Monday, February 11, 2019

७२ कन्याको सामूहिक बेलविवाह


७२ कन्याको सामूहिक बेलविवाह


हेटौंडासिँगारिएर चिटिक्क परेका ७२ नेवार समुदायका बालिकाहरू शनिबार हेटौंडा बसपार्कमा निर्मित विवाह मण्डपमा सामूहिक बेलविवाहका लागि बेहुली बनेर तम्तयार थिए। नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन नेवारीमा यसलाई इही भन्ने गरिन्छ चलन पछ्याउँदै हेटौंडामा यसरी सामूहिक बेल विवाह गरिएको हो वैवाहिक समारोह शनिबार आइतबार दुई दिनसम्म चल्नेछ
सामुहिक बेल विवाहका लागि जिल्लाका विभिन्न स्थानबाट रजस्वला नभएका बालिकाहरू ल्याइएका थिए विधिवत् रूपमा बाबु–आमाले छोरीको कन्यादान गरिरहेका थिए सुवर्णकुमार बेल विवाह गुठी हेटौंडाले भड्किलो खर्च घटाएर नेवारी परम्परालाई जीवित राख्ने उद्देश्यले बसपार्कको टहरारूपी डबलीमा यज्ञ गरी ७२ जना कन्याको सामूहिक बेलविवाह गरेको हो
नेवारी संस्कृति बचाउन र सामाजिक व्यवहारमा तडक–भडक घटाई कम खर्चमा सम्पन्न गर्न सामूहिक विवाहको आयोजना गरेको गुठीका प्रमुख हरिश्चन्द्र श्रेष्ठले बताए सामूहिक बेलविवाहका लागि ७ र ९ वर्षका बालिकाहरू बढी सहभागी छन् ११ वर्षका बालिकाहरू पनि बेलविवाहमा सहभागी गराइने गरेको छ एउटै परिवारमा दिदी, बहिनीको सँगै बेलविवाह गराउनुपर्दा ५ र ११ वर्षको उमेरका बालिकाहरू सहभागी हुने गरेको श्रेष्ठले बताए

 सामूहिक बेलविवाहका लागि सहभागी हुने बालिकाका अभिभावकबाट १ हजार ६ सय रुपैयाँ गुठीले शुल्क लिने गरेको छ उक्त रकमबाट पुरोहित आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरिएको गुठी प्रमुख श्रेष्ठले जानकारी गराए

बेलविवाहमा सम्मिलित प्रत्येक कन्याका अभिभावकसँग न्यूनतम रकम लिएर बेलविवाहलाई चाहिने स:लगन पा: (विभिन्न सगुनका चित्रहरू लेखिएको माटोले बनेको थाल आकारको भाँडो) इही पर्सी (सामूहिक बेलविवाहमा लगाइने एक प्रकारको फरिया) बेल फयं गं उपलब्ध गराउनुको साथै सगुन दिने र भोज खुवाउने व्यवस्था पनि गरेका छौं,’ उनले भने

सामूहिक बेलविवाहमा रौतहट, चितवन, बारा, पर्सा र मकवानपुरका कन्याहरू छन् घरमा एक्लै गर्दा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च हुने र झन्झट पनि व्यहोर्नुपर्ने कारणले गर्दा कम खर्चमा वीना झन्झट नेवारी परम्परा पनि जोगिने भएकाले सामूहिक बेलविवाह गर्न ल्याएको बारा निजगढका हरिलाल प्रधानले बताए

हेटौंडामा उक्त गुठीले विगत ४६ वर्षदेखि श्रीपञ्चमीमा सामूहिक बेलविवाहको आयोजना गर्दै आएको छ बेलसँ विवाह सम्पन्न भइसकेपछि नेवार चेलीहरू कहिल्यै विधवा हुँदैनन् भन्ने विश्वास रहेको छ पनौतीका मूलपण्डित रमेश राजोपाध्यायसँगै रजनी राजोपाध्याय, सत्यनारायण कर्माचार्य, श्रीकृष्ण जोशी र रामकाजी सेवाचार्यले बालिकाको सामूहिक बेलविवाह गराइरहेका छन्

दुई दिनसम्म आयोजना हुने बेलविवाहमा अघिल्लो दिन शक्तिपीठको रूपमा भुटनदेवीको पूजा, भीमसेन पूजा गर्नुका साथै श्राद्ध कर्म गरिने मूलपण्डित रमेश राजोपाध्यायले बताए यस्तै दोस्रो दिन बेलसँग कन्याहरूको विवाह गराई कन्यादान गरिने राजोपाध्यायले जानकारी दिए

 मूल पण्डित राजोपाध्यायका अनुसार बेलविवाह गर्ने भनेको रजस्वला नभएकी कन्यालाई एक हातमा स: लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर सुवर्णकुमार (सुनको नारायण) लाई दान दिनु हो ‘सती प्रथा रोक्नलाई पनि बेलविवाहको प्रथा चलाइएको हो,’ उनले भने  

बेललाई शिवको प्रतिरूप मानिन्छ यो फल बढी टिकाउ हुने, सुक्दा पनि नबिग्रने र किराले पनि नखाने भएकाले स्थायित्वको प्रतीक बेललाई मानिन्छ सुन कहिल्यै नष्ट नहुने धातु भएकाले यसलाई पनि स्थायित्वको प्रतीकका रूपमा लिइएको छ बेलविवाहको प्रथा नेवार समुदायमा मात्र रहेको छ
यो प्रथा मल्लकालदेखि चलेको बताइन्छ हेटौंडामा २०२९ सालदेखि सामूहिक रूपमा बेलविवाह कार्यक्रमको आयोजना हुँदै आएको छ नेवारी परम्पराअनुसार पण्डितहरू राखेर सामूहिक विवाह गरिने भएकाले हेटौंडाको सर्वसाधारणसँगै छिमेकी जिल्लाबाट पनि कन्यालाई बेलविवाह गराउन यहाँ ल्याउने गरिन्छ प्रकाशित : kantipur, माघ २७, २०७५ ०७:५६

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...