Saturday, January 18, 2020

चाबहिलको लिच्छविकालिक शिलालेख–१


चाबहिलको लिच्छविकालिक शिलालेख–१
२०७५ चैत १ शुक्रबार १९:३०:०० | काठमाडों
५६ वर्ष हुन हुन लाग्यो, चाबहिलमा पाइएको लिच्छविकालको एउटा विशिष्ट शिलालेख पहिलोपटक छापिएको। हरेक शनिबार अभिलेखको खोजीका लागि संशोधन–मण्डलका हामीहरूले गर्ने गरेको यात्राका क्रममा यो शिलालेख भेटिएको थियो तीन–तीन महिनामा संशोधन–मण्डलले छाप्ने गरेको ‘अभिलेख–संग्रह’को नवौँ भाग (१८ पृ.)मा वि.सं. २०२० वैशाखसंक्रान्तिमा यस शिलालेखको पाठ छापियो ‘अभिलेख–संग्रह’को यस भागका सम्पादकमा ४६ वर्ष नाघिसकेका रामजी तेवारी (वि.सं. १९७३–२०४०) र भर्खर १७ वर्ष पुगेका नयनाथ पौडेल (वि.सं. २००२ मा जन्म) लगायत ४४ वर्ष पुग्न पुग्न आँटेका देवीप्रसाद भण्डारी (वि.सं. १९७६–२०५६), ४२ वर्ष पुग्न आँटेका भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६), ३८ वर्ष भर्खरै पुगेका शंकरमान राजवंशी (वि.सं. १९८१–२०५६), ३१ वर्ष भर्खरै कटेका धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१), २३ वर्ष नपुगेका गौतमवज्र वज्राचार्य (वि.सं. १९९७ मा जन्म) र १९ वर्ष नपुगेका महेशराज पन्त (वि.सं. २००१ मा जन्म) गरी आठजना थिए वर्षसम्म लगातार चलेको ‘अभिलेख–संग्रह’को नीतिअनुसार, यो शिलालेख छाप्दा यसको उल्था र व्याख्या नगरी सामान्य परिचय दिई मूलपाठ मात्र छपाइएको थियो यस शिलालेखमा साल नदेखिई ‘माघवर्षे काले’ लेखेर त्यसपछि महिना, पक्ष र तिथि दिइएकाले ‘यहाँ संवत्को अंक देखिँदैन, तर ‘माघवर्ष काल’ भन्ने उल्लेख भएको हुनाले गणनाद्वारा यसको आसन्न समय पत्ता लाउन सकिन्छ यहाँको लिपि मानदेवको ताकाको छ’ भनी त्यहाँ लेखिएको थियो
चाबहिलको यस शिलालेखको पाठ ‘अभिलेख–संग्रह’मा छापिएको २१ महिना हुँदा ‘गोरखापत्र’मा छापिएको पुरातत्व सम्बन्धी एउटा खबरतर्फ  आपत्ति जनाएर संशोधन–मण्डलले उत्तिखेर जस्तो पुरातत्व विभागका निर्देशकलाई सम्बोधन गर्दै चिठी पठायो ‘गत पौष २६ गते शनिबारको गोरखापत्रमा पुरातत्व विभागसम्बन्धी समाचारमा ‘चाबहिल स्तूपदेखि पश्चिम बुद्धमूर्तिको अगाडिको ढुंगामा एउटा अप्रकाशित लिच्छविअभिलेखको पत्ता लगाइएको कुरा पनि ज्ञात भएको छ’ भनी छापिएको छ गो..मा दिइएको उक्त हुलियासँग ट्वाक्क मिल्ने चाबहिलको लिच्छविकालको अभिलेख हाम्रो ‘अभिलेख–संग्रह’ भागको १८ पृष्ठमा छापिइसकेको यसकारण सो अभिलेख पत्ता लागेको तथा पाठ पढेको श्रेयको हकदार संशोधन–मण्डल छ भन्ने कुरा स्पष्ट छ
बाहिर प्रकाशित रूपमा यसको विरोध गर्नुभन्दा पहिले यहाँसँग यस विषयमा सोधपुछ गर्नु बढिया देखिएकाले यो पत्र लेख्दै छौँ पुरातत्व विभागले उक्त अभिलेख कसरी कुन आधारमा अप्रकाशित भनी प्रचार गराएको हो, यसको स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई आशा छ अन्यथा ‘सावधान–पत्र’द्वारा यसको विरोध गर्न हामी विवश हुनेछौँ’ भनी वि.सं. २०२१ पुस २८ गते शनिबारको त्यस चिठीमा लेखिएको थियो यो घटना हुनुभन्दा झन्डै वर्षअघि पनि पुरातत्व विभागबाट यस्तै काम भएकाले (‘पुरातत्व–विभागको नयाँ खोज’, ‘गोरखापत्र’, २०१३।११।२५।६) त्यसको प्रतिवाद गर्न नयराज पन्त (वि.सं. १९७०–२०५९) का ३ जना प्रशिष्यका नाउँ हाली एउटा पर्चा छपाइएको थियो (मोहननाथ पाण्डे, गौतमवज्र वज्राचार्य र महेशराज पन्त, ‘पुरातत्व विभाग सावधान भई काम गरोस्’ २०१३।११।२६।७) त्यही घटना दोहोरिएकाले प्रतिवादको पहिलो कदमका रूपमा संशोधन–मण्डलबाट त्यो चिठी लेखिएको थियो
संशोधन–मण्डलबाट जुन दिन यो चिठी गयो, त्यही दिन ‘पठाउनुभएको पत्रांक २०० मिति २०२१।९।२८ को पत्र प्राप्त भयो पौष २६ गते शनिबारको गोरखापत्रमा प्रकाशित समाचारबारे लेख्नुभएको कुरा विदित भयो उल्लिखित अभिलेख संशोधन–मण्डलको ९ भागको १८ पृष्ठमा भएको कुरासँग हामी सहमत छौँ र खेदपूर्वक ‘अप्रकाशित’ भन्ने शब्दलाई फिर्ता लिँदै संशोधन–मण्डलले समयमा नै सूचित गरेकोमा हार्दिक धन्यवाद दिन्छौँ यस्तै गरी भविष्यमा पनि सहयोगको आदानप्रदान हुँदै रहनेछ भन्ने विश्वास छ’ भन्ने चिठी पुरातत्व विभागका फिल्ड टेक्निसियन तारानन्द मिश्रको नाउँबाट आयो
यसपछि साढे ८ वर्ष बित्यो वि.सं. २०३० मा धनवज्र वज्राचार्यको महत्तम कृति ‘लिच्छविकालका अभिलेख’ (नेपाल एसियाली अध्ययन संस्थान, काठमाडौं) मा १ सय ९० वटा अभिलेख छापिँदा चाबहिलको यस शिलालेखलाई सबभन्दा अगाडि राखियो (१ संख्या) त्यहाँ राजाको नाउँ फुटेको, खालि महिना, पक्ष र तिथि मात्र बाँकी रहेको र ‘माघवर्ष काल’ भन्ने अनौठो वर्षांकनपद्धति भएकाले धनवज्र वज्राचार्यले तीनथरी तर्क गरी यसलाई पाइएसम्मका अभिलेखमध्ये सबभन्दा पुरानो भनी ठह-याए—
१) ‘अहिलेसम्म पाइएका लिच्छविकालका अभिलेखमा संवत्सहितको पहिलो अभिलेख मानदेवको चाँगुको स्तम्भलेख हो त्यसको लिपि यसको लिपिको तुलना गरी हेर्दा यो अभिलेख चाँगुको स्तम्भलेखभन्दा अलि पुरानो देखिएको ।’ ( पृ.)
२) ‘प्रचलित वंशावलीमा राजा वृषदेवको पालामा चाबहिलको चैत्य बनेको हो भन्ने वर्णन परेको छ यस अभिलेखमा ‘सङ्खिद्य सुचिरङ्कालम्भवनम्भवविच्छिदः = धेरै कालसम्म कष्ट गरीकन चैत्य बनाइएको छ’ भन्ने उल्लेख भएको यताबाट निकै ठूलो चैत्य बनाइएको थियो भन्न संकेत पाइन्छ यस अभिलेखमा उल्लिखित चैत्य चाबहिलको प्रसिद्ध चैत्य नै हो भन्ने कुरा प्रसंग विचार गर्दा थाहा पाइन्छ।’ (उही) 
३) ‘यसमा उल्लिखित माघवर्षे काले आषाढशुदिव १०’ यस वचनको आधारमा गणना गरी हेर्न सके यसको समय–निर्णय हुने सम्भावना छ ‘माघवर्ष काल’ आदि लेख्ने चलन मानदेवयता देखिएको छैन यसबाट पनि यो अभिलेख ानदेवभन्दा केही अघिको हो भन्ने संकेत पाइन्छ।’ (उही)
आफूले लेखेको ‘लिच्छविकालका अभिलेख’ आफ्ना गुरु नयराज पन्तलाई वि.सं. २०३० गुरुपूर्णिमाको दिन धनवज्र वज्राचार्यले दिएपछि त्यस पुस्तकका ठाउँठाउँमा पानाका किनारा उनका टिप्पणीले रँगिए चाबहिलको यस शिलालेखको माघवर्ष काल’को विषयमा ‘बृहत्संहिताको बृहस्पतिचाराध्यायमा २०, २१, १ श्लोक पठनीय छन्’ भनी उनले लेखेको टिप्पणीबाट यो संवत् बार्हस्पत्य मानअनुसारको हो भन्ने उनको विचार देखिन्छ
वि.सं. २०३० मै हरिराम जोशी (वि.सं. १९९२ मा जन्म) को ‘नेपालको प्राचीन अभिलेख’ (नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौं) छापियो त्यहाँ मानदेवको पालाका जम्मै शिलालेख दिइसकेपछि अनुपरमको हाँडीगाउँको शिलास्तम्भलेख मानदेवका नाति वसन्तदेवको (शक)संवत् ४२८ को शिलालेखको बीचमा यो शिलालेख राखिएको (२२ संख्या)
शकसंवत् ४२५ को पलाञ्चोकको शिलालेखमा लिच्छवि राजा मानदेवको प्रशस्तिमा ‘भट्टारकमहाराज’ शब्दको प्रयोग भएको र त्यसभन्दा अगाडिका संवत् वा राजाको नाम भएका कुनै पनि अभिलेखमा त्यो प्रशस्ति नआएको हुनाले राजाको नाउँ फुटिसकेको भए पनि चाबहिलको यस शिलालेखमा भने त्यो प्रशस्ति हुँदा यसलाई मानदेवभन्दा अघिको हो भनी मान्न गाह्रै पर्छ, किनभने मानदेवका बाबुबाजेको समयमै त्यो प्रशस्ति चल्तीमा आइसकेको भए मानदेवको अन्तिम समयतिरको अभिलेखमा मात्र सो प्रशस्ति नआई उनको शासनको प्रारम्भदेखिकै अभिलेखमा उनकोे नामको अगाडि त्यसको प्रयोग हुनपर्ने हो, उल्टो, माथि चर्चित शकसंवत् ४२५ को अभिलेखपछिका धेरैजसो अभिलेखमा त्यस प्रशस्तिको प्रयोग भएको पाइन्छ, यसकारण चाबहिलको यो अभिलेख मानदेवको अन्तिम समयतिरको हो भनी सजिलैसँग भन्न सकिन्छ भन्ने तर्क हरिराम जोशीले गरेका छन् । यस शिलालेखमा आएको माघवर्षको उल्लेख यसभन्दा अघिका नेपालका र भारतका कुनै पनि अभिलेखमा नआएको कुरा पनि उनले उठाएका छन् (उही, ६७–६८ पृ.) ।
फ्लिटको २४ संख्याको अभिलेखमा बार्हस्पत्य संवत्सर मात्र छ, गुप्तसंवत् छैन भन्ने हेक्का पनि नराखी सबैमा बार्हस्पत्य संवत्सर र गुप्तसंवत् छ भनी डिल्लीरमणले लेखेको मिल्दैन ।
लिच्छविकालका अभिलेखमध्ये सबैभन्दा पुरानो कुन हो भनी विचार गर्ने प्रसंगमा शंकरमान राजवंशीले चाबहिलको यस शिलालेखमा आएको ‘माघवर्ष काल’को विषयमा आफ्नो विचार ज्यौतिषशास्त्रको ढंगले वि.सं. २०३४ मा प्रकट गरे (‘आजसम्म प्राप्त नेपालका लिच्छवि अभिलेखमा सर्वप्रथम कुन ?’, ‘प्राचीन नेपाल’ ३०–३९ संख्या, २०३१–२०३४, नेपाली खण्ड, ११३–११६ पृ.) सोह्रौँ शताब्दीका गणेश दैवज्ञको ‘ग्रहलाघव’, त्यहीताकाका मकरन्द भन्ने ज्योतिषीले आफ्नै नाउँमा रचेको ग्रन्थ र सत्रौँ शताब्दीका विश्वनाथको ‘मकरन्दसारणी’को आधारमा यो वर्षांकनपद्धति बृहस्पतिको उदयको गणनाबाट गरिएको गुरुवर्ष हो भनी उनले त्यहाँ लेखे
यसै सिलसिलामा नेपालका पञ्चांगमा वर्षफलप्रकरणमा गुरुवर्ष लेख्ने चलन अद्यापि चलेकै छ भनी वि.सं. १९६५ को पात्रोमा पौषवर्ष, वि.सं. १९६६ को पात्रोमा फाल्गुनवर्ष, वि.सं. २०१२ को र २०२४ को पात्रामा माघवर्ष लेखिएको उदाहरण उनले दिए यो देख्दा आफ्नो ‘भारतीय प्राचीन लिपिमाला’ (२ संस्करण, अजमेर, १९७५) मा बाह्रवर्षे बार्हस्पत्य संवत्सर (१८७ पृ.)को प्रसंगमा वि.सं. १९७४ को पात्रोमा ‘वर्षनाम आश्विन’ र वि.सं. १९७५ को पञ्चांगमा ‘वर्षनाम कार्तिक’ लेखिएको कुराको चर्चा गरी यी वर्षनाम बाह्रवर्षे बार्हस्पत्य संवत्सरकै हुन् भनी गौरीशंकर हीराचन्द ओझा (वि.सं. १९२०–२००४) ले लेखेको कुराको सम्झना हुन्छ चाबहिलको शिलालेखको समय आफ्नो ढंगले गणना गरेर वि.सं. ५५३ को हो भनी शंकरमानले ठह-याए यस शिलालेखको लिपि वसन्तदेवको समयको शिलालेखका लिपिसँग मिल्न आउँछ भनी उनले आफ्नो मत व्यक्त गरे अनि, आजसम्म पाइएका लिच्छविकालका अभिलेखमा चाँगुको मानदेवको स्तम्भाभिलेखभन्दा पुरानो अर्को अभिलेख देखिन आएको छैन भनी उनले निष्कर्षमा लेखे
वि.सं. २०४० मा छापिएको आफ्नो ‘इन्स्क्रिप्शन्ज् अझ  एन्शेन्ट् नेपाल्’ को १ ठेली (अभिनव पब्लिकेशन्ज, नयाँदिल्ली, ई.सं. १९८३)मा डिल्लीरमण रेग्मी (वि.सं. १९७०–२०५८)ले यो शिलालेख छपाउँदा मानदेवको पालाको (शक)संवत् ४१३ को शिलालेखभन्दा पछि र (शक)संवत् ४१९ को शिलालेखभन्दा अगाडि राखे (१२ संख्या) यस शिलालेखमा आएको ‘माघवर्ष काल’को व्याख्या त्यही पुस्तकको ठेलीमा उनले गरेका छन् (३१–३४ पृ.) 
गुप्तसंवत् र बाह्रवर्षे बार्हस्पत्यसंवत्सर दुवैमा मिति दिइएका, परिव्राजकवंशका महाराज हस्तीका र उनका उत्तराधिकारीको अभिलेख यस प्रसंगमा डिल्लीरमणले सम्झन पुगेका छन् (उही, ३१–३२ पृ.) महाराज हस्तीका गुप्तसंवत् १५६ महावैशाखसंवत्सर कार्तिकशुक्लतृतीया (२१ संख्या),गुप्तसंवत् १६३ महाश्वयुजसंवत्सर चैत्रशुक्लद्वितीया (२२ संख्या), गुप्तसंवत् १९१ महाचैत्रसंवत्सर माघकृष्णतृतीया (२३ संख्या), उनकै पालाको महामाघसंवत्सर कार्तिक महिनाको १९ दिन (२४ संख्या)का ताम्रपत्र र उनका छोरा महाराज संक्षोभको गुप्तसंवत् २०९ महाश्वयुजसंवत्सर चैत्रशुक्लत्रयोदशीको शिलास्तम्भलेख (२५ संख्या) वि.सं. १९४५ मा जोन फेथ्फुल फ्लिट (वि.सं. १९०४–१९७३) ले आफ्नो ‘इन्स्क्रिप्शन्ज् अझ  दि अर्लि गुप्त किङ्ज् यान्ड् देर् सव्mसेश्अर्ज्’ (सुपर्इन्टेन्डेन्ट अफ गभ्अर्न्मेन्ट प्रिन्ट्इङ, कलकत्ता, ई.सं. १८८८) मा छपाउँदा ती अभिलेखको कालमानको गणना र बाह्रवर्षे बार्हस्पत्य संवत्सरको विषयमा शंकर बालकृष्ण दीक्षित (वि.सं. १९१०–१९५५) को ‘द ट्वेल्भ्–यर् साइक्ल् अझ  जुपिटर्’ भन्ने लेख त्यही पुस्तकको ‘इन्ट्रडक्सन्’ मा तेस्रो परिशिष्टका रूपमा गाभेका छन् (१६१–१७६ पृ.)। तिनै दीक्षितद्वारा गणना गराएर र आफैँले  पनि विवेचना गरी महिनाको नाउँबाट चलेको यो संवत् बाह्रवर्षे बार्हस्पत्य कालचक्र हो भनी फ्लिटले त्यहीँ सिद्ध गरेका छन् (उही, ‘इन्ट्रडक्शन्’, १०१–१२४ पृ.) दीक्षित फ्लिटका ती लेख कहीँ कहीँ केही वाक्य फेरेर ‘दि इन्डिअन् यान्टिक्वेरि’ को १७ ठेली (ई.सं. १८८८) मा पनि छापिएका छन् 
बार्हस्पत्य संवत्सरको चर्चा गर्दा यस्ता अभिलेख ७ वटा छन् र तिनमा ६ वटा हस्तीको र एउटा संक्षोभको हुन् भनी डिल्लीरमणले लेखेका छन् त्यस्ता अभिलेखको फेहरिस्त दिँदा फ्लिटको गुप्त–अभिलेखसम्बन्धी ंग्रहमा नपरेका ३ वटा थप अभिलेख अर्थात् गुप्तसंवत् १७० महाज्येष्ठसंवत्सर फाल्गुनशुक्लपञ्चमीको, हस्तीको नवग्राम भन्ने ठाउँको गुप्तसंवत् १९८ महाश्वयुजसंवत्सरको (यसमा महिना, पक्ष र तिथि फुटिसकेका छन्) र बेतुल भन्ने ठाउँको गुप्तसंवत् १९९ महामार्गसंवत्सर कार्तिक १० दिनको चर्चा उनले गरेका छन् (‘इन्स्क्रिप्शन्ज् अझ  एन्सेन्ट् नेपाल्’ ३ ठेली, ३१–३२ पृ.), यी अभिलेख कहाँ छापिएका हुन् भन्ने कुरा भने उनले खुलाएका छैनन् खोज्दै जाँदा तेस्रो अभिलेखको विषयमा थाहा भए पनि अघिल्ला अभिलेखको भने अत्तोपत्तो पाउन सकिएन

फ्लिटको २४ संख्याको अभिलेखमा बार्हस्पत्य संवत्सर मात्र छ, गुप्तसंवत् छैन भन्ने हेक्का पनि नराखी सबैमा बार्हस्पत्य संवत्सर र गुप्तसंवत् छ भनी डिल्लीरमणले लेखेको मिल्दैन फ्लिटको पुस्तकबाट सार्दा उनले २५ संख्याको अभिलेखमा ‘कात्र्तिकमासशुक्लपक्षतृतीयायाम्’ हुँदाहुँदै भ्रमवश ‘द थडर्् अप्m लूनर् ब्राइट् फोटर््नाइट् अप्m द मन्थ् अप्m वैशाख’ अर्थात् ‘वैशाख महिनाको शुक्लपक्षको तृतीया’ र बेतुलको ताम्रपत्रको तिथि ‘चैत्रमासशुक्लपक्षत्रयोदश्याम्’ हुँदाहुँदै ताम्रपत्रको तिथिमिति ‘चैत्र शुक्ल ३’ भ्रमवश लेखेको कुरा यहाँनिर भन्नुपर्छ ‘द हिस्टर्इक्ल् क्वार्टर्लि’ भन्ने पत्रिकामा .सं. १९६३ मा छापिएको, परमेश्वरीलाल गुप्त (वि.सं. १९७१–२०५८)को लेखबाट बार्हस्पत्य संवत्सरका तिथिमितिको गणना कहीँ कहीँ नमिलेकोे थाहा पाइने कुरा पनि उनले यहाँ लेखेका छन् (उही, ३३ पृ.) परमेश्वरीलाल गुप्तको त्यो लेख मैले नभेट्टाएकाले यस विषयमा अहिले बढी बोल्न म सक्दिनँ
बृहत्संहिता’मा र उत्पलले लेखेको त्यसको टीकामा बाह्रवर्षे बार्हस्पत्य संवत्सरको चर्चा गरेको कुरा डिल्लीरमणले लामो गरी लेखेका छन् । चाबहिलको यस शिलालेखको मितिको विषयमा शंकरमानले लेखेको कुराको चर्चा गर्दा यस शिलालेखमा आएकोजस्तो बाह्रवर्षे बार्हस्पत्यकालचक्र भारतका अभिलेखमा र ‘बृहत्संहिता’मा पनि भएको कुरा शंकरमानलाई थाहा रहेनछ भनी उनले लेखेका छन् (उही,३२–३३ पृ.) 
चाबहिलको यस शिलालेखको मिति बार्हस्पत्यमानअनुसारको हो भनी शंकरमानले नलेखेसम्म धनवज्रलाई यस पद्धतिको विषयमा कुनै ज्ञान थिएन भनी डिल्लीरमणले लेखेका कुरा (उही ३३ पृ.) मा केही टिप्पणी गर्नुपर्छ वि.सं. २०२० मा धनवज्रसमेत सम्पादक भई प्रकाशित ‘अभिलेख–संग्रह’मा चाबहिलको यो शिलालेख छाप्दा ‘यहाँ संवत्को अंक देखिँदैन, तर ‘माघवर्ष काल’ भन्ने उल्लेख भएको हुनाले गणनाद्वारा यसको आसन्न समय पत्ता लाउन सकिन्छ’ भनी लेखेकोबाट र त्यही कुरा उनको ‘लिच्छविकालका अभिलेख’मा पनि दोहो-याइएकाले पनि उनलाई बार्हस्पत्य संवत्सरको विषयमा थाहै नभएको होइन भन्ने स्पष्ट हुन्छ खालि, आफूमा  ज्यौतिषशास्त्रको प्रामाणिक ज्ञान नहुँदा बार्हस्पत्य संवत्सरको विषयमा नलेखी उनी पन्छेको मात्र हो जस्तो मलाई लाग्छ
चाबहिलको यस शिलालेखलाई वृषदेवको पालाको मान्ने हो भने, परिव्राजकवंशले शासन गरेको देशमा भन्दा पहिले बार्हस्पत्यमानको संवत्सरपद्धति नेपालमा चलेको थियो भनी मान्नुपर्छ नेपालमा यो वर्षमान चलेपछि परिव्राजकवंशले त्यसको अनुसरण ग-यो भनी कल्पनासम्म पनि गर्न सकिन्न यहाँ यस्तो वर्षमानको उदाहरण यो एउटा मात्र पाइएकाले यसको यहाँ प्रयोग परिव्राजकवंशको प्रभावमा मात्र गरिएको हो चल्न भने सकेन, यसैले यसलाई म प्राचीनतम अभिलेख भनी मान्न सक्दिनँ, लिपिको आधारमा भन्ने हो भने यसलाई मानदेवदेखि वसन्तदेवको पालाभित्र राख्न सकिन्छ, त्यसैले मैले यस अभिलेखलाई १२ संख्यामा राखेको हुँ भनी डिल्लीरमणले लेखेका छन् (उही, ३३–३४ पृ.)
ठाकुरप्रसाद वर्मा (वि.सं. १९९० मा जन्म) ले वि.सं. २०५१ मा लिच्छविकालका अभिलेखको संग्रह छपाउँदा चाबहिलको यस शिलालेखलाई हरिराम जोशीले गरेकोजस्तै तर्क गरी पलाञ्चोकको मानदेवको पालाको अभिलेखमा जस्तै यहाँ पनि ‘भट्टारकमहाराज’ भन्ने पदवी आएकाले यसलाई मानदेवकै पालाको भनी ठह-याएका छन् (ठाकुरप्रसाद वर्मा र ए. के. सिंह, ‘अ कर्पस् अफ द लिच्छवि इन्स्क्रिप्शन्ज् अफ नेपाल्’, रामानन्दविद्याभवन, नयाँदिल्ली, ई.सं. १९९४ मा ठाकुरप्रसाद वर्माको ‘इन्ट्रडक्सन्’, १५ पृ.) यस पुस्तकमा मानदेवको पालाका जम्मै अभिलेख दिइसकेपछि चाबहिलको यो शिलालेख (२० संख्या) राखिएको त्यसपछि पशुपतिको छत्रचण्डेश्वरको तिथिमिति नष्ट भइसकेको शिलालेख राखी अनि वसन्तदेवको पहिलो अभिलेख अर्थात् (शक)संवत् ४२८ को राखिएको छ ।

अखिल भारतवर्षका अभिलेखसम्बन्धी विषय समेटी नेपालबाहिरबाट छापिने कृतिमा नेपालका अभिलेखको चर्चा हुँदै हुँदैन भने पनि हुन्छ तर, त्यसको अपवादमा वि.सं. २०५५ मा प्रकाशित रिचर्ड सालोमेनको ‘इन्डिअन् इपिग्रफि’ (अक्सफोर्ड यूनिभर्सिटि प्रेस, न्यू योर्क/अक्स्फोर्ड, ई.सं. १९९८) उभ्याउन सकिन्छ त्यस पुस्तकमा बाह्रवर्षे बार्हस्पत्य कालचक्रको विषयमा लेख्दा ‘उत्तर, दक्षिण र पूर्व भारतसमेत विभिन्न प्रदेशका संस्कृत अभिलेखमा बाह्रवर्षे बार्हस्पत्य कालचक्रको आकलझुकल उल्लेख पाइन्छ’ (१९७ पृ.बाट उल्था) भनी मूलमा लेखी ‘नेपालबाट पनि एउटा शंकास्पद उदाहरण पाइएको छ, डिल्लीरमण रेग्मी, ‘इन्स्क्रिप्शन्ज् अफ एन्सेन्ट् नेपाल्’ ३ ठेली, ३१–३२ पृ. (चाबहिलको अभिलेख) हेर्नू’ (उहीबाट उल्था) भनी त्यसको टिप्पणीमा लेखिएको छ
वि.सं. २०५६ मा पशुपति र पशुपतिवरपरका अभिलेख प्रकाशन गर्ने क्रममा गोविन्द टन्डन (वि.सं. २०१२ मा जन्म) ले चाबहिलको यो शिलालेख पशुपतिको पटांगिनीको (शक)संवत् ३८१ को शिलालेखभन्दा अगाडि राखेकाले धनवज्रको मतको अनुसरण उनले गरेको स्पष्ट हुन्छ (‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ २ भाग, झरेन्द्रशम्शेर ज.ब.रा र मञ्जु राणा, काठमाडौं, २०५६, १ पृ.)
चाबहिलको यस शिलालेखमा वर्णात्मक पद्धतिअनुसार ‘माघ’ लेखी संवत्को अंक हालिएको हो भनी काशीनाथ तमोट (वि.सं. २००१ मा जन्म) ले वि.सं. २०६० मा लेखेको कुरा (‘दि अर्लिएस्ट् लिच्छवि इन्स्क्रिप्शन् फ्रम् चाबहिल्’, ई.सं. २००४ मार्च २९ तारिखमा धधध।लभउबmिबलमब।िअयm।लउ मा पोस्ट गरिएको) को सम्झना पनि यस प्रसंगमा गर्नुपर्छ खुलाएर भन्दा, म्+आ+घ+अ मिली ‘माघ’ शब्द बनेकाले ‘म्’ पच्चीसौँ व्यञ्जन र ‘घ्’ चौथो व्यञ्जन भएकाले ‘म्’ भनेको २५ र ‘घ्’ भनेको ४ हुन्छ, वर्णांकअनुसार ‘अ’ ले १०० र ‘आ’ ले २०० बुझाउने हुँदा २५+४+१००+२००=३२९ हुने हुनाले यो शिलालेख (शक)संवत् ३२९ को हो भन्ने अनौठो निष्कर्ष उनले निकालेका छन्
काशीनाथको यो निष्कर्ष नमान्दा नमान्दै पनि वि.सं. २०२० देखि २०६० सम्मको ४० वर्षको अन्तरालमा यस शिलालेखको तिथि ‘१०’ अर्थात् ‘दशमी’ पढिँदै आएकोमा उनले त्यहाँ तिथिको अंक ‘१२’ भएकोतर्फ  औँल्याएकाले तिथि ‘द्वादशी’ ठहरिन गयो खुलाएर भन्दा, शून्यको प्रयोग गरी अंक लेख्ने पद्धति नचलेको त्यस जमानामा ‘१०’ को अंक मात्र पढी त्यसपछिको ‘२’ को अंक स्पष्ट देखिँदा देखिँदै पनि छोडिएको थियो
चाबहिलको यस शिलालेखको विषयमा गहिरो विचार गर्ने काम वि.सं. २०६५ मा दिवाकर आचार्य (वि.सं. २०२६ मा जन्म)बाट लिच्छविकालका पुराना उत्कीर्ण लेखबाट बौद्धधर्मसम्बन्धी सूचना संग्रह गर्ने प्रसंगमा भयो (‘एभ्इडेन्स् फर् महायान बुड्इज्म् यान्ड् सुखावती कल्ट् इन् इन्डिअ इन् द मिड्ल् पीर्इअड् : अर्लि फिफ्थ् टु लेट् सिस्क्थ् सेन्चुइ नेपालीज् इन्स्क्रिप्शन्ज्’, ‘जर्नल्  दि इन्टर्न्याश्अन्अल् असोशिएशन् अझ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली, १–२ अंक, ई.सं. २००८, २६–३५ पृ.)
चाबहिलको यो शिलालेख वृषदेवको पालाको हो भन्ने धनवज्रको तर्क नमान्दा नमान्दै पनि यो शिलालेख कति पुरानो हो भन्ने विषयमा धनवज्रभन्दा त्यति पर दिवाकर जान सकेका छैनन् (उही, २८–२९ पृ.) यस शिलालेखमा तिथिमिति दिइसकेपछि ‘अस्यान्दिवसपूव्र्वायाम्’ भन्ने जुन पद आएका छन्, ती पद मानदेवको पालाभन्दा पछिका अभिलेखमा नआएकाले यो अभिलेख मानदेवको पालाको वा यसभन्दा अगाडिको हुनुपर्छ (उही, २८ पृ.) भन्ने उनको एउटा तर्क छ
धनवज्रको ‘लिच्छविकालका अभिलेख’ छापिएको १६ वर्ष नाघिसकेपछि मात्र प्रकाशमा आएको, (शक)संवत् ३८१ को खण्डित शिलालेख (श्यामसुन्दर राजवंशी, ‘पशुपतिनाथ प्रांगणमा प्राप्त अप्रकाशित लिच्छवि शिलालेख’, ‘प्राचीन नेपाल’ ११५ संख्या, नेपाली खण्ड १–२ पृ.) लाई दिवाकरले मानदेवको पहिलो अभिलेख मानेका छन् त्यस शिलालेखमा बार्हस्पत्य संवत्सरको चर्चा नआएकाले त्यस मितिभन्दा अगाडि कहाँ कहाँ माघवर्ष परेका छन् भनी वेंकटेश वालवृष्ण  केतकर (वि.सं. १९१०–१९८७)ले तयार गरेको सारणी (‘इन्डिअन् यान्ड् फर्इन् क्रोन्अल्अजि’, ब्रिट्इश इन्डिअ प्रेस, बम्बई, ई.सं. १९२३) अनुसार गणना गर्दै जाँदा शकसंवत् ३७१, ३५९, ३४७ र ३३५ मा परेको देखिएकाले चाबहिलको यो शिलालेख यी ४ संवतमध्ये कुनै एकको हुनुपर्छ भन्ने उनको तर्क छ (‘जर्नल् अझ दि इन्टर्न्याश्अन्अल् असोशिएशन् अझ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली, १–२ अंक, २९ पृ.) ।
यस शिलालेखमा ‘भट्टारकमहाराजश्री’ मात्र बाँकी रही राजाको नाउँ नष्ट भइसकेकाले ती राजा को हुन् भन्ने निर्णय गर्न दिवाकरले गरेको प्रयासको चर्चा पनि यहाँनिर गर्नुपर्छ मानदेवका बराजु वृषदेवको आसन्न समय .सं. ४१० (वि.सं. ४६७) मानेर शकसंवत् ४२५ को अभिलेखमा ‘भट्टारकमहाराजश्रीमानदेवस्य साग्रं वर्षशतमाज्ञापयतः सम्राड्गृहपतेस्पत्न्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी भगवती िजयेश्वरी’ आएजस्तै चाबहिलको यस शिलालेखमा पनि यस्तै कुरा आउनुपर्छ भन्ने ठानी ‘वृषदेवस्य साग्रं वर्षशतं समाज्ञापयतः चारुमत्या स्थापितो भगवान् महामुनिः’ भनी खण्डित अंश भर्न उनी पुग्छन् (उही, ३१–३२ पृ.) यसो गर्दा खालि राजाको नाउँ मात्र नदिई चारुमतीले बनाएको भनी प्रसिद्ध चाबहिलमा पाइएको यो शिलालेख पनि चारुमतीकै हो भन्ने उनको विचार देखिन्छ
दिवाकरको यस लेखबाट चाबहिलको शिलालेखको पाठ एक ठाउँमा सच्चिएको कुरा पनि यस प्रसंगमा भन्नुपर्छ ‘अभिलेख–संग्रह’ देखि जहाँ–जहाँ यस शिलालेखको पाठ छापिएको , त्यहाँ–त्यहाँ ‘जातकाकीण्र्णत्राना’ (३ पंक्ति) भएकोमा मूल शिलालेखमा चाहिँ ‘जातकाकीण्र्णङ्नाना’ भएकोतर्फ  उनले औँल्याएको ठीक छ (उही, ३० पृ.)
लिच्छविकालको नेपालमा बौद्धधर्मको अवस्थामा प्रकाश पार्ने यस शिलालेखमा चलनचल्तीमा भएका संवत्भन्दा फरक संवत्को प्रयोग भएको हुनाले र राजाको नाउँ पनि फुटिसकेकाले थरीथरीका विद्वान्ले यसको कालनिर्णयका लागि थरीथरीको ढंगले प्रयास गरे पनि त्यो खालि विद्याविलास मात्र हुन गयो भन्ने यतिसम्मका कुराबाट स्पष्ट हुनुपर्छ 


लमजुङभित्रको एउटा इतिहास


लमजुङभित्रको एउटा इतिहास
यशु श्रेषठ, प्रहरी, वर्ष ६१, अंक ३, भाद्र।अश्विन, २०७६
लमजुङ पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित एक जिल्ला हो। राजधानी काठमाडौँदेखि १६० कि.मि. पूर्व पृथ्वी राजमार्गको डुम्रेबाट मनाङतर्फ तेर्सिदा २६ कि.मि. उत्तरतर्फको यात्रापछि नै प्रवेश गर्न सकिन्छ । सिउँदो झैँ गरी बगेकी प्रसिद्ध मस्र्याङ्दी नदीले सुशोभित, मबाट उज्ज्यालो टिप भन्दै चम्किदै उर्लिरहेका प्रशस्त नदीनालाहरू, अनेकौँ बहुमुल्य पत्थरहरू, दूधपोखरी, बाह्रपोखरी, मेपोखरी, घनपोखरा, पुरानकोट, राघिनासकोट, घलेगाउँ जस्ता अमूल्य निधीहरू अनि नीरमसी, पाखनवेद, पाँचऔँले, जटामसी, यार्सागुम्वा, सुगन्धवाल जस्ता जडिबुटीहरूले मगमगाइरहेको लमजुङभित्र पस्दापस्दै लमजुङको सोह्रौँ शदाब्दीका कथाले यसरी तान्दो रहेछ ।
कुरा साह्रौँ शदाब्दीकै आसपासको, कर्णाली नदीको आसपास र गण्डकी नदीको छेउछाउमा क्रमशः बाइसे र चौबिसे राज्यहरू थिए । धेरै जसो राज्यका राजा खस, क्षेत्री या ठकुरी वंशका थिए । केही गुरुङ एवम् मगर राजाहरू पनि थिए । गण्डकी प्रदेशका यिनै राज्यहरूमध्ये लमजुङ पनि एक थियो । यहाँ त्यति बेला यशोब्रम्ह शाहले राज्य गर्दथे । यशोब्रम्ह शाहको दरबार गाउँशहर र बेसीसहर गरी दुई ठाउँमा थियो । गर्मीको समयमा उनी गाउँशहरमा बस्दथे । जाडोको समयमा बेसीसहरमा आई राज्य चलाउने गर्दथे । दुवै ठाउँमा ठुला ठुला दरबारहरू थिए । उनी देवी देवताका पनि भक्त थिए । त्यसैले उनको दरबारको आसपास महाकाली, भैरव, गोरखनाथ, शिव, गणेश आदि देवीदेवताका मन्दिरहरू थिए । जसलाई उनले आफ्ना इष्ट देवका रूपमा मान्दै नित्य पूजा गराउँदै आएका थिए । मन्दिरका पुजारीका रूपमा बोहोरा, कुँवर र मगरहरू थिए ।
मगर जातिलाई राजदरवारको सेवामा पनि राखिएको थियो । त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको प्रभाव समेत राजदरवार र राज्य शासन सञ्चालनमा परेको थियो । मगर भाषामा अग्ला, लामा तथा ठुला पहाड अनि पर्वतहरूले बनेको भूमिको अर्थ बोकेको ‘लमजुङ’ शब्द यसै भाषाबाट नै आएको मानिन्छ ।
मस्र्याङ्दी नदीको किनारमा रहेको लमजुङभन्दा पश्चिमपट्टि कास्की, ढोर, सतां} नुवाकोटजस्ता स–साना राज्य थिए भने पूर्वतर्फ माझकोट, लिगलिग, तल्लोकोट जस्ता ससाना राज्यहरू थिए । जहाँ मगर जातका राजाहरूले राज्य गर्ने गर्दथे । यी स–साना राज्यहरूका बिच आपसमा झैझगडा भने भई नै रहन्थ्यो । यी राज्यहरू मध्ये लमजुङ केही ठुलो थियो र यो राज्य उत्तरमा पुस्तुनदेखि दक्षिणमा राघिनास, तार्कुसम्म फैलिएको थियो ।
राजा यसोब्रम्ह शाह र उनकी रानी बसन्तावतीका तीन छोराहरू थिए । यी मध्ये जेठा नरहरि शाह र कान्छा द्रव्य शाह नेपालको इतिहासमा विषेश चर्चित छन् । यी दुई भाइमा जेठा नरहरि शाह शारीरिक रूपमा केही कमजोर थिए भने कान्छा द्रव्य शाह निकै बलिया, मोटाघाटा र हिम्मतदार थिए । भनिन्छ, उनी राजाको छोरा भए तापनि गोठतिरै बसी दरबारकालागी चाहिने गोरसको बन्दोबस्त गर्ने गर्दथे । एकदिन बिहान द्रव्य शाह रहेकै गोठमा एक जना बालब्रम्हचारी आए र भने “मलाई भोक लागेको छ । केही खान देऊ ।” चम्किलो मुहार, निधारमा त्रिकुण्ड, हातमा कमण्डलु, कम्मरमा बाघको छाला लगाएका यस्ता बटुक जोगीलाई देखेर द्रव्य शाह छक्क परे । र उनले बटुक जोगीले चाहे जतिका दुध, दही, खीर खान दिए । जाने बेलामा ती बालयोगीले भने “राजकुमार, म तिम्रो सेवाबाट अति प्रसन्न भएँ । तिमी गोरखाका राजा हुनेछौ । म पनि तिमीसँगै गोरखामा बस्न चाहन्छु ।”
द्रव्य शाह यी बालयोगीको कुरा सुनेर छक्क परे । जेठा दाजु हुँदाहुँदै म कसरी राजा हुन सकुँला र ? उनको मनले यो कुरा मानेन । तर पनि बालयोगीको भविष्यवाणी निरर्थक पनि त नहोला भनी उनी आशावादी भए । एककान, दुईकान, मैदान हुँदै यो खबर यशोब्रम्ह शाहको दरबारमा पनि पुग्यो । रानी बसन्तावतीले राजा यशोब्रम्ह शाहलाई भनिन् “महाराज, द्रव्य शाह गर्भमा रहँदा मैले सूर्य निलेको सपना देखेकी थिएँ । यस्तो बालक भविष्यमा राजा हुन्छ भन्ने सुनेकी पनि थिएँ । अहिले बालयोगीले पनि त्यही कुरा भने । जेठा राजकुमार सक्षम हुँदाहुँदै कान्छालाई राजा बनाउने कुरै भएन । दरबारमा सँगै रहँदा यी दुई बिच मनमुटाव हुन सक्छ । त्यसैले यी दुई भाइलाई सकभर आमुन्ने सामुन्ने पर्न नदिने पो हो कि ? राजाले भने “महारानी, तिमीले सोचे जस्तो अनिस्ट नहुन पनि सक्छ । तापनि यी दुईलाई सकभर टाढै राख्ने बन्दोवस्त मैले मिलाएको छु । कान्छा अहिले गोठमा छन् । जेठा दरबारमा छन् । टाढाटाढा नै रहेका छन् । पछि उनले गोठमा नबस्ने विचार गरे भने उनलाई हाम्रै राज्यको दक्षिणी भागमा रहेको रागिनासको रक्षक बनाई पठाइदिउँला । आखिर माइला राजकुमारले उत्तरतर्फको पुस्तुनको रक्षा गर्दै आएका छन् । मेरो विचार तिमीलाई कस्तो लाग्यो ? बसन्तावतीले भनिन् “महाराज, हजुरको योजना साह्रै राम्रो  रहेछ ।” दरबारबाट गोठमा आई बसेको निकै समय भएका हुनाले द्रव्य शाह दरबार फर्किए । त्यसको केही समयपछि राजाले उनलाई रागिनासकोटको उमराव (रक्षक) का रूपमा खटाए । उनी त्यतैतिर लागे । लमजुङभन्दा पूर्वपट्टि उपल्लोकोट, माझकोट, लिगलिगकोट जस्ता राज्यहरूमा मगर राजाहरूले राज्य गर्ने गर्दथे । यहाँका प्रजाहरूमध्ये धेरै जसो मगर नै थिए । माझकोटका राजा मानसिंह मगर बाहेकका अन्य जातिका मानिस आफ्नो राज्यमा नबसुन् भन्ने चाहाना राख्दथे । त्यसैले यहाँका तागाधारी भने उनीसँग केही रुष्ट नै देखिन्थे ।
त्यतिबेला लिगलिग कोटमा दौडेर राजा हुने अनौंठो चलन थियो । हरेक वर्ष दशैंको टीकाको दिन चेपे नदीको किनारमा मानिसहरू जम्मा हुन्थे । खसीबोका, सुँगुर काटी मासु खाएर रमाइलो गर्दथे । त्यस पछि नदी किनारबाट लिगलिग कोटतर्फ दौडने गर्दथे । यसरी दौडदा जो पहिले लिगलिगकोटको राजगद्दिमा पुग्न सक्दथ्यो, उही नै त्यहाँको राजा बन्दथ्यो र सबैले उसलाई मान्नु पर्दथ्यो । यसरी दौडनेहरू मध्ये अधिकांश मगरहरू नै हुने गर्दथे । मगर राज्यमा आफुप्रति गरिएको भेदभावका कारण त्यहाँका तागाधारीहरूले द्रव्य शाहलाई पनि उक्त दौडमा भाग लिई सबैलाई जितेर लिगलिगकोटको राजा  बन्न आग्रह गरे। चेपे नदीको पश्चिमपट्टि रागिनासकोटको रक्षार्थ खटिएका द्रव्य शाहलाई यो कुरा उचित नै लाग्यो र उनी राजा बन्ने त्यस दौडमा सहभागी भए । मगरहरू रमाइलाका लागि दौडिएका  थिए भने द्रव्य शाह जितेर राजा हुन कै लागि दौडेका थिए । त्यसैले उनी नै लिगलिगकोटको दरबारमा पुगी राज्य सिंहासनमा बस्न पुगे । नचाहेरै भए पनि सबैले उनलाई एक वर्षका लागि राजा मान्न करै लाग्यो ।
मगर राजाहरूको बिचमा क्षेत्री राजा भएकोमा कतिपयलाई मन परेको थिएन भने द्रव्य शाह र उनका सहयोगीहरू लिगलिग पछि तल्लोकोट, माझकोट समेतमा विजय प्राप्त गर्न चाहान्थे । यसका लागि आवश्यक पर्ने हातहतियारको बन्दोबस्त पनि द्रव्य  शाहले गर्दै गए । र अन्त्यमा उनले तल्लोकोट, माझकोट, उपल्लोकोट, सिरानचोक, अजितगढ, बारपाक जस्ता ससाना राज्यहरूमा विजय प्राप्त गरी एउटै राज्य बनाई गोरखा राज्यको प्रतिस्थापन गरे ।
यसरी दिनप्रतिदिन भाइ द्रव्य शाहले नयाँ नयाँ राज्य जोड्दै गरको देखी दाइ नरहरि शाहको मनमा शङ्का उब्जियो । तँलाई खाने बाघले मलाई पनि खान्छ भनेझैं भाइको विजय उन्माद लमजुङतर्फ मोडिने पो हो कि ? भन्ने चिन्तामा उनी रहे । त्यतिबेलासम्म महाराज यशोब्रम्ह शाहको मृत्यु भइसकेको हुनाले उनी लमजुङका राजा भएका थिए । उनले यो चिन्ता मुमा महारानी बसन्तावती समक्ष प्रकट गरे । उनले भने “मुमा हजुर, द्रव्य शाह लमजुङका राजकुमार हुन् । उनले जे जति राज्य जोडे, त्यसमा लमजुङको हक लाग्छ । अहिले म लमजुङका राजा भएकाले चेपे पूर्वका राज्यहरू लमजुङकै अधिन मानिनु पर्छ या मेरो भागमा लमजुङ र माझकोट, माइला भाइको भागमा उपल्लोकोट र कान्छालाई लिगलिगकोटको राजा बनाउँदा कसो होला ? रानीले भनिन् “जे जसरी भए पनि कान्छाले आफ्नै बाहुबलले  ती राज्यहरू जोडेका हुन् । त्यसैले तिमी यसमा आँखा नगाड, बरु तिमी दुई दाजुभाइका बिच झैझगडा नहोस् भनी म सिमाना भने बाँधिदिन्छु । ”
यसपछि महारानी बसन्तावतीले चेपे नदीमा दुवै छोरा नरहरि शाह र द्रव्य शाहलाई बोलाइन् । उनले लमजुङ र गोरखा तर्फको माटो हातमा लिँदै भनिन् “यी दुवै राज्यका माटो मेरो लागि शिवजीको भष्म झैं पवित्र छ । आजका मितिदेखि तिमीहरू दुवै दाजुभाइले खराब विचारले यो चेपे नदी पार गरेमा मलाई मारे सरहको पाप लाग्नेछ । तिमीहरू दुवै मेरै कोखबाट जन्मिई, स्तनपान गरी हुर्केका मेरा सन्तान हौँ । दाजुभाइका बिच कुनै किसिमको झैझगडा भई एकले अर्कालाई समाप्त गर्ने सोच राखेमा या काम गरेमा आमाको रगत खाए बराबरको पाप लाग्ने छ ।” यति भनी बसन्तावतीले चेपे नदीमा आफ्नो हातको औंला काटी रगत बगाइन् (कसैले कहन्छन् बसन्तावतीले आफ्नो स्तन चोपेकी थिइन्) । यसरी उनले दुवै राज्यको सीमा बाँधिदिइन् । उनको यस सीमालाई नरहरि र द्रव्य शाहले मात्र हैन, उनी पछिका सन्तानहरूले पनि मान्दै आए  र लमजुङ १८४० तिरमात्रै एकिकरण भई सिङ्गो नेपालमा गाभियो । यसरी द्रव्य शाहले नयाँ राज्यको स्थापना त गरे तर कुलदेवता भने त लमजुङमा नै थिए । कुलदेवतालाई लिन जान पनि आमाको श्रापका कारण सम्भव भएन । अब के  गर्ने < उनी बडो धर्मसङ्कटमा परे । उनले आफ्ना कुल देवता काली, भैरव र गोरखनाथलाई सम्झे । उनीहरूको बासस्थान त लमजुङ दरबारमै थियो । त्यहाँबाट मुर्ति गोरखामा स्थापना गर्न सम्भव भएन । त्यसैले गोरखनाथले सपनामा उनलाई भने ‘तिमी यहाँ काली र मेरो मन्दिर बनाऊ । हाम्रो स्वरूप लमजुङमै रहे पनि त्यसको केही शक्ति भने गोरखामा नै रहने व्यवस्था हुने छ । लमजुङ नगई कुल देवताको आगमन गोरखामा नै हुने भएकाले द्रव्य शाह निकै प्रसन्न देखिए । उनले गोरखनाथको मन्दिर त्यहीँ स्थापना        गरे । गुरु गोरखनाथ लमजुङबाट गोरखामा आई बस्न थाले ।
अब लमजुङमा मुख्यतः काली र भैरव मात्र बाँकी भए । लमजुङ दरबारमा बाँकी रहेकी कालीको नित्य पूजाका साथै चैते दशैं अर्थात चैत्र अष्ठमी र ठुलो दशैं अर्थात आश्विन शुक्ल दशमीका दिन विशेष पूजा हुने प्रचलन भने यथावत् नै थियो । त्यसै गरी नजिकै रहेका भैरवलाई पनि बलि दिई पूजा गर्ने गरिएकै थियो । यी दुई देवी देवतालाई गोरखनाथले आफ्नो वशमा पारेका थिए । अब गोरखनाथ गोरखा गए पछि भैरवको उदण्डता लमजुङमा सुरु भयो । उनी प्रसस्त जाँड रक्सि खाँदै कालीमाथि दुवर््यवहार गर्न  थाले । उन्मत भई मातिएका भैरव कसैलाई नटेर्ने भए । त्यहाँका पुजारीसमेत उनको व्यवहार देखेर दुखी भए भने काली अझ त्रसित भइन् ।
एक दिन कालीले वरपरका सम्पूर्ण देवीदेवताहरूको भेला बोलाइन् । उनले उन्मत भैरवका नराम्रा व्यवहारबाट आपूmमात्र नभई अन्य देवदेवता र मानव समुदायसमेत त्रसित हुन थालेकाले उनको यो व्यवहार कसरी सुधार्ने होला भन्ने विषयमा छलफल थालिन् । भैरवजस्ता उग्र देवतालाई वशमा राख्न सक्ने क्षमता त्यहाँ भएका देवी देवता कसैसँग पनि  थिएन । त्यसैले उनीहरूले भने “गोरखनाथ यहाँ नभएर नै भैरव यसरी उम्लिएका हुन् । उनलाई नियण्त्रणमा राख्न सक्ने क्षमता गोरखनाथमा मात्र छ । त्यसैले उनको आराधना गरी यहाँ आव्हान      गरौं ।” देव सभाबाट  यस्तै निर्णय भएकाले गोरखनाथलाई दैवी शक्तिकै आधारमा त्यहाँ आव्हान गरियो । उनी पनि गोरखाबाट लमजुङ पुगे । आपूm सधैं लमजुङमा बसी भैरवको कुकृत्यलाई नियण्त्रण गर्न नसक्ने भएकाले आफ्ना गुरु मच्छेन्द्रनाथसँग अनुरोध गरी उनलाई यहाँ पठाइदिने वाचा गरे । यही टुङ्गो सहित देव सभाको अन्त्य भयो ।
यसको केही समयपछि नभन्दै मच्छेन्द्रनाथको आगमन लमजुङ दरबारको परिसरमा रहेको मन्दिरमा    भयो । उनको अगाडि भैरवको उदण्ड स्वभाव टिक्न सकेन । उनी क्रमशः सुध्रिदै गए । रक्सि खाई कालीप्रति नराम्रो दृष्टिले हेर्ने उनको बानी क्रमशः हट्दै गयो । मच्छेन्द्रनाथको यस कार्यप्रति सबै देवी देवताहरू खुसी  भए । पुजाका समयमा पनि रक्सि नै खोज्ने भैरव अब दहीमा नै चित्त बुझाउने भए । भन्ने किंवदन्ती रहुँदै आएको छ ।
त्यही भएर अहिले पनि लमजुङ दरबारको परिसरभित्र केही पर भैरवको मुर्तिलाई रक्सि र बलि दिइन्छ । भैरवको मन्दिरभित्र भने भक्तजनले चैते दशैं           र ठुलो दशैंको अष्टमीका दिन घरबाट ल्याएको चामलको पिठोबाट रोटी बनाई भैरवलाई चढाउने गरिन्छ र सोही रोटी प्रसादका रूपमा बाँड्ने पनि गरिँदै आएको छ । अहिले पनि बोहोरा, कुँवर थरका क्षेत्री तथा मगरहरू यहाँका पुजारीका रूपमा रहँदै आएका छन् । पुजारीहरूले वर्षको दुईपल्ट पारिश्रमिकसमेत प्राप्त गर्दै आएका छन् र पूजाको प्रचलन अध्यावधि चलिरहेकै छ । 







Thursday, January 16, 2020

यौन दुर्बलता हटाउने जडीबुटी

यौन दुर्बलता हटाउने जडीबुटी
https://nepaldut.com/2019/05/02/20575/
आयुर्वेद बिज्ञानमा यौन क्षमता बढाउनका लागि बाजिकरण चिकित्सा बिधि प्रयोग हुँदै आइरहेको छ । बाजिको अर्थ घोडा हो । घोडाको जस्तै “यौन क्षमता” बृद्धि गर्नु यसको उद्धेश्य हो ।
यौनलाई बढी सुखमय सफल र गुणवान सन्तान जन्माउनका लागि आयुर्वेद बिज्ञानमा आवश्यक आहार, औषधि र बिभिन्न बिधिहरुको बिशेष उल्लेख गरेको पाइन्छ ।
यौन दुर्वलता कम गर्न र यौन क्षमता बृद्धि गर्न आयुर्वेदमा बाजिकरण बिज्ञानमा उल्लेखित उपचार बिधि महत्वपूर्ण छ । रक्त निर्माणमा सहायता गर्ने,जनेन्द्रियका मांसपेशीहरुलाई मजबुत पार्ने, लिङ्गमा रक्तसंचार गर्ने गुणवान बिर्य उत्पादन गर्ने र बिर्यस्खलनलाई आवश्यकतानुसार नियन्त्रण गर्न प्रभावकारी छ ।
आयुर्वेद चिकित्सा बिज्ञानमा बिभिन्न जडिबुटीहरु जुन यौन दुर्वलताको लागि उपयोगी छन र आयुर्वेद औषधि निर्माणमा सम्मीश्रणको रुपमा प्रयोग हुन्छन जुन निम्न प्रकार छन ।

काउछो
बैज्ञानिक नाम मक्युना प्रुरिन्स र संस्कृतमा कपिकच्छु, आत्मगुप्ता, र नेपालीमा काउछो भनिन्छ । यो नेपालमा तराईदेखि पहाडी भागमा ४५०० फिटसम्मको उचाईमा जताततै पाइन्छ ।


यसको लहरा जस्तो देखिने झाडीदार क्षुपको ३ वटा पातहरु भएको र ६–९ इञ्च लामा हुन्छन् । फूल नीला वा प्याजी रङ्का हुन्छन् र झुप्पामा फुल्दछन् । फल सिमीको जस्तै, २–४ इञ्च लामा र ०.५ इञ्चसम्म चौडा र बाहिरपट्टि बाक्लोसँग प्रशस्त झुस भएका हुन्छन् । फलभित्र सिमी जस्ता १–२ से.मी. व्यासका, सेता रंगका, चिल्ला, ५–६ वटा बीजहरु हुन्छन् ।
यसको रस मधुर, तिक्त हुन्छ भने र दोषकर्म पित्तवर्धक छ । यसको मुख्य कार्य बलबर्धक, मांसपेशी बृद्धि गर्ने गुणवान शुक्र उत्पादन गर्नु हो । यसमा प्रमुख रसायनिक तत्वहरुमा डोपा, सेरोटोनिन र लगायत प्रोटीन मिनरल आदि पाइन्छन ।
यसको मूख्य उपयोग धातुक्षय, ,यौन दौर्बल्य, कमजोरी, कम्पवात (हात काम्ने वातरोग) आदिमा हुन्छ । यसको प्रयोगगर्दा बीज चूर्ण ३–६ ग्राम, ताजा बीज ५–१० वटा बिहान–बेलुका गुड, मह वा दूधको तरसंग मिलाएर खान सकिन्छ । बजारमा वानरी गुटिका, शक्तिवद्र्धक योग, वाजीकर शक्तिको रुपमा पाईन्छ ।

कुरिलो
बैज्ञानिक नाम स्पारगस रेसीमसस र नेपालीमा कुरिलो भनिन्छ । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्वहरु पाईन्छ । स्वास्थ्य वर्धक र शक्तिवर्धक रुपमा लोकप्रिय छ । कुरिलोको जरामा डाईस्याकराईड्स, स्टार्च र प्रोटीन र डि–ग्लुकोज पाईन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोईड्स स्यापोनिन पाईन्छ ।


अश्वगन्धा
यसको बैज्ञानिक नाम विथानिया सोम्निफेरा हो । र नेपालीमा अश्वगन्धा भनिन्छ । यो सोलानेसी परिवारको बनस्पति हो । यो यौनवर्धक, शक्तिवर्धक र शुक्रबर्धक रुपमा लोकप्रिय छ । संस्कृतमा यसको घोडाको जस्तो गन्ध भएकोले बजिगन्धा पनि भनिन्छ । यसको जरामा विथानोलाइट्स,सिउडोट्रोपिन र एनाफेरिन लगायत बिभिन्न सक्रिय रसायनिक तत्वहरु पाईन्छ ।


यो नेपालमा तराईदेखि भित्रि मधेस र तल्लो पहाडी भेग १००० मिटरसम्मको उचाईमा जताततै पाइन्छ । यो २ देखि ५ फिट अग्लो र हाँगाविगाहरु भएको बनस्पति हो । पातहरु २ देखि ४ इञ्च लामा हुन्छन् । जरा ६ इन्च देखि १ फिट लामो फुस्रो र सेतो हुन्छन् । यसले रसादि सबै धातुलाई पोषण गर्छ ।
यसको उपयोग रसायन, बाजीकरण, बातब्याधि, अनिद्रा, दुर्बलता । स्नायूहरुलाई पोषित गर्ने चिन्ता र नैराश्यतामा पनि उपयोगि छ । लिङ्ग शिथिलता र यौन दुर्बलतामा यसको धुलो र तेल उपयोगि छ । यसको मात्रा चुर्ण ३ देखि ५ ग्राम दूध सँग सेवन गर्ने । तेल आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ ।

यार्सागुम्बा अब पाउनै गाह्रो !


यार्सागुम्बा अब पाउनै गाह्रो !
सञ्चार संवाददाता  साउन ४, २०७५
काठमाडौं-सबैलाई थाहा भएकै जडिबुटीको नाम हो यार्सागुम्बा।नेपालको हिमाली हावापानीमा हुर्किएको यो यार्सागुम्बा सुनभन्दा पनि महँगोमा बिक्रि वितरण हुने गरेको छ।
तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ, ‘गर्मीको घाँस र चिसोमा कीरा’ अर्थात एक प्रकारले कीरा र घास भएर हिमाली हावापानीमा बसेको हुन्छ।
नेपालको हिमालयतर्फ र तिब्ब्ती सीमानामा करीब ३ हजार देखि पाँच हजार मिटरको उचाईमा यसको बासस्थान हुन्छ। यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ।त्‍यही कारण नेपालमा मात्रै होइन विदेशमा पनि सुनभन्दा महँगो रुपमा लिने गरिन्छ।
यसलाई मानिसलाई क्‍यान्सरको अचुक औषधि र खास गरी यौन क्षमता बढाउने काम गर्दछ। यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्‍ने गरिन्छ। अन्तराष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्‍य करीब एक लाख डलर बराबर रहेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लख गरेको छ।
प्रत्‍येक वर्ष वैशाखदेखि असारसम्‍म हजारौ नेपालीहरु यार्सागम्बा टिप्‍न पहाडतिर लाग्‍ने गर्छन्। उनीहरु पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन्। त्‍यतिमात्रै होइन, उनीहरु स्कुल नै बन्द गरेर पहाडको माथि-माथि महिनौ दिनसम्‍म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन्।
उनीहरु यसको खोजीमा विहानैदेखि ४ हजार ५ सय मिटर उचाइमा पुग्‍ने गर्दछ्न् र दिनभरी त्‍यही नै बस्‍ने गर्दछन्। धेरै पटक त पानी पर्नुका साथै हिउँ समेत खस्‍ने गर्छ।त्‍यस्तो कठिन परिस्थितिमा पनि उनीहरु यार्सा संकलनका लागि वर्षा, हावापनी र हिउँको पीडा सहेर बस्‍ने गर्दछन्।
उनीहरु बरु त्‍यही करीब ३ हजार मिटरको उचाइमा क्‍याम्प राखेर आफूलाई सुरक्षित राख्‍ने गर्दछन्। विगत पाँच वर्षदेखि यार्सागुम्बाको व्‍यापार गर्दै आएका कर्मा लामा भन्छन्, ‘टाढा-टाढा गोरखा, धादिङ, लमजुङ लगायतका जिल्‍लाबाट यार्सागुम्बाको संकलन गर्न हिमाली क्षेत्रमा आएने गर्दछन्।’
यार्सागुम्बाको खोजीमा आएका उनीहरु दुईदेखि तीन महिनासम्‍म खानापानी बोकेर टेन्टमा बस्‍ने गर्दछन्। तीमध्‍येका एक जोडी युवा तीन वर्षदेखि यही बसेर यार्सा गुम्बा संकलन गर्दै आएका छन्। उनीहरु सजिलै १०-२० यार्सागुम्बाको संकलन गर्छन्। उनीहरु यसबारे भन्छन्, ‘यार्सागुम्बाकै लागि हामी दुई तीन महिनादेखि यहाँ बसिरहेका छौ। यसले गर्द दिनमा १० देखि २० वटा यार्सागुम्‍बा संकलन गरिहरेका छौ।’
खाना बनाउँदै गर्दाको आगो ताप्‍दै सुशीला भन्छिन्, ‘हामी कहिलेकाही यार्सागुम्बाको खोजीमा करिब ४५ सय मिटरको उचाँइमा पनि पुग्‍छौ।त्‍यहाँ पूरै दिनभरी नै बिताउने गर्छौ।कति पटक त बर्षा हुन्छ।कुनै बेला त हिउँ नै परेर बरफहरु खस्‍ने खतरा हुन्छ।हामी हिउँ बग्‍ने खतराबाट सधैं सतर्क रहेर यार्सा गुम्बा संकलन गर्दछौ।’
सुशीला र उनको श्रीमान् वैशाख र जेठ महिनामा प्रत्‍येक दिन यही यार्सा गुम्बा संकलन गरिरहे। यार्सागुम्बा संकलन गरे वापत उनीहरुलाई जति पैसा मिल्छ, उनीहरु सजिलै ६ महिना आफ्नो गुजारा गर्न सक्छन्। गत वर्ष उनीहरु यार्सागुम्‍बा संकलन गरेरै करीब २ हजार डलर कमाएका थिए। यो रकम नै उनीहरुको आधा वर्षको कमाई हो।

यार्सागुम्बाको उपलब्धतामा गिरावट


मनाङ जिल्‍लाको क्षेत्रमा करीब १५ वर्षदेखि यार्सागुम्बा संकलन गर्दै आएका सीता गुरुङ भन्छिन्, ‘ पहिला म सधैं सयवटा यार्सागुम्बा खोजेर ल्‍याउँथे तर अब दिनदिनै घट्न थालेको छ। अब त दिनभरीमा मुस्किलले १०देखि २० वटा यार्सा ल्‍याउने गरेकी छु।’
विशेषज्ञका अनुसार यार्सागुम्बाको धेरै माग र जलवायु परिवर्तनको कारणले यसको सहज पहुँचमा कठिनाइ हुँदै गएको छ। उनी भन्छिन्, ‘ पहिला धेरै पाउँदा मूल्‍य सस्तो थियो। तर जब अलिक कम पाउन थाल्‍यो। यसको मूल्‍य ह्‍वात्तै बढ्‍यो।’

यार्सागुम्बाको व्‍यापार, तर लोप


यार्सागुम्‍बालाई कर्मा लामाले राजधानी काठमाडौंका ठूला व्‍यापारीलाई बेच्‍ने गरेका छन्। उनी हरेक दिन यर्सागुम्बा किन्‍न उचाइमा आउने गर्छन भने पछि यसलाई संकलन गरेर काठमाडौंमा रहेका धनी व्‍यापारीलाई बेच्‍ने गर्छन्। यसले उसलाई आर्थिक आम्दानीमा ठूलो फडको मार्न सफलता मिलेको छ।
कर्मा भन्छन्, ‘एउटा यार्सागुम्बा ४.५ डलरसम्‍म बिक्‍न सक्छ। तर चीन, अमेरिका, बेलायत, जापान, थाइल्‍याण्ड तथा मलेसिया लगायतका अन्राष्ट्रिय बजारमा यसको मूल्‍य ५०डलभन्दा बढी छ।’
यस्तै नेपाल राष्ट्र बैंकको एउटा शोध अनुसार जसले यार्सागुम्बा संकलन गर्छ, उसको वार्षिक आम्दानीको ५६ प्रतिशत आउने गर्छ। यार्सागुम्बा संकलन गर्ने सबैले सरकारलाई रोयल्टी वापतको ट्‍याक्स बुझाउँदै आएका छन्।
सन् २०१४ मा गरिएको एक अनुसन्धानमा यार्सागुम्‍बाको कारोबारबाट नेपाली अर्थ व्‍यवस्थामा ५१ लाख रुपैयाँ आम्दानी भएको देखाएको छ।केही विशेषज्ञहरुले यसको तस्करी अरु देशमा पनि अवैध रुपमा हुँदै आएको छ।
करीब १८ वर्षदेखि यार्सागुम्बाको संकलन र विक्री वितरण गर्दै आएका नागेन्द्र बुढाथोकी भन्छन्, ‘यो व्‍यापारलाई यस प्रकारको विनिमय गर्नुहुँदेन जसरी गरिँदै आएको छ। यही कारण यार्सा गुम्बाको खोजी र संकलन तथा सरकारको वास्तवकि आयकर कति हो भन्‍ने कुरा पत्ता लगाउनै गाह्रो हुन्छ। सरकारको आम्दानीको यो बलियो स्रोत भएर पनि धेरै तस्करी भएकाले सरकार र संकलनकर्ता पनि मारमा परिरहेका छन्।’
स्रोत- बीबीसी
साउन ४, २०७५ मा प्रकाशित



धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...