Monday, August 19, 2019

टोलटोलमा मतयाः


टोलटोलमा मतयाः
नेपालभाषामा मतको अर्थ दीप र याःको अर्थ यात्रा बुझिन्छ जात्रामा वर्षभरिमा दिवंगत भएका आफन्तहरूको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै दीपयात्रा गर्ने चलन छ
भाद्र १, २०७६प्रशान्त माली
काठमाडौँ — ललितपुरमा निकै पुराना परम्परागत बाजा बजाउने छुट्टाछुट्टै समूहहरू छन् पाटनीमा तीमध्ये एउटा समूहलाई ‘नौ बाजा खलः’ भनिन्छ यो बाजा बजाउन आवश्यक सम्पूर्ण बन्दोबस्त मतयाः पाः गुठीले गर्छ
ललितपुरमा मनाइने विभिन्न चाडपर्वमध्ये महत्त्वपूर्ण बौद्ध चाड हो मतयाः पाःको अर्थ पालो थाप्ने व्यक्ति वा समूह बुझिन्छ मतयाः पाटनका १० टोलले प्रत्येक वर्ष पालैपालो आयोजना गर्छ यस वर्ष हौगः टोलको पालो

नेपालभाषामा मतको अर्थ दीप र याःको अर्थ यात्रा बुझिन्छ जात्रामा वर्षभरिमा दिवंगत भएका आफन्तहरूको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै दीपयात्रा गर्ने चलन छ शनिबार पाटनमा अघिल्लो पंक्तिमा न्यकू (राँगाको सिङ) फुकेर तिनका पछिपछि बलेको मैनबत्ती लिई अगाडि बढ्नेको संख्या थुप्रो थिए

उनीहरूले पाटनका चार थुर, १७ बहा र २१ बहीका साथै चैत्य, धर्मधातु, चिवाह र घरआँगन, चोकमा प्रतिस्थापित सबै देवदेवतालाई रोटी, फलफूल चढाएर पूजा गरेका थिए

प्रायःले नौ बाजा भन्नेबित्तिकै नौवटा बाजा सम्झन्छन् तर, यसमा १८ वटा बाजा हुन्छन् जसमध्ये अति महत्त्वपूर्ण न्यकू (सिङ) बाजा हो यसलाई शास्त्रीय ग्रन्थमा शृंगभेरी भनिन्छ न्यकू जात्रा मतयाः सञ्चालन समिति हौगका सल्लाकार रवीन्द्रराज ताम्राकार भन्छन्, ‘बाजामध्ये अर्को महत्त्वपूर्ण दमोखिँ हो यसलाई देव बाजा भनिन्छ

दमोखिँमा महालक्ष्मी, महाकाली, भैरव, नृत्यनाथ तथा महाकाल देवता प्रतिस्थापन गरिएका हुन्छन्।’ उनले नौ बाजामा समन्वयको भूमिका धाः बाजाले खेल्ने बताए ‘धाः बाजा अत्यन्त प्रभावशली हुन्छ दर्शकश्रोता प्रभावित पार्ने बाजा पनि यही हो,’ उनले भने, ‘जोसिलो र रसिलो ताल नगरा हो यो बाजको ताल विदेशी पर्यटकले बढी मन पराउँछन्।’

जात्रामा धिमे, नायख, काशी बाजा, खैजनी, कोचाखिँ, मगःखिँ, नगरा, मृदंग, ढोलक, दः, धोँ, धोँचा, जो नगरा, कान्ताँ डब हुन्छन् यी बाहेक मुहालि, कनाथ, झ्याली (ठूलो सानो दुवै) बजाउने चलन छ जात्रासम्बन्धी एउटा रोचक कथा शिशपटन राज्यमा सिहकेतु नामक एक हिंस्रक राजा थिए रानी त्यसको ठीक उल्टो शान्ति रुचाउँथिन्

रानीले राजालाई हिंसा नगर्न धेरै पटक आग्रह गरिन् तर, मानेनन् राजा कालगतिले परलोक गए त्यहाँ राजाले यातना भोग्नुपरेको सहन नसकेर रानी पापमोचन गर्ने आशामा सति गइन् पुनर्जन्ममा रानी सोही देशको एक ब्राहृमण परिवारमा जन्म लिइन् रानी जन्मेको परिवारमा पालिएको भैंसीले पनि पाँडो जन्मायो

ब्राहृमणपुत्रीले पतिसँग सति गएको पुण्यले त्यो भैंसीले पाएको पाडो आफ्नो श्रीमान् भएको थाहा पाइन् दुवै हुर्कंदै गए उनी पाडोलाई प्रत्येक दिन जंगलमा चराउन लैजान्थिन् एक दिन पाडोलाई बाघले खाइदियो अनि सम्झानामा हाडखोर जम्मा गरेर गर्भभित्र हाली चैत्य निर्माण गरिन् दिवंगतपाडोको दायाँ सिङ चैत्यको गजुर बनाइन्

अर्को सिङको बाजा बनाई गुलाँमास एक महिनासम्म निरन्तर व्रतपूजा गरिन् अन्तिम दिन सिङ बाजा फुक्दै चैत्य परिक्रममा गर्ने क्रममा चैत्यको गजुरको सिङबाट एक दिव्य सुन्दर पुरुष प्रकट भए धर्म चित्त भावपूर्ण व्रतपूजाको फलस्वरूप पुनः उनीहरूको िलन भयो , कालान्तरमा ब्राहृमणीको पति शशिपटन नाम गरेको देशको राजा र ब्राहृमणी त्यस राज्यको रानी भएर सुखसँग बसे न्यकू बाजासम्बन्धी पुण्यकथाबाट प्राभावित भएर पछि सिद्धिनरसिंह मल्लले यो बाजा बजाई बौद्ध चैत्य परिक्रममा गराउने चलन बसालेको विश्वास गरिन्छ

ताम्राकारका अनुसार सिद्धिनरसिंहले १० टोलले पालैपालो आयोजना गर्न बसालेको चलन अहिलेसम्म निरन्तर छ ‘यो जात्रा राजा बालार्चन देवको पालादेखि सुरुवात भएको पनि विश्वास गरिन्छ,’ उनले भने बाजाको महत्त्वबारे चैत्य पुंगावदन नामक बौद्ध ग्रन्थमा पनि उल्लेख डानियल राइट लिखित नेपालको इतिहास भन्ने ग्रन्थमा पनि शृंगभेरी बाजा बौद्ध चैत्यको परिक्रममा गर्ने परम्पराको थालनी राजा गुणकामदेव (एघारौं शताब्दी) पालामै चलेको कुरा उल्लेख छ

अर्को शृंगभेरी नाककै एउटा ग्रन्थमा सम्राट् अशोकलाई उनका धर्मगुरु भिक्षु गुप्तले यस पर्वको महत्त्वबारेमा चर्चा गरिएको बारे वर्णन गरिएको छ जात्रा पालो थाप्ने गुठीले नयाँ व्यक्ति सम्मिलित गरेर नौ बाजाको प्रशिक्षण दिनुपर्छ हौग गुठीले एक सयजनालाई प्रशिक्षण दिएको जनाएको उनीहरूले जात्राका लागि महिनाअघिदेखि नै तालिम दिएका थिए

बाजा सिक्नेमा १२ देखि ६० वर्ष उमेर समूहका छन् यात्रा पुरानै परम्परागत रुट हौग, इखालखु, चूर्णचण्डी, गाःबहाल, पिम्बहाल, पाटन ढोका, नकबहिल, क्वबहाल, कुम्भेश्वर, चक्रबहिल हुँदै पुनः हौगमा आएर टुन्गिएको थियो यात्राका क्रममा पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीलगायत ३० डबलीमा अनिवार्य बाजा बजाउनुपर्छ एक महिनासम्म मनाइने अर्को ‘गुँलापर्व’ अहिले उपत्यकामा चलिरहेको पर्व साउन शुक्ल प्रतिपदा भाद्र १४ गते सम्म चल्ने प्रकाशित : भाद्र १, २०७६ ०९:०८


खलंगामा जात्रै जात्रा


खलंगामा जात्रै जात्रा
भाद्र २, २०७६एलपी देवकोटा
जुम्ला — जाजरकोट बारेकोटका नारायण उपाध्याय जात्रा हेर्नका लागि तीन दिनअघि नै खलंगा आइपुगे जुम्लामा कर्णालीकै ठूलो लामो जात्रा चल्ने गरेको सुने पनि आफूले नदेखेकाले दिदीलाई साथमा लिएर जात्रा हेर्न खलंगा पुगेको उनले बताए
उनीजस्तै छिमेकी जिल्लाका अन्य व्यक्ति पनि जात्रा हेर्नका लागि खलंगा आइपुगेका छन् समयमै नआउँदा होटलमा कोठा नपाइने हुँदा उनीहरू जात्रा सुरु हुनु दुई–तीन दिनअघि नै खलंगा आइपुगेका छन् ‘समयमै आएन भने होटलमा कोठा पाउनै मुस्किल ,’ उपाध्यायले भने, ‘त्यही भएर म पनि अस्ति नै आइसकेको थिएँ

गाईजात्राबाट सुरु हुने यो जात्रा ८ दिनसम्म चलेर श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ नागपञ्चमीको दिन जुम्ला चन्दननाथ मन्दिरबाट पूजाआजाका सामाग्री बोकेर सरकारी टोलीसहित भक्तजन बाजुराको बडिमालिका मन्दिरमा जाने गर्छन् त्यही दिनदेखि जात्रा अनौपचारिक रूपमा सुरु हुने गर्छ

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँजात्रा, तेस्रो दिन पल्टनजात्रा, चौथो दिन खसजात्रा, पाँचौं दिन बालगोपाल जात्रा र छैटौं दिन बडिमालिकाबाट आएकालाई स्वागत गरी अन्तिममा कृष्णजन्माष्टमीको भोलिपल्ट लाखे काटेर जात्रा सकिन्छ

जात्रा हेर्नकै लागि हरेक वर्ष जिल्लाको ग्रामीण क्षेत्र र जिल्ला बाहिरबाट समेत जात्रालु आउने गर्छन् जात्रा समितिका अध्यक्ष चित्रलाल श्रेष्ठका अनुसार जात्राको ऐतिहासिक महत्त्वको कारण जिल्लाका आन्तरिक तथा बाह्य जात्रालु खलंगा आउने गरेको बताउँछन् जात्राका कारण खलंगामा मान्छेको घुइँचो बढेको छ जात्रा अवधिभर स्थानीय विद्यालय बजे नै बिदा हुन्छन्

सरकारी कार्यालयहरू पनि सेवाग्राही नआउँदा सुनसान हुने गरेका छन् जात्रामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रस्तुतिसमेत गरिन्छन् समाजमा भित्रिएका कुरीतिलाई व्यंग्य गर्ने गरिन्छ

जात्रामा खस जातिको संस्कृति झल्काउने गरिन्छ केही वर्षयता जुम्लाको सिँजामा समेत छट्टै जात्रा निकाल्ने गरिएको रैथाने संस्कृति संकटमा पर्दै गएकोले सिँजामा पनि जात्रा सुरु गरेको स्थानीय दीपेन्द्र उपाध्यायले बताए कला–संस्कृतिको संरक्षण र स्थानीयबीच एकआपसमा भेटघाटको महत्त्वपूर्ण अवसरका रूपमा मेला, जात्राको सदुपयोग हुने गर्छ

यो समयमा मेलापातको काम सकिएकाले महिला पनि फुर्सदमा हुने गर्छन् ‘वर्षभरिको सुख–दुःख साटासाट गर्ने पनि यही बेला हो,’ जात्रा समितिकी सदस्य शारदा पछाइले भनिन्, ‘यसले महिला मात्र होइन, बालदेखि वृद्धसम्मलाई उमंगित बनाउने गर्छ।’ जात्रामा करिब १० हजार संख्यामा जात्रालु भेला हुने गरेको उनले बताइन्प्रकाशित : भाद्र २, २०७६ ०८:२०


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...