Thursday, February 14, 2019

कठपुतली विवाह !



कठपुतली विवाह !
चैत्र २७, २०७३प्रकाश अधिकारी
राजनीतिमा कठपुतली शब्द खुबै प्रयोग हुन्छ । अरू कसैको इसारामा चल्नु अर्थात् वास्तविक अर्कै तर देखिने रूप एउटा छ भने त्यसलाई कठपुतली भन्ने गरिन्छ  नेपाली राजनीति सधैंजसो उच्चारण भइरहने कठपुतली शब्द विवाहजस्तो विशुद्ध सामाजिक संस्कारमा प्रयोग नहुनुपर्ने हो । किनकि, विवाह एउटालाई देखाएर अर्कैसँग गरिन्न 
पश्चिम सुर्खेतमा एउटा अनौठो संस्कार जीवित छ । जहाँ बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । समलिंगी भने होइन । एक दिन तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर–वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ  
बालिकालाई नै दुलहाको भेषमा सजाउने चलन छ । गुटु–४ भाप्रका रामलाल बयकको घरमा केहीअघि ठूलै चटारो थियो । घरआँगनमा मानिसहरूको बाक्लो जमघट । पञ्चेबाजा घन्किरहेको थियो । ११ वर्षीया छोरी दीक्षालाई दुलहा बनाएर जन्तीको लावालस्करसहित डोली लिएर बयक परिवार दुलही लिन नजिकको अर्को गाउँ जाँदै थियो । सोही ठाउँ डाबकी १३ वर्षीया किरण देवकोटा दीक्षाकी दुलही अर्थात् बयक परिवारकी बुहारी थिइन् । जन्तीलाई स्वागत गर्न र दुलही अन्माउन डाब टोलमा पनि उस्तै चटारो थियो । गाउँभरिका मान्छे दुलहा–दुलही हेर्न भेला भए । दुलही लिएर गएपछि रामलालको घरमा दीक्षा र किरणको औपचारिक बिहे भयो  गत माघमा गुटु बजारकै मिलनचोकमा पनि विवाहको भव्य उत्सव थियो । मिलनचोककी १० वर्षीया पार्वती बीसी दुलहा थिइन् । उनका घरपरिवारसहित छरछिमेकीहरू दुलही लिन सोही ठाउँकै मोतीसेरा टोल पुगेका थिए । मोतीसेराकी सम्झना बयकलाई दुलहीका रूपमा पार्वतीको घरमा अन्माइयो 


यो बिहेमा कोसेलीका रूपमा माल्टाटा (मालुको रूखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लिने गरिन्छ । ‘बिहेपछि राति नै दुलहीलाई ससम्मान फर्काउँछौं,’ रामलाल भन्छन्, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं ।’ यो चलन पुर्खौंदेखि चलिआएको उनी बताउँछन् । ८४ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायका अनुसार हिउँद याममा भुवाको ठूलो जात्रा लाग्दो रहेछ । आगोको मुढा ताप्ने क्रममा बिहे गर्ने उमेरका (पहिले–पहिले निकै कलिलो उमेरमा बिहे गर्ने चलन थियो) दुई बालिकाको जलेर मृत्यु भएछ । घटनापछि छोरीको बिहे गर्ने सपना अधुरै भएछ । अनि, घटनाको एक वर्षपछि तिनै बालिकाको सम्झनामा उनका परिवार, इस्टमित्रले उनीहरूकै प्रतिरूप बनाएर विवाह गरेछन् । त्यसयताका हरेक वर्ष गुटु र आसपासका गाउँमा बाल उमेरका केटी–केटीबीच विवाह हुने गर्दोरहेछ  



प्रत्येक साल दुलहा–दुलही पक्ष साटासाट हुन्छन् । ‘यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाउँछौं । दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ,’ विष्णुप्रसाद भन्छन्, ‘रजस्वला नभएकालाई वर–वधू बनाउने चलन छ ।’ 
प्रकाशित : kantipur, चैत्र २७, २०७३ ०९:१८




शंखमूलको शंख



फोटो गोविन्द थापा

शंखमूलको शंख
शुक्रबार, १६ चैत २०७४, ०८ : ४६शिवहरि घिमिरे
शंखमूलस्थित वाग्मती पुल पार गरेर बायाँ लागेपछि नदी किनारमा शंखको सेतो मूर्ति देखिन्छ । मूर्तिवरिपरि हरियो बगैँचा छ । झन्डै १५ फिट उचाइमा रहेको शंखको आसपासमा अचेल फोटो खिच्ने र रमाइलो गर्नेको भीड लाग्छ।
पछिल्लो समय तयार भएको यो शंख उपत्यकावासीको आकर्षकको केन्द्र बनेको छ । शंख हेर्नकै लागि यहाँ पुग्नेको भीड बढ्दो छ । शंखको नजिकै शव जलाउन बनाइएका घाट छन् । पहिले यहाँ शव जलाइन्थ्यो, अहिले जलाउन पाइँदैन।
सरकारले वाग्मतीको सभ्यता कायम राख्न नदी किनार वरपर बगैँचा बनाउन थालेको छ । वाग्मती नदीको बायाँ भागमा पर्ने यो शंखको १५ सय वर्ष लामो इतिहास छ । शंखलाई यसरी सजाएको भने दुई वर्ष मात्रै भएको छ । योभन्दा पहिले शंखको आकार सानो थियो । वाग्मती नदीको बायाँ छेउ आश्रम बनाएर बस्दै आएका जगत्गुरु श्री बालसन्त मोहनशरण देवाचार्यले २५ लाख लागतमा यसलाई बनाउन लगाएका हुन्।
शंख तयार भएपछि नेपाली मात्रै नभएर विदेशी पनि हेर्न पुग्ने गरेको शंखको हेरचाह गर्दै आएका जितकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार यसको किंवदन्ती र इतिहास फरक पनि छ । परापूर्व कालमा यही ठाउँमा शंखासुर भन्ने एक राक्षस बस्थे । उनी एक दिन धर्तीमाताको श्रापमा परे । भगवान्ले यहीँबाटै उनलाई उद्धार गरेको किंवदन्ती छ।जितकुमारका अनुसार यो ललितपुरको सबैभन्दा ठूलो घाट पनि हो । यसलाई गंगा, जमुना र सरस्वती तीनवटा खोला मिसिएर बनेको किनार पनि भन्ने गरिन्छ । यहाँ वाग्मती, मनोहरा, विष्णुमती नदी मिसिएको छ।
शंखको नजिकै  विश्वकै सबैभन्दा ठूलो गरुड भएको ढुंगा पनि छ,’ उनले भने, ‘यहीँभित्र रहेको शिव मन्दिर पनि भूकम्पले भत्कायो, यसको संरक्षणमा कसैले चासो दिएको छैन ।’ उनका अनुसार शंख भएको ठाउँमा पहिले ११ वटा रुद्र धारा थिए । उक्त ठाउँमा पानी उम्रिन्थ्यो । अहिले पानी उम्रन बन्द भएको छ । ‘पहिले यही ठाउँमा रुद्रधारा भएकाले पनि शंख यहीँ स्थापना गरियो,’ उनले भने, ‘यो खोलाको आकार पनि शंखको जस्तै छ, अहिले पनि आकार बिगारिएको छैन।’



फोटो गोविन्द थापा

यसको आडैमा रहेको जगतनारायण मन्दिर पनि भूकम्पमा भत्कियो । हालसम्म मन्दिरको मर्मत भएको छैन । यो मन्दिर जगतशमशेर राणाले बनाएको पुजारी डिल्लीराज पण्डितले जानकारी दिए । ‘यसका विषेशता धेरै छन्,’ उनले भने, लुकेका केही धार्मिक महत्व हामी खोज्ने क्रममा छौँ ।’ मन्दिरभित्र शिव र ब्रह्माण्डको शिर पनि राखिएको छ । उनका अनुसार पहिले–पहिले यो ठाउँमा शंखेकीरा पनि धेरै हुन्थे । त्यसैले पनि शंखमूल भनेर नामाकरण गरिएको थियो।
स्थानीय तेजेन्द्र थापाका अनुसार मन्दिरपछाडि रुद्र महादेवको मूर्ति छ । पहिले यो ठाउँमा आश्रम थियो । यसलाई एकादशी रुद्र पनि भनिन्छ । उनका अनुसार रुद्रलाई सृष्टिकर्ता भनिन्छ । योभित्र दक्षिणकाली, बंगलामुखी माई पनि पर्छन् । ‘यो मन्दिरभित्र ११ वटा शक्ति छन्, यस्ताखाले विशेषता भएको ठाउँ विश्वमै छैन,’ उनले भने, ‘यसको महत्व पशुपतिभन्दा पनि बेग्लै छ । यहाँ आएर कुनै वरदान माग्यो भने पूरा हुने किंवदन्ती रहिआएको छ ।’

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...