Sunday, January 27, 2019

'चेम्जोङलाई पढेर' पढेपछि


'चेम्जोङलाई पढेर' पढेपछि
चैत्र २१, २०७०
गत मंसिर १६ मा 'कोसेली'मा 'चेम्जोङलाई पढेर' सौरभजीको लेख पढ्न पाइयो । उक्त लेखले इमानसिंह चेम्जोङको पुस्तक 'हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल'
माथि पूर्णत ः भ्रम सिर्जना गर्न खोजेको छ । त्यसैले सौरभजीले आफ्नो लेखमा जुनजुन क्रमसंख्यामा चेम्जोङलाई खण्डन गर्नुभएको छ, त्यसउपर यहाँ मेरो प्रतिक्रिया समावेश छ 
- '
काबुलका 'हजारा' जाति र नेपालका किरात एकै थिए' भन्ने चेम्जोङको भनाइलाई सौरभजीले- 'चङ्गेज खानका छुटेका हजारजनाको डफ्फाबाट 'हजारा' आउँछ' भन्नुभएको छ । तर, हजारा बारे एकजना अमेरिकी इतिहासकार स्टेफन टेनर आफ्नो 'अफगानिस्थाना' पुस्तकमा लेख्छन्, 'मङ्गोल 'मिङ' शब्दलाई पर्सियन उल्था गर्दा 'हजार' र मंगोल 'मिङघन' नै आजका 'हजारा' हुन् ।... तिनीहरू आफ्गानिस्तानमा मङ्गुका राज्यकालमा आइपुगेका थिए र तिनमा निःसन्देह केही योद्धाहरू पनि थिए जसले चङ्गेजको अभियान (१२१९-२१ई.) मा लडेका थिए ' यसबाट हजारा चङ्गेजका छुटेका सैनिकहरू मात्र होइनन् भन्ने बुझ्न सकिन्छ 
-
दुई नम्बर बुँदामा 'तिनले आसाम र लोहितलाई म्लेच्छ देश वा मेचेहरूको देश भन्दथे (चेम्जोङ पेज ७) । यसको खण्डन गर्दा सौरभजी विषयभन्दा पर जानुभएको छ । जस्तै- 'म्लेच्छ देश भनेको मलाया र अहिलेको मलेसिया हो '
म्लेच्छबारे भारतीय इतिहास अनुसन्धान परिषद्को शोध पत्रिका 'इतिहास' अनुसार- 'शतपथ ब्राह्मण' मा सर्वप्रथम यो शब्द देखापर्छ 'म्लेच्छ' वा 'मिलक्स' को रूपमा प्राकृतबाट यो शब्द संस्कृतमा आएको हो 'सम्भवतः म्लेच्छ-भाषा बोल्ने भनेर चीन र किरातलाई भनिएको हो, अरू बाँकीलाई आर्यभाषा बोल्ने भनिएको हो' (बालकृष्ण पोखरेल, पाँच सय वर्ष, पृ.५०) । माथिका उदाहरणहरूले 'म्लेच्छ' को जरा 'मलाया वा मलेसिया' तिर खोज्न जानुपर्छ जस्तो लाग्दैन 
अर्को, सौरभजीको नेपालमा मेचे जातिलाई मेची नदीबाट नामकरण गरिएको र तिनको भारतीय नाम बोडो र तिनीहरू चीनको फुजियान प्रान्तबाट आएको दाबी छ । तर, वास्तविकता के हो भने 'म्लेच्छ' बाटै मेची नदीको नाम रहेको हो । अनादिकालदेखिको म्लेच्छहरू बसोवास गरेको स्थानमा बग्ने नदीको नाम नै मेची नदी हो 
-
सौरभजीले 'मार्कण्डेय पुराणमा फेला पार्नु नसक्नुभएको 'आठ किरात राज्य' चेम्जोङको पुस्तकमा उल्लेख नै छैन । पेज ७ मा त- 'मार्कण्डेय पुराणअनुसार 'सात किरात राज्यहरू' महाभारतकालमा थिए' भन्ने र तिनका नामसमेत छ 'आठ' को होइन  'बरु, मत्स्य र ब्रह्माण्डमा किरात शब्द परेको छ लेखेका भए शुद्ध हुन्थ्यो' भन्ने सौरभजीको सल्लाह पनि अशुद्ध छ । भारतीय इतिहासकार जीपी सिंहका अनुसार सर्वप्रथम किरात संज्ञा वैदिक साहित्यको 'संहिता र ब्राह्मण' हरूमा परेका छन् 
-
चेम्जोङले किरात असुर जातिले आसाममा राज्य खडा गरेपछि तिनको पहिलो प्रशिद्ध राजा नरकासुर थिए भनेर लेखेकोमा सौरभजी पहिलो राजा रामका नाति कुशका छोरा अमूर्तराज थिए भनेर बरालिनुहुन्छ । यहाँ चेम्जोङले प्रशिद्ध राजाहरूमध्येबाट 'पहिलो'को कुरा गरेका हुन् । पहिलो राजाको होइन  सन्तलाल मेचे आफ्नो 'मेचे इतिहास र संस्कृति'मा आसामका संस्थापक राजा 'माहिरङ्ग दानव' थिए भन्नुहुन्छ । अमूर्तराज होइन 
-
किरात राजा जितेदस्तीको समयमा (लिम्बूहरूले) भाइफुट्टाहाङ चुनिएको प्रसंगलाई सौरभजीले भेन्सिटार्टबाट सारिएको हो, 'हाङ' शब्द जन्मिएकै थिएन, चिनको सी हाङ ती सम्राट भइसकेको थिएन भनेर तर्क गर्नुभएको छ । चेम्जोङको मूल पाठमा 'लिम्बूहरूले' भन्ने छैन । त्यहाँ त किरातीहरूको विद्रोहको चर्चा मात्र छ  सौरभजीले 'लिम्बुहरूले' कोष्ठकभित्र थप्नुभयो । अर्को कुरा, सौरभजी 'हाङ' शब्द चिनियाँ सम्राटसँगै उत्पत्ति/प्रयोग भएको ठान्नुहुँदो रहेछ । त्यस्तै हो भने पनि 'छिन सी हुआङ दी' चीनका प्रथम इशापूर्व २२१-२०७ सम्राट थिए  मुन्धुममा याक्थुम्बाले आदिकालदेखि नै 'हाङ' शब्द प्रयोग गरेको त छँदैछ  यसै बुँदामा सौरभजीले भेन्सिटार्टको पेज १३१ मा लेखिएको 'लिम्बूहरूलाई झगडालु भनेका छन्, यही बानीले भैरवनाथ गणलाई समेत अरूबाट टाढै राखे' भन्ने भावको वाक्यलाई दोहोर्‍याउनुभयो । ठीकै छ । तर भेन्सिटार्टले त्यतिमात्र लेखेर छाडेको छैनन् । लिम्बूहरूलाई (राईलाई पनि) 'गोमांस भक्षणको विषयमा भनाभन हुँदा खस, ठकुरी आदि पल्टनका साथीहरूले 'लिम्बु झगडालु हुन्छन्' भन्ने गरेको पनि तिनै भेन्सिटार्टले अलि मुन्तिर लेखेकै छ ' त्यस अनुच्छेदमा चाहिँ सौरभजीको दृष्टि थुरेन छ, दुर्भाग्य !
-
पर्सियाबाट आई अफरासियाबले तिरहुतमा आक्रमण गरेको चेम्जोङको भनाइमा सौरभीले लेख्नुहुन्छ, 'अफरासियाब फिर्दौसीको शाहनामामा परेका एउटा बोक्सोरूपी बादशाही पात्रको नाम हो, जसको भौतिक अस्तित्वको पुष्टि आजसम्म भएको छैन  हकिम फिर्दाैसी... र भारतमा मध्यएसियाली क्षेत्रबाट पहिलो हमला ईश्वीको ११९१ मा मात्र भएको मानिएको छ '
(
क) सौरभजीले फिर्दौसीको नाम 'हकिम फिर्दौसी' लेख्नु नै गल्ती हो । फर्दौसीको नामको अगाडि 'हकिम' जोडिँदैन  अरबीमा 'हकिम'ले वैद्य वा चिकित्सक भन्ने अर्थ लाग्छ । उनको पूरा नाम हो 'अबू अल कासिम हसन बिन अली तूसी। र, फिर्दौसी उसको उपनाम थियो जसको अरबीमा 'उच्चतम स्वर्गमा विराजमान' भन्ने अर्थ हुन्छ । शाहनामामा वर्णन गरिएका बादशाहहरूमध्ये अफरासियाब पनि एक हो । शाहनामा अनुसार तिनी इरानका दुश्मन देश तुरानका बादशाह हुन् । यिनै बादशाहको फौजले बिहारको तरहुतसम्म आक्रमण गरी किराती फौजलाई भगाए भन्ने चेम्जोङको भनाइ हो । शाहनामाको अफरासियावको सम्बन्धमा हिन्दीका प्रशिद्ध लेखिका नासिरा शर्माको 'फिर्दौसी, शाहनामा -जीवन एवम् चिन्तन, हेरे स्पष्ट हुन्छ 
(
ख) मध्यएसिया भनेकै अरब देशितर हो । सन् ७१२ मै अरबी मुसलमानको भारतमा पहिलो उल्लेखनीय आक्रमण महम्मद बिन कासिमको अध्यक्षतामा भएको थियो । त्यो आक्रमण सिन्ध देशमा भएको हो जहाँ दाहिर नामका एक ब्राह्मण राजा राज्य गर्दथे । सौरभजीले भन्नुभएको सन् ११९१ मा त मुहम्मद गोरी र दिल्ली तथा अजमेरका राजा पृथ्वीराज चौहानको बीच थानेश्वरमा युद्ध भएको थियो । कनौजका राजा जयचन्द्रले त्यस युद्धमा भाग नलिई राजपुतहरूलाई धोका दिएका थिए 
( '
पृथ्वीनारायण शाहले सन् १७६८ मा किपट उन्मूलन गरिदिए । चेम्जोङ पेज ८५) जुन वि.सं. १८३१ को सनदमा दिइएको कबुलअनुरूप थिएन । अर्थात् यही किपट नहुनु नै सबैभन्दा असन्तोषको विषय हो ' आरोप लेखिसकेपछि 'तर १८३१ को सनदमा किपट शब्द कतै परेको छैन । यो पहिलो कुरा भयो । दोस्रो कुरा किपटको मूल रूप क्रितपत्र हो ।...' अन्य कुरालाई छाडेर यहाँ गलत तिथिमिति र आरोपको हो । जस्तै- (क) चेम्जोङको पुस्तकको पेज ८५ मा त लिम्बुको कतै पनि उल्लेख भएकै छैन । त्यसमा त तामाङ जाति र तिनका भूमि 'किपट' को विषयमा मात्र चर्चा छ । बरु सन् १७६८ मा तामाङको किपट पनि गोर्खा राज्यमा पृथ्वीनारायणले आफ्नो राज्यकालमा मिलाए भन्नेसम्म छ र, सन् १७६८ भनेको विसं १८२५ मात्र हुन्छ । जुनबेला उपत्यका आक्रमणमै पृथ्वीनारायण तथा गोर्खाली सेना व्यस्त थिए । पल्लो किरातसम्म विजय अभियान पुर्‍याउनु र विसं १८३१ को लिम्बूसँग प्रसिद्ध ताम्रपत्रको तसल्ली लालमोहर हुनु पृथ्वीनारायणलाई अझै ६/७ वर्ष कुर्नुपरेको थियो 
-
हर्षवर्द्धनपछि अर्जुनले चिनियाँ राजदूत वाङ हुयन त्सेलाई अपमान गरेकाले अजुर्नविरुद्ध स्रोङचङ गम्पो र आसामका राजा भाष्कर बर्मा वा कुमारले सघाएको चेम्जोङको सन्दर्भमा सौरभजीको भनाइ छ, 'अर्जुन होइन अरुणाश्व हुन् । वाङ हुयन त्सेलाई अपमान गरेको होइन, चिनियाँ प्रतिनिधि मण्डललाई नै मारेकाले अरुणाश्वविरुद्ध चिनियाँ युद्धमा सन् ६४८ मा स्रोङचङ गम्पोले सघाए  ...हर्षवर्द्धर्न मरिसकेको थिए ' यो भारतीय इतिहासको प्रसंग हो । त्यसबारे प्रशिद्ध भारतीय इतिहासकार राधाकुमुद मुखर्जी आफ्नो 'प्राचीन भारत'मा लेख्छन्- '६४७ ई. अथवा ६४८ मा (अथवा श्वानचाङको जीवनीअनुसार ६५५ ई.मा) हर्षको निधनपछि उसको साम्राज्य अजुर्न नामक एक अयोग्य उत्तराधिकारीको हातमा पर्‍यो । जसले वाङ हवान त्सेको दूतमण्डलको आरक्षकदललाई मार्ने भूल गर्‍यो । चिनियाँ नेताले तिब्बतको राजा स्रोङ-चङ-गम्पो, असमको राजा भाष्कर बर्मा र नेपालको राजाको सहयोगले यस कुकृत्यको बदला लिए । र, अर्जुनलाई बन्दी बनाएर चीन पठाइदिए ' तर आरसी मजुमदारलगायतको भारतीय इतिहासमा हर्षको मन्त्री अर्जुन वा अरुणाश्व एकै व्यक्ति हुन् भन्ने छ 
-
सौरभजीको आशय छ, चेम्जोङलाई भृकुटीबारे थाहै थिएन । पेज ९१ मा भृकुटीलाई स्रोङचङ गम्पोकी छोरी लेखे भने पेज १०० स्रोङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीसँग विवाह गरे भनेर लेखे । झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । तर सौरभजी, यो गडबड पादटिप्पणीको कारणले मात्र भएको हो । पुस्तकको पृष्ठ ९१ को मूलपाठमा भृकुटीको कतै उल्लेख पाइँदैन । त्यहाँ त स्रोङचङ गम्पोकी छोरी दिच्युमको नाम छ न कि भृकुटीको । तर 'दिच्युम' लाई पादटिप्पणीमा भने नेपालीहरूको इतिहासमा यिनलाई तारा वा भृकुटी भनिन्छ भन्ने परेर तपाईंलाई त्यस्तो लागेको हो । भृकुटीको तिब्वती नाम बाल्जाह-ल्हा चिङ-ख्रीन-त्सुन त्यसै पुस्तकको पृष्ठ १०० मा दिइएकै छ 
- '
लिम्बूहरू भनेको किरात, चिनिया र शानमोकवान जातिको मिश्रण हो- चेम्जोङ लेख्छन् । किरात राजा मोकवान शान (चेम्जोङ पेज १०४)' यसमा सौरभजीको भनाइ छ, 'यहाँनिर शानमोकवान जाति र व्यक्ति दुवैको नाम बन्न पुगेको छ ।... मकवानपुरमा सेन राज्य थियो नै ' बसैंयाहरूले आफनो भाषा, सभ्यता, संस्कृति आदिमात्र लिएर हिँड्दैनन् जीवजन्तु, वनस्पतिदेखि आफनो पुख्र्यौली थातथलोको नामसमेत सार्छन् । त्यस्तै कथा हो 'मोकवान' शब्दको पनि । चेम्जोङकाअनुसार चीनको युनान प्रदेशको मोकवानबाट जुन समूह हिँड्यो त्यो बर्माको बाटो हुँदै आजको पूर्वी नेपालमा पुगेर आवाद भयो  त्यसकारण मोकवान शब्दको उत्पति आजको मकवानपुरमा नभई दक्षिण चीनको युनान प्रान्तमा खोज्नुपर्ने हुन्छ । त्यहाँबाट आएका जाति नै मोकवान शान वा शानमकवान कहलिएकोे हो । सबै जाति भ्रमणशील थिए र छन् । भ्रमणको लामो अवधि र यात्रापथमा एउटा जाति अनेकौं जातिको सम्पर्कमा आउँछ नै । आफूले 'लिम्बू' नाम पाउन्जेलसम्म यस जातिको अरू कति जातिसँग मिसमास भयो त्यो त अनुसन्धानकै विषय हो । चेम्जोङले लिम्बूहरू किरात, चिनियाँ र शानमोकवान जातिको मिश्रण हो भनेर चाहिँ लेखेका छैनन् 
- '
घलेहरू वाषिर्क दौडका निम्ति... द्रव्यशाह सुटुक्क... गद्दीमा बसे...बसेको बस्यै गरिदिए (चेम्जोङ पेज१३६)' सौरभजी भन्नुहुन्छ, 'सबै जान्दछन् द्रव्य शाहले दौडमा भाग लिएका थिए... इत्यादि' तर द्रव्यशाह किन दौडेका हुन् त ? सौरभजीबाट खुल्दैन 
-
मगर राजा बलिहाङले द्यौसी भैलोको चलन ल्याएको चेम्जोङको भनाइमा सौरभजी गैरवैदिक मगरले कसरी चलाउनु ? त्यो त जुम्लीराजा बलिराज शाहीले पो युद्ध खर्च उठाउन चलाएका हुन् भन्नुहुन्छ । तर जुम्लीराजा बलिराज 'शाही' थिएनन् । जुम्ला राज्यका संस्थापक राजा बलिराज विसं १४५५-६१) कल्यालवंशी थिए । तिनको चौथो पुस्ताका विवोषराज कल्याल राजवंशमा शाही पद धारण गर्ने पहिलो राजा भए भन्ने प्रा.डा. सूर्यमणि अधिकारीको 'बाइसी राज्यको इतिहास'बाट थाहा पाउन सकिन्छ 
-
हिन्दू धर्मप्रचारकहरूले पश्चिम नेपालमा हिन्दू धर्मप्रचार सुरु गरे । आसामका राजा शुक्लध्वजको नाउँ चिल्लाराय थियो । (चेम्जोङ पेज २३६) । यसमा सौरभजीको टिप्पणी छ, 'अब यहाँनिर आएपछि कालिम्पोंगमा जन्मेका इसाई चेम्जोङको हिन्दू धर्मप्रतिको वितृष्णा र यो पुस्तक लेख्नुको उद्देश्य बुझ्न सकिन्छ... ठकुरीहरूको पूर्वज् भनी नाम लिइने पात्र हुन् जिलाराय... ' साम, दाम, दण्ड, भेदको प्रयोगले समेत रोकथाम गर्न नसकेको विषय हो धर्म परिवर्तन । नेपालको विगत तथा वर्तमान पनि यसबाट अछूतो छैन  प्रसंगवश त्यस्ता घटनाको उल्लेख गर्दा चेम्जोङ इसाई हुन्छन् ? यसै बुँदामा सौरभजीले सदलका पिता जिलाराय भन्नुभएको छ । प्रा.डा. श्रीरामप्रसाद उपाध्यायको 'नेपालको प्राचीन तथा मध्यकालीन इतिहास' पृ.२५९) मा फत्तेसिंहकी रूपवती छोरी सदल भन्ने छ । यो त्रिभुवन विश्वविद्यालयको पाठयक्रमअनुसार लेखिएको पाठ्यपुस्तक हो । यस बुँदामा चेम्जोङले टिपुटाका भन्ने सिक्किमको अर्को सेनापतिको उल्लेख गरेको प्रसङ्गलाई सौरभजीले बडो खिल्ली उडाउनुभएको  । उहाँ सिक्किमसँग नेपालको द्वन्द्व सन् १७७१ मा भएको र टिपु सुल्तानको चौथो मैसुर युद्धमा मारिएपछि अंग्रेजहरूले उनका सन्तानलाई कलकत्तामा ल्याई भत्ता दिने गरेको टाका (बंगाली मुद्रा) नै 'टिपुटाका' शब्द हो भन्ने अर्थमा खसाल्नुहुन्छ । चेम्जोङको सोही पुस्तकमा सिक्किमको जनरल टिपुटाकालाई देपचाङ रिन्जिन वा देव ठाकर्पासमेत भनिने अवगत हुन्छ । सौरभजी जनरल टिपुटाकालाई उल्याउने धुनमा नेपाल-सिक्किमसँग सन् १७७१ मा द्वन्द्व भएको भन्न पुग्नुहुन्छ । यो पनि गलत हो । इतिहासको वास्तविकता के हो भनेे सिक्किम-गोर्खा पहिलो युद्ध सन् १७७५ मा चैनपुरमा भएको हो भन्ने सोही पुस्तकको पृ.२१२ मा छँदैछ 
-
चेम्जोङले लेखेको भाष्कर बर्मा सातौं शताब्दीमा आसाम, नेपाल र उत्तरी बर्माका प्रसिद्ध राजा थिए भन्नेमा सौरभजी अंशुवर्मा, शिवदेव, नरेन्द्रदेवका पचासौं शिलालेख भेटिने भास्कर वर्माको शिलालेखचाहिँ किन नभेटिएको भनेर निहुँ निकाल्नुहुन्छ । चेम्जोङको पुस्तकको पादटिप्पणीबाट थाहा लाग्छ, भाष्कर बर्माको इतिहास एसके चटर्जीको 'किरात जनकृति'बाट लिइएको रहेछ । नेपालको इतिहासमा पनि पाँचौं सोमवंशी राजाको रुपमा भास्कर वर्मा नेपालको सिंहासनमा बसेका थिए भन्ने प्रा.डा. श्रीरामप्रसाद उपाध्यायको पुस्तकमा दिइएकै छ । त्यहाँ उनलाई ठूलो विजेताको रूपमा वर्णन गरिएको छ 
-
किरात जातिले अफगानिस्तानदेखि आसामसम्म शासन गरेको चेम्जोङको भनाइ सौरभजी मान्नुहुन्न, एटकिन्सनको हवला दिँदै खसहरू चाहिँ काबुलदेखि टिस्टासम्म थिए भनेर दाबी गर्नुहुन्छ । बडाखसानको सूदूरपश्चिमतिर भारतको आसाममा खासी पर्वत शृङ्खला भएको र त्यहाँ बस्ने जातिलाई खासी भनिने लेख्नुहुन्छ । मंगोल र किरात सजातीय हुन्  अफगानिस्तानदेखि आसामसम्मका हिमालय दक्षिणका क्षेत्रहरूमा किरातीहरूको बसोबासस्थल भएको कुरामा इतिहासकारहरूमा नानामत छैन । यसमा, तिनैलाई धकेल्दै खस जाति पूर्व बढेको इतिहास पनि हो । चेम्जोङको यस भनाइ इतिहाससम्मत् नै देखिन्छ । उता ताजिकिस्तानको गर्नो-वदख्शाँ जिल्ला पामीर मालभूमिको कारणले पनि प्रसिद्ध छ । यो स्वयम्मा एउटा पहाडी शृङखला पनि हो जुन अफगानिस्तानसम्म जान्छ । त्यही गर्नो-वदख्शाँ पहाडी शृङ्खलालाई नै सौरभजीले वडाखसान भन्नुभएको हो ? यदि त्यसैलाई नै बडाखसान भन्नुभएको हो भने पनि त्यसको पश्चिममा भारतको आसाममा खासी पहाडी शृङखला पर्दै पर्दैन सौरभजीले भन्नुभएझैं । मानचित्र हेरे भइहाल्छ । गर्नाे-वदख्शाँको सुदूर पूर्व-दक्षिण दिशातिर भारतको आसाम राज्यमा खासी पर्वत पर्छ । र, त्यहााका निवासी खासी जयन्तियालाई आसाममा मन् खमेर जातिको रूपमा जानिन्छ 
-
कृष्णविक्रम नेम्बाङ, प्रकाशित : चैत्र २२, २०७० १०:०६

सेनाद्वारा ऐतिहासिक गढी मर्मत

सेनाद्वारा ऐतिहासिक गढी मर्मत
पुस ११, २०७५हरिहरसिंह राठौर
धादिङमर्मत र संरक्षण अभावले ओझेलमा परेको धादिङ जिल्लाको दक्षिणी भेगस्थित ऐतिहासिक कान्द्राङगढी नेपाली सेनाले मर्मत गरेको छ। उक्त गढीको संरक्षणमा चासो देखाएको नेपाली सेनाले मर्मतपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ
चितवनको सिमनामा पर्ने बेनीघाट रोराङ–२ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरूको पालामा निर्माण भएको जनविश्वास रहेको छ। समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो। जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै साना ठूला गरी चारवटा सुरुङ देख्न सकिन्छ

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरू सजिलैसँग देख्न सकिन्छ। तत्कालीन सेन शासकहरूले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनहरूले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास छ। केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि संरक्षणका निम्ति कसैले चासो नदिँदा
ती शिलालेखहरू अहिले हराइसकेको बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष टंकबहादुर थापाले बताए

तत्कालीन सेन वंशहरूको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ। कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिलवाल बताउँछन्। पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ। चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ

ऐतिहासिक महत्त्व बोकेको कान्द्राङ गढीको संरक्षणका लागि अहिलेसम्म राज्यको तर्फबाट कुनै चासो नदेखाइएपछि सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्त्वपूर्ण धरोहरका रूपमा रहेका गढीकोपुनर्निर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न रक्षा मन्त्रालयमार्फत सरकारसँग अनुमति पाएको

गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा सेनालाई दिन सरकारले निर्णय गरिसकेको छ। ऐतिहासिक महत्त्वका गढीहरू आगामी पाँच वर्षभित्रमा मर्मत, पुनर्निर्माण संरक्षण गर्ने कार्ययोजना नेपाली सेनाले बनाएको र
सोही अभियानअन्तर्गत कान्द्राङगढीकोसंरक्षणका लागि पहिलो चरणमा गढी क्षेत्र सरसफाइ गरिएको मर्मतमा खटिएका नेपाली सेनाको गजुरीस्थित देवीदत्त गुल्मका सेनानी गौरव सिलवालले बताए प्रकाशित : पुस ११, २०७५ ०९:४२

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...