Wednesday, March 18, 2020

पहाडबाबा माओवादी देखिने ऐना


पहाडबाबा माओवादी देखिने ऐना
२०७६ फाल्गुण ३ शनिबार १४:१२:००
रामपरीक्षणको जीवनमा दुईवटा यू टर्न छन् अभाव, भेदभाव र अपमानको नारकीय अवस्थाबाट मुक्तिको खोजीमा जनयुद्धमा सामेली एउटा अवस्था, र आफ्नो भाग्यको निर्माण आफैँ गर्ने क्रान्तिपथबाट भगवान् भरोसे भक्तिपथमा अवतरण अर्को अवस्था यो डबल यू टर्नको प्रक्रियामा उनका नाम तीनवटा भए दलित रामपरीक्षण, क्रान्तियोद्धा कमरेड पहाड र भगवान्भक्त बाबा रामपरीक्षण अवस्था नामहरूको यो नाटकीय परिवर्तन अर्थपूर्ण रामपरीक्षणको उकाली-ओरालीयुक्त जीवनयात्रा वास्तवमा माओवादी विद्रोहको उत्थान पतन देखिने ऐना हो 
क्रान्तिशास्त्रका पोथाहरू छिचालेर सामान्य जनक्रान्तिमा लाग्दैनन् शोषित उत्पीडित हुँदैमा कोही स्वतः क्रान्तिमा लाग्दैन व्यक्तिक्रान्तिमा लाग्ने अवस्था कारण अनेक हुन्छन् कोही क्रान्तिका रुमानी नाराले आपूmतिर खिचेर, कोही साथीसंगीको पछि लागेर, कोही कसैबाट बहकिएर, कोही कुनै इखबाट प्रेरित भएर र कोही क्रान्तिमा लागेको आशंकामा क्रान्तिविरोधी सत्ताद्वारा पीडित भएर क्रान्तिमा लाग्छन् रामपरीक्षण क्रान्तिमा लाग्न उसको चरम शोषित उत्पीडित अवस्था भौतिक कारण बन्यो सत्ताको निर्मम लखेटाई तत्कालको निहुँ बन्यो उनको पहिलो यू टर्नको कार्य, कारण र परिणति तर्कसंगत छ त्यो स्पष्ट देखिन्छ, बुझिन्छ र त्यसको मूर्त व्याख्या गर्न सकिन्छ दोस्रो यू टर्नका कारक कारुणिक जटिल छन् यो जटिलता अबोधगम्य भने किमार्थ होइन
रामपरीक्षण उर्फ कमरेड पहाड ‘देश र जनताका लागि लड्ने सपना’बाट प्रेरित भई नित्य ज्यान हत्केलामा राखेर लडे उनी आमा, पत्नी र छोराछोरीलाई गरिबी, छुवाछूत र हेलाँहोचोबाट मुक्त गर्ने हेतुले लडे उनी छापामारको कमान्डरसमेत भई उन्नत राइफल भिरेर लडे मधेसवासी रामपरीक्षण कमरेड पहाडको औतारमा जब लड्दै थिए, उनले ‘न कसैको विभेद भोग्नु प-यो, न कुनै सामन्तको खटन मान्नुप-यो वर्षभरि कमाएर कसैलाई अन्न दिनुप-यो, न धोबीको बेटा भन्दै अपमान गर्ने शब्द सुन्नुप-यो।’ क्रान्तिले उनको त्यो उन्मुक्त अवस्थालाई विस्तार गरी समस्त दलित–शोषितलाई मुक्त गर्ला भन्ने उनको आशा थियो त्यो आशालाई साकार पार्न उनी ज्यान दिन तयार थिए तर, उनका लागि म ताक्छु मूढो, बन्चरो ताक्छ मेरो घुँडो भइदियो 
आखिर भयो के?
रामपरीक्षण साहसको भावनात्मक छाती नापिएर माओवादी जनयुद्धमा सामेल हुन योग्य ठहरिएका थिए कैदतुल्य क्यान्टोन्मेटमा युएनले योग्यता ठहर गर्न फित्ताले उनको भौतिक छाती नाप्यो त्यो अपमानपूर्ण आघातले कमरेड पहाड आहत भए सेना समायोजनको नाममा ‘शत्रु सेना’को कमान्डमा जान उनको क्रान्तिकारी मन मानेन तसर्थ, उसले स्वेच्छिक अवकाश रोजेर पाँच लाख रुपैयाँ ज्याला थापे पहिले उनी यादवका हातबाट शारीरिक श्रमको ज्याला थाप्थे, अहिले युएनका हातबाट क्रान्तिकर्मको ज्याला थापे कमरेड पहाडको मानसमा यो विवशतायुक्त ज्याला दोस्रो आघात हुन गयो
माथिको आज्ञा’ भनेर उनीसँग एक लाख रुपैयाँ धुत्न खोजियो, उनले त्यो लुब्ध आज्ञाको अवज्ञा गरे पाँच लाख रुपैयाँ थापेर जब कमरेड पहाड घर गए, कतै केही परिवर्तन नभएको क्रुर यथार्थ उनका लागि भयानक आघात बन्यो उनको ‘जीवन पुनः मुसिको भव’ भयो अनि फेरि उही यादवको जमिन जोत्नु, भिखारीका रूपमा आफ्नो श्रमको नाम मात्रको ज्याला हात थाप्नु, मन्दिर, स्कुल, इनार, हाटबजार सर्वत्र उही छोइछिटो, उही हेलाँहोचो, उही हुर्मत आदि विचित्र भयो त्यत्रो उपद्रो क्रान्ति भयो, तर जीवनको अभाव, विभेद र अपमानमा रत्तिभर हेरफेर भएन क्रान्ति कमरेड पहाडको जीवनमा दिवा स्वप्नतुल्य भयो यो अर्को आघातले उनी झनै मर्माहत भए
त्यसपछि के भयो? कमरेड पहाड भन्छन्, ‘नेताहरूले लक्ष्य भुल्दै गएपछि मेरो कुुरा सुन्नै छाडे नेताहरूले रेलको लिक छाडेपछि मजस्ता मान्छे फेरि किनारामै धकेलियौँ।’ क्रान्तिको लक्ष्यलाई सम्झौताको वेदीमा विसर्जन गर्दा हात लागेको फल भोग्न नेताहरू सत्तामा उक्लिए, टाठाबाटा कार्यकर्ताले भिक्षार्थीका रूपमा नेताका पाइला पछ्याए कमरेड पहाडजस्ता सीधासादा लडाकु तल धूलामा छाडिए, उपेक्षित भए र बिर्सिइए कमरेड पहाडको क्रान्तिप्रतिको मोह भंग भयो तत्पश्चात् चरम निराश, हतास र निरुपाय यी कमरेड क्रान्तिले केही गरेन, ‘भगवान्ले पक्कै केही गर्छ’ भन्ने आसमा भक्तिमार्गतर्फ लागे
कमरेड पहाडको यो भाग्यवादी यू टर्न माओवादी जनयुद्धको पतनको निर्मम उद्घोष हो उद्घोष भन्छ– माओवादी जनयुद्धको पतनको अन्तर्यमा यसको छिपछिपे वैचारिक तथा सांस्कृतिक आधार निहित यो पतनको अन्तर्यमा नेतृत्वद्वारा केवल आफ्नो निहित स्वार्थको व्यवस्थापन र समर्पित तथा इमानदार कार्यकर्ताको व्यवस्थापनको घोर उपेक्षा निहित छ रामपरीक्षण उर्फ कमरेड पहाड उर्फ भक्त बाबा एकजना पत्रकारका दृष्टिमा परेका केवल एक पात्र हुन् यस्ता दृष्टिमा नपरेका यस्ता पात्रहरू कति छन् कति!


कुल्चिएको संस्कृति, बिर्सिएको इतिहास


कुल्चिएको संस्कृति, बिर्सिएको इतिहास
हिन्दु मान्यता अनुसार भगवान ब्रम्हाको वाणीको रुपमा लिइने मनुस्मृतिमा भनिएको छ कि, ‘तुच्छ बस्तुबाट पनि स्वर्ण निस्किन्छ भने निकाल्नु पर्दछ ।’ मानव समाजको पहिलो संविधानको रुपमा लिइने मनुस्मृतिमा रहेको प्रस्तुत अंशले संस्कृति र इतिहास प्रतिको जिम्मेवारी, उत्तरदायित्व र सम्मानको आवश्यकता बोधलाई दर्शाउछ । भन्नुको तात्पर्य यो हो कि, रुपान्तरण र विकास गर्न नसक्नु हाम्रो समस्या हो, तथापि इतिहास र संस्कृतिले सदैव बेग्लै रस बोकेको हुन्छ । समयको गतिशीलतासँगै केहि विगतहरु आज निरर्थक भए होलान् । यसो भन्दैमा तिनमा केहिपनि विज्ञान र सार्थकता नलुकेका र नभएका भने पक्कै होइनन् । 
अवलम्बन गर्नुपर्नेले निरन्तरता दिए पश्चात् जुनै कार्य पनि संस्कारको रुपमा विकास हुन्छ । राम्रो संस्कृतिको निरन्तरता र रुपान्तरण संस्कारको रुपमा कहलिन्छ भने राम्रो संस्कृतिमा धमिरा लागेपछि कु–संस्कार हुन्छ । नेपाली समाजमा त्यस्ता धेरै कु–संस्कारहरु विद्यमान् छन् । जुन पवित्र मान्यताले स्थापित भएता पनि आज अन्धविश्वासमा रुमलिएका छन् । सायदै यस्ता अन्धविश्वासबाट सबैभन्दा पीडित लक्षित समुह महिला हो । जसका पक्षमा पुर्खाले एउटा रित बसाल्न खोजे तर, आज ठिक विपरित हुन गयो । महिनावारी हुँदा शारिरीक अवस्था कमजोर हुने, कामकाज गर्न गाराे हुने तथा आराम गर्नुपर्ने आवश्यकताका आधारमा छोएको अरुले नखाने, बसेको ठाउँमा गएर अनावश्यक तनाव सिर्जना नगर्ने आदि उदेश्यले छुन नहुने र परै बस्नुपर्ने मान्यता विकास भयो । तथापि त्यसलाई पकाउन तथा छुन नहुने तर बाहिरको काम बेस्करी गर्न हुने र छाउगोठमा बस्नुपर्ने कुरितिमा पारिणत गराइयो । 
सुत्केरी अवस्थामा करिब १ महिना शारिरीक आरामको आवश्यकतालाई मध्यनजर गरेर पानी नचल्ने भनी एउटा उद्देश्यका साथ थिति निर्माण गर्न खोजेको पाइन्छ । तथापि मानिसहरुले यसलाई पानी नचल्ने तर घाँसपात, हलो, कोदालो, डोको नाम्लो गर्न हुने विपरीत थिति बसाले । यि दुई उदाहरणीय प्रसंगलाई केलाउँदा यो समाजमा सबैभन्दा पछि पारिएको र परेको जात, वर्ग जे–जे भनेता पनि महिला नै हो । यसर्थ सबैभन्दा बढी सामाजिक न्याय र समानता तथा सामाजिक सुरक्षा र संरक्षण महिलालाई नै आवश्यक देखिन्छ । 
हामीले जसरी महिलाका केहि पक्षलाई गलत परम्परामा विकास गर्दै गयौँ । ठिक त्यसैगरी मानव सभ्यताको विकास भएको पूर्वी एसियाबाट विकसित पूर्वीय दर्शनलाई पनि भुल्दै गएका छौँ । हुनत द्विविधा पनि छ ! श्रीमद् भागवत पुराण, गीता, वेद, महाभारत, रामायणलाई दर्शन, कथा वा इतिहास के मान्ने ? दैवी शक्ति, युग र समयको प्रसंगले आधुनिक चलचित्रहरुमा प्रयोग भएको भन्दा अत्याधुनिक प्रविधिको झल्को दिने गर्दछ ।
वास्तवमा आजभन्दा अघि यो सम्भव होला र ? नभए कथा मान्नुको विकल्प पनि त रहेन ! जे होस यि सबै कुरा विश्वासमा अडिएका हुन् । विश्वासले पनि कतिपय बिषयमा चाहिँ राम्रो संंस्कृतिको स्वरुप प्रदान गरेको पाइन्छ । धर्म, संस्कृति, चाडपर्व आदि सबैले विश्वासमा आधारित पहिचान बोकेका हुन्छन् । धार्मिक सम्प्रदायबीच आजको समयमा जतिपनि द्वन्द्व देखिन्छ, यसको मुख्य कारण भनेको संस्कारको विखण्डन नै हो । किनकि कुनैपनि धर्मको सार भनेको सत्य, अहिँसा, उपकार, दान, सहयोग, माया, स्नेह शिवाय अरु हुनै सक्दैन । संस्कृति र चाडपर्वको मुख्य ध्येय आफन्त, साथिभाई भेला भई आपसी सुख र दुःख साथै भाइचारा साटासाट गर्नुको विकल्पमा अरु केहि हुन सक्दैन । 
धार्मिक र सांस्कृतिक विचलनको रुपमा हाल भएका धर्मको मर्म विपरित एक आपसमा द्वन्द्व र हाम्रा मौलिक संस्कृति तथा चाडपर्वमा पश्चिमा संस्कृतिको प्रभावले गुम्न पुगेको मौलिकता हो । जसलाई हामीले कुल्चिएर अघि बढ्न थाल्यौँ । 
इतिहास आफैँमा जित्नेले लेख्छ । अर्थात् इतिहासमा विजयको गौरवले बढी राज गर्ने गर्दछ । तर आज हाम्रो परिवेसमा इतिहासको अवमुल्यन भइरहेको छ । इतिहास बिर्सिनु वा इतिहासको मूल्य नै नबुझ्नु बिडम्बना हो । समाज र राज्यलाई कुनै सुत्रमा डोहो-याउने काम राजनीतिले गर्दछ । राजनीतिका पात्रहरुले गर्ने व्यहारबाट समाजको कार्यदिशा तय हुने गर्दछ । नेपालमा वि.सं. १९१० मा जंगबहादुर राणाले दरबार हाइस्कुलको स्थापना गरी औपचारिक शिक्षाको थालनी गरेको पाइन्छ भने पञ्चायतकालिन समयमा शिक्षा आर्जन गरेकाहरुबाट नै आज राज्य संचालन भइरहेको छ । तर आजको शिक्षाको खस्कँदो स्तरलाई विश्लेषण गरी गुणस्तरीय शिक्षाको उपलब्धता र शिक्षाको व्यापारीकरण रोक्न नसकेर इतिहासलाई यो वा त्यो कालखण्डका नाममा दोष लगाउन मिल्छ
जहाँनीय शाह वंशीय राजसत्ता नागरिक बलमा ढालिएको सत्य हो । तथापि एउटा बिराउने शाखा पिराउने जस्तै गरि कसैसँगको राजनीतिक र रणनीतिक मत भिन्नताका आधारमा नागरिकको हवला दिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक तोड्न मिल्छ ? हाल पनि विकासको नमुना मान्न सकिने राजा महेन्द्रले निर्माण गरेको राजमार्गको नाम नै परिवर्तन गर्नुपर्ने आवश्यकता हो त ? त्यहि राजमार्ग किनारामा रहेको उनैको शालिक तोड्नु कुन मानसिकताको उपज हो ? जहाँनीया राणा शासन नागरिक स्वतन्त्रताको विपक्षमा थियो, जसमा शंका छैन । तथापि इतिहासलाई एउटा सिकाइको रुपमा लिनुपर्छ । 
यो होइन कि, तिनै चन्द्र शमसेरले बनाइदिएको भूकम्पले भत्काएको सिंहदरबारको छानोमा प्लाष्टिक ओडाएर शासन संचालन गर्दै राणा शासनले देश बर्बाद ग-यो ! यो होइन कि वि.सं. २०२९ सालमा बनेको राजमार्गमा सवारी जाममा परेका नागरिकको बीचबाट साइरन बजाएर सभामा निस्किएर भाषण गर्दै महेन्द्रकालिन शासनले देश पछि प-र्यो ! समय र जनसंख्याको परिवर्तनसंगै सडक विस्तार गर्न तथा शासन संचालन गर्ने र शासक बस्ने संरचना बनाउन कस्ले रोक्यो ? इतिहासको दोहन गरेर इतिहासलाई नै गलौज गर्न जो कोहिलाई पनि छुट हो, लोकतन्त्रमा ?
जनजिब्रोमा एउटा भनाई छ, राजनीति र कर्मचारीतन्त्र दुवै खराब भए । हो खराब भए तर कर्मचारीतन्त्रले राजनीतिले बनाएका कानून, नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने हो । राजनीतिक प्रणाली र त्यसका पात्रमा आदर्श र नैतिकता नडगमगाउने हो भने कर्मचारीतन्त्र आफैँ सुधार हुन्छ । नेताहरुले बारम्बार अहिलेको संरचना भत्काउनुपर्छ भनेको सुनिन्छ । भत्काउने भनेको के ? योजनामा कि, लहडमा ? कि विश्वमा नै हालसम्म पत्ता नलागेको कर्मचारीतन्त्रको विकल्प नेपालमा पत्ता लागेको पक्कैपनि हैन होला । यसर्थ कर्मचारीतन्त्रको सुधारका लागि सबैभन्दा पहिले राजनीतिक व्यवस्था र पात्रहरुमा आदर्श र नैतिकता स्थापित हुनुपर्दछ ।
जसकालागि वर्तमान राजनीतिक संस्कारलाई पहिले भत्काउनुपर्दछ । यस्तो राजनीतिक संस्कार निर्माण गर्नु पर्दछ, जसले इतिहासको सम्मान गर्न सकोस्, संस्कृतिको जगेर्ना गर्न सकोस्, आदर्श र नैतिक मुल्य स्थापित गर्न सकोस्, सभ्य, समृद्ध र समुन्नत समाजको निर्माणको अभिभारा लिन सकोस्् । 


सम्झनाहरूको झरिलो मौसम

सम्झनाहरूको झरिलो मौसम किशोर नेपाल , नयाँ पत्रिका, जेठ १४, २०७९ सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ   । समयका यी क्षणमा सम्झनाहर...