Tuesday, January 21, 2020

अन्धविश्वास हटाउन विज्ञान–चिन्तन


अन्धविश्वास हटाउन विज्ञान–चिन्तन
झन नयाँ, २०७६ मङ्सिर २१ शनिबार १०:१५:०० | काठमाडो
विज्ञान–प्रविधि
केही समयअघि वाम राजनीतिमा संलग्न एकजनाले नेपालमा विज्ञान प्रविधिको विकासबारे मेरो धारणा सोधे हामीकहाँ विज्ञानलाई केवल प्रविधिसँग मात्र जोडेर हेर्ने चलन ती व्यक्तिले त्यही कोणबाट मेरो धारणा सोधेका थिए मैले विज्ञानलाई प्रविधिसँग जोड्नुअघि चिन्तनसँग जोड्नु जरुरी भएको धारणा राखेँ किनकि, विज्ञानले जन्माएको प्रविधिलाई पूर्ण रूपमा बुझ्न विज्ञान–चिन्तन आवश्यक छ 
लोकतन्त्रमा आ–आफ्नो आस्थाअनुसार धर्म मान्ने सबैलाई हक छ तर, मेसिनलाई ढोगेर, पूजा गरेर त्यसको नियम थाहा पाउन सकिन्न गाडी बिग्रियो भने कुनै ईश्वरसँग प्रार्थना गरेर हुन्न त्यसलाई मर्मत गर्न गाडीभित्र कुन पार्ट बिग्रिएको हो हेरेर, जाँच गरेर पत्ता लगाउनु जरुरी हुन्छ गाडी एउटा प्रविधिको उपज हो त्यो आफ्नै नियममा चल्छ त्यसको नियम थाहा नपाई त्यसलाई चलाउन सकिन्छ, न बिग्रिँदा त्यसको मर्मत नै गर्न सकिन्छ तर, हामीकहाँ गाडीलगायत मेसिनलाई ढोग्ने र पूजा गर्ने चलन छ खास चाडबाडमा गाडीलाई खसीबोका नै भोग दिने चलनसमेत नयाँ हवाईजहाज ल्याउँदा हवाईजहाज इन्जिनियरहरूसमेतले हवाईजहाजमा कालो बोका बलि दिएको घटना नेपालमा कतिपय कम्प्युटर इन्जिनियरहरूले समेत कम्प्युटरलाई अक्षता तथा अबिर छर्की पैसा चढाई पूजा गर्ने गरेको देख्न पाइन्छ 
साधारणखालका मेसिन होस् वा कम्प्युटरजस्ता जटिल उपकरण ती सबै मानवमा विकसित विज्ञान चिन्तनको उपजबाट निर्मित वस्तुहरू हुन् ती वस्तुहरूको सञ्चालनमा विज्ञान सिद्धान्तमा आधारित विशिष्ट भौतिक नियमहरूले काम गरेका हुन्छन् ती नियमहरू ईश्वरले सिर्जना गरेका हुन्, न तिनीहरूलाई ईश्वरले नियन्त्रण गर्न सक्छन् त्यसैले तिनीहरूको सन्दर्भमा ईश्वरलाई प्रार्थना गर्नु, पूजा गर्नु वा बलि चढाउनुको कुनै तुक हुन्न विज्ञान प्रविधिलाई बुझ्न मानव विकास क्रममा चिन्तनको सुरुवात कसरी भयो भन्ने कुरालाई हेक्का राख्नु जरुरी छ
 
दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
इतिहासमा मानव सभ्यताको सुरुवात ज्ञानको विकासबाट नै भयो जब चेतना सुरु भयो त्यहीवेलादेखि मानिसले चिन्तन गर्न थाल्यो प्रकृतिबारे जिज्ञासा उठ्दा त्यसको हल गर्ने प्रक्रियाका रूपमा चिन्तनको विकास भयो चिन्तनले नै ज्ञान प्राप्ति भयो ज्ञानलाई प्रयोग गरी मानिसले वस्तु सिर्जना वा उत्पादन गर्ने सीप प्रविधि विकास गर्‍यो त्यही सीप प्रविधिबाट औजारको आविष्कार उत्पादन भयो औजारले मानिसको आवश्यकताका वस्तु उत्पादन गर्न मद्दत गर्‍यो निष्कर्षमा ज्ञानले नै सभ्यतालाई अगाडि बढायो
जनावरहरू चिन्तन गर्न सक्दैनन् त्यसैले तिनीहरूमा ज्ञान हुँदैन ज्ञान नभएकाले नै तिनीहरूले वस्तु सिर्जना गर्न सक्दैनन् जनावरहरू प्रकृतिमा जे , त्यही वस्तु मात्र उपभोग गर्छन् सिर्जना उत्पादन गर्दैनन् जनावरले प्रकृतिमा बनिबनाउ वस्तु मात्र उपभोग गर्न सक्छ, आवश्यकताअनुसारको वस्तु सिर्जना र उत्पादन गर्न सक्दैन मानिसले प्रकृतिमा भएको वस्तुलाई सीप प्रविधि प्रयोग गरी आफूअनुकूलको वस्तुमा रूपान्तरण गरी नयाँ वस्तुको सिर्जना र उत्पादन गर्न सक्छ जनावर मानवमा आधारभूत फरक यसैमा ज्ञानको विशेष रूप विज्ञान हो तसर्थ ज्ञान साधारण हुन्छ, विज्ञान विशेष र विशिष्ट हुन्छ ज्ञान जेठो हो, विज्ञान कान्छो यो ज्ञानको पछिल्लो विशिष्ट रूप हो
ज्ञानको पहिलो सिर्जना
लाखौँ वर्षपहिलेको आदिमानवले आहारको खोजीमा जंगलमा सिकार गर्न हिँड्दा सुरुमा आफ्ना हातखुट्टा प्रयोग गरी नै जनावरको सिकार गर्दो हो आदिकालदेखि नै मानवको शरीर प्राकृतिक रूपले त्यति बलवान् थिएन, जसबाट ठूला जनावरको सिकार गरी पर्याप्त आहार पुर्‍याउन सकोस् आधुनिक जमानाका अपुच्छ बाँदरसँग मिल्दोजुल्दो शारीरिक संरचना भएका आदिमानवहरू खाना प्राप्तिका लागि सिकार गर्न सुरक्षाका लागि समूहमा बस्दथे त्यसैले उनीहरूलाई आफू एक्लोका लागि मात्र होइन, समूहका लागि नै सिकार गरी खाद्यवस्तु उपलब्ध गराउनुपथ्र्यो यो एक समस्या पनि थियो अवसर पनि धेरै खाद्यवस्तु जोहो गर्नुपर्ने समस्या थियो भने सिकारका लागि समूहमा बस्दा शक्ति बढी प्राप्त हुने अवसर थियो
समूहमा बस्नाले मात्र ठूला जनावरको सिकार हुनु सम्भव थिएन मस्तिष्कको विकासका कारणबाट केही चिन्तन गर्न सक्ने हुँदा मानिसले ठूला जनावरको सिकार कसरी सम्भव होला भन्ने सोच्न थाल्यो मानिसले आफ्नो चिन्तनबाट रूखको हाँगाले हिर्काएर जनावरको सिकार गर्ने सोचको निर्माण गर्‍यो उनीहरूले त्यस सोचलाई व्यवहारमा प्रयोग गरी हेरे परिणाम के निस्कियो भने हातको मुड्कीले मात्र हान्नेभन्दा रूखका हाँगाले समेत हिर्काउँदा सिकारमा केही सहजपना आयो रूखको हाँगा प्रयोग गर्नु भनेको औजार लगाउनु हो यसरी मानिसले औजार प्रयोग गर्दा सिकार सहज हुने ज्ञान प्राप्त गर्‍यो ज्ञानको पहिलो सिर्जना सायद यही नै थियोविज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो ।
अवलोकन, चिन्तन, सोच, प्रयोग, परिणाम, ज्ञान, तर्कवितर्क, नयाँ सोच आदिको शृंखलाबद्ध प्रक्रियाले मानव चेतनाको विकास अगाडि बढ्यो पछि आदिमानवले अवलोकनबाट ढुङ्गालाई औजारको रूपमा प्रयोग गर्दा जनावरको सिकारमा थप सहज हुने सोचको निर्माण गरी प्रयोग गर्‍यो त्यही ्रयोगले कालान्तरमा आफैँले ढुङ्गाका धारिला औजार निर्माण गरी सिकारलाई झन्झन् सहजतामा लाने सीप र प्रविधि आदिमानवले विकास गर्‍यो यसबाट के निष्कर्ष निक्लिन्छ भने वास्तवमा आदिमानवको दैनिकीमा नै ज्ञानको विशेष रूप आइसकेको थियो, अर्थात् विज्ञानको जन्म भइसकेको थियो
विज्ञान संस्कृत शब्द हो पूर्वीय मानव सभ्यतामा विज्ञान शब्दको उत्पत्ति प्रयोग इसापूर्वमा नै भएको देखिन्छ अङ्ग्रेजीमा विज्ञानको पर्याय शब्द ‘साइन्स’ हो यो ल्याटिन भाषाबाट आएको हो यो इसाको १९औँ शताब्दीमा मात्र उत्पत्ति भएको हो
मानवले आफूमा चिन्तनको क्षमता आएदेखि नै दुइटा काममा आफूलाई लगाए एउटा, सत्यको खोज, अर्को मानव दैनिकीलाई सरल, सहज, सुरक्षित र सुविधायुक्त बनाउने उपायको खोज पहिलोले दर्शनलाई जन्म दियो भने दोस्रोले विज्ञानलाई वास्तवमा दर्शन विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ
प्रकृति वस्तु (पदार्थ) र घटनाको सँगालो हो संस्कृतमा प्रकृतिको अर्थ आफैँ सिर्जित हो वास्तवमा प्रकृति नै सम्पूर्ण सत्य हो प्रकृतिका सबै वस्तु तथा घटनाहरूको कारण हुन्छ प्रकृति स्वयंको भने कारण छैन वस्तु तथा घटनाहरूको कारण प्रकृति वा प्रकृतिको नियम हो प्रकृति स्वसिर्जित भएकाले त्यसका नियमहरू पनि स्वसिर्जित नै हुन् प्राकृतिक वस्तु नियमहरू थाहा नपाउँदासम्म रहस्यको विषय बनिरहन्छ विज्ञानले अवलोकन, प्रयोग, परीक्षण, तर्कवितर्क र तथ्यका आधारमा प्राकृतिक नियमहरू पत्ता लगाउने गर्दछ प्रकृतिका नियमहरू उजागर भएपछि कुनै पनि कुरा रहस्यको विषय बनिरहँदैन 
विज्ञानले प्राकृतिक नियमहरूका आधारमा मानवोपयोगी वस्तु तथा औजारहरूको आविष्कार गर्दछ जंगलमा नाङ्गो शरीर लिई सिकार गर्दै हिँड्ने आदिमानवदेखि अहिलेको कम्प्युटर युगका विकसित मानवसम्मको सभ्यताको यात्रा वस्तु तथा औजारहरूको आविष्कार र उत्पादनबाट नै तय भयो विज्ञानले नै मानव जातिलाई अहिलेको युगसम्म ल्याइपुर्‍यायो
प्रकृतिको नियम थाहा नपाउँदा मानव समाजमा विभिन्न अन्धविश्वासहरूको अस्तित्व कायम रहिरहन्छ त्यसैले विज्ञानको व्यावहारिक प्रयोगले मानव सभ्यतालाई अगाडि जानबाट रोक्ने अन्धविश्वासलाई हटाउन मद्दत गर्दछ विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो तसर्थ वास्तविक विज्ञानले जनताको जीवनलाई सत्यको मार्गमा लाने र सुखमय बनाउने काम गर्दछ
मानव जीवनलाई भौतिक रूपमा सुविधामय र समृद्ध बनाउन विज्ञान–प्रविधिले आधारभूत एवं निर्णायक भूमिका खेलेको छ तर, विज्ञान–प्रविधिमा मनगढन्ते र अन्धविश्वासको कुनै भूमिका रहन्न त्यसैले विज्ञान–प्रविधि अन्य देशबाट आयात गर्न सकिए पनि आफ्नै ठाउँ वा देशमा विकास गर्न विज्ञान चिन्तनविना सम्भव छैन हामी अहिलेसम्म आयातीत प्रविधिमा नै निर्भर छौँ हामी आफैँले प्रविधिको विकासमा छलाङ मार्ने हो भने हामीमा भएको अन्धविश्वासी चिन्तन व्यवहारलाई त्याग्नु जरुरी
समाजका निर्माता जनता हुन् नेपाली जनतालाई अन्धविश्वासको दलदलबाट बाहिर ल्याई नेपाली समाजलाई आधुनिक विज्ञानसम्मत बनाउन राजनीतिको उच्च तहदेखि भुइँ तहको जनतासम्म विज्ञान चिन्तनलाई स्थापित गर्नु जरुरी जति बढी विज्ञान चिन्तनको विकास हुन्छ, त्यही नै स्तरमा समाजमा अन्धविश्वासको पर्खाल भत्किन्छ अन्धविश्वासबाट मुक्त मानिसले मात्र प्रविधिको वास्तविक विकास सञ्चालन सम्भव हुन्छ तसर्थ, विज्ञानलाई प्रविधिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति छाडेर यसलाई सही चिन्तन निर्माणसँग पनि जोडेर हेर्ने बानी बसाल्नु जरुरी छ


छाउगोठ भत्काउन धामी-झाँक्री र पुरोहित सम्मेलन


छाउगोठ भत्काउन धामी-झाँक्री र पुरोहित सम्मेलन गर्न गृहसचिव राईको प्रस्ताव
सांसद राईले भने- अन्धविश्वासलाई प्रश्रय नदिउँ
सभापति पाल भन्छिन् - एनजिओ/आइएनजिओले छाउगोठ जोगाइराख्न खोजे 
पुस २१, २०७६जयसिंह महरा
काठमाडौँ — सरकारले छाउगोठ नष्ट गर्न धामी, झाँक्री र पुरोहितहरूको सम्मेलन गर्नुका साथै परिचालन गर्ने भएको छ । गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा कायम कुप्रथा अन्त्यका लागि धामी, झाँक्री र पुरोहित परिचालन गरिरहेको र आगामी दिनमा उनीहरूको सम्मेलन गर्ने योजना तयार पारिएको दुवै मन्त्रालयका सचिवहरूले संसदीय समितिलाई जानकारी गराएका छन् 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले छाउगोठ भत्काउने आगामी कार्ययोजनामा 'धामी, झाँक्री तथा पुरोहित परिचालन' रहेको जानकारी दिए। त्यसका अलवा छाउपडीविरुद्ध स्थानीय तहका जनप्रतिनिधि, विद्यार्थी र शिक्षक, युवा क्लबलगायत संघ संस्था परिचालन गर्ने कार्ययोजना रहेको संघीय संसदको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा जानकारी दिए।

गृह मन्त्रालयका सचिव प्रेम राईले पनि छाउगोठ नष्ट गर्ने कार्ययोजना घिमिरेकै भनाइ दोहोर्‍याए। उनले थपे , 'छाउगोठ नष्ट गर्नका लागि धामी, झाँक्री र पुरोहितहरूको प्रत्येक जिल्लामा सम्मेलन गर्ने भन्ने योजना छ।' उनले समितिमा प्रस्ततु गरेको योजनामा लेखिएको छ, 'सबै जिल्लाहरूमा छाउपडी उन्मुलनका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिकर्मी, धार्मिक अगुवा (धामी, झाँक्री, पुरोहित) , सामाजिक संघ संस्था, गैरसरकारी संघ संस्था, विद्यालय, महिला अधिकारकर्मी, महिला संजाल, आमा समूह, ज्येष्ठ नागरिक, स्थानीय बाल क्लब, स्थानीय युवा क्लब, स्थानीय संचारकर्मी, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी लगायतका नागरिकहरूसँग सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रमहरू निरन्तर संचालन भइरहेको र स्थानीय तह तथा समुदायसँग समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतना अभियान सञ्चालन भइरहेको छ।'

धामी, झाँक्री र पुरोहितलाई छाउगोठ भत्काउनका लागि सम्मेलन गर्ने तथा परिचालन गर्ने भन्ने सचिव राईको कुरामा नेकपा सांसद कृष्णबहादुर राईले आपत्ति जनाए। 'छाउगोठ नष्ट गर्नका लागि पुरोहितद्वारा महायज्ञ र हरेक जिल्लामा धामी, झाँक्रीको सम्मेलन गराउने भन्ने कुराले उनीहरूलाई प्रोत्साहित गर्न खोजेको हो कि?', उनले थपे, 'एक कुप्रथा अन्त्य गर्नका लागि अर्को अन्धविश्वासलाई बढावा किन दिने?'

सचिव राईको जवाफ थियो, 'सकारात्मक काममा परिचालन गर्न खोजेको हो।' राईको यो भनाइमा कांग्रेस सांसद लक्ष्मी परियारले समर्थन जनाइन्। छाउपडी प्रथा अन्त्य र छाउगोठ नष्ट गर्नका लागि पुरोहितद्वारा हरेक जिल्लामा महायज्ञ गराउनुपर्ने सांसद बिमला विकको प्रस्तावलाई समर्थन गर्दै परियारले भनिन्, 'धामी, झाँक्री र पुरोहितहरूले भनेको मान्छन् होला नि ! उहाँहरूले भनेको गाउँमा बढी सुन्छन् क्या।'

सांसद राईको त्यो तर्कले पनि चित्त बुझेन। उनले भने, 'सर्पले टोक्दा धामी, झाँक्रीले अस्पताल जानुपर्छ भन्दैनन्। सर्पको टाउको ल्याउनुपर्छ भन्छन्।'
सांसद अमृता थापा मगरले पनि सचिवहरूका कुरा अस्वीकार गरिन्। उनले भनिन्, 'धामी, झाँक्रीले छाउपडीलाई मलजल गरिरहेका छन्। गाउँलेलाई औषधि खाने कि नखाने र अस्पताल जाने कि नजाने भन्नेमा पनि धामी-झाँक्रीलाई सोधिन्छ।'

'जनयुद्धमा छाउपडीमा रोक लगायौँ, पछि खसी काट्नुपर्‍यो'
नेकपा सांसद दुर्गबहादुर राउतले माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा छाउपडी र छाउगोठलाई प्रतिबन्ध लगाएको अनुभव सुनाए। कर्णाली प्रदेशमा अहिले छाउपडी रहेको स्वीकार गर्दै उनले भने, 'जनयुद्धको बेला छाउपडीविरुद्ध अभियान चलायौँ। शान्ति प्रक्रियापछि इतर पार्टीहरूले यसैलाई चुनावी मुद्दा बनाए। अनि एउटै व्यक्तिले देवता रिसाउछन् भनेर धेरै खसी काट्नुपरेको थियो।'

सांसद राउतले आफू पनि आमासँग सानो छँदा दुध खान र पछि कुर्नका लागि छाउगोठमा बसेको बताए।

'आइएनजिओले छाउगोठ जोगाइराख्न खोजे'
समिति सभापति निरु पालले आइएनजिओले छाउगोठ जोगाइराख्न खोजेको आरोप लगाइन्। उनले भनिन्, 'छाउपडीको क्षेत्रमा एनजिओ र आइएनजिओले काम गरेका छन्। छाउपडी र छाउगोठका नाममा खेती भइरहेको छ कि भन्ने आभास भइरहेको छ,' उनले भनिन्, 'यति ठूलो पैसाको खोलो बग्दा त छाउपडी अन्त्य र छाउगोठ नष्ट हुनुपर्ने हो। तर त्यसो भइरहेको छैन।'

मन्त्री गुरुङले पनि एनजिओ र आइएनजिओले छाउगोठ र छाउपडी प्रथा कायमै रहोस् भन्ने चाहेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले भने, 'संघ संस्थाका प्रयत्न यस्ता समस्या रहिरहुन्, हाम्रो डोनेसन आइरहोस् र जागिर खान पाइरहूँ भन्ने त होइन भन्ने हुनसक्छ। गोठ बनाउने पनि एनजिओ र भत्काउने पनि एनजिओ छन्। यो समस्याको समाधान गर्नुपर्छ।' उनले छाउपडी कुप्रथा अन्त्य र छाउगोठ भत्काउनका लागि सरकार आफैँ कार्यक्रम सञ्चालन गर्ने बताए।
एनजिओ र आइएनजिओले छाउपडी र छाउगोठलाई प्रोत्साहन गरिरहेका भए कारवाही गरिने गृहसचिव राईले बताए। उनले भने, 'एनजिओ र आइएनजिओले छाउपडीलाई प्रोत्साहन गरिरहेका भए कारवाही गरिनेछ। त्यस्तालाई खारेज गर्न सरकार तयार रहेको छ। त्यस्ताका नाम आउनुपर्‍यो।'

मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सम्मेलन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए। महिनावारीलाई मर्यादित र प्राकृतिक प्रक्रिया भएको जनजेतना फैलाउनका लागि २०७७ जेठ १३, १४ र १५ गते काठमाडौंमा उक्त सम्मेलन आयोजना हुने उनले बताए।

छाउपडी र छाउगोठविरुद्ध निरन्तर अभियान चलाउनुपर्ने मन्त्री गुरुङको भनाइ थियो। 'छाउपडी र छाउगोठ अहिले नै अन्त्य तथा नष्ट हुने विषय होइन। यसलाई निरन्तर नियन्त्रण गर्नुपर्ने हुन्छ। महिनावारी भनेको मर्यादित प्रक्रिया हो भन्ने बुझाउन सकिएन। यसको अन्त्यका लागि हाम्रा प्रयत्न एकीकृत रूपमा अगाडि बढ्नेछन्,' उनले भने।

सुदूपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा छाउगोठमा महिला र बालबालिका मृत्यु भएका घटना वर्षैपिच्छे सार्वजनिक हुने गरेका छन्। मुलुकी अपराध संहिता, २०७४ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहारलाई अपराध मान्दै त्यस्तो गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ। सरकारी कर्मचारीले त्यस्तो अपराध गरेमा थप तीन महिना कैद सजाय गर्ने व्यवस्था उक्त कानुनमा छ।

प्रकाशित : कान्तिपुर, पुस २१, २०७६ १९:१६


सुर्खेतमा १८ सय छाउगोठ भत्काउन गृहको विशेष अभियान


सुर्खेतमा १८ सय छाउगोठ भत्काउन गृहको विशेष अभियान
छाउगोठमा राख्ने अभिभावक र बस्नेलाई समेत कारबाही गर्न समितिको निर्देशन
पुस २१, २०७६जयसिंह महरा
काठमाडौँ — कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका १८ सय छाउगोठ भत्काउन सरकारले विशेष अभियान सञ्चालन गरेको गृहसचिव प्रेम राइले बताएका छन् 
संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा राईले कर्णालीको राजधानी सुर्खेतमा १८ सय छाउगोठ रहेका र तिनलाई केही दिनभित्र भत्काउनका लागि विशेष अभियान संचालन गरिएको जानकारी दिए।
'सुर्खेतमा १८ सय छाउगोठ रहेका छन्। तिनलाई ३-४ दिनमा नै नष्ट गर्ने गरी अभियान संचालन भएको छ,' राईले समिति बैठकमा भने, 'स्थानीयको सहभागितामा नै छाउगोठ नष्ट गरिन लागेको हो। अहिलेसम्म कसैबाट अवरोध आएको छैन। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट पनि छाउगोठ राख्दिनँ वा छाउगोठ बस्न दिने छैन भन्ने व्यहोराको रबर स्ट्याम्प प्रतिबद्धतामा लिखित हस्ताक्षर गराउने कार्य प्रारम्भ भएको छ '
गृह मन्त्रालयका अनुसार सुर्खेतमा अहिलेसम्म ३ सय छाउगोठ भत्काइसकिएको छ। अछाममा ९ सय ४९, बझाङमा ७, जाजरकोटमा १, सल्यानमा २, दैलेखमा १७ छाउगोठ भत्काइएको छ। जाजरकोटमा ४ वटा छाउगोठ नष्ट गर्ने तयारी रहेको पनि गृहसचिव राईले जानकारी दिए। छाउगोठ नष्ट गर्नका लागि यी जिल्लाका जनप्रतिनिधि, संघसंस्था, संचारकर्मी, मानअवधिकारवादी, धार्मिक अगुवा, शिक्षक र विद्यार्थी, युवा क्लब र स्वास्थ्यकर्मी लगायतलाई सहभागी गराएर कार्यक्रम संचालन भइरहेका छन्।
गृहसचिव राईका अनुसार कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोल्पा, रुकुम पश्चिममा छाउगोठ छैनन्।
विगतमा कानुनी कारबाहीको व्यवस्था नभएकाले रजश्वला तथा सुत्केरी भएकी महिलाका लागि छाउगोठ बनाउने तथा छाउगोठमा जान बाध्य पार्नेलाई कारबाही गर्न नसकिएको राईको भनाइ थियो। नेपालमा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ कार्यान्वयनमा आएपछि कानुनी अभाव सकिएको र त्यस्तो अपराध गर्नेहरूलाई कारबाही थालिएको उले बताए।
समितिले छाउपडी कुप्रथालाई निर्मूल पार्नका लागि गम्भीरताका साथ काम गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। सभापति निरुदेवी पालले निर्देशनमा भनेकी छन्, 'जसको घरमा यो प्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरका अभिभावक र छाउगोठमा बस्ने महिलालाई समेत अनिवार्य रूपमा कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन र कडा कारबाहीको व्यवस्था मिलाउन समिति गृह मन्त्रालय तथा सो को समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गर्दछ।'
प्रकाशित : कान्तिपुर, पुस २१, २०७६ १५:०१

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...