गाउँगाउँमा आयुर्वेद उपचार
डोटी — दिपायल सिलगढी नगरपालिका तिखाका
देवेन्द्र खड्का मधुमेह रोगको उपचारका लागि २/२ महिनामा भारतको फैजाबाद जान्छन् । आयुर्वेदिक उपचार गर्न नेपालबाट फैजाबादमा जाने बिरामीको संख्या बर्सेनि बढेको उनी बताउँछन् ।
खड्काले भने, 'उपचार खर्चिलो र समय लाग्ने भए पनि शरीरलाई
अनावश्यक हानि नगर्ने भएकाले आयुर्वेदतिर म आकषिर्त छु ।'
बडीकेदार गाउँपालिका २
बर्छैनकी राधा थापालाई मौसम परिवर्तन हुनेबित्तिकै रुखाखोकीले सताउँथ्यो । जाडो याममा बाथ रोगले उस्तै सताउने ∕ धनगढीमा स्नातक अध्ययनरत छोरा सन्दिपसँग एन्टिबायोटिक औषधि मगाएर उनी खान्थिन् । औषधिले केही राहत भए पनि रोग भने कहिल्यै निर्मूल नभएको उनले बताइन् ।
हिजोआज उनी आयुर्वेदिक
औषधी सेवन गर्न थालेकी छन् । नियमित रूपमा औषधी खाँदा र आयुर्वेदिक विधिबाट उपचार गर्दा उनले सन्चो महसुस गरेकी छन् । गाउँतिर आयुर्वेदिक औषधिबारे सकारात्मक
धारणा छैन । 'खानेबित्तिकै
सन्चो नहुने, सबै
ठाउँ नपाइने भएकाले पनि यस्तो धारणा भएको होला,' उनले भनिन्, 'तर पछिल्लो समय मलाई भने आयुर्वेदिक औषधीकोे
नियमित सेवनले फाइदा गरेको छ ।' गाउँमा अहिले आयुर्वेदिकको नियमित औषधी
सेवनकर्ता संख्या ७ जना रहेको उनले बताइन् ।
दिपायलकी ७६ वषर्ीया
भागरथी कठायत ७ वर्ष अघिदेखि बाथरोगबाट थला परेकी थिइन् । मेडिकलमा २ वर्षसम्म सुई लगाए पनि समस्या टरेन । गत मंसिरदेखि उनले आयुर्वेदिक औषधिको बाफ लगाएर उपचार सुरु गरेकी छन् । आयुर्वेदिक उपचार गराउँदा बढी राहत मिलेको महसुस भएको उनले बताइन् । ६० वषर्ीया शारदा थापा पनि आयुर्वेदिक औषधी उपयोगी रहेको बताउँछिन् । 'पैसाको सत्यानाश भयो तर रोगले सताउन छाडेन,' शारदाले खुसी हुँदै भनिन्, 'अहिले कम्मरमा सुन्निएको भाग सन्चो भएको छ । राती निद्रा पनि पर्न लागेको छ ।'
पछिल्लो समय आयुर्वेदिक
चिकित्साप्रति आकषिर्त हुने बिरामीहरूको संख्या बढ्दै गएको छ । हाडजोर्नी, नसर्ने रोगहरू, दीर्घरोगीहरू आयुर्वेदिक उपचारतर्फ लागेका छन् । बुधबार केआईसिंह गाउँपालिकाले आयोजना गरेको आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार गर्न आउने वृद्धवृद्धाको घुइँचो लागेको छ । तिखात्तरमा सञ्चालन गरेको शिविरमा उपचार गर्न
आएकामध्ये हाडजोर्नी, नसर्ने
तथा दीर्घरोगीको संख्या धेरै रहेको कविराज खड्क बमले बताए ।
कान्तिपुर, प्रकाशित
: वैशाख १९,
२०७६ ०९:५८