Tuesday, January 21, 2020

गाउँगाउँमा आयुर्वेद उपचार


गाउँगाउँमा आयुर्वेद उपचार
वैशाख १९, २०७६मोहन शाही
डोटी — दिपायल सिलगढी नगरपालिका तिखाका देवेन्द्र खड्का मधुमेह रोगको उपचारका लागि २/२ महिनामा भारतको फैजाबाद जान्छन् आयुर्वेदिक उपचार गर्न नेपालबाट फैजाबादमा जाने बिरामीको संख्या बर्सेनि बढेको उनी बताउँछन् 
खड्काले भने, 'उपचार खर्चिलो र समय लाग्ने भए पनि शरीरलाई अनावश्यक हानि नगर्ने भएकाले आयुर्वेदतिर म आकषिर्त छु'
बडीकेदार गाउँपालिका २ बर्छैनकी राधा थापालाई मौसम परिवर्तन हुनेबित्तिकै रुखाखोकीले सताउँथ्यो जाडो याममा बाथ रोगले उस्तै सताउने धनगढीमा स्नातक अध्ययनरत छोरा सन्दिपसँग एन्टिबायोटिक औषधि मगाएर उनी खान्थिन् औषधिले केही राहत भए पनि रोग भने कहिल्यै निर्मूल नभएको उनले बताइन्

हिजोआज उनी आयुर्वेदिक औषधी सेवन गर्न थालेकी छन् नियमित रूपमा औषधी खाँदा आयुर्वेदिक विधिबाट उपचार गर्दा उनले सन्चो महसुस गरेकी छन् गाउँतिर आयुर्वेदिक औषधिबारे सकारात्मक धारणा छैन 'खानेबित्तिकै सन्चो नहुने, सबै ठाउँ नपाइने भएकाले पनि यस्तो धारणा भएको होला,' उनले भनिन्, 'तर पछिल्लो समय मलाई भने आयुर्वेदिक औषधीकोे नियमित सेवनले फाइदा गरेको छ' गाउँमा अहिले आयुर्वेदिकको नियमित औषधी सेवनकर्ता संख्या ७ जना रहेको उनले बताइन्

दिपायलकी ७६ वषर्ीया भागरथी कठायत ७ वर्ष अघिदेखि बाथरोगबाट थला परेकी थिइन् मेडिकलमा वर्षसम्म सुई लगाए पनि समस्या टरेन गत मंसिरदेखि उनले आयुर्वेदिक औषधिको बाफ लगाएर उपचार सुरु गरेकी छन् आयुर्वेदिक उपचार गराउँदा बढी राहत मिलेको महसुस भएको उनले बताइन् ६० वषर्ीया शारदा थापा पनि आयुर्वेदिक औषधी उपयोगी रहेको बताउँछिन् 'पैसाको सत्यानाश भयो तर रोगले सताउन छाडेन,' शारदाले खुसी हुँदै भनिन्, 'अहिले कम्मरमा सुन्निएको भाग सन्चो भएको छ राती निद्रा पनि पर्न लागेको '

पछिल्लो समय आयुर्वेदिक चिकित्साप्रति आकषिर्त हुने बिरामीहरूको संख्या बढ्दै गएको छ हाडजोर्नी, नसर्ने रोगहरू, दीर्घरोगीहरू आयुर्वेदिक उपचारतर्फ लागेका छन् बुधबार केआईसिंह गाउँपालिकाले आयोजना गरेको आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार गर्न आउने वृद्धवृद्धाको घुइँचो लागेको िखात्तरमा सञ्चालन गरेको शिविरमा उपचार गर्न आएकामध्ये हाडजोर्नी, नसर्ने तथा दीर्घरोगीको संख्या धेरै रहेको कविराज खड्क बमले बताए
कान्तिपुर, प्रकाशित : वैशाख १९, २०७६ ०९:५८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...