Wednesday, March 18, 2020

पहाडबाबा माओवादी देखिने ऐना


पहाडबाबा माओवादी देखिने ऐना
२०७६ फाल्गुण ३ शनिबार १४:१२:००
रामपरीक्षणको जीवनमा दुईवटा यू टर्न छन् अभाव, भेदभाव र अपमानको नारकीय अवस्थाबाट मुक्तिको खोजीमा जनयुद्धमा सामेली एउटा अवस्था, र आफ्नो भाग्यको निर्माण आफैँ गर्ने क्रान्तिपथबाट भगवान् भरोसे भक्तिपथमा अवतरण अर्को अवस्था यो डबल यू टर्नको प्रक्रियामा उनका नाम तीनवटा भए दलित रामपरीक्षण, क्रान्तियोद्धा कमरेड पहाड र भगवान्भक्त बाबा रामपरीक्षण अवस्था नामहरूको यो नाटकीय परिवर्तन अर्थपूर्ण रामपरीक्षणको उकाली-ओरालीयुक्त जीवनयात्रा वास्तवमा माओवादी विद्रोहको उत्थान पतन देखिने ऐना हो 
क्रान्तिशास्त्रका पोथाहरू छिचालेर सामान्य जनक्रान्तिमा लाग्दैनन् शोषित उत्पीडित हुँदैमा कोही स्वतः क्रान्तिमा लाग्दैन व्यक्तिक्रान्तिमा लाग्ने अवस्था कारण अनेक हुन्छन् कोही क्रान्तिका रुमानी नाराले आपूmतिर खिचेर, कोही साथीसंगीको पछि लागेर, कोही कसैबाट बहकिएर, कोही कुनै इखबाट प्रेरित भएर र कोही क्रान्तिमा लागेको आशंकामा क्रान्तिविरोधी सत्ताद्वारा पीडित भएर क्रान्तिमा लाग्छन् रामपरीक्षण क्रान्तिमा लाग्न उसको चरम शोषित उत्पीडित अवस्था भौतिक कारण बन्यो सत्ताको निर्मम लखेटाई तत्कालको निहुँ बन्यो उनको पहिलो यू टर्नको कार्य, कारण र परिणति तर्कसंगत छ त्यो स्पष्ट देखिन्छ, बुझिन्छ र त्यसको मूर्त व्याख्या गर्न सकिन्छ दोस्रो यू टर्नका कारक कारुणिक जटिल छन् यो जटिलता अबोधगम्य भने किमार्थ होइन
रामपरीक्षण उर्फ कमरेड पहाड ‘देश र जनताका लागि लड्ने सपना’बाट प्रेरित भई नित्य ज्यान हत्केलामा राखेर लडे उनी आमा, पत्नी र छोराछोरीलाई गरिबी, छुवाछूत र हेलाँहोचोबाट मुक्त गर्ने हेतुले लडे उनी छापामारको कमान्डरसमेत भई उन्नत राइफल भिरेर लडे मधेसवासी रामपरीक्षण कमरेड पहाडको औतारमा जब लड्दै थिए, उनले ‘न कसैको विभेद भोग्नु प-यो, न कुनै सामन्तको खटन मान्नुप-यो वर्षभरि कमाएर कसैलाई अन्न दिनुप-यो, न धोबीको बेटा भन्दै अपमान गर्ने शब्द सुन्नुप-यो।’ क्रान्तिले उनको त्यो उन्मुक्त अवस्थालाई विस्तार गरी समस्त दलित–शोषितलाई मुक्त गर्ला भन्ने उनको आशा थियो त्यो आशालाई साकार पार्न उनी ज्यान दिन तयार थिए तर, उनका लागि म ताक्छु मूढो, बन्चरो ताक्छ मेरो घुँडो भइदियो 
आखिर भयो के?
रामपरीक्षण साहसको भावनात्मक छाती नापिएर माओवादी जनयुद्धमा सामेल हुन योग्य ठहरिएका थिए कैदतुल्य क्यान्टोन्मेटमा युएनले योग्यता ठहर गर्न फित्ताले उनको भौतिक छाती नाप्यो त्यो अपमानपूर्ण आघातले कमरेड पहाड आहत भए सेना समायोजनको नाममा ‘शत्रु सेना’को कमान्डमा जान उनको क्रान्तिकारी मन मानेन तसर्थ, उसले स्वेच्छिक अवकाश रोजेर पाँच लाख रुपैयाँ ज्याला थापे पहिले उनी यादवका हातबाट शारीरिक श्रमको ज्याला थाप्थे, अहिले युएनका हातबाट क्रान्तिकर्मको ज्याला थापे कमरेड पहाडको मानसमा यो विवशतायुक्त ज्याला दोस्रो आघात हुन गयो
माथिको आज्ञा’ भनेर उनीसँग एक लाख रुपैयाँ धुत्न खोजियो, उनले त्यो लुब्ध आज्ञाको अवज्ञा गरे पाँच लाख रुपैयाँ थापेर जब कमरेड पहाड घर गए, कतै केही परिवर्तन नभएको क्रुर यथार्थ उनका लागि भयानक आघात बन्यो उनको ‘जीवन पुनः मुसिको भव’ भयो अनि फेरि उही यादवको जमिन जोत्नु, भिखारीका रूपमा आफ्नो श्रमको नाम मात्रको ज्याला हात थाप्नु, मन्दिर, स्कुल, इनार, हाटबजार सर्वत्र उही छोइछिटो, उही हेलाँहोचो, उही हुर्मत आदि विचित्र भयो त्यत्रो उपद्रो क्रान्ति भयो, तर जीवनको अभाव, विभेद र अपमानमा रत्तिभर हेरफेर भएन क्रान्ति कमरेड पहाडको जीवनमा दिवा स्वप्नतुल्य भयो यो अर्को आघातले उनी झनै मर्माहत भए
त्यसपछि के भयो? कमरेड पहाड भन्छन्, ‘नेताहरूले लक्ष्य भुल्दै गएपछि मेरो कुुरा सुन्नै छाडे नेताहरूले रेलको लिक छाडेपछि मजस्ता मान्छे फेरि किनारामै धकेलियौँ।’ क्रान्तिको लक्ष्यलाई सम्झौताको वेदीमा विसर्जन गर्दा हात लागेको फल भोग्न नेताहरू सत्तामा उक्लिए, टाठाबाटा कार्यकर्ताले भिक्षार्थीका रूपमा नेताका पाइला पछ्याए कमरेड पहाडजस्ता सीधासादा लडाकु तल धूलामा छाडिए, उपेक्षित भए र बिर्सिइए कमरेड पहाडको क्रान्तिप्रतिको मोह भंग भयो तत्पश्चात् चरम निराश, हतास र निरुपाय यी कमरेड क्रान्तिले केही गरेन, ‘भगवान्ले पक्कै केही गर्छ’ भन्ने आसमा भक्तिमार्गतर्फ लागे
कमरेड पहाडको यो भाग्यवादी यू टर्न माओवादी जनयुद्धको पतनको निर्मम उद्घोष हो उद्घोष भन्छ– माओवादी जनयुद्धको पतनको अन्तर्यमा यसको छिपछिपे वैचारिक तथा सांस्कृतिक आधार निहित यो पतनको अन्तर्यमा नेतृत्वद्वारा केवल आफ्नो निहित स्वार्थको व्यवस्थापन र समर्पित तथा इमानदार कार्यकर्ताको व्यवस्थापनको घोर उपेक्षा निहित छ रामपरीक्षण उर्फ कमरेड पहाड उर्फ भक्त बाबा एकजना पत्रकारका दृष्टिमा परेका केवल एक पात्र हुन् यस्ता दृष्टिमा नपरेका यस्ता पात्रहरू कति छन् कति!


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...