Wednesday, June 12, 2019

भन भन देउसे को थिए बलि राजा ?

भन भन देउसे को थिए बलि राजा ?माेदनाथ प्रश्रित
गोरखापत्र, October 28, 2008
दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।
को थिए ती बलि राजा ? कुन मुलुकका र के सङ्कट पर्‍यो ? के नेपालमा गणतन्त्र आउँदा राजा ज्ञानेन्द्रलाई आपत परी नार्गाजुनको बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाएको भनेर पैसा मागिन्छ ? म हरेक तिहारमा यस्तै प्रश्नले ठट्टा गर्छु, देउसे भैलेहरू खिस्स हाँस्छन् बस् ।
यसपालि राजा ज्ञानेन्द्र दरबार छाडेर जाँदा बिजुली, पेट्रोल डिजल आदिको लाखौं, करोडौं रुपियाँ दरबारले नतिरेको चर्चा आयो । प्रसङ्गवश बलिराजाको पुरानो कथा कोट्याउन मन लाग्यो ।
पुराण कथाहरूमा अत्यन्त दानी व्यक्तिका रूपमा बलि राजाको नाम प्रसिद्ध छ । जसले जे माग्यो, त्यही दिने अति उदार स्वभावले गर्दा उनको तीन लोकको राज्य नै उड्यो र पातालमा विस्थापित भए । अति गरे खति हुन्छ नेपाली उखान छ । दृष्टान्तमा संस्कृत कविले भनेका छन्-
अति रूपाद्धृता सीतातिगर्वाद्रावणो हतः
अति दानात् बलिर्बद्धो हृयति सर्वत्र बर्जयेत् ।
-अति सुन्दरी भएकीले सीताको हरण भयो, अति घमण्डी हुनाले रावण मारियो, अति दानी हुनाले बलि बन्धनमा परे, त्यसैले कुनै कुरामा पनि अति नगर्नु ।)
राष्ट्रको अति शोषण, गरिब वर्गको अति उपेक्षा लोकतन्त्र न्याय र अधिकार निम्ति आन्दोलन गर्ने जनताको अति दमनको कारणले तीन चार हजार वर्ष पुरानो नेपालको राजतन्त्र परम्परा भर्खरै समाप्त भएको विश्वले देख्यो ।
देव, दानव, असुर मूलतः एउटै पुर्खाका शाखा सन्तान थिए । टाढाटाढासम्म फैलिदै भएपछि जमिन, जड्ढल, पानी पशु आदि कारणले परस्पर विरोध बढ्दै र एउटा पक्षले अर्को पक्षमाथि आक्रमण गरी गाई वस्तुदेखि, गाउँ वस्ती र राज्यसमेत कब्जा गर्ने होड बढ्दै गयो । कहिले समुद्र मन्थन जस्ता साझा उत्पादनका कुरा देवपक्षले लुट्थ्यो, कहिले देवपक्षको सम्पत्ति र स्वर्ग असुर पक्षले कब्जा गथ्र्यो । यस्तै प्रतिस्पर्धामा दानव कुलका शक्तिशाली राजा बलिले इन्द्रको स्वर्ग कब्जा गरे । साधन सम्पन्न, शीतल, समृद्ध, सुखी र स्वस्थ, दीर्घायु हुने र प्रशस्त सुन पाइने ठाउँहरूलाई त्यसताक स्वर्ग, सुरलोक, वैकुण्ठ आदि भनिन्थ्यो । सुमेरु, -पामीर) तियान सियान, त्रिविष्टप -तिब्बत) कास्मिर, सिरिया आदि थुप्रै 'स्वर्ग' थिए । राजा बलिले त्यस्तै महत्त्वका तीन लोक जितेका थिए ।
बलि पुराण प्रसिद्ध दानव राज हिरण्य कसिपुका पनाति, प्रहृलादका नाति, विरोचन र सुरुचिका छोरा थिए । धेरै राज्य जितेपछि उनी अनेक यज्ञ, दान धर्मकर्मतिर लागेर क्रमशः महादानीको रूपमा चर्चित हुँदै गए । उनको ख्याति देखेर देवपक्षलाई असहृय हुनथाल्यो । बलिको लोकपि्रयता, सैन्य शक्ति धन आदि देखेर उनलाई युद्धबाट हराएर आआˆना राज्य खोस्ने आँट देवपक्षले गर्नसकेन र षड्यन्त्रद्वारा परास्त गर्ने योजना बनायो । इन्द्रका भाइ उपेन्द्र अर्थात् विष्णु त्यस्ता काम फत्ते गर्न खूब चतुर थिएर इन्द्रले गुहार मागेपछि विष्णुले षड्यन्त्रका तानाबाना बुने ।
भागवत -८।१८) अनुसार नर्मदा नदीका उत्तर किनारको भृगुकच्छ भन्ने ठाउँमा भृगुवंशी ब्राहृमणहरूको बीचमा बलि राजाले अश्वमेध आदि अनेक ठूलठूला यज्ञ गर्दै थिए । दानदातव्यको लहर चलेको थियो । दैत्य गुरु शुक्रचार्य प्रमुख निर्देशक थिए । त्यसैबेला एउटा पुड्के जोगी वामनको भेषमा -विष्णु) त्यहाँ पुगेर बलिको ठूलो प्रशंसा गर्नथाले । बलिले भने तपाईं यस यज्ञमा मबाट के चाहनु हुन्छ ? वामनले भने म सानो कुरा माग्छु, पक्का दिन्छु भन्ने वाचा गर्नुहोस् ।
कूटनीतिज्ञ शुक्रले यो विष्णुको छल हो भन्ने बुझेर त्यस्तो वाचा नगर्न सल्लाह दिए । तर बलिले आˆनो स्वभाव अनुसार शुक्रको कुरा नसुनी वामनले मागेको दिने वाचा गरे । वामनले बलिको खुब प्रशंसा गर्दै भने तपाईं विख्यात विष्णु भक्त प्रहृलादका नाति हुनुहुन्छ । तपाईंका पिता विरोचन, ठूला ब्राहृमण भक्त हुनुहुन्थ्यो । उहाँले देवताहरूले छल गरेर मागेको बुझेर पनि आˆनो आयु उनीहरूलाई दिनुभयो । मलाई विश्वास छ मैले मागेको कुरामा तपाईंले आˆनो वाचा पक्कै तोड्नुहुने छैन । -भागवत)
बलिले विष्णुको छल चिनेर पनि वाचा नतोड्ने वचन दिए । वामनले भने मलाई तपाईका स्वर्ग, मत्र्य र पाताल तीनवटै राज्य दिनुहोस् । किनभने तपाईं जस्ता महादानीका लागि यी तीन राज्य मामुली तीन पाइला जमिन जस्तै हुन् ।
वाचा हारेका बलिले भने मैले यी तीन लोक तपाईंलाई दिएँ । अब म बस्ने आश्रयस्थल तपाइर्ंले नै दिनुहोस् भनी खुट्टामा ढोगे । विष्णुले आˆनो मूल रूप देखाउँदै भने अब तिमी रसातलमा गएर बस Û देवता पक्षबाट कुनै खतरा भएमा म तिम्रो रक्षा गरुँला । यसरी महादानी बलिको तीनै लोकको राज्य स्वाहा भयो । विष्णुको छलले भएभरको सब कुरा गुमाएर बलि राजा भिखारी भएको देख्दा उनको उद्धार राज्य व्यवस्थामा बसेका जनता ज्यादै दुखी भए ।
अनुश्रुति -दन्त्यकथा) भन्छ बलिको पुनर्वास व्यवस्था निम्ति सघाउन अनुमति लिएर हजारौं जनता चारैतिर छरिएर सबका घरघर पुगी सामूहिक स्वरमा सहयोग माग्न थाले
भनभन साथी हो - देहि श्री,
बलि राजाले पठाए - देहि श्री,
स्वर मिलाई भन - देहि श्री,
दानी राजाले पठाए - देहि श्री,
हामी त्यसै - देहि श्री,
आपत पर्‍यो - देहि श्री,
माग्न आएनौं - देहि श्री,
सहयोग गरौं - देहि श्री,
हामी कोही - देहि श्री,
जुटेर आयौं - देहि श्री,
स्वर्गबाट - देहि श्री,
घुम्दै आयौं - देहि श्री,
कोही हामी - देहि श्री,
जसले देला मानो - उसको सुनको छानो,
जसले देला मुरी उसको सुनको धुरी,
हामीकोही - देहि श्री,
सहयोग पायौं - भैलो
मत्र्यलोकबाट - देही श्री,
तपाईंको जयहोस् - भैलो
यसरी विस्थापित बलिको सहयोग
निम्ति -देहि श्री
-धन दिनुहोस्) भन्दाभन्दै लोकलयमा 'देउसिरे' भयो ।
उसबेला त्यसरी जम्मा गरेको धन बलि कहाँ पुर्‍याइए होला । पछि क्रमशः यो मनोरन्जनको माध्यम भयो । मत्सेन्द्र नाथ जात्रामा भोटो देखाए जस्तो ।
पौराणिक कथा कति यथार्थ हो, कति काल्पनिक, तर कुनै राजा, राष्ट्राध्यक्ष, नेता, मन्त्री असल, विवेकी जनताको हित र उन्नतिमा लागिरहन्छ भने ऊ असुर, दानव, देव मानव जुनसुकै वंशको भए पनि उसलाई चाहे सत्तामा होस् चाहे बाहिर जनताले बलि राजालाई झैँ श्रद्धा, सम्मान र सहयोग गर्छन् । उसको कीर्ति युगयुग उज्यालो रहन्छ । यदि राजा नेता, मन्त्री स्वार्थी लोभी दमनकारी, जनघाती, देशमारा हुन्छन् भने सत्ताभित्र या बाहिर छँदा, बाँच्दा र मर्दा पनि उसलाई घृणाले थुकिरहन्छन् । पुराणकथाले भन्छ देवपक्षमा विष्णुले बलिलाई छलेर राज्य हड्पेका भए पनि बलिराजाको असीमित सुख्यातिले गर्दा पछि स्वयं रसातल पुगी बलिको पूर्ण सुरक्षाको व्यवस्था गरेका थिए ।
आधुनिक अनुसन्धाताहरूले स्वर्गलोक, मत्र्यलोक, पाताल, महापाताल आदिलाई पृथ्वीका विभिन्न भूभाग र द्वीपद्वीपान्तरका रूपमा समीकरण गर्दैछन् । सरदर पृथ्वीको कर्कट रेखा वरिपरिको भूभाग -प्राचीन सभ्यता विकसित भएका ठाउँ) लाई स्वर्ग समतुल्य, भूमध्ये रेखाबृत्तको गर्मी र कम उर्वर ठाउँ मत्र्य अपिका, अष्ट्रेलिया दक्षिण) अमेरिका आदिलाई पाताल रसातल, महापाताल आदि रूपमा परिभाषित गर्न खोज्दैछन् । अमरकोसले 'बलिसद्म रसातलम्' बलिको निवास रसातल हो ) भनेको छ । त्यो ठाउँ दक्षिण अफ्रिका, अष्ट्रेलया या त्यसैको समकक्षी कुनै टापू हुनसक्छ

Kartik Naach: Punishment for evil deeds

Kartik Naach: Punishment for evil deeds
Published: The Himalayan Times, November 22, 2015 10:44 am
Savitri Dhakal
Kathmandu
The autumn chill is deepening and while life in and around the City is slowly moving towards rest, the courtyards around Mangalbazaar, Patan begin to glow with thousands of people to watch the array of dances during the 10-day Kartik Naach. The courtyards were destroyed in the April 25 earthquake and wooden planks support old monuments and houses around, but the fervour for the festival has not been destroyed.
The desperate wait to see the dancers in their colourful attires and props goes on increasing when varieties of musical instruments are played by a group of musicians at the Kartik Dabali. People in search of the best place to get a good view of the dance are seen moving all around the courtyards. As the volunteers come carrying an oil container and some cotton wicks, one knows one’s wait is over — the show is about to start.
Story behind Kartik Naach
The show starts and there are dancers in colourful attires depicting varieties of Hindu gods and goddesses — Barahi, Ganesh, Shiva, Krishna among many others. Garlands of different sizes are worn by the dancers which steal the immediate attention of the onlookers. Kartik Naach was started by Siddhi Narsingh Malla in 1697 BS during the Malla era. This era was considered to be the Golden Age of Nepal as art and craft developed vastly during this time. There are a number of stories behind the legend of this dance festival. Some believe that the dance is performed to give honour to the Hindu deity Kartikeya, while some believe that it was king Siddhi’s love for deities, art, crafts and literature. However, Kiran Chitrakar, Chairman of Kartik Naach Samrakshan Samiti, opined that the dance is named as Kartik Naach as it is performed during the month of Kartik.
“The dance was performed for two days then. But Shree Niwas Malla, Siddhi’s son, added seven more days to the festival in the year 1723 BS and later on Siddhi’s grandson, Yog Narendra Malla added 15 other days to the festival. The festival saw changes as time passed. Till 2006 BS the festival was organised for 27 days. But as there was a revolution in the country in the year 2007 BS, the festival was limited for two days. The dances of Barahi and Narasimha only were performed. This continued till 2037 BS. However, after 2038 BS the festival was extended to eight days with the help of different groups of people. In the year 2070 BS, it was performed for 10 days adding various dances that were performed during 2006 BS. However, in the year 2071 BS the same festival was performed for 12 days adding Usha Haran dance to it. However, this year the dance is limited to 10 days because of the number of auspicious days in the Nepali calendar, earthquake, economical problems, and the current fuel crisis,” informed Chitrakar.
The dances of Narasimha and Barahi are being celebrated with great fun and vigour. The dance of Narasimha takes place every year on Kartik Krishna Paksha Trayodashi Tithi and this year the day falls on November 24. All other dances are performed till Purnima (full moon day). The dance is performed like a play where characters come on stage, dance, depicting their respective roles when the music is played. These dances have a story in them. Among them, Narasimha dance depicts age-old folklore where Narsimha defeats the evil.
According to Bhagwat Purana, Narasimha is an incarnation of Lord Bishnu. This incarnation of Lord Bishnu is neither a man nor an animal. Rather it has a head of a fiery lion and body of a human. Hiranyakashyapu was a powerful demon king and had a son Pralhad. The son refused to acknowledge his father as supreme lord of the universe and claimed that Bishnu was all omnipresent and described the benevolence of the deity. The demon king became angry and tried to kill the son. All his efforts went in vain. One evening Hiranyakashyapu asked his son if his god was there in the pillar. Upon hitting the pillar, out came Narasimha, an incarnation of Bishnu, in the form of half-man and half-animal. The deity then killed the demon with his nails keeping him in his lap, standing on the threshold at dusk. “The dance tries to depict the same story of Narasimha killing the demon Hiranyakashyapu. The story tries to give a message that if one who tries to harm others and does negative things, s/he will be punished,” informed Chitrakar.
The dances are a mixture of music, theatrical performance, songs and dance steps. All art forms are put together in it.
The dances of Narasimha and Barahi are being celebrated with great fun and vigour. The dance of Narasimha takes place every year on Kartik Krishna Paksha Trayodashi Tithi and this year the day falls on November 24. All other dances are performed till Purnima (full moon day). The dance is performed like a play where characters come on stage, dance, depicting their respective roles when the music is played. These dances have a story in them. Among them, Narasimha dance depicts age-old folklore where Narsimha defeats the evil.
According to Bhagwat Purana, Narasimha is an incarnation of Lord Bishnu. This incarnation of Lord Bishnu is neither a man nor an animal. Rather it has a head of a fiery lion and body of a human. Hiranyakashyapu was a powerful demon king and had a son Pralhad. The son refused to acknowledge his father as supreme lord of the universe and claimed that Bishnu was all omnipresent and described the benevolence of the deity. The demon king became angry and tried to kill the son. All his efforts went in vain. One evening Hiranyakashyapu asked his son if his god was there in the pillar. Upon hitting the pillar, out came Narasimha, an incarnation of Bishnu, in the form of half-man and half-animal. The deity then killed the demon with his nails keeping him in his lap, standing on the threshold at dusk. “The dance tries to depict the same story of Narasimha killing the demon Hiranyakashyapu. The story tries to give a message that if one who tries to harm others and does negative things, s/he will be punished,” informed Chitrakar.
The dances are a mixture of music, theatrical performance, songs and dance steps. All art forms are put together in it.
Dance varieties
Similar folklores are narrated through the dance form during the festival. Then there was Ushaharan Lila, a dance that describes the romantic relationship between Usha, the daughter of Banashur, a demon and Anirudra, Krishna’s grandson. This story is based on a dream of Usha. She dreams of a man. Chitralekha, an artist draws a portrait of the man and the search for the man starts. The man is later hypnotised to come towards Usha. The dance is then showcased in different episodes for five days. Majhi dance — men dressing up like fishermen, trying to catch fish is great fun watching. Similar varieties of dances such as Yuddha Kala, Devi Pyakha, Jal Sayan Madhu Kaitab Badh, Barah Avatar, Narsimha Avatar and Bastra Haran Lila too are major attractions of the dance festival. Dances depicting the stories of Sudama and Surdas are also the highlights. The dances not only give a reflection of the past but they are a mixture of the present and future. “The ancient stories are showcased with improvised dancing steps. The dances are comical, satirical and add humour as well. The dances and performances give a glimpse of contemporary society,” informed Bijay Tandukar, Joint Treasurer of Kartik Naach Samrakshan Samiti.
The make-up and masks according to the character of the deities and demons add another charm to the dances.
Myth behind the dance
During the reign of king Siddhi, the city lost its lustre. People weren’t active and they avoided work. The king started comparing his state with others’. So, to restore the splendour of the city, the king consulted astrologers. They told him that the country will get its charm back only if a human will be sacrificed. But killing a human to make a deity happy was not a good idea. Upon consulting the gurus Haribansha Upadhayay and Bishwanath Upadhayay, a solution was brought out. Without spilling a single drop of blood they would invoke the deities through tantrik means. That’s why a dance was performed to give an impression of sacrificing a human; thus Kartik Naach. These days too when Narasimha touches the demon, he faints in real symbolising the narbali — sacrifice of human beings, as per Chitrakar.
Baraha and Narsimha dances are the charms of the festival and it is believed that king Siddhi comes to watch the Narsimha dance. “This is why the golden window in Patan is opened once a year on the day believing that the king would get the best view of the dance from that window,” informed Uttam Ratna Shakya, Treasurer of Kartik Naach Samrakshan Samiti.
Unity in Diversity
The dance is performed by different castes of Newars. Sixty-five people from several Newari castes are taking part in the festival this year. There are 45 musicians and 10 helpers to make the festival a grand success. To pay their respects to the gurus of Siddhi Narsingh, a male member from Haribansha’s clan performs the role of Narsimha, male member from Chitrakar’s clan becomes Hiranyakashyapu, a male member from Bishwanath’s clan depicts the role of the one who brings consciousness to Hiranyakashyapu, Shresthas become Krishna and Baraha in the dance festival and the Tandukars become the service providers to the Hiranyakashyapu, as per Chitrakar.
However, females have not taken part in the dance till now. “The dance is performed in the evening and women weren’t allowed to stay out late and this might be the reason why women do not take part in the performance. However, the situation might change in the coming days,” opined Chitrakar.
Despite the difficulties
Fuel crisis has made an impact on the festival too. People from all around the City would come to see the dance regularly but because of the current fuel crisis and a shortage of vehicles, many interested are not able to watch the shows. “Had it been normal times, all the open spaces around Krishna Mandir and the Durbar Square premises would have been filled with people but the crowd has decreased this year and we even haven’t allowed people to sit on the spaces of Krishna Mandir as the temple was damaged by the earthquake and we don’t want anything bad to happen because of a huge crowd standing on its premises,” shared Tandukar.
Shresthu Shakya, a teenager from Patan, had come with his friends to watch the show. “I am a regular audience of this festival. It is great fun to watch varieties of dances. I also want to take part in the dance after my SLC,” Shakya opined.
The dancers
Chitrakar and Tandukar too have been dancing in the festival. Both of them are dancing in the festival this year too. It is Chitrakar’s 17th performance as Hiranyakashyapu. “I was curious when I was doing it the first time. I was afraid too. I even asked myself what if I die doing the role? The body starts to freeze when the Narasimha touches and I immediately become unconscious,” shared Chitrakar.
Tandukar who plays a role of the one standing on the right side of Hiranyakashyapu feels that they have been able to preserve their culture. “When my fathers and uncles were doing the roles, I too wanted to be a part and these days we are here continuing the legacy while preserving our culture,” Tandukar added.
Pratapdhar Sharma, who has been playing the role of Narasimha since his early teens, remembered his curiosity during his first performance. “There was stamina, confidence and curiousness then but these days I feel like I am growing old. Yet the confidence is there,” Sharma smiled.
“Wearing the jama, bhoto, jabi, lachkan, mukut and make-up gives a splendour feeling that can’t be expressed in words,” Sharma added.

विरूप विश्वरूपा


विरूप विश्वरूपा
सम्पदा
जेष्ठ १२, २०७५दामोदर न्यौपाने
काठमाडौँ — पशुपति क्षेत्रका मन्दिर र त्यहाँका मूर्तिमध्येमा मुख्य मानिन्छ विश्वरूपा । मृगस्थलीको पूर्वतिर रहेको यो मन्दिर अहिले भग्नावशेषमा परिणत भएको छ । तीन वर्ष बित्यो भग्नावशेषमा परिणत भएको । तीन वर्षअघिको भुइँचालोले भग्नावेशष बनाएको यो मन्दिरको छाना भत्किएको छ । वरिपरिको गाह्रो भने यथावत् छ ।
त्यही भत्किएको गाह्रोको ढोकामा ताल्चा लगाइएको छ । भित्र विश्वरूपाको विराट मूर्ति छ, जसलाई छुन पाएका छैनन् मन्दिरका पुजारी उद्धवप्रसाद उपाध्यायले । ताल्चा लगाएको गेटबाहिरै नित्य पूजा गर्छन् उनी । तीन वर्ष भयो उनले बाहिरै पूजा गरेको । ‘नित्य पूजा त रोक्नुभएन नि,’ उनले सुनाए, ‘बिहान–बेलुकै पूजा गरिराखेका छौं ।’
केही समयअघि टुटेकै भए पनि हेर्ने सुविधा थियो । विरूप भएका विश्वरूपाको मूर्ति सामाजिक सञ्जालमा पोस्ट भए । सार्वजनिक भएपछि त्यसलाई व्यवस्थित गर्नेतिर पशुपति क्षेत्र विकास कोष लागेन । बरु त्यसलाई ताल्चा लगाएर हेर्न नमिल्ने बनाइदियो ।
विश्वरूपालाई विष्णुको विराट रूप मानिन्छ । पशुपतिनाथका भण्डारी केदारमान भण्डारीको शब्दमा यहाँको विश्वरूपाचाहिं फरक हुन् । यहाँको विश्वरूपमा महादेव र पार्वतीको
विराट रूप हो । शिव र पार्वती काम मुद्रामा रहेको मूर्ति हो यो । सम्भोगरत रूपमा रहेकाले काम कामेश्वरीको रूपमा पनि चिनिन्छ विश्वरूपा । ‘शिव पार्वतीको सम्भोग चलिरहेको सम्भोग आसन हो यो,’ भण्डारी भन्छन्, ‘पार्वतीको कम्मरमा समातेर सम्भोगरत अवस्थामा छन् विश्वरूपा । अहिले शिवको हातबाट पार्वती टुक्रिएर लडेको अवस्थामा छ ।’
भुइँचालो जानुअघि नै जीर्ण बन्दै गएको थियो मन्दिर । भुइँचालो जानुअघि देखि नै यसको जीर्णोद्धार गर्न माग गर्दै आए पनि क्षेत्र विकास समितिले टेरपुच्छर नलगाएको भण्डारीले गुनासो गरे । मन्दिर राणा प्रधानमन्त्री जंगबहाुदर राणाले विसं १९२४ बनाएका हुन् । विश्वरूपाचाहिं मल्ल राजा प्रताप मल्लको पालामा बनेको मानिन्छ । सहस्र हात, सहस्र टाउका भएको यो मूर्ति प्रताप मल्लको पालामा बने पनि यसलाई कतै प्रतिष्ठापन भने गरिएको थिएन । जंगबहादुरले हनुमानढोका दरबारबाट यहाँ ल्याएर प्राणप्रतिष्ठा गराएको देववंशावलीमा उल्लेख छ ।
मन्दिरको भग्नावेशष हटाउने क्रममा ध्यान दिएको भए विश्वरूपा जोगाउन सकिने अवस्थामा थियो । ‘सेनाले मन्दिर ड्याम ड्युम भत्काइदियो,’ भण्डारी भन्छन्, ‘सुरुमा चर्किएको मात्रै थियो मूर्ति । सावधानीपूर्वक भत्काएको भए जोगिन्थ्यो । जथाभावी भत्काउँदा मन्दिरको दलिन खस्यो । त्यही दलिनले लागेर विश्वरूपा टुक्राइदियो ।’ १२ फिट अग्लो छ यो मूर्ति । यसलाई विश्वरूपाको प्राचीन मूर्तिमध्ये विश्वकै अग्लो मानिएको छ । तान्त्रिक विधिबाट बनेको हो मूर्ति । यसको पेटमा मान्छेको जस्तै आन्द्राभुँडी रहेको भण्डारी बताउँछन् । यहाँ माणि माणिक्य पनि हुन सक्ने उनको अनुमान छ ।
अष्ट धातुले बनेको छ
विश्वरूपा खुला आकाशमुनि छ अहिले । अष्ट धातुलाई घाम पानीले बिगार्दैन । खिया पनि लाग्दैन । तर रंग बदलिन्छ । कालो बनाइदिन्छ घाम पानीले । ‘मूर्ति बिग्रँदैन भनेर यसरी अलपत्र पार्न कहाँ पाइन्छ ?’ भण्डारी भन्छन्, ‘मूर्ति लडेको छ । वरिपरि घाँस उम्रेको छ । झाडी पलाएको छ । झारपातले घेरेको छ विश्वरूपालाई । यो त देवताको अवहेलना गरेर फालिदिएको जस्तो भयो नि । मन्दिर बनाउन नसके पनि झार त उखेल्न सकिन्थ्यो । पाल ओडाएर राख्न त सकिन्थ्यो नि ।’
यसको संरक्षण गर्न धेरैपल्ट क्षेत्र विकास कोषलाई आग्रह गरिएको भण्डारी बताउँछन् । ‘भुइँचालो जाँदाताकाका सदस्य सचिव गोविन्द टण्डनदेखि अहिलेका सदस्य सचिव प्रदीप ढकालसम्मलाई अवगत गरायौं । देखाउन फिल्डमै लग्यौं,’ भण्डारी भन्छन्, ‘अहँ सुनेनन् ।’
क्षेत्र विकास कोषले आफूले मात्रै चाहेर यहाँको काम गर्न नसकिने दाबी गर्दै आएको छ । विश्व सम्पदा क्षेत्रमा पर्ने भएकाले युनेस्को पनि अनुमति लिनुपर्छ । पुरातत्त्व विभागको पनि सहमति लिनुपर्ने भएकाले ढिला भएको कोष बताउँछ । ‘अब दुई वर्षभित्रमा काम सकिन्छ,’ कोषका सदस्य सचिव ढकाल भन्छन्, ‘काम सुरु भइसकेको छ ।’ काम सुरु भइसकेको छ भनेको तीन सातापछि यो पंक्तिकार विश्वरूप क्षेत्र जाँदा त्यहाँ कुनै काम भएको थिएन ।
प्रकाशित : कान्तिपुर, जेष्ठ १२, २०७५ ०९:०८

सम्झना : ‘रोकियो’ ठाडो भाका

सम्झना : ‘रोकियो’ ठाडो भाका
भाद्र ३१, २०७४आश गुरुङ
गुरुङ र दुरा गाउँको रोधीमा ९ वर्षको उमेरमै लोकभाका गाएका ब्राह्मणपुत्र हुन् भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारी ।
सिन्दुरेको तुर्लुङकोटमा जन्मिएका उनी ६ वर्षदेखि बुवा बलभद्रसँगै भेडीगोठ बस्न थालेका थिए । राणाकालीन समयमा पठनपाठन थिएन । गाईभैंसी, भेडाबाख्राका गोठालाको जमातमै उनको समय बित्थ्यो । गोठालो जाँदा गढीमा पुग्थे उनी । हलगोरु नारेर खेतालाहरू भाका फिराई–फिराई गीत गाउँथे । गढीमा बसेर त्यही गीत छोप्थे उनी । उकाली ओराली गर्नेसँग हिँड्दाहिँड्दै उनी रोधी बस्न जान्थे, त्यहीं गीत गाउँथे । ब्राह्मणपुत्रले गीत गाउँदै हिँडेको उनको बुवालाई पटक्कै मन परेन । उनी आमा नन्दकुमारीसँग पनि बस्न मानेनन् । ‘सिरमै रानी...’, ‘मायारानी...’ का भाका गाउँदै हिँडे । रोधी र खेतका आलीका सुसेल्दै गाइने गीत नै ठाडो भाका थियो जुन सुन्दा निकै आनन्द र रमाइलो लाग्ने किसिमको थियो ।
उनले यस गीतबारे सोधखोज गरे । नजिकै बांग्रे हाँडीखोलाका देउबहादुर दुरा र तत्कालीन नयाँ कास्कीको रबैडाँडाका पञ्चैसुब्बाबारे पत्ता लगाए । उक्त जोडीले १८७० को दशकतिर यस भाकालाई जन्माएको थियो । त्यही भाकालाई भेडीखर्केले संसारमा चिनाए । अहिले त युट्युबभर ठाडोभाका खोज्नेबित्तिकै भेडीखर्केले ‘लाइभ’ गाएको प्रशस्तै भेटिन्छन् ।
बैंस छँदा करापुटारको छेलो हान्ने मेलामा भेडीखर्केले ३ रात ३ दिन लगातार ठाडो भाका गाए । अनि यो भाका कर्पुटारे भाकाको नामबाट पनि चिनियो । कुनै वर्ष शिवरात्रिको छेलो हान्ने मेलामा करापुटार बजारमा उनी पुगेनन् भने स्थानीयवासी गीत गाउँथे, ‘कहाँ गयो भेडीखर्के साइँला, शून्य भयो कर्पुटार बजार... ।’ ठाडो भाकामै सतीदेवी अग्निकुण्डमा हामफालेका आख्यानहरू भन्न सक्ने क्षमता उनमा थियो ।
भेडीखर्केले यही भाका गाएरै कतिलाई हँसाए, कतिलाई रुवाए । जीवनको उत्तराद्र्धमा समेत माइक समात्न पाएपछि गाइहाल्ने उनको ८५ वर्ष पुग्न ३ दिन बाँकी छँदा सोमबार डुब्दै गरेको घामसँगै निधन भयो । स्थानीय सरकारको तर्फबाट सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे ।
ठाडो भाका गण्डक क्षेत्रमा चर्चित छ । सुरुमा केटाले मात्रै गाउँथे । थप रौनक बढाउन देउबहादुरले नेटा हाँडीगाउँकी मैरानीलाई सिकाइन् । यसले गीतमा थप रौनक ल्यायो । देउबहादुर र मैरानीको जोडी धेरै समयसम्म टिक्यो । उनीहरूको जोडीपछि हराउन थालेको ठाडो भाकालाई भेडीखर्केले अँगाले । ५ दशकयता उनी ठाडो भाकाको अभियन्ता बनेर हिँडे ।
लोकगायिका बिमाकुमारी दुराको नजरमा भेडीखर्के साइँला दुरा जातिको सिंगो खम्बा थिए । ‘सिंगो दुराको खम्बा ढलेको छ । ब्राह्मणको छोरा भएर दुराको भाका जगेर्ना गर्नुभयो । यो गुन कसैगरी तिर्न सकिन्न,’ उनले सम्झिइन् । गत साउनमा काठमाडौंमा आयोजित कार्यक्रममा भेडीखर्केसंँगै गाएको ठाडो भाका नै उनका लागि अन्तिम सम्झना बन्यो । भेडीखर्केसँंगको पछिल्लो गायन सहयात्री हुन बन्दीपुरकी उत्तमकुमारी गुरुङ । गत शिवरात्रिमा करापुटारमा सँगै ठाडो भाका गाएकी थिइन् उनले । ‘यस्तो भेट जिन्दगीमा कहिल्यै हुने छैन । साइँला दाइसँगको भेटले मेरो दु:ख हराएको थियो । मेरा दु:खको दिन फेरि आउने भए,’ उनले भनिन्, ‘अब सूत्रबिनाको हिसाब मिल्दैन । उहाँ नहुँदा मेरो कोही छैन, केही छैनजस्तो लागेको छ ।’ २०६३ सालमा पहिलोपटक दमौली महोत्सवबाट भेडीखर्केसँग ठाडो भाका गाएपछि उनी यसमै तल्लीन छन् ।
भेडीखर्केका सारथि हुन् देवीबहादुर गुरुङ । उनी पनि ८५ वर्षका भए । ५० वर्षको यात्रामा भेडीखर्केलाई मादलमा साथ दिँदै आएका उनी सुखदु:खका साथी थिए । बेलायत बसेका भाइ धनबहादुर गुरुङको घरभाडा उठाएर देवीबहादुरले भेडीखर्के साइँलाको उपचार गराए । धनबहादुरकै सहयोगमा उपचार गराएपछि ३ वर्षअघि भेडीखर्के निको भएर गाउन सक्ने भएका थिए । सिम्पानीका गुमानसिंह भण्डारीलगायतको टोलीले अफगनिस्थानबाट आएर घरमै पुगी सहयोग गरेको थियो । ‘यसपालि हामी हार्‍यौं । दैवले जित्यो,’ देवीबहादुरले भने, ‘भेडीखर्केको निधनसँगै राष्ट्रको शिरको फूल खस्यो । अब छिपेर लगाउन मिल्दैन । ठाडो भाकाको जगेर्ना कसले गर्छ ?’ १ छोरा र ३ छोरी पिता भेडिखर्के परेवाडाँडाको घरमा पत्निसँग बस्थे । दमले च्याप्न थालेपछि सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा बस्दै आएका थिए ।
‘अहिले पनि बीर अस्पताल लगें । उहाँ बस्नै मान्नुभएन । उपचारका लागि राज्यले नहेरे पनि शुभचिन्तकबाट जुटाउने अठोट थियो,’ ज्वाइँ शमशेरबहादुर लौडारीले भने ।
भेडीखर्केले ठाडो भाकालाई जीवन्त बनाउन खोजे । धेरैलाई सिकाउन खोजे । गायन क्षेत्रमा उनले लिइरहने नाम राजु परियार र बिमाकुमारी दुरा हो ।
भेडीखर्के साइँलालाई जिउँदो छँदै उनको जन्मदिन भदौ २९ गते सरकारी तवरबाटै ठाडो भाका शिरोमणिको उपाधि दिलाउन ठाडो भाका लोककला प्रतिष्ठान लागिपरेको थयो । उनको निधनले त्यो सम्भव नभएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए । उनलाई २०६५ माघ १८ गते हिमालचुली कला साहित्य प्रतिष्ठानले ‘ठाडो भाका गायन शिरोमणि’ उपाधि, २०६८ मंसिर १८ गते लमजुङ लोकसंस्कृति विकास केन्द्र काठमाडौंले ठाडो भाका ‘सम्राट्’ को उपाधि दिएको थियो । गत वर्ष उनले ५० हजार रुपैयाँ राशिको प्रतिभा राणा पुरस्कार पाएका थिए । नागरिकस्तरबाट अनेक उपमा र शुभचिन्तक संस्थाबाट धेरै पुरस्कार पाएका थिए उनले । पुरस्कार राशि सबै उपचारमा सकिएको छ । सरकारले भने उपचारमा कुनै खर्च गरेन ।
२०३५ सालमा पहिलोपटक ठाडो भाका रेकर्ड गराउन भेडीखर्के रेडियो नेपाल पुगे । स्टुडियोमा चिनेको कोही नभएपछि उक्त भाका रेकर्ड हुन सकेन । २०५३ सालमा अल्ट्रासाउन्ड प्रालिले ‘मेरो सेरोफेरो’ नामक अडियो एल्बममा भेडीखर्के साइँलाको आवाजमा ठाडो भाका रेकर्ड गराएर बजारमा ल्यायो । प्रतिक्यासेट ३ रुपैयाँका दरले रोयल्टी दिने भनिए पनि उनले एउटा क्यासेटबाहेक केही पाएनन् । त्यसपछि पोखरास्थित लोककवि अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले ‘लमजुङे ठाडो भाका’ नाम दिएर एल्बम निकाल्यो । यसमा जोडी तनहुँकी ज्ञानमाया थापामगर थिइन् । प्रतिष्ठानले अडियो सीडी निकाल्नुका साथै भेडीखर्के र ज्ञानमायालाई सम्मान गर्‍यो । एक दशकअघि धनकुमारी तामाङले ‘धन’ एल्बम मा ठाडो भाकाको गीत समेटेकी थिइन् ।
***
वरपरका सत्यनारायण पूजा हुनेबित्तिकै उनलाई बोलाइहाल्थे । मेला, पूजापाठ भनेपछि ऊ पनि हुरुक्कै हुन्थे । लमजुङ मात्रै नभएर ठाडो भाका गाउन कास्की, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा, धादिङ, तनहुँ सबै घुमेका छन् उनले । टाढाका ठाउँ महेन्द्रनगर, सुर्खेत, भैरहवा, काठमाडौंलगायत जिल्ला पनि पुगेका छन् । कसैले गाउन आग्रह गर्नेबित्तिकै उनी बाटोमा उभिएरै गीत गाउन पछि पर्दैनथे । उनीसँग फोटो खिच्नेको भीड हुन्थ्यो । गीत गाएर पैसा कमाएनन् । कुनै कार्यक्रममा बोलाउने आयोजकसँग उनले ‘यति दिनुपर्छ’ भनेर कहिल्यै भनेनन् । राति गीत गाएर फूल लगाइदिएबापत कमाएको पैसा घर ल्याउँथे, अनि दिनभरि काम गर्ने उनी ।
***
ठाडो भाका दुरा समुदायको लोकभाका हो । दुराको उद्गमस्थलका रूपमा लमजुङको दुराडाँडा क्षेत्रको सिन्दुरे, ठुलस्वाँरालगायतलाई चिनिन्छ । यसको मौलिक स्वादलाई जोगाइराख्न भेडीखर्के तल्लीन थिए । बिरामी परेपछि उनलाई आफूभन्दा ठाडो भाकाको चिन्ता हुन्थ्यो । ‘म मरेपछि यो गीत कसले गाउँछ, कसले जोगाउँछ ?’ भन्ने प्रश्न उनी बारम्बार सोध्थे । २ महिनाअघि मात्रै उनले भनेका थिए, ‘म मरे पनि ठाडो भाका नमरोस् ।’ हिजोआज केहीले ठाडो भाकालाई बंग्याएर वा थुप्रै धुन बजाएर ठाडभोका भनी गाएको सुन्दा उनी अचम्ममा परेका थिए, ‘यो त ठाडो भाका होइन । फिका फिका पो छ त ।’
भेडीखर्के बाहुनले पूजापाठ मात्रै होइन, गीत पनि गाउनुहुन्छ भनेर विद्रोह गरेका भेडीखर्केले छलिमाया श्रेष्ठसँग तेस्रो विवाह गरेका थिए । नेवारकी छोरीसँग विवाह गरेपछि उनले परिवारमा पनि संघर्ष गर्नुपरेको थियो ।
प्रकाशित : कोसेली, भाद्र ३१, २०७४ १६:०३

जात्रामय भक्तपुर: बिस्केटको पाँचौं दिन ढालियो लिंगो

जात्रामय भक्तपुर: बिस्केटको पाँचौं दिन ढालियो लिंगो
वैशाख २, २०७५कान्तिपुर संवाददाता
भक्तपुर — बिस्केट जात्राको पाँचौं दिन शनिबार अघिल्लो दिन उभ्याइएको लिंगो ढालिएको छ । चैत मसान्त रात भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिंगो दिनभर पूजाआजा गरी साँझ ढालिएको हो ।
रिक विधिले दसकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नागनागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिंगोको कोखामा झुन्ड्याइएका दुइटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरव ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुने धार्मिक मान्यता छ ।
अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नागनागिनीको प्रतीकस्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसलगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गा:हिटी पुर्‍याइन्छ ।
जात्राको आठाैं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेपाल भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वमा उभ्याइएको ज्याठा गणेशको हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।
नेपाल संवत् २६८ अर्थात् लिच्छवि कालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले यो जात्रा विशेष रूपमा मनाउने चलन चलाएको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतीन्द्र मल्लले बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाए ।
विक्रम संवत्अनुसार सौर्य मासका आधारमा मनाइने बिस्केट जात्रा बि:सित अर्थात् नागनागिनी मरे भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको बताइन्छ । विश्व केतुको पछिल्लो रूपान्तरणका रूपमा समेत विश्वनाथ एवं भैरवनाथ तथा शिवशक्तिको प्रतीकका रूपमा जात्रा मनाउने प्रचलन रहेको इतिहास एवं संस्कृतिकर्मी बताउँछन् । बिस्केटलाई सहकालको देवताको प्रतीकका रूपमा समेत लिइने इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
त्यसैगरी, नयाँ वर्षको दिन भक्तपुर जात्रामय बन्यो । सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको संगमस्थल चरखण्डी मन्दिरमा शनिबार स्नान गरी जात्रा मनाइएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डीश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । वैशाख १ गते चरखण्डी मन्दिर परिसरमा शरीरमा बत्ती बाल्ने प्रचलनसमेत छ । शरीरमा बत्ती बालेर बसे पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास छ । चरखण्डी मन्दिरमा शनिबार बिहान ४ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा मनाइयो ।
दधिकोटका विभिन्न क्षेत्र परिक्रमा गराई खट पुन: मन्दिर परिसरमा राखेर पूजा गरिन्छ । सूर्यविनायक नगरपालिकाका चित्रपुर, ललितपुरको टीकाथलीस्थित गुप्तेश्वर महादेव, चाँगुनारायण नगरपालिका, सुडाललगायत स्थानमा पनि खटसहितको जात्रा मनाइएको छ ।
त्यस्तै, मध्यपुर थिमि विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराहीलगायत ठाउँमा पनि स्थानीय जात्रा मनाइए ।
प्रकाशित : वैशाख २, २०७५ ०८:५०

भाज्या पुखुःलाई पुनर्जीवन दिइँदै

भाज्या पुखुःलाई पुनर्जीवन दिइँदै
फाल्गुन २८, २०७५कान्तिपुर संवाददाता
भक्तपुर — घाँसे मैदानमा परिणत ऐतिहासिक भाज्या पुखुः (पोखरी) । त्यसको बीचमा रहेको शिखरशैलीको जलेश्वर मन्दिर भग्नावशेषमा परिणत भइसकेको थियो । भाज्य पुखुः र भग्नावशेष मन्दिरलाई मौलिक स्वरूपमै प्राण दिने जमर्कोमा भक्तपुर नगरपालिका जुटेको छ ।
नगरपालिकाले सोमबार ऐतिहासिक भाज्या पुखुः जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । हो ।
इतिहासविद् श्रेष्ठका अनुसार भाज्या पुखुः १२ औं शताब्दीमा बनेको हो । इतिहास विज्ञानसम्मत हुने भएकाले अध्ययन, अनुसन्धानका क्रममा रानीपोखरी र भाज्या पोखरी अर्कोलाई हेर्ने ऐना भएको उनी बताउँछन् । ‘भाज्या पुखुः आमा र रानीपोखरी छोरी हो,’ उनले भने, ‘भाज्यापुखुः हेरेर प्रताप मल्लले रानीपोखरी निर्माण गर्न लगाएको अनुसन्धानमा खुलेको छ ।’
भाज्या र रानीपोखरीको अग्रभाग पश्चिमतिर फर्किएका र मन्दिरको स्वरूप उही भएको उनी बताउँछन् । दुई पोखरीको मध्यभागमा रहेको मन्दिरको आकारप्रकार उहीभए पनि रानीपोखरी भाज्या पोखरीभन्दा दुईगुणा ठूलो भएको उनको प्रतिवेदनमाउल्लेख छ । भाजु कसः (कायस्थहरूको पुर्खा)ले भाज्या पुखुः बनाउनलगाएको उनले बताए ।
पोखरीको बीचमा रहेको मन्दिरको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित सम्पदाको अध्ययनले भाज्या पुखुः रानीपोखरीभन्दा ५ सय वर्ष पुरानो भएको उनले बताए । पोखरी क्षेत्रमा बासुकी नागको प्रतिमा रहेको काठको भग्नावशेष अहिले पनि छ । पोखरी जीर्णोद्धार गर्ने क्रममा बीचमा मन्दिर रहेको पाइएको थियो ।
माटोले पुरिएको अवस्थामा मन्दिर भेटिएपछि उत्खनन गरेको र त्यस क्रममा माटोले बनेका प्राचीन यक्ष, इन्द्रको मूर्ति, ब्वसिंह (उड्दै गरेको सिंह), तोरणसँगै विभिन्न आकारप्रकारका सादा तथा बुट्टेदार इँटा फेला पारिएका थिए । ‘सोही मूर्ति तथा इँटाका आधारमा भाजु पुखुः र मन्दिर १२ औं शताब्दीको एवं पूर्वमध्यकालको हो भन्ने पुष्टि हुन्छ,’ उनले भने ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनील प्रजापतीले अध्ययन–अनुसन्धानका आधारमा तयार भएका प्रतिवेदनलाई विज्ञहरूको सल्लाहसुझावका आधारमा भाज्या पुखुः र मन्दिर पुनर्निर्माण गर्ने बताए । नगरपालिकाले पुखुः तथा मन्दिरको पुनर्निर्माण थालिसकेको छ ।
सिद्धपोखरी जीर्णोद्धारको अनुभवलाई ध्यानमा राखी पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा कालोमाटो भर्ने र पोखरीको बीच भागमा भएको मन्दिरबारे अध्ययन अनुसन्धानमा ध्यान दिएको उनले बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीलगायतले विज्ञको सुझावका आधारमा पुनर्निर्माण गर्न सुझव दिए ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २८, २०७५ ०७:४८

‘म मरेपछि मेरा पुस्तकहरु’

म मरेपछि मेरा पुस्तकहरु’
पुस्तक
यो आन्दोलन नेपालभाषाका लागि मात्र होइन नेपाली इतिहास, संस्कृति र समग्र मुलुकको निम्ति हो। सायद हामीले भनेको पहिचान र आत्मसम्मानको रक्षा यस्तै कामबाट हुन सक्छ
चैत्र १०, २०७४दीपक अर्याल
काठमाडौँ — नेपालमा सबैभन्दा धेरै खोलिने तर दीर्घकालसम्म नटिक्ने संस्थाहरूमध्येको एउटा संस्था पुस्तकालय हो । खासखास राजनीतिक उथलपुथल वरिपरि पुस्तकालयहरू व्यापक मात्रामा खोलिएका छन् । तर यी जति धेरै खोलिए त्यति नै मात्रामा बन्द पनि भए ।
यसो हुनुका थुप्रै कारण होलान् तर एउटा मुख्य कारण भने पुस्तकालय खोलिनुपर्छ भन्ने हुटहुटी भएका युवा जमातले पुस्तकालय खोलेका केही वर्षमै उनीहरू विविध कारणले लाखापाखा लाग्नु हो । उनीहरूले सक्दासम्म त्यसको रेखदेख गर्छन् । पुस्तकहरू मागेर, किनेर संकलन गर्छन् र पुस्तकालय खडा गर्छन् तर रोजगारी, लेखाइपढाइ वा अन्य कारणले उक्त समूह त्यो स्थानबाट बाहिर निस्केपछि खोलिएको पुस्तकालय धान्ने अर्को समूह निस्कँदैन । त्यसपछि जम्मा भएका पुस्तकहरू त्यसै थन्किन्छन्, धमिरा लाग्छन्, मुसा लाग्छन् र सदाका निम्ति हराउँछन् । किताब, पत्रपत्रिका र कतिपय ठाउँमा पाण्डुलिपिहरू नासिन्छन् । सायद हामीमा संस्थालाई संस्थागत गर्ने धैर्य र अनुभवको अभाव छ ।
पढ्नेलेख्ने व्यक्तिहरूकै घरमा रहेका सामग्रीहरू पनि समयक्रममा नास हुन्छन् । एउटा पुस्ताले आफ्नो रुचिअनुसार पढ्नका लागि दु:खले जम्मा गरेका पुस्तक, पत्रपत्रिका, हस्तलिखित सामग्री दोस्रो पुस्ताका लागि उत्तिकै महत्त्वको लाग्दैन वा रुचिको विषय बन्दैन । त्यसैले ती सामग्री सुरक्षित रहनुपर्छ भन्ने वा कुनै सरकारी निकाय वा निजी पुस्तकालयहरूमा सुरक्षित राख्‍नुपर्छ भन्नेमा ध्यान जाँदैन । अझ, यस्ता व्यक्तिगत संकलनहरू कसले सुरक्षित राख्छन् ? किन सुरक्षित रहनुपर्छ भन्ने विषयमा चर्चा नै हुँदैन र समयक्रममा ती नासिँदै जान्छन् ।
मदन पुरस्कार पुस्तकालयले मूलत: नेपाली भाषाका पुस्तकपुस्तिका, पत्रपत्रिका, पर्चा–पम्पलेट र पाण्डुलिपिहरू सुरक्षित राख्न थालेको ६० वर्ष पुग्यो । हाल यसमा ३९ हजार पुस्तक, ५ हजार ७ सय ३० पत्रपत्रिका, १६ हजार पर्चा–पम्पलेट सुरक्षित छन् तर बजारमा उत्पादित तथा वितरित यत्ति नै सामग्रीहरू मदन पुरस्कार पुस्तकालयमा आइपुगेका छैनन् । पाण्डुलिपिका हकमा सरकारी स्तरमा राष्ट्रिय अभिलेखालयले सामग्रीहरूको संरक्षण गर्छ भने निजीस्तरबाट उत्पादन भएका सामग्रीहरूलाई केही हदसम्म मदन पुरस्कार पुस्तकालयले संकलन र संरक्षण गर्छ । त्यसो त राष्ट्रिय पुस्तकालय, केन्द्रीय पुस्तकालय, केशर पुस्तकालय लगायतका पुस्तकालयले पनि सामग्रीहरू राख्ने गर्छन् । तर यी पुस्तकालय वा संग्रहालयले जति सामग्रीहरू सुरक्षित गरेका छन् त्योभन्दा धेरै सामग्रीहरू निजी संकलनमा छरिएर रहेका हुन सक्छन्, जुन प्रत्येक दिन हराउँदै छ ।
यस्ता सामग्रीहरूको स्थिति बुझ्ने प्रयासस्वरूप मदन पुरस्कार मार्फत धरान, धनकुटा, विराटनगर, इलाम र गुल्मीजस्ता केही स्थानहरूका पुस्तकालय र निजी संकलकहरूसँग भेटघाट र चिनजान गर्ने प्रयास गर्‍यौं । यसरी भेट्ने क्रममा धेरैको प्रश्न मदन पुरस्कार पुस्तकालयका संस्थापक कमल दीक्षितको निधनपछि पुस्तकालय के हुन्छ ? भन्ने रह्यो । धेरैले उहाँ हुँदासम्म जिल्लाका सामग्रीहरू पुस्तकालयलाई संकलनका लागि पठाएको तर निधनपछि अलमलमा परेको बताउनुभयो । अर्थात् एउटा संस्था र व्यक्तिलाई हामीले कसरी जोडेर हेर्‍छौं वा खास व्यक्तिको अभावले संस्थालाई कतिसम्म असर पर्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण थियो । अर्थात् व्यक्ति नहुनासाथ संस्था नरहन सक्छ वा संस्थाले सोही काम उत्तिकै दृढताका साथ नगर्न सक्छ भन्ने शंका धेरैका मनमा हुनेरहेछ । हाम्रो काम संस्थाले जे काम गरिरहेको थियो त्यो गर्नेछ नै बरु त्यसको दायरलाई कसरी अझै फराकिलो पार्न सकिन्छ भनेर यहाँहरूको सुझाव र सल्लाह लिन आएका हौं भनेर आश्वस्त पार्नुपर्ने थियो ।
भेटघाटको एउटै जोड थियो, स्थानीय स्तरमा उत्पादित सबै सामग्रीहरूको सुरक्षा हुनुपर्छ । त्यो स्थानीय स्तरमै भए राम्रो, एक ठाउँमा मात्रभन्दा धेरै ठाउँमा भए राम्रो र यदि त्यसका लागि कुनै प्राविधिक सहयोग चाहिएमा मदन पुरस्कार पुस्तकालय तयार छ । हामीले जुनसुकै क्षेत्रमा उत्पादित जुनसुकै भाषाका सामग्रीहरू पनि उत्तिकै महत्त्वका हुन्छन् र ती सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्छौं । त्यति मात्र होइन हामीले धरानका कृष्णप्रसाद श्रेष्ठको व्यक्तिगत संकलनमा रहेको केही सामग्रीलाई मदन पुरस्कार पुस्तकालयमा उहाँकै नाममा संकलव गर्ने निधो गर्‍यौं । यसो गर्दा मदन पुरस्कारमा पहिले नै रहेका कैयौं पुस्तकहरू दोहोरिन्थे । स्थान अभावले सकेसम्म एउटा मात्र पुस्तक वा पत्रपत्रिका राख्ने हाम्रो नीतिलाई यो उपयुक्त थिएन । तर, नेपालमा ‘कम्युनिस्ट आन्दोलन, शिक्षा वा स्कुल’ का लागि अतुलनीय योगदान दिएका श्री श्रेष्ठले पढेका पुस्तकहरू र ती पुस्तकमा उहाँले लगाएका चिन्ह, लेखेका नोटहरू ‘कम्युनिस्ट आन्दोलन वा स्कुल परम्परा’ को अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण स्रोत हुन सक्छ भन्ने ठान्यौं । त्यसैले ती प्रत्येक पुस्तकको महत्त्व अब पहिले नै मपुपुमा रहेका सोही पुस्तकभन्दा भिन्नै हुनेछन् । यस अर्थमा व्यक्तिका व्यक्तिगत संकलनहरू पनि हाम्रा साझा सम्पत्ति हुन् ।
विविध भाषा सामग्री
विभिन्न समयमा भएका पहिचान आन्दोलनसँग सम्बन्धित सामग्री, मातृभाषाहरूमा लिखित तथा प्रकाशित सामग्री संकलन र संरक्षण स्थानीय स्तरमा कसरी सम्भव छ ? त्यसका लागि स्थानीय, प्रादेशिक वा केन्द्रीय सरकारको नीति कस्तो हुनुपर्ने भन्ने विषयमा गफ भए । केही सल्लाह सुझावहरू प्राप्त भए । मदन पुरस्कारमा संकलन र संरक्षणका लागि सामग्रीहरू संकलित भए तर ती पर्याप्त छैनन् । यस्ता सामग्रीहरूको संकलन र संरक्षण कसले गर्ने, कसरी गर्ने ? सबैतिर अन्योल छ । व्यक्तिगत संकलनमा यस्ता सामग्रीहरू सुरक्षित छन् तर त्यसको सीमा हुने कुरा विराटनगर क्षेत्रमा व्यक्तिगत पुस्तकालय राख्नेहरूलाई धमिराले दिएको दु:खले पुष्टि गर्छ । तथापि इलाम सेरोफेरोमा भेटिने विभिन्न भाषाका पाण्डुलिपि र अन्य सामग्रीहरू युद्धप्रसाद वैद्यले कसरी संरक्षण र प्रयोग गरिरहनुभएको छ भन्ने कुरा धेरै क्षेत्रका लागि एउटा राम्रो उदाहरण हुन सक्छ । धरानकै विमल स्मृति पुस्तकालय र सार्वजनिक विद्या भवन, धनकुटाको गर्गाचार्य पुस्तकालयका सामग्रीहरू आफैंमा महत्त्वका छन् र यी र यस्तै पुस्तकालयले स्थानीय स्तरमा उत्पादित सामग्रीहरू स्थानीय स्तरमै सुरक्षित र संरक्षित राख्न सक्छन् ।
धेरैजसो पुस्तकालयमा ठाउँको अभाव, फर्निचर, मानवीय स्रोत, आर्थिक स्रोतका अतिरिक्त कीरा, मुसाहरूले यस्ता सामग्रीहरूलाई सुरक्षित राख्न दिएको छैन । यस अर्थमा मदन पुरस्कार पुस्तकालय केही हदसम्म भाग्यमानी छ । यसले पुराना सामग्रीहरू माइक्रोफिल्म वा डिजिटल प्रविधि मार्फत सुरक्षित राखिरहेको छ । नयाँ संकलनमा आएका सामग्रीहरूलाई पनि तुरुन्तै संरक्षण गर्ने नीति बनाएको छ । त्यसैले नै नेपालीभाषी, नेपाली भाषाका सामग्रीहरूको वर्चस्व हुँदाहुँदै पनि मपुपुमा संकलित सामग्रीहरूका आधारमा केही फरक कथाहरू भन्न सकिन्छ, लेख्न सकिन्छ ।
सामग्रीहरू कुनै न कुनै रूपमा सुरक्षित हुँदा नै सार्वजनिक संकथनको निर्माण हुन सक्छ । हाम्रा बहसहरू फराकिलो हुन सक्छ । आलोचना र समालोचनाका आधारहरू फराकिलो हुन सक्छ । २०३९ सालमा चन्द्रबहादुर लामाले ‘तामाङ भाषा श्लोक रामायण सुन्दरकाण्ड’ किन अनुवाद गरे र मुलुकसिं लामाले किन प्रकाशन गरे भन्ने कुरामा बहस हुन सक्ला तर बहसको आधार भने सोही पुस्तक हो र उक्त पुस्तक सुरक्षित रहे मात्र बहस गर्न सहज हुन्छ, सान्दर्भिक हुन्छ । यस्ता पुस्तकहरू कसरी जोगाउने, कसले जोगाउने, किन जोगाउने भन्ने कुरामा प्रशस्त बहस गर्नुपर्ने बेला भएको छ । नेपालभाषा एकेदमिको विधान (२०४९, नेसं १११२) भलै नेपालभाषामा नभएर नेपाली तथा अंग्रेजी भाषामा छ तर यो नेपालभाषाको संरक्षणका निम्ति भएको एउटा पहलको दस्तावेज हो ।
किरात व्याकरण (लिम्बु) इमानसिंह चेम्जोङ ग्रन्थावलीअन्तर्गत इमानसिंह चेम्जोङले २०२७ सालमा प्रकाशित गरेपछि दोस्रो संस्करण २०६० मा किरात याक्थुङ चुम्लुङबाट प्रकाशित भयो । के किरात आन्दोलन वा किरात भाषाको चर्चा गर्दै गर्दा २०२७ सालमा पुस्तक छाप्न सहयोग गर्ने सज्जनहरू सुब्बा नन्दप्रसाद, हर्कप्रसाद, गुञ्जमान, खगेन्द्रसिंह, लप्टन राजबल, ज जसहाङ, स्व रनध्वज आदिका विषयमा थप कुरा खोज्न सकिन्छ ? उहाँहरूको योगदानको चर्चा गर्ने आधार पक्कै पनि यो पुस्तक हो जसको प्रकाशनलाई उहाँहरूले सहयोग गर्नुभएको छ र उहाँहरूको नाम पुस्तकमा समावेश छ ।
एसएमपीपी गुप्ताले प्रकाशन गरेको मगर कुरा शिक्षा (विसं १९९६), अयोध्याप्रसाद प्रधानको मगर–शब्द–संग्रह (१९९६), नेपाल तामाङ समितिको घोषणापत्र तथा मसौदा संविधान (२०१३), किरात मुन्थुम लुङको विधान (२०१४), किरात साहित्यको इतिहास (२०१४), तमु क्यूई चेके देदैं रोमे (२०१५), जितया पावनी (२०१६), किराती खेदा (दोस्रो संस्करण २०१८), तामाङ गीद (सन् १९६३), मगर भाषाका शुरूवौ किताप भगदा प्राइमरी थाकसे (२०२२), मगराँती भाषाङ ल्हिङ द टुक्कावौ किताब (२०२५) आदि पुस्तकहरू अन्य उदाहरण हुन् जसका आधारमा थप काम गर्न सकिन्छ, थप बहस र छलफल गर्न सकिन्छ ।
२०३३ सालमा थारू कल्याणकारिणी सभाद्वारा प्रकाशित ‘थारू संस्कृति’ ले थारू कल्लायणकारिणी सभाको स्थापनाको कथा भन्न सक्छ । रमानन्दप्रसाद सिंह, डा. बृजनारायण चौधरी, त्रिभुवन चौधरी, प्रभु नारायण चौधरी, अमृत खाँको योगदान आदिका विषयमा खोज्न सकिन्छ । पुस्तकभित्र रहेका लेख र गीतहरूले तत्कालीन समयका केही सामाजिक, सांस्कृतिक, ऐतिहासक कुरा बोल्न सक्छ, जुन अध्येताका लागि सन्दर्भ सामग्री हुन सक्छ ।
२०१२ सालमा प्रकाशित सुब्बा खड्गबहादुर नेम्बाङको ‘किरात मिक्हन् साम्लो’ (किरात जागरण गीत), २०३८ सालमा प्रकाशित किरात मिक्हन् साम्लो (दोस्रो संस्करण), अमृत ह्योन्जनको तामाङ संख्या प्रणाली (सन् १९९१), याक्थुङ पानसुम (लिम्बु शब्दावली) २०४९, बैरागी काइँलाको महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङमा पन्थका भजनमाला (२०४७) त्यस्तै महत्त्वपूर्ण सामग्रीहरू हुन् जसले विविध नेपाली भाषा, संस्कृतिको कुरा भन्न सक्छ । यस अर्थमा आशा सफु कुथीले गरिरहेको काम पनि ‘आन्दोलन’ नै हो । यो आन्दोलन ‘नेपाल भाषा’ का लागि मात्र होइन नेपाली इतिहास, संस्कृति र समग्र मुलुकको निम्ति हो । सायद हामीले भनेको पहिचान र आत्मसम्मानको रक्षा यस्तै कामबाट हुन सक्छ ।
मदन पुरस्कारमै रहेका अन्य पुस्तकहरू जस्तै : टासी फिन्जो लामा ‘टुल्कु’ र इमानसिंह लामाद्वारा सम्पादित संकलित एवं प्रकाशित ‘थ्वीनडेल’ (२०३३), करुणासिंह तुलाचनले २०४३ सालमा प्रकाशित ‘थकाली जातिको भाषा र संस्कृति’, नेवा भां प्रचारिणी समितिबाट प्रकाशित नेवा भांया शिक्षा (सन् १९४७) हाम्रा साझा दस्तावेज हुन् । यी कसरी सुरक्षित छन्, कहाँ सुरक्षित छन् वा कसले सुरक्षित राख्ने भन्ने विषयमा स्थानीय, प्रादेशिक वा केन्द्रीय सरकारले नयाँ नीति निर्माण गर्न सक्छ । व्यक्तिगत संकलनहरू कसरी जोगाउने, कसरी सुरक्षित राख्‍ने त्यो विषयमा पनि चिन्ता गर्नुपर्ने बेला भएको छ । व्यक्तिलाई सामान्यभन्दा सामान्य लाग्ने दैनिक काम कारबाहीका कागजातले व्यक्ति, समुदाय, क्षेत्र, जात वा खास ठाउँको इतिहास बोकिरहेको हुन्छ र ती कुनै न कुनै समय कसै न कसैले अध्ययन गर्नेछन् भन्ने मान्ने हो भने हामीले गर्न सक्ने काम ‘सुरक्षा’ गर्नु मात्र हो । हामी सामग्रीहरू सुरक्षित राख्ने कामका निमित्त मात्र हौं, यसमा बहस गर्ने, छलफल गर्ने, वादविवाद वा झगडा नै गर्ने काम विद्वत्जनको हो।
प्रकाशित : कान्तिपुर, चैत्र १०, २०७४ १०:३१

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...