संगिनीलाई साथ
धनकुटा
— पुर्खाले सिर्जेको यो नेपाल देशआफ्नै
संस्कृति प्यारो छ भेषजोगाऔं
संस्कृति...कमला दाहालसहितको समूहले
यसरी लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका
महिला नाच्न थाल्छन् । यो संगिनी नाचको शैली हो ।
घुमाउरो गरी बसेकाहरू हात र खुट्टाको
हाउभाउ मिलाएर एकै स्वरमा नाच्नुपर्छ संगिनीमा । यी
महिला भने लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमै छन् ।
पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी
नृत्य संरक्षण गर्न धनकुटा
नगरपालिका १ का महिला जुटेका हुन् । खासगरी विवाहमा रत्यौली, धार्मिक
उत्सव,
पूजाआजामा परम्परागत रूपमा यो नाच
नाचिने हिलेकी कमला दाहालले
बताइन् । उनका अनुसार विभिन्न ऐतिहासिक तथा धार्मिक घटना क्रम, धार्मिक ग्रन्थका
श्लोक समेटेर नाचिने संगिनी पछिल्लो समय वीरगाथा,
जाँगरमूलक र राष्ट्रिय भावनाका
शब्दलाई गीतमा उन्ने गरिन्छ ।
‘अहिलेको
पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले
अभियान नै थालेका हौं ।’ कुनै समय संगिनी
नाच जिल्लाका सबैजसो थलोमा लोकप्रिय
थियो । तर, पछिल्लो
समय संगिनी नाच्ने एकदमै कम भेटिन्छन् ।’
यस्तो अवस्थामा स्थानीय महिलाहरू
प्रवर्द्धनमा लागिपरेका हुन् । हालैको दिन एउटा हिले बजारमा
नाच्दै गरिरहेका बेला भेटिएकी जमुना घिमिरेका अनुसार स्थानीय स्तरमा हुने
विवाह, धार्मिक
कार्य तथा विशेष समारोहमा उनीहरूको समूहले संगिनी नृत्य प्रस्तुत गर्दै
आएको छ । यसमा मनोभावदेखि एकअर्काबीचको संवाद
गीतमार्फत नै गरिन्छ ।
जेठा र दाजु नि नुहाउन गाका
शिव हौ हरर, जेठानी भाउजू
नुहाउन जाँदा साथैमा सरर..
यस्ता शब्द सुरुमा एक/दुई
जनाले लामो स्वरमा खिपेर गाएपछि सहभागी सबैले फन्को मार्दै गीतको भाकामा
साथ दिनुपर्ने समूहकै जानुका पोखरेलले बताइन् । ‘एकातर्फ मनोरञ्जन र
अर्कोतर्फ संस्कृति जगेर्ना,’ उनले भनिन् । यो समूहले
गुन्यूचोली र एकै प्रकारको ओढ्ने ओढेर
संगिनी प्रस्तुत गर्छ ।
‘कम्तीमा
पछिल्लो पुस्तासम्म यो नृत्यलाई सिकाउने हाम्रो प्रयास हो,’ स्थानीय तुलसा थापाले
भनिन्, ‘चासो
जगाउन सकिन्छ कि भन्ने आशा पलाएको छ ।’
हिले लगायत धनकुटा बजार आसपासका बस्ती
तथा चौबिसे क्षेत्रमा पनि संगिनी
नृत्य लोकप्रिय बन्दै गएको स्थानीय
सरिता बरुवालको दाबी छ । प्रकाशित : कान्तिपुर, चैत्र ७,
२०७५ ०८:४४