'चेम्जोङलाई
पढेर' पढेपछि
चैत्र २१, २०७०
गत मंसिर १६ मा 'कोसेली'मा 'चेम्जोङलाई
पढेर' सौरभजीको लेख पढ्न पाइयो । उक्त लेखले इमानसिंह चेम्जोङको पुस्तक 'हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल'
माथि पूर्णत ः
भ्रम सिर्जना गर्न खोजेको छ । त्यसैले
सौरभजीले आफ्नो लेखमा जुनजुन क्रमसंख्यामा चेम्जोङलाई
खण्डन गर्नुभएको छ, त्यसउपर यहाँ मेरो प्रतिक्रिया समावेश छ ।
- 'काबुलका 'हजारा' जाति र नेपालका किरात एकै थिए' भन्ने चेम्जोङको भनाइलाई सौरभजीले- 'चङ्गेज खानका छुटेका हजारजनाको डफ्फाबाट 'हजारा' आउँछ' भन्नुभएको छ । तर, हजारा बारे एकजना अमेरिकी इतिहासकार स्टेफन टेनर आफ्नो 'अफगानिस्थाना' पुस्तकमा लेख्छन्, 'मङ्गोल 'मिङ' शब्दलाई पर्सियन उल्था गर्दा 'हजार' र मंगोल 'मिङघन' नै आजका 'हजारा' हुन् ।... तिनीहरू आफ्गानिस्तानमा मङ्गुका राज्यकालमा आइपुगेका थिए र तिनमा निःसन्देह केही योद्धाहरू पनि थिए जसले चङ्गेजको अभियान (१२१९-२१ई.) मा लडेका थिए ।' यसबाट हजारा चङ्गेजका छुटेका सैनिकहरू मात्र होइनन् भन्ने बुझ्न सकिन्छ ।
- दुई नम्बर बुँदामा 'तिनले आसाम र लोहितलाई म्लेच्छ देश वा मेचेहरूको देश भन्दथे (चेम्जोङ पेज ७) । यसको खण्डन गर्दा सौरभजी विषयभन्दा पर जानुभएको छ । जस्तै- 'म्लेच्छ देश भनेको मलाया र अहिलेको मलेसिया हो ।'
म्लेच्छबारे भारतीय इतिहास अनुसन्धान परिषद्को शोध पत्रिका 'इतिहास' अनुसार- 'शतपथ ब्राह्मण' मा सर्वप्रथम यो शब्द देखापर्छ । 'म्लेच्छ' वा 'मिलक्स' को रूपमा प्राकृतबाट यो शब्द संस्कृतमा आएको हो । 'सम्भवतः म्लेच्छ-भाषा बोल्ने भनेर चीन र किरातलाई भनिएको हो, अरू बाँकीलाई आर्यभाषा बोल्ने भनिएको हो' (बालकृष्ण पोखरेल, पाँच सय वर्ष, पृ.५०) । माथिका उदाहरणहरूले 'म्लेच्छ' को जरा 'मलाया वा मलेसिया' तिर खोज्न जानुपर्छ जस्तो लाग्दैन ।
अर्को, सौरभजीको नेपालमा मेचे जातिलाई मेची नदीबाट नामकरण गरिएको र तिनको भारतीय नाम बोडो र तिनीहरू चीनको फुजियान प्रान्तबाट आएको दाबी छ । तर, वास्तविकता के हो भने 'म्लेच्छ' बाटै मेची नदीको नाम रहेको हो । अनादिकालदेखिको म्लेच्छहरू बसोवास गरेको स्थानमा बग्ने नदीको नाम नै मेची नदी हो ।
- सौरभजीले 'मार्कण्डेय पुराणमा फेला पार्नु नसक्नुभएको 'आठ किरात राज्य' चेम्जोङको पुस्तकमा उल्लेख नै छैन । पेज ७ मा त- 'मार्कण्डेय पुराणअनुसार 'सात किरात राज्यहरू' महाभारतकालमा थिए' भन्ने र तिनका नामसमेत छ । 'आठ' को होइन । 'बरु, मत्स्य र ब्रह्माण्डमा किरात शब्द परेको छ लेखेका भए शुद्ध हुन्थ्यो' भन्ने सौरभजीको सल्लाह पनि अशुद्ध छ । भारतीय इतिहासकार जीपी सिंहका अनुसार सर्वप्रथम किरात संज्ञा वैदिक साहित्यको 'संहिता र ब्राह्मण' हरूमा परेका छन् ।
- चेम्जोङले किरात असुर जातिले आसाममा राज्य खडा गरेपछि तिनको पहिलो प्रशिद्ध राजा नरकासुर थिए भनेर लेखेकोमा सौरभजी पहिलो राजा रामका नाति कुशका छोरा अमूर्तराज थिए भनेर बरालिनुहुन्छ । यहाँ चेम्जोङले प्रशिद्ध राजाहरूमध्येबाट 'पहिलो'को कुरा गरेका हुन् । पहिलो राजाको होइन । सन्तलाल मेचे आफ्नो 'मेचे इतिहास र संस्कृति'मा आसामका संस्थापक राजा 'माहिरङ्ग दानव' थिए भन्नुहुन्छ । अमूर्तराज होइन ।
- किरात राजा जितेदस्तीको समयमा (लिम्बूहरूले) भाइफुट्टाहाङ चुनिएको प्रसंगलाई सौरभजीले भेन्सिटार्टबाट सारिएको हो, 'हाङ' शब्द जन्मिएकै थिएन, चिनको सी हाङ ती सम्राट भइसकेको थिएन भनेर तर्क गर्नुभएको छ । चेम्जोङको मूल पाठमा 'लिम्बूहरूले' भन्ने छैन । त्यहाँ त किरातीहरूको विद्रोहको चर्चा मात्र छ । सौरभजीले 'लिम्बुहरूले' कोष्ठकभित्र थप्नुभयो । अर्को कुरा, सौरभजी 'हाङ' शब्द चिनियाँ सम्राटसँगै उत्पत्ति/प्रयोग भएको ठान्नुहुँदो रहेछ । त्यस्तै हो भने पनि 'छिन सी हुआङ दी' चीनका प्रथम इशापूर्व २२१-२०७ सम्राट थिए । मुन्धुममा याक्थुम्बाले आदिकालदेखि नै 'हाङ' शब्द प्रयोग गरेको त छँदैछ । यसै बुँदामा सौरभजीले भेन्सिटार्टको पेज १३१ मा लेखिएको 'लिम्बूहरूलाई झगडालु भनेका छन्, यही बानीले भैरवनाथ गणलाई समेत अरूबाट टाढै राखे' भन्ने भावको वाक्यलाई दोहोर्याउनुभयो । ठीकै छ । तर भेन्सिटार्टले त्यतिमात्र लेखेर छाडेको छैनन् । लिम्बूहरूलाई (राईलाई पनि) 'गोमांस भक्षणको विषयमा भनाभन हुँदा खस, ठकुरी आदि पल्टनका साथीहरूले 'लिम्बु झगडालु हुन्छन्' भन्ने गरेको पनि तिनै भेन्सिटार्टले अलि मुन्तिर लेखेकै छ ।' त्यस अनुच्छेदमा चाहिँ सौरभजीको दृष्टि थुरेन छ, दुर्भाग्य !
- पर्सियाबाट आई अफरासियाबले तिरहुतमा आक्रमण गरेको चेम्जोङको भनाइमा सौरभीले लेख्नुहुन्छ, 'अफरासियाब फिर्दौसीको शाहनामामा परेका एउटा बोक्सोरूपी बादशाही पात्रको नाम हो, जसको भौतिक अस्तित्वको पुष्टि आजसम्म भएको छैन । हकिम फिर्दाैसी... र भारतमा मध्यएसियाली क्षेत्रबाट पहिलो हमला ईश्वीको ११९१ मा मात्र भएको मानिएको छ ।'
(क) सौरभजीले फिर्दौसीको नाम 'हकिम फिर्दौसी' लेख्नु नै गल्ती हो । फर्दौसीको नामको अगाडि 'हकिम' जोडिँदैन । अरबीमा 'हकिम'ले वैद्य वा चिकित्सक भन्ने अर्थ लाग्छ । उनको पूरा नाम हो 'अबू अल कासिम हसन बिन अली तूसी' । र, फिर्दौसी उसको उपनाम थियो जसको अरबीमा 'उच्चतम स्वर्गमा विराजमान' भन्ने अर्थ हुन्छ । शाहनामामा वर्णन गरिएका बादशाहहरूमध्ये अफरासियाब पनि एक हो । शाहनामा अनुसार तिनी इरानका दुश्मन देश तुरानका बादशाह हुन् । यिनै बादशाहको फौजले बिहारको तरहुतसम्म आक्रमण गरी किराती फौजलाई भगाए भन्ने चेम्जोङको भनाइ हो । शाहनामाको अफरासियावको सम्बन्धमा हिन्दीका प्रशिद्ध लेखिका नासिरा शर्माको 'फिर्दौसी, शाहनामा -जीवन एवम् चिन्तन, हेरे स्पष्ट हुन्छ ।
(ख) मध्यएसिया भनेकै अरब देशितर हो । सन् ७१२ मै अरबी मुसलमानको भारतमा पहिलो उल्लेखनीय आक्रमण महम्मद बिन कासिमको अध्यक्षतामा भएको थियो । त्यो आक्रमण सिन्ध देशमा भएको हो जहाँ दाहिर नामका एक ब्राह्मण राजा राज्य गर्दथे । सौरभजीले भन्नुभएको सन् ११९१ मा त मुहम्मद गोरी र दिल्ली तथा अजमेरका राजा पृथ्वीराज चौहानको बीच थानेश्वरमा युद्ध भएको थियो । कनौजका राजा जयचन्द्रले त्यस युद्धमा भाग नलिई राजपुतहरूलाई धोका दिएका थिए ।
( 'पृथ्वीनारायण शाहले सन् १७६८ मा किपट उन्मूलन गरिदिए । चेम्जोङ पेज ८५) जुन वि.सं. १८३१ को सनदमा दिइएको कबुलअनुरूप थिएन । अर्थात् यही किपट नहुनु नै सबैभन्दा असन्तोषको विषय हो ।' आरोप लेखिसकेपछि 'तर १८३१ को सनदमा किपट शब्द कतै परेको छैन । यो पहिलो कुरा भयो । दोस्रो कुरा किपटको मूल रूप क्रितपत्र हो ।...' अन्य कुरालाई छाडेर यहाँ गलत तिथिमिति र आरोपको हो । जस्तै- (क) चेम्जोङको पुस्तकको पेज ८५ मा त लिम्बुको कतै पनि उल्लेख भएकै छैन । त्यसमा त तामाङ जाति र तिनका भूमि 'किपट' को विषयमा मात्र चर्चा छ । बरु सन् १७६८ मा तामाङको किपट पनि गोर्खा राज्यमा पृथ्वीनारायणले आफ्नो राज्यकालमा मिलाए भन्नेसम्म छ र, सन् १७६८ भनेको विसं १८२५ मात्र हुन्छ । जुनबेला उपत्यका आक्रमणमै पृथ्वीनारायण तथा गोर्खाली सेना व्यस्त थिए । पल्लो किरातसम्म विजय अभियान पुर्याउनु र विसं १८३१ को लिम्बूसँग प्रसिद्ध ताम्रपत्रको तसल्ली लालमोहर हुनु पृथ्वीनारायणलाई अझै ६/७ वर्ष कुर्नुपरेको थियो ।
- हर्षवर्द्धनपछि अर्जुनले चिनियाँ राजदूत वाङ हुयन त्सेलाई अपमान गरेकाले अजुर्नविरुद्ध स्रोङचङ गम्पो र आसामका राजा भाष्कर बर्मा वा कुमारले सघाएको चेम्जोङको सन्दर्भमा सौरभजीको भनाइ छ, 'अर्जुन होइन अरुणाश्व हुन् । वाङ हुयन त्सेलाई अपमान गरेको होइन, चिनियाँ प्रतिनिधि मण्डललाई नै मारेकाले अरुणाश्वविरुद्ध चिनियाँ युद्धमा सन् ६४८ मा स्रोङचङ गम्पोले सघाए । ...हर्षवर्द्धर्न मरिसकेको थिए ।' यो भारतीय इतिहासको प्रसंग हो । त्यसबारे प्रशिद्ध भारतीय इतिहासकार राधाकुमुद मुखर्जी आफ्नो 'प्राचीन भारत'मा लेख्छन्- '६४७ ई. अथवा ६४८ मा (अथवा श्वानचाङको जीवनीअनुसार ६५५ ई.मा) हर्षको निधनपछि उसको साम्राज्य अजुर्न नामक एक अयोग्य उत्तराधिकारीको हातमा पर्यो । जसले वाङ हवान त्सेको दूतमण्डलको आरक्षकदललाई मार्ने भूल गर्यो । चिनियाँ नेताले तिब्बतको राजा स्रोङ-चङ-गम्पो, असमको राजा भाष्कर बर्मा र नेपालको राजाको सहयोगले यस कुकृत्यको बदला लिए । र, अर्जुनलाई बन्दी बनाएर चीन पठाइदिए ।' तर आरसी मजुमदारलगायतको भारतीय इतिहासमा हर्षको मन्त्री अर्जुन वा अरुणाश्व एकै व्यक्ति हुन् भन्ने छ ।
- सौरभजीको आशय छ, चेम्जोङलाई भृकुटीबारे थाहै थिएन । पेज ९१ मा भृकुटीलाई स्रोङचङ गम्पोकी छोरी लेखे भने पेज १०० स्रोङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीसँग विवाह गरे भनेर लेखे । झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । तर सौरभजी, यो गडबड पादटिप्पणीको कारणले मात्र भएको हो । पुस्तकको पृष्ठ ९१ को मूलपाठमा भृकुटीको कतै उल्लेख पाइँदैन । त्यहाँ त स्रोङचङ गम्पोकी छोरी दिच्युमको नाम छ न कि भृकुटीको । तर 'दिच्युम' लाई पादटिप्पणीमा भने नेपालीहरूको इतिहासमा यिनलाई तारा वा भृकुटी भनिन्छ भन्ने परेर तपाईंलाई त्यस्तो लागेको हो । भृकुटीको तिब्वती नाम बाल्जाह-ल्हा चिङ-ख्रीन-त्सुन त्यसै पुस्तकको पृष्ठ १०० मा दिइएकै छ ।
- 'लिम्बूहरू भनेको किरात, चिनिया र शानमोकवान जातिको मिश्रण हो- चेम्जोङ लेख्छन् । किरात राजा मोकवान शान (चेम्जोङ पेज १०४)' यसमा सौरभजीको भनाइ छ, 'यहाँनिर शानमोकवान जाति र व्यक्ति दुवैको नाम बन्न पुगेको छ ।... मकवानपुरमा सेन राज्य थियो नै ।' बसैंयाहरूले आफनो भाषा, सभ्यता, संस्कृति आदिमात्र लिएर हिँड्दैनन् जीवजन्तु, वनस्पतिदेखि आफनो पुख्र्यौली थातथलोको नामसमेत सार्छन् । त्यस्तै कथा हो 'मोकवान' शब्दको पनि । चेम्जोङकाअनुसार चीनको युनान प्रदेशको मोकवानबाट जुन समूह हिँड्यो त्यो बर्माको बाटो हुँदै आजको पूर्वी नेपालमा पुगेर आवाद भयो । त्यसकारण मोकवान शब्दको उत्पति आजको मकवानपुरमा नभई दक्षिण चीनको युनान प्रान्तमा खोज्नुपर्ने हुन्छ । त्यहाँबाट आएका जाति नै मोकवान शान वा शानमकवान कहलिएकोे हो । सबै जाति भ्रमणशील थिए र छन् । भ्रमणको लामो अवधि र यात्रापथमा एउटा जाति अनेकौं जातिको सम्पर्कमा आउँछ नै । आफूले 'लिम्बू' नाम पाउन्जेलसम्म यस जातिको अरू कति जातिसँग मिसमास भयो त्यो त अनुसन्धानकै विषय हो । चेम्जोङले लिम्बूहरू किरात, चिनियाँ र शानमोकवान जातिको मिश्रण हो भनेर चाहिँ लेखेका छैनन् ।
- 'घलेहरू वाषिर्क दौडका निम्ति... द्रव्यशाह सुटुक्क... गद्दीमा बसे...बसेको बस्यै गरिदिए (चेम्जोङ पेज१३६)' सौरभजी भन्नुहुन्छ, 'सबै जान्दछन् द्रव्य शाहले दौडमा भाग लिएका थिए... इत्यादि' तर द्रव्यशाह किन दौडेका हुन् त ? सौरभजीबाट खुल्दैन ।
- मगर राजा बलिहाङले द्यौसी भैलोको चलन ल्याएको चेम्जोङको भनाइमा सौरभजी गैरवैदिक मगरले कसरी चलाउनु ? त्यो त जुम्लीराजा बलिराज शाहीले पो युद्ध खर्च उठाउन चलाएका हुन् भन्नुहुन्छ । तर जुम्लीराजा बलिराज 'शाही' थिएनन् । जुम्ला राज्यका संस्थापक राजा बलिराज विसं १४५५-६१) कल्यालवंशी थिए । तिनको चौथो पुस्ताका विवोषराज कल्याल राजवंशमा शाही पद धारण गर्ने पहिलो राजा भए भन्ने प्रा.डा. सूर्यमणि अधिकारीको 'बाइसी राज्यको इतिहास'बाट थाहा पाउन सकिन्छ ।
- हिन्दू धर्मप्रचारकहरूले पश्चिम नेपालमा हिन्दू धर्मप्रचार सुरु गरे । आसामका राजा शुक्लध्वजको नाउँ चिल्लाराय थियो । (चेम्जोङ पेज २३६) । यसमा सौरभजीको टिप्पणी छ, 'अब यहाँनिर आएपछि कालिम्पोंगमा जन्मेका इसाई चेम्जोङको हिन्दू धर्मप्रतिको वितृष्णा र यो पुस्तक लेख्नुको उद्देश्य बुझ्न सकिन्छ... ठकुरीहरूको पूर्वज् भनी नाम लिइने पात्र हुन् जिलाराय... ।' साम, दाम, दण्ड, भेदको प्रयोगले समेत रोकथाम गर्न नसकेको विषय हो धर्म परिवर्तन । नेपालको विगत तथा वर्तमान पनि यसबाट अछूतो छैन । प्रसंगवश त्यस्ता घटनाको उल्लेख गर्दा चेम्जोङ इसाई हुन्छन् ? यसै बुँदामा सौरभजीले सदलका पिता जिलाराय भन्नुभएको छ । प्रा.डा. श्रीरामप्रसाद उपाध्यायको 'नेपालको प्राचीन तथा मध्यकालीन इतिहास' पृ.२५९) मा फत्तेसिंहकी रूपवती छोरी सदल भन्ने छ । यो त्रिभुवन विश्वविद्यालयको पाठयक्रमअनुसार लेखिएको पाठ्यपुस्तक हो । यस बुँदामा चेम्जोङले टिपुटाका भन्ने सिक्किमको अर्को सेनापतिको उल्लेख गरेको प्रसङ्गलाई सौरभजीले बडो खिल्ली उडाउनुभएको छ । उहाँ सिक्किमसँग नेपालको द्वन्द्व सन् १७७१ मा भएको र टिपु सुल्तानको चौथो मैसुर युद्धमा मारिएपछि अंग्रेजहरूले उनका सन्तानलाई कलकत्तामा ल्याई भत्ता दिने गरेको टाका (बंगाली मुद्रा) नै 'टिपुटाका' शब्द हो भन्ने अर्थमा खसाल्नुहुन्छ । चेम्जोङको सोही पुस्तकमा सिक्किमको जनरल टिपुटाकालाई देपचाङ रिन्जिन वा देव ठाकर्पासमेत भनिने अवगत हुन्छ । सौरभजी जनरल टिपुटाकालाई उल्याउने धुनमा नेपाल-सिक्किमसँग सन् १७७१ मा द्वन्द्व भएको भन्न पुग्नुहुन्छ । यो पनि गलत हो । इतिहासको वास्तविकता के हो भनेे सिक्किम-गोर्खा पहिलो युद्ध सन् १७७५ मा चैनपुरमा भएको हो भन्ने सोही पुस्तकको पृ.२१२ मा छँदैछ ।
- चेम्जोङले लेखेको भाष्कर बर्मा सातौं शताब्दीमा आसाम, नेपाल र उत्तरी बर्माका प्रसिद्ध राजा थिए भन्नेमा सौरभजी अंशुवर्मा, शिवदेव, नरेन्द्रदेवका पचासौं शिलालेख भेटिने भास्कर वर्माको शिलालेखचाहिँ किन नभेटिएको भनेर निहुँ निकाल्नुहुन्छ । चेम्जोङको पुस्तकको पादटिप्पणीबाट थाहा लाग्छ, भाष्कर बर्माको इतिहास एसके चटर्जीको 'किरात जनकृति'बाट लिइएको रहेछ । नेपालको इतिहासमा पनि पाँचौं सोमवंशी राजाको रुपमा भास्कर वर्मा नेपालको सिंहासनमा बसेका थिए भन्ने प्रा.डा. श्रीरामप्रसाद उपाध्यायको पुस्तकमा दिइएकै छ । त्यहाँ उनलाई ठूलो विजेताको रूपमा वर्णन गरिएको छ ।
- किरात जातिले अफगानिस्तानदेखि आसामसम्म शासन गरेको चेम्जोङको भनाइ सौरभजी मान्नुहुन्न, एटकिन्सनको हवला दिँदै खसहरू चाहिँ काबुलदेखि टिस्टासम्म थिए भनेर दाबी गर्नुहुन्छ । बडाखसानको सूदूरपश्चिमतिर भारतको आसाममा खासी पर्वत शृङ्खला भएको र त्यहाँ बस्ने जातिलाई खासी भनिने लेख्नुहुन्छ । मंगोल र किरात सजातीय हुन् । अफगानिस्तानदेखि आसामसम्मका हिमालय दक्षिणका क्षेत्रहरूमा किरातीहरूको बसोबासस्थल भएको कुरामा इतिहासकारहरूमा नानामत छैन । यसमा, तिनैलाई धकेल्दै खस जाति पूर्व बढेको इतिहास पनि हो । चेम्जोङको यस भनाइ इतिहाससम्मत् नै देखिन्छ । उता ताजिकिस्तानको गर्नो-वदख्शाँ जिल्ला पामीर मालभूमिको कारणले पनि प्रसिद्ध छ । यो स्वयम्मा एउटा पहाडी शृङखला पनि हो जुन अफगानिस्तानसम्म जान्छ । त्यही गर्नो-वदख्शाँ पहाडी शृङ्खलालाई नै सौरभजीले वडाखसान भन्नुभएको हो ? यदि त्यसैलाई नै बडाखसान भन्नुभएको हो भने पनि त्यसको पश्चिममा भारतको आसाममा खासी पहाडी शृङखला पर्दै पर्दैन सौरभजीले भन्नुभएझैं । मानचित्र हेरे भइहाल्छ । गर्नाे-वदख्शाँको सुदूर पूर्व-दक्षिण दिशातिर भारतको आसाम राज्यमा खासी पर्वत पर्छ । र, त्यहााका निवासी खासी जयन्तियालाई आसाममा मन् खमेर जातिको रूपमा जानिन्छ ।
- कृष्णविक्रम नेम्बाङ, प्रकाशित : चैत्र २२, २०७० १०:०६