जात्रामय भक्तपुर: बिस्केटको पाँचौं दिन ढालियो लिंगो
वैशाख २, २०७५कान्तिपुर संवाददाता
भक्तपुर — बिस्केट जात्राको पाँचौं दिन शनिबार अघिल्लो दिन उभ्याइएको लिंगो ढालिएको छ । चैत मसान्त रात भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिंगो दिनभर पूजाआजा गरी साँझ ढालिएको हो ।
रिक विधिले दसकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नागनागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिंगोको कोखामा झुन्ड्याइएका दुइटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरव ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुने धार्मिक मान्यता छ ।
अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नागनागिनीको प्रतीकस्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसलगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गा:हिटी पुर्याइन्छ ।
जात्राको आठाैं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेपाल भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वमा उभ्याइएको ज्याठा गणेशको हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।
नेपाल संवत् २६८ अर्थात् लिच्छवि कालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले यो जात्रा विशेष रूपमा मनाउने चलन चलाएको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतीन्द्र मल्लले बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाए ।
विक्रम संवत्अनुसार सौर्य मासका आधारमा मनाइने बिस्केट जात्रा बि:सित अर्थात् नागनागिनी मरे भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको बताइन्छ । विश्व केतुको पछिल्लो रूपान्तरणका रूपमा समेत विश्वनाथ एवं भैरवनाथ तथा शिवशक्तिको प्रतीकका रूपमा जात्रा मनाउने प्रचलन रहेको इतिहास एवं संस्कृतिकर्मी बताउँछन् । बिस्केटलाई सहकालको देवताको प्रतीकका रूपमा समेत लिइने इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
त्यसैगरी, नयाँ वर्षको दिन भक्तपुर जात्रामय बन्यो । सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको संगमस्थल चरखण्डी मन्दिरमा शनिबार स्नान गरी जात्रा मनाइएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डीश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । वैशाख १ गते चरखण्डी मन्दिर परिसरमा शरीरमा बत्ती बाल्ने प्रचलनसमेत छ । शरीरमा बत्ती बालेर बसे पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास छ । चरखण्डी मन्दिरमा शनिबार बिहान ४ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा मनाइयो ।
दधिकोटका विभिन्न क्षेत्र परिक्रमा गराई खट पुन: मन्दिर परिसरमा राखेर पूजा गरिन्छ । सूर्यविनायक नगरपालिकाका चित्रपुर, ललितपुरको टीकाथलीस्थित गुप्तेश्वर महादेव, चाँगुनारायण नगरपालिका, सुडाललगायत स्थानमा पनि खटसहितको जात्रा मनाइएको छ ।
त्यस्तै, मध्यपुर थिमि विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराहीलगायत ठाउँमा पनि स्थानीय जात्रा मनाइए ।
प्रकाशित : वैशाख २, २०७५ ०८:५०