाई एक घण्टासम्म बिजुली लगाइयो बिजुली लागेको समयमा भाने एक डल्लो भएर भुइँमा लडिरह्यो चार घण्टापछि त्यो केटोको होस खुल्यो उठेर काम गर्न थाल्यो यो घटनाको साक्षी थिएँ



हाम्रो घरमा काम गर्ने कमाराकमारी र भोजन पकाउने बाहुन बाजे र बाहुनी बज्यैहरूले बिहान–बेलुका मकैको पीठोको ढिँडोसँगै रायोको साग खानुपथ्र्यो



कमारीहरू हाम्रो घरमा बस्दा अज्ञात व्यक्तिबाट सन्तान जन्माउँथे र त्यस्ता सन्तानलाई हाम्रो त्यो विशाल घरको चारैतिरको पर्खालको फेदमा लुकाएर गाडिदिने गर्थे



मेरा पितामह चढ्ने घोडा पुड्को, निक्खर कालो र निकै फुर्तिलो थियो पितामहले पहिरिने कोटमा घोडाको कालो रौँ एउटा मात्र पर्‍यो भने पनि उहाँ गैरिधारादेखि टुँडिखेलको खरीको बोटसम्म जाँदा सयसले घोडाले जति नै उहाँको लट्ठीको पिटाइ सहनुपथ्र्यो



पितामहको शान्ति निकेतन नामक त्यस घरमा चर्पी घरभित्रै थियो तर, केही फरक सातवटा चर्पी कोठा बनाइएका हुन्थे पितामह भने आफ्नै कोठामा कोपरामा आफूलाई हलुका तुल्याउनुहुन्थ्यो चार वर्षदेखि एघार वर्षसम्मका केटाकेटीहरू चर्पीघरतिर जाने ढुङ्गे ओसारोको छेउको नालीमा दिसा गर्ने गर्थे चर्पीकोठासम्म जान चाहनेहरूले ती फोहोरमैलामा कुल्चिँदै जानुपथ्र्यो चर्पीकोठाको कनेस्टर भरिएको सात दिनपछि त्यसलाई खेतमा लगी घोप्ट्याइन्थ्यो



मेरा एक पितृव्यले घरको तेस्रो तलामा आफ्नो कोठाबाहिर सिमेन्टको सानो चर्पी बनाउनुभएको थियो र उहाँ आफूलाई हलुका पार्न त्यहाँ नाङ्गै बस्ने गर्नुहुन्थ्यो त्यस बेला घरका पाँच–सात जना केटाकेटीले उहाँको सामुन्ने बसेर दिसा निस्केको तथा पिसाब बगेको हेरिहरहनुपथ्र्यो



त्यो विशाल घरमा भान्साघर दुईवटा जस्तै थिए एउटा कोठामा मेरा पितामहका निम्ति प्राय: मेरी पितामही उच्चस्तरीय चामल, साग, तरकारी, आलुको अचार, बाक्लो पारेको दूध तयार पार्नुहुन्थ्यो भोजन तयार भएपछि एउटी कमारीले गएर पितामहका सामु ‘तल बज्यैले भन्नुभयो, भोजन तयार भयो’ भन्नुपथ्र्यो पितामहले भोजन गरिसकेपछि पितामहीले त्यही ठाउँमा बसेर तिनै थाल कचौरामा पतिले बाँकी छाडेका ‘पुरा’ खानुपर्ने चलन थियो पितामहबाहेक अरूका लागि छुट्टै भोजन पाक्ने गथ्र्यो

पितामह र पितामहीको भोजन सिद्धिएपछि भान्साको ढोकाबाहिर झुन्डिएको धातुको एउटा घन्टामा काठको हथौडीले ठूलो आवाज आउने गरी दुई पटक हानिन्थ्यो त्यसपछि घरका छोराहरू भोजन गर्न आउने गर्थे



छोराहरूले भोजन गरिसकेपछि भान्से बाहुन बाजेले उही घन्टामा तीन पटक हान्थे यसपछि घरका बुहारीहरू भान्साघरमा आउँथे पतिदेवले छाडेका पुराको थालमा खाने गर्थे तिनले खाँदाखाँदै बाहुन बाजेले थप भोजन पनि पस्कने गर्थे

एवंरीतले पितामाताले खाइसकेपछि छोरा र छोरीहरूको भोजन गर्ने समय आउँथ्यो केटाकेटीलाई भान्साकोठाको बाहिर रहेको पेटीमा नत्र आफ्नो कोठाबाहिरको मटानमा कमारी वा तिनका माताहरूले लगेर खुवाउने गर्थे



माथि उल्लेख गरिएका विवरणहरू हामी बम्बईमा अढाई वर्ष बसेर म चार वर्षको भएपछि काठमाडौँको घरमा आएपछि मेरा बाल्यकालका सम्झना मात्र हुन् त्यस बेला घरका केटाकेटीलाई कठोर यातनामा राख्ने गरिन्थ्यो ताजा हरियो पोल्ने सिस्नुलाई पानीमा भिजाएर केटाकेटीका नाङ्गो हात आङमा छापिदिने चलन व्यापक थियो त्यति मात्र होइन, अति सामान्य गल्ती गर्दा पनि केटाकेटीलाई धोतीले हातखुट्टा बाँधेर दलिनमा आधा घण्टासम्म झुन्ड्याइदिने व्यवहार सामान्य थियो

(दीक्षितको प्रकाशोन्मुख संस्मरण सङ्ग्रह ‘मेरी माता’ बाट)

प्रकाशित : मंसिर २२, २०७५ ०८:४९




Sunday, December 02, 2018

Magar's tradition since 16th century


कोसेली
सोह्रौं शताब्दीदेखिको पर्व
संस्कृति
कार्तिक २५, २०७४लालप्रसाद शर्मा
काठमाडौं — अविवाहित युवा बारीमा कोदाली, बाउसो घिसार्दै हहहह, हो.....बा, माले भन्दै खन–जोतको अभिनय गर्छन् । केही बूढापाका हिउँदे बालीको बीउ लिएर बारीमा पस्छन् । लगत्तै अविवाहित युवती पनि बारीमा देखिन्छन् । परम्परागत वेशभूषामा ठाँटिएका युवायुवती छरेको बीउ पुर्न बारी खन्छन् 
विवाहयोग्य युवायुवती मात्र यसमा सहभागी हुन्छन् । बारी खनिसकेपछि कोदाली जुधाएर तरुनी–तन्नेरीबीच तानातान हुन्छ । खेतबारी खन्ने क्रममा बाउसो, कोदाली ठोकिएमा बाली सप्रेर सहकाल आउने (अन्न अभाव नहुने) मान्यताले यस्तो गरिएको हो । वरपर दर्शकको ठूलो भींड छ । ‘छापे खन्ने’ भनिने यस्तो दृश्य प्रत्येक कात्तिक २६ गते अपराह्न देख्न पाइन्छ  
गीत गाउने र मादल बजाउनेको अगाडि मारुनी नाचिरहेका हुन्छन् । यो समूहलाई नाचपाटी (नास्पाती) भनिन्छ । यो क्रियाकलाप वर्षदिनभरि गाउँमा मृत्यु भएका परिवारको बरखी अर्थात् दु:ख फाल्ने कामका लागि हो । नाचपाटीले मृतकको घरमा पुगेर मारुनी नाची मृतकका आफन्तलाई आशिष दिँदै टीकाटालोदेखि सबै फुकाइदिन्छ । सबै मृतकको परिवारमा बरखी फुकाएपछि शंखु (देवता) घरमा जम्मा भई अर्गासी (सार्वजनिक जग्गामा) युवायुवतीले छापे खन्छन् । शंखु देवताको पूजा गरी अग्नि साक्षी राखी वराना (हली) ले युवालाई छेउ लगाउन भन्छन् । त्यसपछि वरकल (बीउ छर्ने) ले गहुँ, जौ, मटर, भट्टजस्ता हिउँदे बालीको बीउ छर्छन् । तरुनीतन्नेरीले खन्छन् । मादले मारुनी समूह गीतसँगै हातमा राँका, डाला र स्याउला लिएर निस्किन्छन् 
पश्चिम बागलुङको अर्गल गाविसस्थित मगर समुदायको परम्परागत तथा ऐतिहासिक भुस पोल्ने तथा छापे खन्ने संस्कृतिको दृश्य हो यो । सोह्रौं शताब्दीमा तत्कालीन पाल्पाका सेनवंशीय राजा रूद्र सेनको शासनप्रति विमति राख्दै आफ्नो अस्तित्व रक्षाका लागि पाल्पाको अर्गलीबाट आएको मगर समुदायले सोही बेलादेखि मनाउँदै आएको एक मुख्य सांस्कृतिक पर्व हो यो  
उतिबेला चारथरी मगर नाउसा (नावसा), पुलिसा, ओसासा र पुन तथा केही दलित परिवार यहाँ आएका थिए । ‘पुर्खाहरू आफ्नै शासन प्रणाली, पदको बाँडफाँड पनि गरेका तर सेन राजाले भनेको नमानेपछि आफ्नो संस्कार र संस्कृतिलाई स्थापित गर्न यहाँ आएका रहेछन्,’ संस्कृतिबारे अध्ययन थालेका शिक्षक बिर्बलाल घर्तीमगर भन्छन, ‘त्यतिबेला ६० घरधुरी हतियारसहित यहाँ आएका थिए ।’ उतिबेला चौबीसे राज्य र अन्य थुप्रै ससाना राज्यरजौटा थिए । एउटा राज्यबाट त्यही पनि हतियारसहित अर्को राज्यमा छिर्न सक्ने अवस्था थिएन । तर आफ्ना पुर्खाहरूको आत्मविश्वासले यहाँ आइपुगेको उनी बताउँछन्  
यस ठाउँमा आएर बसेका पुर्खाले भौगोलिक अन्वेषण गर्दै कुनै पनि राज्य तथा व्यक्तिको अधीनमा अर्गलको भूमि नरहेको यकिन गरेपछि कात्तिक अन्तिममा आफ्नो जग्गा ठहर्‍याउँदै बसेको जनश्रुति रहेको स्थानीय सूर्यबहादुर घर्ती बताउँछन् । ‘कोही पनि जग्गाको दाबी गर्न नआएपछि खोरिया फाँडेर घामको झुल्कोसँगै जलाइएको रहेछ,’ शिक्षकसमेत रहेका उनी भन्छन् । अर्गलीबाट विस्थापित हुने क्रममा र बाटोमा समेत कसैको ज्यान गएको हुन सक्ने बिर्बलाल अनुमान गर्छन् । ‘पुर्खाहरू त्यत्तिकै अर्थात् खुीिसाथ आएका होइनन् । खोरिया फाँडेर जलाइएपछिको खरानी सेलाएसँगै मृत्युको अन्तिम संस्कार पनि सम्पन्न गरेका हुन सक्छन,’ यहाँ आएर घना जंगल फाँडेर बस्ती बसाउने र बारी बनाएको दिनको स्मरणस्परूप यसरी पर्वको रूपमा मनाउँदै आएको हुन सक्ने उनको भनाइ छ । ‘कात्तिक २६ गते बिहान अन्तिम संस्कार हुनु भनेको भूमि हाम्रो अधीनमा रह्यो भनी घोषणा गरेको र हिउँदे खेतीपाती सुरु भएको दिन स्मरणमा संस्कृतिको विकास भएको हो,’ उनी भन्छन्, ‘कात्तिक अन्तिम साता अन्तिम मृत्यु संस्कार एउटा संयोग मात्रै हुन सक्छ ।’ उतिबेला अनिकालको समयमा धनपैसा नभएका कारण ‘रहे किरिया’ गर्ने संस्कार पनि रहेको र वर्षायामको असार, साउनमा मृत्यु भएमा कामको चाप र अन्नपातसमेत नहुने भएकाले कात्तिक अन्तिममा अन्तिम संस्कार गर्ने चलन पनि रहेको हुन सक्ने उनी बताउँछन् । २६ गते पितृमुक्त भएर खुसियालीसँगै भोलिपल्टबाट वर्षदिनभरमा जेठो छोरा जन्मेको घरमा सोही नाच टोली पुगेर हर्षबढाइँ गर्छ । कात्तिक २७ गतेदेखि अर्को कात्तिक २२ गतेभित्र मृत्यु भएका परिवारलाई कात्तिकै २६ गते अम्काउने (दु:ख फाल्ने) गरिन्छ  
प्रत्येक कात्तिक २४ गतेको अपराह्न ४ बजे होलदास (मृतकको घरमा किरिया रुँग्न) राख्ने चलन छ । मृतक अविवाहित तर उमेरले पाको भएमा मृतकको मावलीमा र विवाहित भएमा मावली तथा श्रीमतीको माइतीबाट होलदास राख्ने चलन छ । होलदासमा १८ माना चामल, १८ दाना सुकेको छाला तथा सुकुटी (कोर्तो) हाचक (मर्चा) र भुस्केट (जडीबुटी) लगिन्छ । होलदास भनेको किरिया रुँग्न (कुर्न) जाँदा हुलाबाट होल भएको हुन सक्ने अनुमान स्थानीय गर्छन् । दास भनेको काममा राख्नु भन्ने बुझिन्छ । पाको मान्छेको मृत्यु प्रमाणित गर्न होलदास लैजाने चलन रहेको हो । २४ गतेको बिहान घामको झुल्कोसँगै बीउ छरेर उब्जनी गर्न खनेको बारीमा कोदो, मकै, भट्टलगायतका बालीको जरा, डाँठ बस्तु जलाउनुपर्छ । अपराह्न ४ बजे होलदासको कार्यक्रम हुन्छ । २५ गते मृतक परिवारका आफन्तजन, भाइखलक जम्मा हुन्छन् । बेलुकी ज्वाइँचेला आएर होलदासमा ल्याइएको चामल, सुकुटीलगायत वस्तु पितृलाई चढाइदिन्छन् । सबै काममा युवापुस्ताको उत्तिकै सहभागिता रहन्छ । ‘यो संस्कृति (पर्व) मा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहन्छ’, स्थानीय महेन्द्र घर्तीले भने, ‘यसले संस्कृतिको जगेर्नामा युवापुस्ता आकर्षित गरेको छ ।’ कात्तिक २४ गतेलाई भुस पोल्ने र २६ गतेलाई छापे खन्ने भनिन्छ । यस विषयमा गहिरो अध्ययन अनुसन्धान भने भएको छैन 
छापे खनिसकेपछि सबै जना शंखु घरमा जम्मा भएर खाजा खाने, गाउने र नाच्ने गर्छन् । पछिल्लो समय विभिन्न कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम, खेलकुद पनि हुन थालेका छन् । यसले गाउँका प्रतिभाको पहिचान हुने र व्यापार व्यवसायमा पनि सहयोग पुर्‍याउने गरेको छ 
छापे खन्ने करिब एक रोपनी जग्गा गाउँलेको सामूहिक स्वामित्वमा छ । जग्गामा उब्जिएको बालीबाटै पर्व मनाउने खर्च जुटाइन्छ । ‘यो हाम्रो स्थिर चाड भएकाले अन्य चाडबाड तथा मेलापर्व परे पनि हामीलाई असर पर्दैन,’ अर्गल माविका प्रधानाध्यापक गणेश घर्तीमगर भन्छन्, ‘अहिलेसम्म जीवन्त छ । भविष्यमा पनि जीवन्त राख्न प्रतिबद्ध छौं ।’
विसं १९९७ सालमा श्रेष्ठ थरका एक योगी यो ठाउँमा आएर तपस्या गरेका थिए । गाउँकै बयोवृद्ध नासु नन्दवीर थापाको भनाइमा ती योगीले गाउँको सबै गतिविधि पनि नियालेका थिए । अन्तिममा उनले अफाप हुन सक्छ हतियार एउटा कोत बनाएर राख्नू भन्दै त्रिशूलसमेत दिएर गएका थिए । त्यसपछि स्थानीले आफूले ल्याएका उतिबेलाका हतियार कोत बनाएर सुरक्षित राखेका छन् 
lalpsharma@gmail.com
प्रकाशित : कार्तिक २५, २०७४ ०९:०१




Saturday, December 01, 2018

Sindure festival in Thimi of Nepal


थिमिमा सिन्दुरे जात्राको रमाइलो

वैशाख २, २०७५तस्बिर : अंगद ढकाल

भक्तपुर — बिस्केट जात्राका अवसरमा मध्यपुर थिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् 

थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । शनिबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो ।

जात्रा शुरु भएपछि पमा (जात्रा चलाउने नाइकेका सहयोगी)हरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमति लिई बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा कायाँ बाजा, भुस्या बाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एकार्कालाई सिन्दूर दल्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणसहित क्वाछें द्यो(देवता), हिचो द्यो, अजिमा द्यो, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिन्छ ।

परम्परानुसार नै देवता लायकू दरबारभित्र पस्न नपाऊन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गण बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याइने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ ।आजै अपराह्न थिमिको जिब्रो छेड्ने जात्रा शुरु हुँदैछ । बोडेका ४६ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । उनले यसअघि पाँच पटक जिब्रो छेडिसकेका छन् । (रासस)


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...