Sunday, January 27, 2019

सेनाद्वारा ऐतिहासिक गढी मर्मत

सेनाद्वारा ऐतिहासिक गढी मर्मत
पुस ११, २०७५हरिहरसिंह राठौर
धादिङमर्मत र संरक्षण अभावले ओझेलमा परेको धादिङ जिल्लाको दक्षिणी भेगस्थित ऐतिहासिक कान्द्राङगढी नेपाली सेनाले मर्मत गरेको छ। उक्त गढीको संरक्षणमा चासो देखाएको नेपाली सेनाले मर्मतपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ
चितवनको सिमनामा पर्ने बेनीघाट रोराङ–२ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरूको पालामा निर्माण भएको जनविश्वास रहेको छ। समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो। जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै साना ठूला गरी चारवटा सुरुङ देख्न सकिन्छ

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरू सजिलैसँग देख्न सकिन्छ। तत्कालीन सेन शासकहरूले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनहरूले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास छ। केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि संरक्षणका निम्ति कसैले चासो नदिँदा
ती शिलालेखहरू अहिले हराइसकेको बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष टंकबहादुर थापाले बताए

तत्कालीन सेन वंशहरूको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ। कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिलवाल बताउँछन्। पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ। चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ

ऐतिहासिक महत्त्व बोकेको कान्द्राङ गढीको संरक्षणका लागि अहिलेसम्म राज्यको तर्फबाट कुनै चासो नदेखाइएपछि सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्त्वपूर्ण धरोहरका रूपमा रहेका गढीकोपुनर्निर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न रक्षा मन्त्रालयमार्फत सरकारसँग अनुमति पाएको

गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा सेनालाई दिन सरकारले निर्णय गरिसकेको छ। ऐतिहासिक महत्त्वका गढीहरू आगामी पाँच वर्षभित्रमा मर्मत, पुनर्निर्माण संरक्षण गर्ने कार्ययोजना नेपाली सेनाले बनाएको र
सोही अभियानअन्तर्गत कान्द्राङगढीकोसंरक्षणका लागि पहिलो चरणमा गढी क्षेत्र सरसफाइ गरिएको मर्मतमा खटिएका नेपाली सेनाको गजुरीस्थित देवीदत्त गुल्मका सेनानी गौरव सिलवालले बताए प्रकाशित : पुस ११, २०७५ ०९:४२

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...