Sunday, October 27, 2019

संगीत सर्जक समेत मानिने गन्धर्वहरू


सारंगी बजाएर मात्रै चल्दैन अब गुजारा
कार्तिक ९, २०७६पर्वत पोर्तेल
झापा — नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा नम्वर २ मा वस्छन् ४२ घर गन्धर्व परिवार उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जिविका चलाउँछन् उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनाएर धेरैले मनोरन्जन लिन्छन् संगीत सर्जक समेत मानिने गन्धर्वहरूको अवस्था ने दयनीय छ
हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अवस्था जर्जर छ’, स्थानीय शिव गन्धर्वले सुनाए जातीय पेशाको रुपमा रहेको सारंगी बजाउने कामलाई अझै पनि धेरैले निरन्तरता दिइरहेका छन्

नेपाल र भारतका विभिन्न गाउँसहरसम्म पुगेर उनीहरू सारंगीको मिठो धुन सुनाउँछन् यो गाउमा तीन पुस्तादेखि गन्धर्वहरू सारंगी रेट्दै हिडिरहेका छन् तर, हजुर वुवा पुस्तामा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ ‘हाम्रो अवस्था जस्ताको तस्तै छ’, शिवले भने ‘पहिला हाम्रा वावु, वाजेको जे हाल थियो अहिले हाम्रो पनि उस्तै छ।’

गन्धर्वहरू नेपालवाहिर जहाँजहाँ नेपालीहरूको वसोवास छ, त्यहाँ पुग्छन् ‘नेपालतिर भन्दा भारततिर हाम्रो गीत वढी मन पराउछन्’, लामो समयदेखि सिक्किममा वस्दै आएका टेकेन्द्रले सुनाए,‘यता भन्दा उतै हामीलाई वढी महत्व दिन्छन्।’

लोपोन्मुख दलित
पहाडे दलित समुदायमा पर्ने गन्धर्व समुदायलाई ‘गाइने’ पनि भनिन्छ तर, गाइने भनेको उनीहरूलाई मन पर्दैन होच्याए जस्तो ठान्छन् कम जनसंख्या भए पनि सरकारले लोपोन्मुख जातिमा सूचीकृत नगरेकाप्रति असन्तुष्टी गन्धर्वहरूको उद्गम थलो कास्कीको बाटुलेचौर हो पछिल्लो समय पूर्वको झापादेखि सुदुरपश्चिमसम्म छरिएर वसेका छन्

२०२७ सालको झापा अहिले जस्तो थिएन सवै जंगलले ढाकेको थियो औलोको माहामारी थियो त्यो वेला झोडा फाँडेर वसोवास गर्नेहरू बहादुर ठानिन्थे अगुवा हर्कवहादुर गन्धर्व सम्झन्छन्,‘हो हामी त्यही समयमा झापा झरेका हौ।’ ०६८ को जनगणना नुसार गन्धर्व जातिको जनसंख्या ७ हजार सात सय छ झापामा ४२ घरधुरी जनसंख्या सय

यिनीहरूको पेशा भनेकै सारंगी वजाउनु हो सारंगीवाटै धेरैको गुजारा चलेको उनीहरू खेती किसानी मजदुरी पनि गर्छन् आफू पर्याप्त जमीन छैन अर्काको अधिया जमीन खेनजोत गर्छन् गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्य राखेर २०६७ सालमा पूर्वान्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना गरेका छन्

संस्थाका अध्यक्ष कड्क गन्धर्वका अनुसार यो समुदायको सवभन्दा ठूलो समस्या भनेकै आर्थिर्क र शैक्षिक हो ‘सारंगी मात्रै वजाएर गुजारा गर्नु पर्ने अवस्थाका कारण अवस्था नाजुक छ’, कड्क भन्छन्,‘पढेलेखेका पनि ज्यादै कम्ति छन्, कसैको दिगो जागिर पनि छैन

संस्थाका महासचिव रविन गन्धर्वका अनुसार यो समुदायमा कुल जनसंख्याको १७ प्रतिशत अल्प शिक्षित छन् नाजुक आर्थिक अवस्थाका कारण च्च शिक्षा अध्ययनमा समस्या छ केहीले वडो दुखका साथ स्नातक केहीले डिग्रीसम्म गरेका छन्

यो समुदायको आफ्नै भाषा भए पनि लोप हुने अवस्थामा पुगेको छ ‘पछिल्लो पुस्ताले भाषा, संस्कृति सवै भुलिसके’, अगुवा गोविन्द गन्धर्वले सुनाए,‘हाम्रो अलग्गै भाषा पनि भन्दा हाम्रै मान्छेले पनि पत्याउन छाडिसके।’ लिपि भने छैन ‘पार्सी भाषा जस्तो छ’, भूपाल गन्धर्वले भने, ‘घरमा र परदेश गएका वेला एकआपसमा वोल्छौ।’ संगीत पिङगुल स्वर लिपी पनि तर, यो लिपी वुझ्न सक्ने अगुवाहरू छैनन्
प्रकाशित : कार्तिक ९, २०७६ १०:२२


भीर मौरीको सिकार


भीर मौरीको सिकार
कार्तिक ९, २०७६डम्बरसिं राई
खोटाङ — तिहारलगत्तै जिल्लाको उत्तरी कोपिलागढी गाउँपालिकामा भीर मौरीको मह सिकार सुरु हुन्छ । वडा नम्बर १ फेदी र ७ सुंदेलमा भीर मौरीको मह निकाल्नेहरुको घुइँचो लाग्छ 
यहाँका भीरहरुमा भीरमौरीले लगाएको खुँदो निकाल्न स्थानीय मात्र होइन अन्य ठाउँबाट मनोरञ्जन गर्न आउँछन् । स्थानीय भूपेन्द्र कोयी राईका अनुसार सुङ्देलको देविखर्क, दयालु हुबमा लगायतका सामुदायिक वन क्षेत्रमा पर्ने धुरुखाम, ङजपु, पालाप्चु लगायतका दुई दर्जन बढी भीरहरूमा भीर मौरीले मह लगाएको सुनाए । केपिलासगढी गाउँपालिका–१ फेदीका विभिन्न सामुदायिक वनमा पर्ने भीरहरुमा पनि प्रशस्त भिर मौरीका मह पाइन्छन् 
फेदीस्थित छिमालुङ सामुदायिक वन क्षेत्रको महभीर, फलाटे, आभर, भस्मेतिम्माली, जरमहभिर, खोलाखर्क, कुइरेछाँगामहभीर लगायतका भीरमा भीर मौरी बस्ने गरेका छन् । भीर मौरीले जडिबुटीबाट मह बनाउने भएकाले औषधीको रुपमा सेवन गरिन्छ ।

डोरीको भर्‍याङ मार्फत भरमा पसेर मह निकालिन्छ । डोरीकै सहारामा बाँसको थुम्से वा भुनेमा मह थापिन्छ । मह भरिएपछि डोरीकै सहारामा भुँइमा झारिन्छ । मह निकाल्न मुख्य सिकारी बाहेक अन्य १० जना सहयोगी आवश्यकता पर्छ । वर्षमा दुई पटक (मंसिर–पुस र बैशाख–जेठमा) मह निकाल्ने गरिन्छ । यसमध्ये बैशाख–जेठको महले मात लाग्ने भएकाले त्यतिबेलाको मह बढी औषधिय गुण भएको मानिन्छ । त्यतिखेर जडिबुटी फुल्ने समय भएकाले त्यसबाट बनेको मह औषधिय गुणले भरिपूर्ण भएको सुङ्देलका भूपेन्द्र कोयीको भनाई छ ।
केपिलासगढी गाउँपालिकाले भीरमाहुरी सिकार पर्यटन प्रवर्द्धनको योजना बनाएको अध्यक्ष कृष्णकुमार राईले बताए । उनका अनुसार मुन्धुम् ट्रेलसँग यसको सम्बन्ध विस्तार गरेर पर्यटन प्रवर्द्धनको योजना बनाइएको हो । अध्यक्ष राईले भीर मौरी सिकार भ्रमण वर्ष २०२० लाई जोड्ने लक्ष्य लिइएको बताए ।



Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...