Monday, August 19, 2019

खलंगामा जात्रै जात्रा


खलंगामा जात्रै जात्रा
भाद्र २, २०७६एलपी देवकोटा
जुम्ला — जाजरकोट बारेकोटका नारायण उपाध्याय जात्रा हेर्नका लागि तीन दिनअघि नै खलंगा आइपुगे जुम्लामा कर्णालीकै ठूलो लामो जात्रा चल्ने गरेको सुने पनि आफूले नदेखेकाले दिदीलाई साथमा लिएर जात्रा हेर्न खलंगा पुगेको उनले बताए
उनीजस्तै छिमेकी जिल्लाका अन्य व्यक्ति पनि जात्रा हेर्नका लागि खलंगा आइपुगेका छन् समयमै नआउँदा होटलमा कोठा नपाइने हुँदा उनीहरू जात्रा सुरु हुनु दुई–तीन दिनअघि नै खलंगा आइपुगेका छन् ‘समयमै आएन भने होटलमा कोठा पाउनै मुस्किल ,’ उपाध्यायले भने, ‘त्यही भएर म पनि अस्ति नै आइसकेको थिएँ

गाईजात्राबाट सुरु हुने यो जात्रा ८ दिनसम्म चलेर श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ नागपञ्चमीको दिन जुम्ला चन्दननाथ मन्दिरबाट पूजाआजाका सामाग्री बोकेर सरकारी टोलीसहित भक्तजन बाजुराको बडिमालिका मन्दिरमा जाने गर्छन् त्यही दिनदेखि जात्रा अनौपचारिक रूपमा सुरु हुने गर्छ

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँजात्रा, तेस्रो दिन पल्टनजात्रा, चौथो दिन खसजात्रा, पाँचौं दिन बालगोपाल जात्रा र छैटौं दिन बडिमालिकाबाट आएकालाई स्वागत गरी अन्तिममा कृष्णजन्माष्टमीको भोलिपल्ट लाखे काटेर जात्रा सकिन्छ

जात्रा हेर्नकै लागि हरेक वर्ष जिल्लाको ग्रामीण क्षेत्र र जिल्ला बाहिरबाट समेत जात्रालु आउने गर्छन् जात्रा समितिका अध्यक्ष चित्रलाल श्रेष्ठका अनुसार जात्राको ऐतिहासिक महत्त्वको कारण जिल्लाका आन्तरिक तथा बाह्य जात्रालु खलंगा आउने गरेको बताउँछन् जात्राका कारण खलंगामा मान्छेको घुइँचो बढेको छ जात्रा अवधिभर स्थानीय विद्यालय बजे नै बिदा हुन्छन्

सरकारी कार्यालयहरू पनि सेवाग्राही नआउँदा सुनसान हुने गरेका छन् जात्रामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रस्तुतिसमेत गरिन्छन् समाजमा भित्रिएका कुरीतिलाई व्यंग्य गर्ने गरिन्छ

जात्रामा खस जातिको संस्कृति झल्काउने गरिन्छ केही वर्षयता जुम्लाको सिँजामा समेत छट्टै जात्रा निकाल्ने गरिएको रैथाने संस्कृति संकटमा पर्दै गएकोले सिँजामा पनि जात्रा सुरु गरेको स्थानीय दीपेन्द्र उपाध्यायले बताए कला–संस्कृतिको संरक्षण र स्थानीयबीच एकआपसमा भेटघाटको महत्त्वपूर्ण अवसरका रूपमा मेला, जात्राको सदुपयोग हुने गर्छ

यो समयमा मेलापातको काम सकिएकाले महिला पनि फुर्सदमा हुने गर्छन् ‘वर्षभरिको सुख–दुःख साटासाट गर्ने पनि यही बेला हो,’ जात्रा समितिकी सदस्य शारदा पछाइले भनिन्, ‘यसले महिला मात्र होइन, बालदेखि वृद्धसम्मलाई उमंगित बनाउने गर्छ।’ जात्रामा करिब १० हजार संख्यामा जात्रालु भेला हुने गरेको उनले बताइन्प्रकाशित : भाद्र २, २०७६ ०८:२०


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...