Sunday, October 27, 2019

संगीत सर्जक समेत मानिने गन्धर्वहरू


सारंगी बजाएर मात्रै चल्दैन अब गुजारा
कार्तिक ९, २०७६पर्वत पोर्तेल
झापा — नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा नम्वर २ मा वस्छन् ४२ घर गन्धर्व परिवार उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जिविका चलाउँछन् उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनाएर धेरैले मनोरन्जन लिन्छन् संगीत सर्जक समेत मानिने गन्धर्वहरूको अवस्था ने दयनीय छ
हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अवस्था जर्जर छ’, स्थानीय शिव गन्धर्वले सुनाए जातीय पेशाको रुपमा रहेको सारंगी बजाउने कामलाई अझै पनि धेरैले निरन्तरता दिइरहेका छन्

नेपाल र भारतका विभिन्न गाउँसहरसम्म पुगेर उनीहरू सारंगीको मिठो धुन सुनाउँछन् यो गाउमा तीन पुस्तादेखि गन्धर्वहरू सारंगी रेट्दै हिडिरहेका छन् तर, हजुर वुवा पुस्तामा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ ‘हाम्रो अवस्था जस्ताको तस्तै छ’, शिवले भने ‘पहिला हाम्रा वावु, वाजेको जे हाल थियो अहिले हाम्रो पनि उस्तै छ।’

गन्धर्वहरू नेपालवाहिर जहाँजहाँ नेपालीहरूको वसोवास छ, त्यहाँ पुग्छन् ‘नेपालतिर भन्दा भारततिर हाम्रो गीत वढी मन पराउछन्’, लामो समयदेखि सिक्किममा वस्दै आएका टेकेन्द्रले सुनाए,‘यता भन्दा उतै हामीलाई वढी महत्व दिन्छन्।’

लोपोन्मुख दलित
पहाडे दलित समुदायमा पर्ने गन्धर्व समुदायलाई ‘गाइने’ पनि भनिन्छ तर, गाइने भनेको उनीहरूलाई मन पर्दैन होच्याए जस्तो ठान्छन् कम जनसंख्या भए पनि सरकारले लोपोन्मुख जातिमा सूचीकृत नगरेकाप्रति असन्तुष्टी गन्धर्वहरूको उद्गम थलो कास्कीको बाटुलेचौर हो पछिल्लो समय पूर्वको झापादेखि सुदुरपश्चिमसम्म छरिएर वसेका छन्

२०२७ सालको झापा अहिले जस्तो थिएन सवै जंगलले ढाकेको थियो औलोको माहामारी थियो त्यो वेला झोडा फाँडेर वसोवास गर्नेहरू बहादुर ठानिन्थे अगुवा हर्कवहादुर गन्धर्व सम्झन्छन्,‘हो हामी त्यही समयमा झापा झरेका हौ।’ ०६८ को जनगणना नुसार गन्धर्व जातिको जनसंख्या ७ हजार सात सय छ झापामा ४२ घरधुरी जनसंख्या सय

यिनीहरूको पेशा भनेकै सारंगी वजाउनु हो सारंगीवाटै धेरैको गुजारा चलेको उनीहरू खेती किसानी मजदुरी पनि गर्छन् आफू पर्याप्त जमीन छैन अर्काको अधिया जमीन खेनजोत गर्छन् गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्य राखेर २०६७ सालमा पूर्वान्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना गरेका छन्

संस्थाका अध्यक्ष कड्क गन्धर्वका अनुसार यो समुदायको सवभन्दा ठूलो समस्या भनेकै आर्थिर्क र शैक्षिक हो ‘सारंगी मात्रै वजाएर गुजारा गर्नु पर्ने अवस्थाका कारण अवस्था नाजुक छ’, कड्क भन्छन्,‘पढेलेखेका पनि ज्यादै कम्ति छन्, कसैको दिगो जागिर पनि छैन

संस्थाका महासचिव रविन गन्धर्वका अनुसार यो समुदायमा कुल जनसंख्याको १७ प्रतिशत अल्प शिक्षित छन् नाजुक आर्थिक अवस्थाका कारण च्च शिक्षा अध्ययनमा समस्या छ केहीले वडो दुखका साथ स्नातक केहीले डिग्रीसम्म गरेका छन्

यो समुदायको आफ्नै भाषा भए पनि लोप हुने अवस्थामा पुगेको छ ‘पछिल्लो पुस्ताले भाषा, संस्कृति सवै भुलिसके’, अगुवा गोविन्द गन्धर्वले सुनाए,‘हाम्रो अलग्गै भाषा पनि भन्दा हाम्रै मान्छेले पनि पत्याउन छाडिसके।’ लिपि भने छैन ‘पार्सी भाषा जस्तो छ’, भूपाल गन्धर्वले भने, ‘घरमा र परदेश गएका वेला एकआपसमा वोल्छौ।’ संगीत पिङगुल स्वर लिपी पनि तर, यो लिपी वुझ्न सक्ने अगुवाहरू छैनन्
प्रकाशित : कार्तिक ९, २०७६ १०:२२


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...