Sunday, October 27, 2019

भीर मौरीको सिकार


भीर मौरीको सिकार
कार्तिक ९, २०७६डम्बरसिं राई
खोटाङ — तिहारलगत्तै जिल्लाको उत्तरी कोपिलागढी गाउँपालिकामा भीर मौरीको मह सिकार सुरु हुन्छ । वडा नम्बर १ फेदी र ७ सुंदेलमा भीर मौरीको मह निकाल्नेहरुको घुइँचो लाग्छ 
यहाँका भीरहरुमा भीरमौरीले लगाएको खुँदो निकाल्न स्थानीय मात्र होइन अन्य ठाउँबाट मनोरञ्जन गर्न आउँछन् । स्थानीय भूपेन्द्र कोयी राईका अनुसार सुङ्देलको देविखर्क, दयालु हुबमा लगायतका सामुदायिक वन क्षेत्रमा पर्ने धुरुखाम, ङजपु, पालाप्चु लगायतका दुई दर्जन बढी भीरहरूमा भीर मौरीले मह लगाएको सुनाए । केपिलासगढी गाउँपालिका–१ फेदीका विभिन्न सामुदायिक वनमा पर्ने भीरहरुमा पनि प्रशस्त भिर मौरीका मह पाइन्छन् 
फेदीस्थित छिमालुङ सामुदायिक वन क्षेत्रको महभीर, फलाटे, आभर, भस्मेतिम्माली, जरमहभिर, खोलाखर्क, कुइरेछाँगामहभीर लगायतका भीरमा भीर मौरी बस्ने गरेका छन् । भीर मौरीले जडिबुटीबाट मह बनाउने भएकाले औषधीको रुपमा सेवन गरिन्छ ।

डोरीको भर्‍याङ मार्फत भरमा पसेर मह निकालिन्छ । डोरीकै सहारामा बाँसको थुम्से वा भुनेमा मह थापिन्छ । मह भरिएपछि डोरीकै सहारामा भुँइमा झारिन्छ । मह निकाल्न मुख्य सिकारी बाहेक अन्य १० जना सहयोगी आवश्यकता पर्छ । वर्षमा दुई पटक (मंसिर–पुस र बैशाख–जेठमा) मह निकाल्ने गरिन्छ । यसमध्ये बैशाख–जेठको महले मात लाग्ने भएकाले त्यतिबेलाको मह बढी औषधिय गुण भएको मानिन्छ । त्यतिखेर जडिबुटी फुल्ने समय भएकाले त्यसबाट बनेको मह औषधिय गुणले भरिपूर्ण भएको सुङ्देलका भूपेन्द्र कोयीको भनाई छ ।
केपिलासगढी गाउँपालिकाले भीरमाहुरी सिकार पर्यटन प्रवर्द्धनको योजना बनाएको अध्यक्ष कृष्णकुमार राईले बताए । उनका अनुसार मुन्धुम् ट्रेलसँग यसको सम्बन्ध विस्तार गरेर पर्यटन प्रवर्द्धनको योजना बनाइएको हो । अध्यक्ष राईले भीर मौरी सिकार भ्रमण वर्ष २०२० लाई जोड्ने लक्ष्य लिइएको बताए ।



Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...