Thursday, January 16, 2020

यार्सागुम्बा अब पाउनै गाह्रो !


यार्सागुम्बा अब पाउनै गाह्रो !
सञ्चार संवाददाता  साउन ४, २०७५
काठमाडौं-सबैलाई थाहा भएकै जडिबुटीको नाम हो यार्सागुम्बा।नेपालको हिमाली हावापानीमा हुर्किएको यो यार्सागुम्बा सुनभन्दा पनि महँगोमा बिक्रि वितरण हुने गरेको छ।
तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ, ‘गर्मीको घाँस र चिसोमा कीरा’ अर्थात एक प्रकारले कीरा र घास भएर हिमाली हावापानीमा बसेको हुन्छ।
नेपालको हिमालयतर्फ र तिब्ब्ती सीमानामा करीब ३ हजार देखि पाँच हजार मिटरको उचाईमा यसको बासस्थान हुन्छ। यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ।त्‍यही कारण नेपालमा मात्रै होइन विदेशमा पनि सुनभन्दा महँगो रुपमा लिने गरिन्छ।
यसलाई मानिसलाई क्‍यान्सरको अचुक औषधि र खास गरी यौन क्षमता बढाउने काम गर्दछ। यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्‍ने गरिन्छ। अन्तराष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्‍य करीब एक लाख डलर बराबर रहेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लख गरेको छ।
प्रत्‍येक वर्ष वैशाखदेखि असारसम्‍म हजारौ नेपालीहरु यार्सागम्बा टिप्‍न पहाडतिर लाग्‍ने गर्छन्। उनीहरु पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन्। त्‍यतिमात्रै होइन, उनीहरु स्कुल नै बन्द गरेर पहाडको माथि-माथि महिनौ दिनसम्‍म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन्।
उनीहरु यसको खोजीमा विहानैदेखि ४ हजार ५ सय मिटर उचाइमा पुग्‍ने गर्दछ्न् र दिनभरी त्‍यही नै बस्‍ने गर्दछन्। धेरै पटक त पानी पर्नुका साथै हिउँ समेत खस्‍ने गर्छ।त्‍यस्तो कठिन परिस्थितिमा पनि उनीहरु यार्सा संकलनका लागि वर्षा, हावापनी र हिउँको पीडा सहेर बस्‍ने गर्दछन्।
उनीहरु बरु त्‍यही करीब ३ हजार मिटरको उचाइमा क्‍याम्प राखेर आफूलाई सुरक्षित राख्‍ने गर्दछन्। विगत पाँच वर्षदेखि यार्सागुम्बाको व्‍यापार गर्दै आएका कर्मा लामा भन्छन्, ‘टाढा-टाढा गोरखा, धादिङ, लमजुङ लगायतका जिल्‍लाबाट यार्सागुम्बाको संकलन गर्न हिमाली क्षेत्रमा आएने गर्दछन्।’
यार्सागुम्बाको खोजीमा आएका उनीहरु दुईदेखि तीन महिनासम्‍म खानापानी बोकेर टेन्टमा बस्‍ने गर्दछन्। तीमध्‍येका एक जोडी युवा तीन वर्षदेखि यही बसेर यार्सा गुम्बा संकलन गर्दै आएका छन्। उनीहरु सजिलै १०-२० यार्सागुम्बाको संकलन गर्छन्। उनीहरु यसबारे भन्छन्, ‘यार्सागुम्बाकै लागि हामी दुई तीन महिनादेखि यहाँ बसिरहेका छौ। यसले गर्द दिनमा १० देखि २० वटा यार्सागुम्‍बा संकलन गरिहरेका छौ।’
खाना बनाउँदै गर्दाको आगो ताप्‍दै सुशीला भन्छिन्, ‘हामी कहिलेकाही यार्सागुम्बाको खोजीमा करिब ४५ सय मिटरको उचाँइमा पनि पुग्‍छौ।त्‍यहाँ पूरै दिनभरी नै बिताउने गर्छौ।कति पटक त बर्षा हुन्छ।कुनै बेला त हिउँ नै परेर बरफहरु खस्‍ने खतरा हुन्छ।हामी हिउँ बग्‍ने खतराबाट सधैं सतर्क रहेर यार्सा गुम्बा संकलन गर्दछौ।’
सुशीला र उनको श्रीमान् वैशाख र जेठ महिनामा प्रत्‍येक दिन यही यार्सा गुम्बा संकलन गरिरहे। यार्सागुम्बा संकलन गरे वापत उनीहरुलाई जति पैसा मिल्छ, उनीहरु सजिलै ६ महिना आफ्नो गुजारा गर्न सक्छन्। गत वर्ष उनीहरु यार्सागुम्‍बा संकलन गरेरै करीब २ हजार डलर कमाएका थिए। यो रकम नै उनीहरुको आधा वर्षको कमाई हो।

यार्सागुम्बाको उपलब्धतामा गिरावट


मनाङ जिल्‍लाको क्षेत्रमा करीब १५ वर्षदेखि यार्सागुम्बा संकलन गर्दै आएका सीता गुरुङ भन्छिन्, ‘ पहिला म सधैं सयवटा यार्सागुम्बा खोजेर ल्‍याउँथे तर अब दिनदिनै घट्न थालेको छ। अब त दिनभरीमा मुस्किलले १०देखि २० वटा यार्सा ल्‍याउने गरेकी छु।’
विशेषज्ञका अनुसार यार्सागुम्बाको धेरै माग र जलवायु परिवर्तनको कारणले यसको सहज पहुँचमा कठिनाइ हुँदै गएको छ। उनी भन्छिन्, ‘ पहिला धेरै पाउँदा मूल्‍य सस्तो थियो। तर जब अलिक कम पाउन थाल्‍यो। यसको मूल्‍य ह्‍वात्तै बढ्‍यो।’

यार्सागुम्बाको व्‍यापार, तर लोप


यार्सागुम्‍बालाई कर्मा लामाले राजधानी काठमाडौंका ठूला व्‍यापारीलाई बेच्‍ने गरेका छन्। उनी हरेक दिन यर्सागुम्बा किन्‍न उचाइमा आउने गर्छन भने पछि यसलाई संकलन गरेर काठमाडौंमा रहेका धनी व्‍यापारीलाई बेच्‍ने गर्छन्। यसले उसलाई आर्थिक आम्दानीमा ठूलो फडको मार्न सफलता मिलेको छ।
कर्मा भन्छन्, ‘एउटा यार्सागुम्बा ४.५ डलरसम्‍म बिक्‍न सक्छ। तर चीन, अमेरिका, बेलायत, जापान, थाइल्‍याण्ड तथा मलेसिया लगायतका अन्राष्ट्रिय बजारमा यसको मूल्‍य ५०डलभन्दा बढी छ।’
यस्तै नेपाल राष्ट्र बैंकको एउटा शोध अनुसार जसले यार्सागुम्बा संकलन गर्छ, उसको वार्षिक आम्दानीको ५६ प्रतिशत आउने गर्छ। यार्सागुम्बा संकलन गर्ने सबैले सरकारलाई रोयल्टी वापतको ट्‍याक्स बुझाउँदै आएका छन्।
सन् २०१४ मा गरिएको एक अनुसन्धानमा यार्सागुम्‍बाको कारोबारबाट नेपाली अर्थ व्‍यवस्थामा ५१ लाख रुपैयाँ आम्दानी भएको देखाएको छ।केही विशेषज्ञहरुले यसको तस्करी अरु देशमा पनि अवैध रुपमा हुँदै आएको छ।
करीब १८ वर्षदेखि यार्सागुम्बाको संकलन र विक्री वितरण गर्दै आएका नागेन्द्र बुढाथोकी भन्छन्, ‘यो व्‍यापारलाई यस प्रकारको विनिमय गर्नुहुँदेन जसरी गरिँदै आएको छ। यही कारण यार्सा गुम्बाको खोजी र संकलन तथा सरकारको वास्तवकि आयकर कति हो भन्‍ने कुरा पत्ता लगाउनै गाह्रो हुन्छ। सरकारको आम्दानीको यो बलियो स्रोत भएर पनि धेरै तस्करी भएकाले सरकार र संकलनकर्ता पनि मारमा परिरहेका छन्।’
स्रोत- बीबीसी
साउन ४, २०७५ मा प्रकाशित



किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...