Thursday, March 21, 2019

हरिसिद्धिमा देवीनाच


हरिसिद्धिमा देवीनाच
हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ यस दिनलाई हरिसिद्धिवासीले मुख्य चाडपर्वको रुपमा लिने गर्दछन्
ललितपुरमुलुकभर होली मनाउँदा हरिसिद्धिमा भने बुधबार हरिसिद्धि भवानी देवीनाच देखाइएको छ हरिसिद्धि भवानी देवीका पुजारी ८२ वर्षीय राइटर महर्जन, छुस्याः, पोंगा बाजा बजाउने ५६ वर्षीय शालिकराम महर्जन र ६९ वर्षीय नारायण महर्जन निधारमा तिलक, शिरमा बेताली (देवगणले लगाउने टोपी), शरीरमा द्यः अनि धुजी लं (विषेश प्रकारको लुगा) लगाएको अवस्थामा भेटिए 
उनीहरूजस्तै देवगणको भूमिका खेल्ने अन्य २६ जना गुठीयार पनि उस्तै भेषमा थिए पुजारी महर्जन भन्छन्, ‘हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ यस दिनलाई हरिसिद्धिवासीले मुख्यचाडपर्वको रूपमा लिने गर्दछन्।’
उनका अनुसार नाच रामायणको आरण्य काण्ड र किस्किन्धा काण्डमा आधारित छ त्यस १८ भागमा दृश्य देखाइन्छ ‘नाचको प्रारम्भ जोडीबाट हुन्छ,’ उनले भने, ‘जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन्।’ नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग बायाँमा त्वाकः(काठको ढाल) हुन्छ एकले अर्कालाई खड्गले त्वाकःमा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन्

अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ ‘यस नाचमा सन्तान नहुने भक्तजनमध्ये जसले पहिलो पटक देवता ढोक्न सफल हुन्छ उसको छोरा पाउने जनविश्वास रहेको पुजारी महर्जनको भनाइ छ त्यसैले तमन्ना द्योको दर्शन गर्न भक्तजनकोभीडभाड लाग्ने गर्दछ

ठेचोकी गीता महर्जनको माइती हरिसिद्धि हो उनी प्रायः प्रत्येक वर्ष व्रत बस्न हरिसिद्धि पुग्ने गर्छिन् यस पटक पनि व्रत बसेकी उनी भन्छिन्, ‘तनमनले व्रत बसेमा मनोकांक्षा पूरा हुन्छ।’ नाचमागुरु वाल्मीकि शिष्य भारद्वाजको भेषमा पनि नृत्य देखाइयो ब्राह्मण (बुद्धिसेन) को नाचमा परम्पराअनुसार दाँत माझेको र नुहाएको अभिनय पनि
नाचमार्फत देखाइयो

यस नाचलगत्तै महादेव अवतरण भयो ब्राह्मणलाई विक्रमादित्य राजाका मन्त्री वीरसेन (बुद्धिसेन) मानेको दृश्य देखाइयो पुजारी भन्छन्, ‘नाचमार्फत परम्परागत रीतिथिति बुझ्न सकिन्छ।’ एक शक्तिस्वरूपा देवीको पूजाआराधना गरेमा सबैको कल्याण हुनेमा उनको विश्वास छ

काठमाडौंमा मनाइने इन्द्रजात्रामा पुलु किसी (स्वर्गका राजा इन्द्रको बहान) को नाच देखाइन्छ हरिसिद्धि पनि हात्तीको नाच देखाइन्छ हरिसिद्धिमा इन्द्रको बहानको रूपमा नभई महादेव र धिन्चो माजु (देवता) ले हात्तीलाई धपाएको अभियनको रूपमा नृत्य प्रस्तुत गर्छन् यसका लागि डबलीमा निलो मुकुट गाढा नीलो शरीर भएको हात्तीको साथमा पहेलो मुकुटमासिकुचा नाम गरेको महादेव र धिन्चो माजु प्रवेश गर्छन्

त्यसपछि सेतो मुकुटको कौमाद्य (महादेव) र रातो मुकुटको अग्नि देवताको नृत्यमा अग्नि देवताले कौमाद्यः लाई पच्छ्याउँदै नृत्य देखाइन्छ अनि राजासिंह, मन्त्री, नारदको नृत्य हुन्छ महर्जन भन्छन्, ‘यो विक्रमादित्यमाथि विजय प्राप्त गर्ने विषयमा त्रिशूलधारी नारद आइपुगी सहमति जनाएको दृश्य हो त्यसपछि विश्वमित्र ऋषि कुटीमा यज्ञ गरिरहेको, रामले पहरा दिइरहेको र यज्ञको गन्धले कुटीतिर आएको मारिच राक्षस आएको दृश्य देखाइन्छ

अनि राम र राक्षसबीच भएको युद्ध हुन्छ।’ अन्तमा सुग्रीवले बाली वध गरेको, नारदले सुग्रीव र ताराको पुनः विवाह गरिदिएको र मालीले माला ल्याई हनुमानलाई दिएको दृश्य नाचमार्फत देखाइएको छ नाच वाद्यवादनमा दमोखिं, प्वांगा, भुस्याहा, छुस्याहा र ताः हुन्छ नाच प्रत्येक वर्ष फागुपूर्णिमाकोअवसरमा देखाइन्छ प्रकाशित : चैत्र ७, २०७५ ०७:५९

संगिनीलाई साथ


संगिनीलाई साथ
धनकुटापुर्खाले सिर्जेको यो नेपाल देशआफ्नै संस्कृति प्यारो छ भेषजोगाऔं संस्कृति...कमला दाहालसहितको समूहले यसरी लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्न थाल्छन् यो संगिनी नाचको शैली हो
घुमाउरो गरी बसेकाहरू हात र खुट्टाको हाउभाउ मिलाएर एकै स्वरमा नाच्नुपर्छ संगिनीमा यी महिला भने लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमै छन्
पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी नृत्य संरक्षण गर्न धनकुटा नगरपालिका १ का महिला जुटेका हुन् खासगरी विवाहमा रत्यौली, धार्मिक उत्सव, पूजाआजामा परम्परागत रूपमा यो नाच नाचिने हिलेकी कमला दाहालले बताइन् उनका अनुसार विभिन्न ऐतिहासिक तथा धार्मिक घटना क्रम, धार्मिक ग्रन्थका श्लोक समेटेर नाचिने संगिनी पछिल्लो समय वीरगाथा, जाँगरमूलक र राष्ट्रिय भावनाका शब्दलाई गीतमा उन्ने गरिन्छ

अहिलेको पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले अभियान नै थालेका हौं।’ कुनै समय संगिनी नाच जिल्लाका सबैजसो थलोमा लोकप्रिय थियो तर, पछिल्लो समय संगिनी नाच्ने एकदमै कम भेटिन्छन्।’

यस्तो अवस्थामा स्थानीय महिलाहरू प्रवर्द्धनमा लागिपरेका हुन् ालैको दिन एउटा हिले बजारमा नाच्दै गरिरहेका बेला भेटिएकी जमुना घिमिरेका अनुसार स्थानीय स्तरमा हुने विवाह, धार्मिक कार्य तथा विशेष समारोहमा उनीहरूको समूहले संगिनी नृत्य प्रस्तुत गर्दै आएको छ यसमा मनोभावदेखि एकअर्काबीचको संवाद गीतमार्फत नै गरिन्छ
जेठा र दाजु नि नुहाउन गाका
शिव हौ हरर, जेठानी भाउजू
नुहाउन जाँदा साथैमा सरर..

यस्ता शब्द सुरुमा एक/दुई जनाले लामो स्वरमा खिपेर गाएपछि सहभागी सबैले फन्को मार्दै गीतको भाकामा साथ दिनुपर्ने समूहकै जानुका पोखरेलले बताइन्एकातर्फ मनोरञ्जन र अर्कोतर्फ संस्कृति जगेर्ना,’ उनले भनिन् यो समूहले गुन्यूचोली र एकै प्रकारको ओढ्ने ओढेर संगिनी प्रस्तुत गर्छ

कम्तीमा पछिल्लो पुस्तासम्म यो नृत्यलाई सिकाउने हाम्रो प्रयास हो,’ स्थानीय तुलसा थापाले भनिन्, ‘चासो जगाउन सकिन्छ कि भन्ने आशा पलाएको छ।’ हिले लगायत धनकुटा बजार आसपासका बस्ती तथा चौबिसे क्षेत्रमा पनि संगिनी नृत्य लोकप्रिय बन्दै गएको स्थानीय सरिता बरुवालको दाबी छ प्रकाशित : कान्तिपुर, चैत्र ७, २०७५ ०८:४४

इतिहासको विपरीत धार

  इतिहासका विपरीत धार - - युग पाठक रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । आश्विन ७...