Thursday, February 14, 2019

सशस्त्र द्वन्द्वको असर


सशस्त्र द्वन्द्वको असर : नेतालाई अवसर, नागरिकलाई पीडा
फाल्गुन १, २०७५काशीराम डाँगी, हरि गौतम
रोल्पा/रुकुममिरुल तागागाउँ रोल्पाका समन बुढा पुरानो घरमा बस्छन् पुख्र्यौली घरमै उनका परिवार बस्दै आएका छन् घरछेउमै सरकारी पक्षबाट मारिएका दाजुको नाउँमा बनाइएको चौतारी छ।साँझ–बिहान समन उनको परिवार चौतारी हेर्दै अतीत स्मरण गर्छन्
मुलुकमा सञ्चालन भएको तत्कालीन नेकपा माओवादी र राज्य द्वन्द्वका क्रममा उनका २ दाइले ज्यान गुमाए उनीहरूको सम्झनामा चौतारो निर्माण गरिएको होसुनेकै भरमा परिवारले काजकिरिया गर्‍यौं,’ समनले भने, ‘उनीहरू मारिए भनेर पार्टीले खबर गरेको थियो

परिवारका अनुसार ०५५ पुस ५ गते प्रहरीले उनका २ दाजुलाई नियन्त्रणमा लियो अहिले परिवारसित सम्झना मात्र छ सम्झाउने चौतारी परिवारकै सहयोगमा पार्टीले ०६८ मंसिरमा चौतारो निर्माण गरेको थियो ‘द्वन्द्वमा दाजुु मारिए हामीले शव देख्न पाएनौं,’ उनले भने, ‘प्रहरीले पक्राउ गरेका जेठो लालधन र माइलो जयधनलाई लिबाङ पुर्‍याएर मारेको खबर मिल्यो।’

त्यसबेला एउटै माओवादी शान्तिप्रक्रियासम्म आइपुग्दा ५ बढी टुक्रामा विभाजित भयो अहिले पूर्वएमालेमा विलय भइसकेको छ दु:खजिलो गर्दै परिवार पाल्दै आएका पीडित परिवारका अगुवा समन हुन्

माओवादीले रोल्पाका दुर्गम र बाक्लो मगर बस्तीलाई मुख्य आधार क्षेत्र बनाउँदै ०५२ फागुन १ मा सशस्त्र द्वन्द्वको आरम्भ गरेको थियो त्यसको औपचारिक समापन भइसकेको छ द्वन्द्व समाप्त भएको लामो समयमा पनि त्यसले निम्त्याएका दु: कम भएका छैनन् घाउ बल्झिँदै आएका छन् द्वन्द्वका नेतृत्वकर्ता गाउँमा भेटिंदैनन् पीडित भने गाउँमा दु:खजिलो गर्दै अति साधारण तरिकाले बााच्दै आएका छन्
पीडितले राज्यपक्षबाट अन्तरिम राहतका रूपमा मृतक र बेपत्ता भएका परिवारलाई १०/१० लाख राहत प्रदान गरेको छ टुक्राटुक्रामा दिइएको राहतबाट परिवारका लागि खासै उपलब्धि प्राप्त हुन नसकेको पीडितको गुनासो छ सशस्त्र द्वन्द्वका बेला दुवै हात गुमाएका थबाङका लपप्रसाद रोकाले राज्यले आवाज नसुनेको गुनासो गरे

मुलुक बनाउने योजनामा लागौं भनेपछि हामी पनि नेतासँगै लाग्यौं हामी सोझालाई गाउँमै छाडेर नेता राजधानी पुगे,’ उनले भने, ‘हजारौंको ज्यान जाने गरी आफैंले चलाएको द्वन्द्व उत्कर्षमा पुग्दै गर्दा गाउँघरमा सेल्टर लिएका नेता अहिले जिल्लामा नभेटदा दु:ख लागेको छ।’ राज्य विद्रोहीको चेपुवामा परेर ज्यान गुमाउनेको पक्षमा कसैले नबोलिदिँदा दु:खी हुनुपरेको पीडितको गुनासो

तत्कालीन संयुक्त सुरक्षा फौजले बाबुलाई मारेपछि टुहुरो भएकी मिरुल गाउँकी सुमित्रा रोकाले बताइन् राम्रोसँग अध्ययन गर्न नपाएको उनको दुखेसो छ बुबा दिलबहादुरसँगै गाउँका अरू जनालाई नियन्त्रणमा लिएर प्रहरीले मारेको जानकारी पाएको उनले सुनाइन् आमाले अर्कैसित बिह गरिन्

यो पनि पढ्नुहोस् : न ज्यान रह्यो न राहत पाइयो’


त्यसपछि अभाव र दु:खमा हुर्किनुपर्‍यो,’ उनले भनिन् मिरुल टुटु गाउँकी चन्दा बुढा राज्यले भुलेकोमा दु:ख व्यक्त गर्छिन् ‘सबैले बिर्से दु: बुझ्न कोही आउन्न,’ पति गुमाएकी उनले भनिन्, ‘प्रहरीले सोधपुछ गर्नु छ भनेर घरबाट लगे उतै हत्या गरे भन्ने सुनियो।’ द्वन्द्वका बेला ज्यान जोगाउन खाना माग्न घरैमा आउने कम्युनिस्ट कार्यकर्ता शान्तिप्रक्रियापछि सहरमै केन्द्रित छन्

नेता सुविधाभोगी बने,’ उनले सुनाइन् जिल्लाबाट पटकपटक मन्त्री र सांसद भएकी जयपुरी घर्तीका अनुसार शान्तिप्रक्रियापछि पार्टी नेतृत्व संविधान निर्माण र कार्यान्वयन गर्न काठमाडौंमा बस्नुपर्ने भएकाले नेतृत्व र पीडितबीच भेटघाट हुन नसक्ने अवस्था आएको स्वीकार गर्छिन् द्वन्द्वकालमै पति गुमाएकी उनले भनिन्, ‘अब उत्पादन र विकासको योजना अघि सार्ने हो।’ उनी अहिले संघीय संसदमा विकास समितिकी सभापति छन्

सम्झिँदै रुँदै
तत्कालीन नेकपा माओवादीले तुलसा बुढाथोकीको नाम ‘सहिद आमा’ राखे ०५५ कात्तिकमा २ छोराको द्वन्द्वमा ज्यान गयो जेठा कमानसिंह कान्छा छविलाल एकै दिन राज्य पक्षबाट मारिए त्यसपछि उक्त नाम राखियो

हामी पनि छोराछोरी हौं भनेर सयौं जना आए,’ उनले भनिन्, ‘समवेदना र सहानुभूति दिन माओवादी पार्टी आयो।’ त्यसबेला सम्मान पाइन् उनका अनुसार माओवादीमा क्रियाशील सबै आमा भन्दै घरमा आउँथे, सघाउँथे रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ७, फुक्रुटाकुराकी ७७ वर्षीया तुलसाले ७ वर्ष यसरी सम्मान, माया र सहयोग पाइन्

माओवादीले जंगल (युद्व) छाडेदेखि तुलसा जस्ता धेरै परिवारको माया मारेको छ ान्तिपूर्ण बाटो रोज्यो पार्टी शान्तिप्रक्रियामा सहभागी भयो ‘बुलेट’ छाडेर ‘ब्यालेट’ को यात्रा तय गर्‍यो त्यसपछि ‘जनयुद्ध’ मा योगदान गरेका सहिद तिनका परिवारलाई बिर्सेको आरोप छ प्रत्येक वर्ष फागुन देखि १६ सम्म सहिद दिवस मनाउने गर्थ्यो उक्त अवसरमा सहीद र घाइतेका परिवारलाई सम्मान गर्थ्यो अहिले चटक्कै भुलेको गुनासो पीडितको छ तुलसा कर्तव्यनिष्ठ कार्यकर्ता थिइन् आफ्ना छोराका लालाबाला (नाति/नतिना) छाडेर पार्टीमा सक्रिय भएकी उनी अहिले एक्ली छन्

बाँफिकोट गाउँपालिका ७, मग्माका दत्तबहादुर खत्रीका जेठा र माइलो छोराको द्वन्द्वकै क्रममा ज्यान गयो ०५३ असारमा जेठा रवि र माघमा माइला छोरा खिमबहादुरले ज्यान गुमाए तत्कालीन माओवादीले एउटा गाउँको नाम रविगाउँ राख्यो दत्तबहादुर छोराको सम्मानमा रविगाउँ बनाइएको थियो अहिलेसम्म गाउँ विकासमा ध्यान पुगेको ैन परिवारप्रति पार्टीले ध्यान दिएको छैन नेता/कार्यकर्ताले रविगाउँ भन्न छाडिसके दत्तबहादुरले भने, ‘पार्टी फुटेर सकियो, एउटै भइरहेको भए हाम्रा छोराको आत्माले शान्ति पाउँथ्यो कि।’

द्वन्द्वताका जस्तो सहयोग पछिल्लो समय छैन स्थानीय स्तरका कार्यकर्ताले कहिलेकाँही भेटदा सन्चो/विसन्चो सोध्ने गर्छन् पहिलाको जस्तो नियमित भेटघाटमा नआउने गरेको उनले बताए

रुकुम पूर्वको भुमे गाउँपालिका ८ का भद्रबहादुर पुनले पार्टीले बिर्सिसकेको बताए

शान्ति स्थापना नहुँदा हरेक कार्यक्रममा महत्त्वका पात्र भनेका सहिद परिवार हुन्थ्यौं,’ उनले भने, ‘पार्टीले दिने सम्मानले सन्तान गुमेको पीडा कम हुन्थ्यो, पछिल्लो समय नेताले हामीलाई चिन्छन्/चिन्दैन भन्ने अवस्था आइसक्यो।’

०६२ यता फागुनको आधा महिना सहिदका परिवारलाई नीरश बन्छ त्यसअघिको फागुन १ देखि १६ गतेसम्म विभिन्न कार्यक्रममा सम्मान पाउँथे आफन्त तथा सहिद सम्झने दिनको रूपमा मनाउँदै आएका पीडित परिवार अहिले एक्लो महसुस गर्न थालेका छन् सिस्ने गाउँपालिका कि गायत्री घर्तीले पार्टीले माया मारिसकेको गुनासो गरिन्

धेरै वर्ष भयो, बोलाएका छैनन्, पहिले बोलाउँथे, सम्मान गर्थे,’ उनले भनिन्, ‘हामी पनि तपाईंकै छोरा/छोरी हौं भन्नेहरू कता गए कता।’ सशस्त्र युद्धको क्रममा उनकी छोरी मारिएकी थिइन्

संरचनामा जोड
परिवारलाई बिर्सिंदै गएका नेता/कार्यकर्ताले सहिद स्तम्भ, स्मारक, सहिद स्मृति पार्क बनाउन छाडेका छैनन् रोल्पा रुकुममा धेरै स्थानमा सहिदका नामका प्रवेशद्वार छन् प्रत्येक वर्ष सहिदका नामबाट केही केही काम भइरहेका हुन्छन् यहाँ भइसकेका कामको स्तरोन्नति वा थप संरचना बनाइरहेका हुन्छन् आफन्त भुल्दै संरचनामा मात्र केन्द्रित हुनुलाई परिवारले राम्रो मानेका छैनन्

सहिदका नाममा विभिन्न संरचना बनाउनु नराम्रो त होइन तर उनीहरूका परिवारलाई बिर्सेर भौतिक संरचनामा केन्द्रित हुनुलाई स्वाभाविक मान्न सकिन्न,’ भुमे गाउँपालिकाका प्रेमबहादुर पुनले भने।’ बजारका नामदेखि पार्क, स्तम्भ, प्रवेशद्वारलगायतका थुप्रै संरचना जिल्लामा बनेका छन् शान्ति स्थापनापछि नेता/कार्यकर्ता स्वार्थसिद्धिमा लागेपछि सहिद परिवार मात्रै नभएर घाइते अपांग पनि पार्टीको नजरमा पर्न नसकेको पुनको भनाइ छ

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ का २ स्थानमा सहिदका नाममा संरचना बनाइएको छ मैदान नजिक सहिद स्तम्भ त्यसको एक घण्टाको पैदल दूरी हिंडेपछि भेटिने झुम्कामारेमा सहिद स्मृति पार्क छ २३ सहिदको नाउँमा पार्क बनाइएको हो उक्त पार्क व्यवस्थित गर्न गाउँपालिकाले गत वर्षदेखि निरन्तर बजेट छुट्याइरहेको छ थप बजेट प्रदेश रकारसँग मागेको

सहिदका नामका संरचनामा ध्यान दिने सरकारले सहिद परिवारमाथि ध्यान नदिनु विडम्बना भएको उनीहरूको गुनासो छ द्वन्द्वमा रुकुम पश्चिम र पूर्वमा गरी ६ सय ६८ जनाको ज्यान गएको थियो नेता/कार्यकर्ता सहिद परिवारले लगाएको आरोप स्विकार्छन् नेकपा कर्णाली प्रदेश सदस्य धनवीर ओली सहिद परिवार पार्टीको नजरमा पर्न नसकेको बताउँछन्

सहिद परिवार, घाइते र अपांगलाई पार्टी केही गर्न नसकेको साँचो हो,’ उनले भने, ‘पार्टीका भित्री र बाहिरी व्यवस्थापनमा अल्झँदा पार्टीले नजर लाउनुपर्ने ठाउँमा लाउन नसकेको साँचो हो।’ नेकपा रुकुमपूर्वका नेता सुधन रेग्मीले शान्ति स्थापनापछि पार्टीले भन्दा नेता/कार्यकर्ताले पीडित परिवारलाई बेवास्ता गरेको बताए
नेता धेरै, पीडित उस्तै
बेलाबेलामा नेताले सहयोगको आश्वासन दिने गरे पनि ठोस योजना अघि सारिएको छैन शान्तिप्रक्रियापछि रोल्पाबाट नेताहरू पटकपटक नेतृत्वमा पुगे नन्दबहादुर पुनमगर उपराष्ट्रपति छन् उनी पूर्वलडाकु कमान्डर हुन् कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्तीमगर, झक्कुप्रसाद सुवेदी, जयपुरी घर्तीमगर, तारा घर्तीमगर, जोखबहादुर महरा, कुलप्रसाद केसी, दीपेन्द्र पुनलगायत नेतृत्वमा छन्

अहिले प्रतिनिधिसभाका सभामुख महरा तीन पटक उपप्रधानमन्त्री बनेका थिए सञ्चार अर्थमन्त्रीसमेत भए दोहोर्‍याएर मन्त्री हुनेमा वर्षमान पुनको नाम अग्रपंक्तिमा छ पहिलो संविधानसभापछिको संसदमा रोल्पाका महरा र पुनसहित १० जनासम्म सांसद छनोट भएका थिए द्वन्द्वपीडित र सामान्य नागरिकका पक्षमा ठोस कार्य नभएको जिल्लावासीको गुनासो छ

स्थानीय प्रशासनका अनुसार रोल्पामा टुहुरा १ सय , अपहरणमा परेका ३ सय ४, घाइते भएका १ सय १८, अपांग भएका ४ सय ६६, विस्थापित भएका ३ हजार ५ सय १०, सम्पत्ति लुटिएका ३ हजार १०, व्यक्तिगत भौतिक संरचना ध्वंस भएका ३ सय ५, बेपत्ता भएका ५२, मारिएका १ हजार २१ र कैद/हिरासत भोगेका ८० वटा निवेदन छ

सरकारले गठन गरेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोगले काम गर्न नसक्दा वास्तविक न्याय पाउन नसकेको पीडितको गुनासो छ द्वन्द्वका क्रममा पति गुमाएका करिब ३ सय महिला रोल्पामा छन्

द्वन्द्वको आरम्भ
माओवादीले रोल्पाका दुर्गम र बाक्लो मगर बस्तीलाई मुख्य आधार क्षेत्र बनाउँदै ०५२ फागुन १ मा सशस्त्र द्वन्द्वको आरम्भ गरेको थियो त्यसको औपचारिक समापन भइसकेको छ द्वन्द्व समाप्त भएको लामो समयमा पनि त्यसले निम्त्याएका दु: कम भएका छैनन् घाउ बल्भिँmदै आएका छन् द्वन्द्वका नेतृत्वकर्ता गाउँमा भेटिदैनन् पीडित भने गाउँमा दु:खजिलो गर्दै अति साधारण तरिकाले बाँच्दै आएका छन्

द्वन्द्व थाल्दा जिल्ला र बाहिरका नेताले रोल्पाका तिनै दुर्गम गाउँलाई सुरक्षित ‘सेल्टर’ का रूपमा प्रयोग गरे जब शान्ति भयो, तिनै नेता कहिलेकाहीं महँगा गाडी र हेलिकप्टरबाट आउने गरेका छन् ती नेताले युद्ध जितेपछि गाउँ सुन्दर हुनेछन् भन्थे विकास घरमै पुर्‍याउँछौं भन्थे ती आश्वासन जस्ताका तस्तै छन् प्रकाशित : कान्तिपुर, फाल्गुन १, २०७५ १०:२८

Monday, February 11, 2019

७२ कन्याको सामूहिक बेलविवाह


७२ कन्याको सामूहिक बेलविवाह


हेटौंडासिँगारिएर चिटिक्क परेका ७२ नेवार समुदायका बालिकाहरू शनिबार हेटौंडा बसपार्कमा निर्मित विवाह मण्डपमा सामूहिक बेलविवाहका लागि बेहुली बनेर तम्तयार थिए। नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन नेवारीमा यसलाई इही भन्ने गरिन्छ चलन पछ्याउँदै हेटौंडामा यसरी सामूहिक बेल विवाह गरिएको हो वैवाहिक समारोह शनिबार आइतबार दुई दिनसम्म चल्नेछ
सामुहिक बेल विवाहका लागि जिल्लाका विभिन्न स्थानबाट रजस्वला नभएका बालिकाहरू ल्याइएका थिए विधिवत् रूपमा बाबु–आमाले छोरीको कन्यादान गरिरहेका थिए सुवर्णकुमार बेल विवाह गुठी हेटौंडाले भड्किलो खर्च घटाएर नेवारी परम्परालाई जीवित राख्ने उद्देश्यले बसपार्कको टहरारूपी डबलीमा यज्ञ गरी ७२ जना कन्याको सामूहिक बेलविवाह गरेको हो
नेवारी संस्कृति बचाउन र सामाजिक व्यवहारमा तडक–भडक घटाई कम खर्चमा सम्पन्न गर्न सामूहिक विवाहको आयोजना गरेको गुठीका प्रमुख हरिश्चन्द्र श्रेष्ठले बताए सामूहिक बेलविवाहका लागि ७ र ९ वर्षका बालिकाहरू बढी सहभागी छन् ११ वर्षका बालिकाहरू पनि बेलविवाहमा सहभागी गराइने गरेको छ एउटै परिवारमा दिदी, बहिनीको सँगै बेलविवाह गराउनुपर्दा ५ र ११ वर्षको उमेरका बालिकाहरू सहभागी हुने गरेको श्रेष्ठले बताए

 सामूहिक बेलविवाहका लागि सहभागी हुने बालिकाका अभिभावकबाट १ हजार ६ सय रुपैयाँ गुठीले शुल्क लिने गरेको छ उक्त रकमबाट पुरोहित आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरिएको गुठी प्रमुख श्रेष्ठले जानकारी गराए

बेलविवाहमा सम्मिलित प्रत्येक कन्याका अभिभावकसँग न्यूनतम रकम लिएर बेलविवाहलाई चाहिने स:लगन पा: (विभिन्न सगुनका चित्रहरू लेखिएको माटोले बनेको थाल आकारको भाँडो) इही पर्सी (सामूहिक बेलविवाहमा लगाइने एक प्रकारको फरिया) बेल फयं गं उपलब्ध गराउनुको साथै सगुन दिने र भोज खुवाउने व्यवस्था पनि गरेका छौं,’ उनले भने

सामूहिक बेलविवाहमा रौतहट, चितवन, बारा, पर्सा र मकवानपुरका कन्याहरू छन् घरमा एक्लै गर्दा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च हुने र झन्झट पनि व्यहोर्नुपर्ने कारणले गर्दा कम खर्चमा वीना झन्झट नेवारी परम्परा पनि जोगिने भएकाले सामूहिक बेलविवाह गर्न ल्याएको बारा निजगढका हरिलाल प्रधानले बताए

हेटौंडामा उक्त गुठीले विगत ४६ वर्षदेखि श्रीपञ्चमीमा सामूहिक बेलविवाहको आयोजना गर्दै आएको छ बेलसँ विवाह सम्पन्न भइसकेपछि नेवार चेलीहरू कहिल्यै विधवा हुँदैनन् भन्ने विश्वास रहेको छ पनौतीका मूलपण्डित रमेश राजोपाध्यायसँगै रजनी राजोपाध्याय, सत्यनारायण कर्माचार्य, श्रीकृष्ण जोशी र रामकाजी सेवाचार्यले बालिकाको सामूहिक बेलविवाह गराइरहेका छन्

दुई दिनसम्म आयोजना हुने बेलविवाहमा अघिल्लो दिन शक्तिपीठको रूपमा भुटनदेवीको पूजा, भीमसेन पूजा गर्नुका साथै श्राद्ध कर्म गरिने मूलपण्डित रमेश राजोपाध्यायले बताए यस्तै दोस्रो दिन बेलसँग कन्याहरूको विवाह गराई कन्यादान गरिने राजोपाध्यायले जानकारी दिए

 मूल पण्डित राजोपाध्यायका अनुसार बेलविवाह गर्ने भनेको रजस्वला नभएकी कन्यालाई एक हातमा स: लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर सुवर्णकुमार (सुनको नारायण) लाई दान दिनु हो ‘सती प्रथा रोक्नलाई पनि बेलविवाहको प्रथा चलाइएको हो,’ उनले भने  

बेललाई शिवको प्रतिरूप मानिन्छ यो फल बढी टिकाउ हुने, सुक्दा पनि नबिग्रने र किराले पनि नखाने भएकाले स्थायित्वको प्रतीक बेललाई मानिन्छ सुन कहिल्यै नष्ट नहुने धातु भएकाले यसलाई पनि स्थायित्वको प्रतीकका रूपमा लिइएको छ बेलविवाहको प्रथा नेवार समुदायमा मात्र रहेको छ
यो प्रथा मल्लकालदेखि चलेको बताइन्छ हेटौंडामा २०२९ सालदेखि सामूहिक रूपमा बेलविवाह कार्यक्रमको आयोजना हुँदै आएको छ नेवारी परम्पराअनुसार पण्डितहरू राखेर सामूहिक विवाह गरिने भएकाले हेटौंडाको सर्वसाधारणसँगै छिमेकी जिल्लाबाट पनि कन्यालाई बेलविवाह गराउन यहाँ ल्याउने गरिन्छ प्रकाशित : kantipur, माघ २७, २०७५ ०७:५६

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...