Tuesday, January 21, 2020

चीनको ताओ


चीनको ताओ
मंसिर २१, २०७६रमेश के.सी.
ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो प्रकृति ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सूक्ष्म बोधको जीवन र समाज चलाउन यसले सिकाउँछ, यही ज्ञान भएको धर्मलाई ताओ भनिन्छ पश्चिमाहरूले डाओसमेत भन्ने यो चीनको प्रमुख धर्म हो २५ सय वर्ष अगाडि लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चिङ हो ८१ भागहरू भएको कवितात्मक यस पुस्तकलाई मैले तीस वर्षदेखि पढिरहेको छु अत्यन्त सरल लाग्ने तर गहन अर्थ भएको यो पुस्तक वास्तवमा आध्यात्मिक शिक्षाहरू भएको चिनियाँ देवत्वको पुस्तक हो 

भारत र नेपालमा जति हिन्दुहरूले आफ्नो पवित्र धर्मग्रन्थको रूपमा गीतालाई सम्मान गर्छन्, यति नै चिनियाँहरू यस ग्रन्थको सम्मान गर्छन् चीनको प्रमुख धर्मग्रन्थको रूपमा यसप्रतिको चासो आज चीन उदयसँगै विश्वभर बढेको चीनको धार्मिक पक्षलाई यसले बुझ्न मद्दत गर्छ चीनका अन्य धर्म कन्फुसियाली र बौद्ध धर्म हुन् कन्फुसियाली ताओ धर्म चीनमा एकअर्काका पूरकजस्तै छन् कन्फुसियाली धर्मले मान्छेको सम्बन्ध मान्छेसँग निर्धारण गर्छ भने ताओले मान्छेको सम्बन्ध प्रकृतिसँग तय गर्छ चीनमा कथन नै कि प्रत्येक चिनियाँले कन्फुसियाली टोपी, ताओ वस्त्र र बौद्ध चप्पल लगाएको हुन्छ भारतको ध्यान चीनमा पुगेपछि जेन बौद्ध धर्म बन्यो स्थानीय परिवेशमा घुलमिल हुँदै यसले असाधारण मौलिक रूप धारण गर्‍यो भने कन्फुसियाली ताओसँग मिलेर बस्यो

ताओले कसरी मानिस र प्रकृति सञ्चालित हुन्छन् बताउँछ र ब्राह्माण्डमा रहेकाहरूको मार्ग तय गर्न सिकाउँछ यसलाई धारणा बुद्धिभन्दा आत्मतत्त्वद्वारा बुझ्न सकिन्छ यसलाई बुझ्नका लागि भाषाको सीमितता , शब्दहरूको सीमितता छ संसारमा रहेका कुरा जन्म लिन्छन् परिवर्तित हुन्छन् भन्ने पाठ यसले दिन्छ मानिसले नैसर्गिक ियमलाई पालना गर्दै प्रकृतिलाई अक्षुण्ण राख्नुपर्छ भन्दै प्राचीन जीवनको वकालत गर्छ प्रत्येक वस्तुको प्राकृतिक स्वभाव हुन्छ

ताओ ते चिङको पूर्ण अर्थ के हो भने ताओ भनेको प्रवाह हो, ते त्यही प्रवाहमा बाँचेको जीवन हो, जुन नैतिक र सदाचारले भरिएको हुन्छ चिङ भनेको सम्मानित ग्रन्थ हो वा शताब्दीमा एउटा पहाडमा लेखेको यस ग्रन्थका शिक्षाहरूले पछि चिनियाँ समाजमा व्यापक प्रभाव पार्‍यो लाओ त्सु सन्त घोषित गरिए पछि उनका अनुयायीहरू देखापरे चाङ यु, विन वेने र येआङ जीले पछिबाट यस धर्मको विस्तार गरे यसलाई ९ औं शताब्दीमा जर्मनी इसाई धर्म प्रचारक रिचर्ड बेलहिल्मले जर्मन भाषामा अनुवाद गरेका थिए जसको पछिबाट अंग्रेजीमा अनुवाद भयो यो अनुवादलाई प्रामाणिक अनुवाद मानिएको संसारमा बाइबलपछि एकदम धेरै संख्यामा अनुवाद गरिएको यो पुस्तक धर्म ध्यानका लागिमात्रै होइन कि व्यवस्थापन गुरु, ‘सेल्फ सेल्फ’ र ‘न्युएज’ आध्यात्मिक खोजकर्ताहरूका लागि निर्देशिका नै बनेको छ सन् ७० को दशकमा हार्वर्डका मनोविज्ञानका प्राध्यापक तिमेथी लेरीले यसलाई एलएसडीको प्रयोगका लागि अनुसन्धान गर्ने प्रमुख गाइड बनाएका थिए यसर्थ ताओले चिङ विश्व साहित्यको प्रमुख ग्रन्थ हो यसको प्रभाव चिनियाँ साहित्य, चित्रकला र फेसनमा समेत छ

सबै कुरा आफ्नो मूलरूपमा आउँछन्, धेरै टाढा जानु भनेको फर्कनु हो’ जस्ता विरोधाभाषी भनाइ बोक्ने यस ग्रन्थका हरफहरू आन्तरिक मनले मात्र बुझ्न सकिने जानकारहरू बताउँछन् निन्छ, ताओको कुनै सुरुवात र अन्त्य छैन यो निरन्तर प्रवाहमा त्यही प्रभावमा बग्नु नै बुद्धिमतापूर्ण जीवन हो भन्दै यसले मान्छेलाई आत्मासँंग जोड्ने कार्य गर्छ यसले अहम् केन्द्रित जीवनलाई आविष्कार गर्छ, जसले ‘एक्सन अफ ननएक्सन’को दर्शनलाई प्रोत्साहन गर्छ ताओमा पानीको रूपकलाई बारम्बार प्रयोग गरिएको जीवनलाई पानीसंँग तुलना गर्दै नदीको प्रवाह विपरीत जानु होइन, संँगै बग्नु प्रवाह हो भनिएको छ पानी नरम तरल हुन्छ तर यसले कठोरतालाई विजय गर्छ पानीले वनस्पति, जन्तु र मानिस सबैको पालन–पोषण गर्छ

प्रकृतिको शक्तिलाई चिन्न र त्यही शक्ति अनुरुप चल्न ताओले सिकाउँछ धारणा बुद्धि तत्त्वभन्दा आत्माको संज्ञानमा जोड दिने ताओका शिक्षाहरू हुन्, ‘मान्छेले पृथ्वीको बाटाहरू पछ्याउँछ, स्वर्गका बाटाहरू पछ्याउँछ, स्वर्गले ताओका बाटाहरू पछ्याउँछ, ताओले आफ्नो बाटो पछ्याउँछ’ दया करुणाले सधैं जित्छ भन्ने सन्देश बोकेको ताओ ते चिङ आफैलाई जान्ने सरल पुस्तक हो असक्त नहोऊ, आफूलाई स्वतन्त्र छोड, चेतनाको पवित्रताले देवत्व प्राप्त हुन्छ भन्ने यस ग्रन्थ विनम्र बन्न सिकाउँछ अद्वैत चेतनाको यो पुस्तकले चिनियाँ धर्मको दुई विपरीत ध्रुव यिङ र याङको सन्तुलित अवस्था नै जीवनको सन्तुष्टि हो भन्ने सन्देश प्रवाह गर्छ अहिले संसारभरि चीनको समाजलाई बुझ्ने प्रयत्न भइरहेका छन् नेपालमा पनि राजनीतिक रूपमा चीनको चर्चा चुलिएको विशेष गरेर बेल्ट रोड अभियान केरुङ–काठमाडौं रेलमार्गका न्दर्भमा चर्चा हुने गर्छ तर चीनका अनेकौं पक्ष छन्

लामो लिखित इतिहास बोकेको ताओ धर्म चीनको अमूल्य ग्रन्थमात्र होइन कि मानव जीवनलाई निर्देशन गर्ने गहकिलो पुस्तक हो लाओत्सु कन्फुसियसका समकालीन थिए २५ सय वर्ष अगाडिको त्यो युगलाई जर्मन चिन्तक कार्ल यास्पर्सले ‘एक्सियल एज’ भनेका छन्, किनभने त्यो कालखण्डमा ग्रीकमा अरस्तु, प्लेटो, सोक्रेटस, चीनमा कन्फुसियस, लाओत्सु र दक्षिण एसियामा बुद्ध र महावीरहरू जस्ता धर्म र ज्ञानका आविष्कारहरू जन्मिएका थिए ताओ ते चिङका लेखक लाओत्सुलाई पश्चिमी जगतका कवि होमरजस्तै पौराणिक व्यक्तित्व मानिन्छ जसका विषयमा अनेको किंवदन्ती रचिएका छन् ५० करोड जनताले मान्ने यस धर्मग्रन्थमा कविताका रूपमा हजार शब्दमात्र छन् शासन शासकका बारेमा पनि ज्ञान दिन यो दर्शन आज पनि उत्तिकै उपयोगी शिक्षाप्रद
प्रकाशित : मंसिर २१, २०७६ ०८:४६


गाउँगाउँमा आयुर्वेद उपचार


गाउँगाउँमा आयुर्वेद उपचार
वैशाख १९, २०७६मोहन शाही
डोटी — दिपायल सिलगढी नगरपालिका तिखाका देवेन्द्र खड्का मधुमेह रोगको उपचारका लागि २/२ महिनामा भारतको फैजाबाद जान्छन् आयुर्वेदिक उपचार गर्न नेपालबाट फैजाबादमा जाने बिरामीको संख्या बर्सेनि बढेको उनी बताउँछन् 
खड्काले भने, 'उपचार खर्चिलो र समय लाग्ने भए पनि शरीरलाई अनावश्यक हानि नगर्ने भएकाले आयुर्वेदतिर म आकषिर्त छु'
बडीकेदार गाउँपालिका २ बर्छैनकी राधा थापालाई मौसम परिवर्तन हुनेबित्तिकै रुखाखोकीले सताउँथ्यो जाडो याममा बाथ रोगले उस्तै सताउने धनगढीमा स्नातक अध्ययनरत छोरा सन्दिपसँग एन्टिबायोटिक औषधि मगाएर उनी खान्थिन् औषधिले केही राहत भए पनि रोग भने कहिल्यै निर्मूल नभएको उनले बताइन्

हिजोआज उनी आयुर्वेदिक औषधी सेवन गर्न थालेकी छन् नियमित रूपमा औषधी खाँदा आयुर्वेदिक विधिबाट उपचार गर्दा उनले सन्चो महसुस गरेकी छन् गाउँतिर आयुर्वेदिक औषधिबारे सकारात्मक धारणा छैन 'खानेबित्तिकै सन्चो नहुने, सबै ठाउँ नपाइने भएकाले पनि यस्तो धारणा भएको होला,' उनले भनिन्, 'तर पछिल्लो समय मलाई भने आयुर्वेदिक औषधीकोे नियमित सेवनले फाइदा गरेको छ' गाउँमा अहिले आयुर्वेदिकको नियमित औषधी सेवनकर्ता संख्या ७ जना रहेको उनले बताइन्

दिपायलकी ७६ वषर्ीया भागरथी कठायत ७ वर्ष अघिदेखि बाथरोगबाट थला परेकी थिइन् मेडिकलमा वर्षसम्म सुई लगाए पनि समस्या टरेन गत मंसिरदेखि उनले आयुर्वेदिक औषधिको बाफ लगाएर उपचार सुरु गरेकी छन् आयुर्वेदिक उपचार गराउँदा बढी राहत मिलेको महसुस भएको उनले बताइन् ६० वषर्ीया शारदा थापा पनि आयुर्वेदिक औषधी उपयोगी रहेको बताउँछिन् 'पैसाको सत्यानाश भयो तर रोगले सताउन छाडेन,' शारदाले खुसी हुँदै भनिन्, 'अहिले कम्मरमा सुन्निएको भाग सन्चो भएको छ राती निद्रा पनि पर्न लागेको '

पछिल्लो समय आयुर्वेदिक चिकित्साप्रति आकषिर्त हुने बिरामीहरूको संख्या बढ्दै गएको छ हाडजोर्नी, नसर्ने रोगहरू, दीर्घरोगीहरू आयुर्वेदिक उपचारतर्फ लागेका छन् बुधबार केआईसिंह गाउँपालिकाले आयोजना गरेको आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार गर्न आउने वृद्धवृद्धाको घुइँचो लागेको िखात्तरमा सञ्चालन गरेको शिविरमा उपचार गर्न आएकामध्ये हाडजोर्नी, नसर्ने तथा दीर्घरोगीको संख्या धेरै रहेको कविराज खड्क बमले बताए
कान्तिपुर, प्रकाशित : वैशाख १९, २०७६ ०९:५८


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...