Friday, April 17, 2020

पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?


पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ?
'क्रान्तिमा सर्वस्वहरण भयो, रुद्रसमशेरका सन्तानले केही पाएनौं'
सन्त गाहा मगर
Online Khabar, २०७६ जेठ १४ गते १३:४० मा प्रकाशित
१४ जेठ, काठमाडौं । वि.सं. १९९० सालको महाभूकम्पको दुई महिनापछिको कुनै आइतबार सिंहदरबार बिलियार्ड बैठक अघिल्तिरको चौरमा ठूलो पाल टाँगिएको थियो । श्री ५ त्रिभुवन, कमाण्डर इन चीफ रुद्रशमशेर जबरा, रोलवाला जनरल र उनीहरूका आफन्तजन श्री ३ महाराजको पर्खाइमा थिए ।
अपरान्ह ठीक दुई बजेर २५ मिनेट जाँदा दुबै हातमा लोडेड पेस्तोल लिएका जुद्धशमशेर बैठकको बीचमा आएर उभिए । त्यसैगरी हातमा माजर पेस्तोल सोझ्याएका तीन भाइ छोरा जुद्धको पछाडि उभिए । कमाण्डर इन चीफ रुद्रशमशेरलाई हेर्दै जुद्धशमशेरले कराए, ‘…तिमी पाल्पा जाउ, उहीँ बस ।’
मैले त केही बिराएजस्तो लाग्दैन…’, रुद्रशमशेरको जवाफ ।
तिमीले केही बिरायौ भनेर मैले भनेको छैन’, जुद्धशमशेरले थपे ‘सबै काम राम्रोसित गरेका छौ, … लौ जाऔ ।’
प्रमोद समशेर जबराको पुस्तक ‘राणाशासनको वृत्तान्त’ मा उल्लेख भएको रुद्रशमशेरको खलक पाल्पा धपिँदाको प्रसंग हो यो ।
प्रमोदशमशेरका अनुसार, त्योबेला रुद्र समशेरबाहेक अरुको चल-अचल सम्पत्ति खोस्ने, जफत गर्ने काम भएन । उनी लेख्छन्, ‘जुद्ध र र रुद्र बालसंगाती थिए । बेलामौकामा जुद्धलाई रुद्रले धेरै प्रकारबाट सहयोग पनि गर्थे भन्ने सुनिएको थियो । तर, के कारणले हो, उनकै सम्पत्ति मात्र जफत गरे । त्यो कुरा खुल्न सकेन ।’
त्यतिबेला जुद्धशमशेरले रुद्रको हीरा-पन्ना जडित श्रीपेच, बाबु वीरशमशेरबाट अंशमा पाएको सुनका भाँडाहरुको सेट र डेढसय रोपनी जग्गामा बनेको चारबुर्जा दरबार जफत (कब्जा) गरी आफ्ना छोराहरूलाई बकस दिएको ‘राणाशासनको वृत्तान्त’मा उल्लेख छ । जुद्धका छोरा बहादुरशमशेरले पाएपछि चारबुर्जा दरबार (हाल निर्वाचन आयोग) बहादुर भवन कहलियो ।
कमलमणि दीक्षितका अनुसार (मजलिशको आँखा-१५, तीनओटा चारबुर्जा दरबार, हिमाल -२०७२) वीरशमशेरले त्यो दरबार बनाउने जिम्मा त्यसबखतका नामी इन्जिनियर जोगलाल स्थापितलाई दिएका थिए । स्थापितले भवनको चारैतिर बुर्जा (गोलकौसी) बनाए । तिनै बुर्जाबाट भवनको नाम रहन गयो- चारबुर्जा दरबार ।
रुद्रका नाति पुरुषोत्तमशमशेर जबरा २००७ सालमा प्रजातन्त्र आएपछि पनि जफत भएको आफ्नो पैतृक सम्पत्ति फिर्ता नभएको बताउँछन् । श्री ३ हरूको तथ्यवृत्तान्त’, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ लगायत आधा दर्जन पुस्तकका लेखक उनी प्रजातन्त्रका सेनानी पनि हुन् ।
पछि २०२१ मंसिरमा राजा महेन्द्रले नेपाली कांग्रेसका नेता सुवर्ण समशेरको ललिता निवाससहित राणाकालीन ६ वटा दरबारको १२९८ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण र १४ रोपनी जफत गरेका थिए । त्यसमा महावीर भवन नक्साल (१५४ रोपनी), हरिहर भवन, पुल्चोक (२४० रोपनी), सीता भवन नक्साल (११९ रोपनी), लक्ष्मी निवास, महाराजगञ्ज (२५८ रोपनी), बबरमहल कुरिया गाउँ (२५३ रोपनी) र ललिता निवास बालुवाटार (२९९ रोपनी) परेका थिए ।
यसैवीच, ०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले प्रजातान्त्रिक संघर्षमा लाग्दा जफत भएको सुवर्ण समशेरको जग्गा सम्बन्धमा गृह मन्त्रालयले यकिन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता दिने र रोक्का भएको भए फुक्का गर्ने निर्णय गर्‍यो ।
त्यसअनुसार सुवर्णशमशेर र कञ्चनशमशेरको जफत १४ रोपनी ११ आना जग्गा फिर्ता हुनुपर्ने हो । तर, मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गासमेत भूमाफियाहरूले व्यक्तिको नाममा सारेर किनबेच गरिसकेको पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले निष्कर्ष निकाल्यो ।
भूमाफियाले प्रधानमन्त्रीनिवासको जग्गा समेत व्यक्तिको बनाइसकेको छानविनको निश्कर्षपछि यो विषय अहिले ‘बालुवाटार जग्गा प्रकरण’ का नाममा तातो बहसको विषय बनिरहेको छ ।
बालुवाटार (ललिता निवास) जग्गा प्रकरण सम्बन्धी समाचारहरु चाखपूर्वक पढिरहेका ९४ वर्षीय इतिहासकार पुरुषोत्तमशमशेर जबरा भन्छन्, ‘सुवर्ण, महावीरशमशेरको जग्गा फिर्ता हुने, रुद्र शमसेरको नहुने ? यस्तो पनि हुन्छ न्याय ?’

सम्पत्तिहरणपछिको अवस्था, प्रजातन्त्र प्राप्तिका निम्ति भएको सशस्त्र संघर्षमा लाग्दाको अनुभव आदिबारे कुपण्डोलस्थित निवासमा वयोवृद्व पुरुषोत्तमशमशेर अनलाइनखबरका सन्त गाहा मगरसँग यसरी खुले :
मेरो जन्म १९८२ चैत १५ गते चारबुर्जा दरबारमा भएको हो । विसं. १९९० सालमा जुद्ध समशेरले सर्वस्वहरण गरेर मेरा जिजुबुबा रुद्रसमशेर जबरालाई पाल्पा धपाउँदा म आठ वर्षको थिएँ । जिजुबुबा, बुबा ईश्वरसमशेर जबरा लगायतका परिवार र सहयोगी, सुरक्षा गारतसमेत गर्दा हामी करिब २०० जनाभन्दा बढी पाल्पातर्फ लाग्यौं ।
काठमाडौंबाट थानकोट हुँदै चित्लाङ, भीमफेदी हुँदै तेस्रो दिन वीरगञ्ज पुगेर बसेको याद छ । वीरगञ्जबाट रक्सौल झरेर भारतीय रेल चढेर नौतनवा पुग्यौं । त्यहाँबाट बुटवल निस्किएर उकालो पाल्पातिर लाग्यौं ।
पाल्पा त पुगियो, तर त्यहाँ जिजुबुबासँग लडीबुडी खेल्ने मेरो चारबुर्जा दरबार थिएन । सबै चीज नौला र अप्ठ्यारा थिए । अप्रत्यासितरुपमा जानु परेकाले त्यहाँ केही बन्दोबस्त पनि थिएन । १२-१५ दिन एउटै लुगामा बस्नुपर्‍यो । कति बस्ने भन्ने ठेगान थिएन, तीन-चार वर्ष त्यत्तिकै बित्यो । पढ्न लेख्न पाइएन । पछि अलि ठीक हुँदै गयो ।
पाल्पा दरबारमै लेखपढ गर्न सिकेर भारतको युपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण कलेजबाट इन्टर-मिडियट उत्तीर्ण गरें । थप उच्च शिक्षाका लागि बनारसकै हिन्दु विश्वविद्यालयमा भर्ना भएँ ।
राणाजी भएर ‘तपाईं’ भन्ने ?
१९९७ मा धर्मभक्त माथेमा, दशरथ चन्द ठकुरी, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई जुद्व शमसेरले मृत्यदण्ड दिएको समाचार सुनेर हाम्रो परिवार निकै मर्माहत भयो । काठमाडौंमा छँदा धर्मभक्त र दशरथ चन्द हाम्रो पारिवार निकट थिए ।
धर्मभक्तका बुबा आदिभक्त माथेमालाई मेरा जिजुबाजे श्री ३ वीरशमशेरले काजी बनाइबक्सेको थियो । आदिभक्तले मेरा जिजुबुबा मुख्तियार रुद्रशमशेरको खरिदार भएर पनि काम गर्नुभएको थियो ।
धर्मभक्त पहलमान थिए । चारबुर्जा दरबारमा म उनको पाखुरामा झुन्डिन्थेँ । दरबारमा आइरहने भएकाले शुक्रराज शास्त्रीलाई पनि चिनेको थिएँ । धर्मभक्त, दशरथ र शुक्रराजलाई व्यक्तिगत रुपमा चिनेकाले पनि १९९७ को घटनाले मलाई व्याकुल बनाएको थियो ।
सम्पत्ति हडपेर पाल्पामा धपाइएकाले हाम्रो परिवार काठमाडौंका राणा शासकप्रति आक्रोशित थियो नै । तिनै कारणहरुले गर्दा बिकम पढ्दापढ्दै म क्रान्तिमा लागेँ । गलकोट, भीरकोट, गरङ्गकोट, बुर्तिवाङ्ग, बाग्लुङ्ग, नुवाकोट, प्युठान, बुटवल, भैरहवा, पोखरा, परासी लगायतका स्थानमा पुगेर क्रान्तिको पक्षमा काम गरेँ ।
त्यहीबेलामा बीपी कोइरालालाई भारतबाट गोप्यरुपमा पाल्पा पुर्‍यायौं । त्यहाँबाट सकुशल भारत फर्काउन पनि सफल भयौं ।
हामी खुल्ला रुपमा क्रान्तिमा जान चाहन्थ्यौं । तर, राजकाज देखे-भोगेका जिजुबुबा रुद्रशमशेर त्यसरी जान मान्नुभएन । उहाँ भारतमा बसेर क्रान्ति गर्दा उसले समातेर नेपालका शासकलाई बुझाइदिन सक्ने सम्भावना औंल्याउनुहुन्थ्यो । पाल्पामा पनि हामी मान्छेहरूलाई सरकारविरुद्ध क्रान्तिमा लाग्न उक्साउँथ्यौं । हामीले मान्छेलाई बेलाएर ‘तपाईं, तपाईं’ भन्दै फकाएको थाहा पाएर जुद्धशमशेर पड्के छन्- ‘राणाजी भएर पनि रैतीलाई तपाईं भन्दै हिँड्ने ? के बुद्वि होला !’
उता, हामीले भने मानिसहरुलाई तँ, तिमी भन्नै बिर्सिसकेका थियौं । अति भएको लागे छ क्यार, जुद्धशमशेरले ‘राणा बाहेकलाई तपाईं नभन्न तिम्रा छोरानातिलाई सम्झाउ’ भन्दै जिजुबुबालाई चिठी नै पठाएछन् ।
मोहनशमशेरका पालासम्म आइपुग्दा हाम्रो परिवार क्रान्तिमा लागेको भन्ने पक्कापक्की भइसकेको थियो । उनले हामीलाई समात्न कर्णेल चन्द्रजंग थापाको नेतृत्वमा ९ जना अफिसर पाल्पा पठाए । त्योबेला पाल्पामा तीन पल्टन थियो- सबुज, बरफ र भवानी दल । जिजुबुबा रुद्रशमशेर पश्चिम क्षेत्रको कमाण्डर इन चीफ भए पनि पाल्पाको राजकाजमा उति चासो राखिबक्सन्नथ्यो । नेपालकै कमाण्डर इन चीफ भइसकेको व्यक्ति पाल्पामा खुम्चिँदा जाँगर लाग्ने कुरै भएन ।
बडाहाकिम भन्ने पद नासु-खरदारले पनि पाउने हुँदा उहाँलाई पश्चिमतर्फको कमाण्डर इन चीफ भनिएको थियो । उमेरले पनि उहाँ धेरै पुगिबक्सेको थियो । सैनिकहरु आउँथे, सलाम गर्थे, जान्थे । सेना, अड्डा-अदालत, निर्देशन आदिमा उहाँको रुचि नै थिएन ।
वायरलेसले जोगायो
पाल्पामा तीन पल्टनको नेतृत्व मोहन शमशेरका विश्वासपात्र मेजर समशेरबहादुर थापाले गर्थे । हामीलाई पक्राउ गर्न काठमाडौंबाट खटिएका कर्णेल चन्द्रजंग थापाले सबुज र बरफ पल्टनबाट थप बल लिएछन् ।
हामीले त्यो सब वायरलेसबाट थाहा पाइसकेका थियौं । त्योबेला काठमाडौंमा तोरणशमशेर जबरासँग पनि वायरलेस थियो । हाम्रो पाल्पा, काठमाडौं र कलकत्ताबीच वायरलेसबाट कुरा हुन्थ्यो ।
कर्णेल थापाको टोली ‘मुभ’ भयो भन्ने थाहा पाएपछि हामी मेसिनगन तयार पारेर बसेका थियौं । आयो भने भुटिदिने भन्ने थियो ।
हाम्रो तयारीको सुइँको मेजर समशेरबहादुर थापाले पाएछन् । उनले चन्द्रजंगलाई ‘मागेको सहयोग गर्छु, तर म आफैं अगाडि सर्दिनँ’ भनेछन् ।
मेरा जिजुबुबाका अगाडि लुत्रुक्क पर्ने समशेरबहादुरले मलाई चाहिँ घुरेर हेरेको सम्झन्छु । उनी अग्रसर नहुने भएपछि चन्द्रजंगले पनि आँट गर्न सकेनन् । उनी हामीलाई पक्राउ नगरी काठमाडौं फर्के ।
त्यसपछि जिजुबुबालाई मोहनशमशेरले दिनहुँजसो फोन गर्न थाले । उनी ‘दाइ, हजुरको छोरा-नातिलाई केही विषयमा सम्झाउनु छ, नेपाल (काठमाडौं) पठाइदिनुपर्‍यो’ भनिरहन्थे । जिजुबुबा कहिले बिरामी छु त कहिले के भनेर टारिबक्सन्थ्यो ।
तर, बहाना पनि कति गर्नु ? एक दिन जिजुबुबाले ल यिनीहरुलाई नेपाल पठाउँछु, यति अफिसर, यति उलिन काठ, भीमफेदी पठाइदिनु, यति खर्च चाहीँ पाल्पा पठाउनु भनेर पत्र लेखिबक्स्यो ।
मोहनशमशेर तीन साचे बैंक (तीन साँचेको हाकिम, मालको सुब्बा र बडा हाकिमसँग साँचो हुने एक किसिमको बैंक) मार्फत १० हजार रुपैयाँ पठाउन तयार भएछन् ।
हामीले तीन साँचेबाट १० हजार निकाल्यौं । तर, जुद्ध शमशेरले सर्वस्वहरण गरेर धपाएका हामी पक्राउ पर्न काठमाडौं र्फकने कुरै थिएन । त्यो रुपैयाँ लिएर लखनउतिर लाग्यौं । हामीलाई लिन काठमाडौंबाट गएका सैनिकहरू पाल्पा पुगेछन् ।
लखनउबाट बुबाले मोहनशमशेरलाई चिठीमा लेखिबक्यो-महाराजले हामीलाई काठमाडौं बोलाइबक्सेकोमा बन्दी भइएला भनेर आएनौं । कुनैबेला दर्शन गर्न अवश्य आउनेछौं ।
मोहनशमशेर चिठी सिधा हैन, यसो छड्के राखेर पढ्थे । बुबाको चिठी पढिसकेपछि भनेछन्- मलाई आजसम्म कसैले झुक्याएको थिएन, काहिँला दाइका छोरानातिले झुक्याए ।
झण्डै आफ्नै सुराकीको हत्या
ईश्वरशमशेर जबराले क्रान्तिका लागि गोरखपुरमा दुईवटा घर भाडामा लिएर भारतीय फौजका सेवा निवृत्त गोर्खाहरूलाई जम्मा गर्नुभएको थियो । तर, भोको पेट क्रान्ति गर्ने कुरा भएन । तिनलाई खाने प्रबन्ध मेरा बुबा ईश्वरशमशेरले मिलाइबक्यो ।
झुक्याएर हामी लखनउ गएपछि मोहनशमशेरले बहादुरशमशेरलाई पठाउने भएछन् । त्यो सुइँको पाएपछि मेरा बुबा, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, मात्रिकाप्रसाद कोइराला, सुवर्ण शमशेर र महावीर समशेरबीच छलफल भयो ।
बहादुरसमशेरलाई बाटोमा रोक्ने, त्यस्तै परे मार्ने छलफलको निर्णय भएपछि बुबा र म गोरखपुर गयौं । त्यहाँको छलफलमा बहादुरसमशेरलाई मार्न जाने धेरै निस्किए । रोमबहादुर थापा (पछि प्रहरी महानिरीक्षक) ले तीमध्ये ९ जना छाने । उनीहरूलाई एक-एकवटा पेस्तोल दिएर नौतनवा पठाइयो ।
टोली अर्को स्टेशन नपुग्दै के थाहा पायों भने बहादुरशमशेर होइन, प्रचण्डशमशेर पो पाल्पा जाने भएछन् । तिनै प्रचण्डशमशेर, जसले हामीलाई पाल्पा धपाइँदैछ भन्ने सूचना दिएका थिए । उनले त्यो कुरा कागजमा लेखेर पाँच दिन पहिला मेरा बुबालाई दिएका थिए ।
उनलाई मार्ने कुरै भएन । त्यसपछि बुबा र रोमबहादुर थापा हतार-हतार बस चढेर मार्न हिँडेको टोलीलाई रोक्न जानुभयो । बुबासँग टोली खुब रिसाएछ । क्रान्ति भनेपछि प्रचण्ड शमशेर भए पनि छोड्नुहुँदैन भन्ने कुरा गरेछन् ।
त्यो अवधिमा मैले बहादुरगञ्ज, कृष्णनगरलगायतका मोर्चामा खटेका मुक्तिसेनाका लागि बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट हातहतियार, गोला-बारुद, खाकीका लुगाफाटा आदि सामग्री पुर्‍याउने काम गरेँ । नयाँदिल्लीको हैदरावाद हाउसमा बसिरहेका राजा त्रिभुवनसम्म पश्चिम मोर्चाको जानकारी पुर्‍याउने काम पनि मेरै जिम्मामा थियो ।
विसं. २००७ साल फागुन ४ गते बुबा र म राजा त्रिभुवनसँग एउटै जहाजमा नयाँदिल्लीबाट काठमाडौं फर्कियौं ।
दुईपटक सर्वस्व
विसं. १९९० सालमा जुद्धशमशेरले पाल्पा धपाएका हामीलाई प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिमा लाग्दा मोहनशमशेरले फेरि सर्वस्वहरण गरे । त्यसबोला हामीसँग १२-१३ वटा हात्ती, हात्तीसार, खस्यौलीमा ९ वटा मोटर, ग्यारेज र जग्गा थियो । हामी काठमाडौं नआई झुक्याएर लखनउ गएपछि मोहनशमशेरले अहिलेको बुटवलमा रहेका ती सबै सम्पत्ति फौज पठाएर जफत गरे ।
चारबुर्जा दरबार जफत हुँदा हामीले एक पैसा मुआब्जा वा क्षतिपूर्ति पाएनौं । जुद्धशमशेरले त्यो दरबार आफ्ना माइला छोरा बहादुरशमशेरलाई दिएछन् । हाम्रो अरु सम्पत्ति क-कसले लिए, थाहा छैन । प्रजातन्त्र प्राप्तिपछि हामी काठमाडौं आएर लीलाशमशेर काकाकोमा बस्यौं । लीलाशमशेरका छोराहरू छुट्टिएपछि भने कहाँ जाने भन्ने भयो ।
क्रान्तिका बेला कांग्रेस नेताहरूले हाम्रो सत्ता आएपछि सर्वस्वहरण हुँदाको सबै जग्गा फिर्ता गर्छौं भनेर कसम खाएका थिए । तर, त्यो बाचा पुरा गरेनन् । बाचामा चुकेकैले होला, नेताहरू सबै खत्तम भए । हामी त खत्तम थियौं नै, उनीहरू पनि खत्तम भए ।
राजा महेन्द्रले २०२१ सालमा राणाहरूका विभिन्न दरबार अधिग्रहण गरेर प्रधानमन्त्रीनिवास, मन्त्री क्वार्टर बनाए । त्यसबेला सरकारले मुआब्जा दिएर किनेको जग्गा पनि व्यक्तिका नाममा गरेको समाचारहरु अहिले आइरहेका छन् । लिनेले सुटुक्क लिएछन्, हामीले चाँहि जफत भएको जग्गा पनि पाएका छैनौं । क्रान्तिमा हिँडेकाले उनीहरूको सम्पत्ति फिर्ता भएको हो भने हामी पनि क्रान्तिमा नलागेको होइन । हामीलाई मात्र फिर्ता नदिँदा त अन्याय भयो नि । यस्तो अन्याय गर्न मिल्छ ?
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर


Wednesday, April 15, 2020

समीक्षा : मगर जाति र भाषा


समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~
साहित्य संग्रहालय
Posted on January 2, 2019 by Editor
मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल थलो मान्छन् । गोर्खाली सेनासित लागेर मगरहरूको यो समूह पूर्वी नेपाल र उत्तर पूर्वी भारतसम्म पनि छरिएको छ ।
यस समूहका केही मगर बस्तीहरू त दैलेख र सुर्खेतमा पनि पाइन्छन् । मगरहरूको यस समूहले भाषालाई ‘ढुट’ भन्ने हुनाले यस समूहलाई अचेल ‘मगर ढुट’ भनेर पनि चिनिन्छ । रोल्पा, रुकुम र पश्चिम बाग्लुङको निसी र भुजी खोलातिर ठुलो सङ्ख्यामा बसोबास गर्ने मगरहरूको समूहले भाषालाई ‘पाङ’ भन्छन्, त्यसैले अचेल मगरहरूको यस समूहलाई ‘मगर पाङ’ अथवा ‘मगर खाम’ भन्ने चलन छ । तेस्रो किसिमको मगर भाषा बोल्नेहरू डोल्पामा बस्छन् । उनीहरू भाषालाई सम्भवतः ‘के’ मात्र भन्छन् ।
उनीहरू ‘काइके’ भाषा बोल्छन्, जहाँ ‘काइ’को अर्थ ‘अप्सरा’ होला, त्यसैले उनीहरूको भाषाको नाउँबाट ती मगरहरू आफ्नो भाषालाई अप्सराको भाषा ठान्छन् जस्तो लाग्छ । डोल्पामै ‘पुइके’ भाषा पनि भएको सूचना डा. दानराज रेग्मीले दिएका छन् । मेरा विचारमा पुइके मातृभाषीहरू पनि काइके भाषाको नजिकैको साइनो लाग्ने भाषा बोल्छन् होला, तर पुइके भाषा बोल्नेहरू आफुलाई मगर भनेर चिनाउँछन् कि चिनाउँदैनन्, त्यो चाहिँ मलाई थाहा छैन ।
भाषा वैज्ञानिक दृष्टिले काइके भाषाचाहिँ तिब्बती भाषासित नजिकैको ऐतिहासिक साइनो लाग्ने तामाङ, गुरुङ, थकाली, मनाङे, नार, फु, घले, दुरा, ह्लोमी, ह्योल्मोजस्ता भोट चिनियाँ भाषा परिवारमा पर्छ । संगीतमा ‘सा,रे,,म’ को फरक उच्चारण गर्न जसरी रुद्र घण्टी तल माथि सार्नुपर्छ, त्यसै गरी एउटै जस्तो लाग्ने अक्षरको उच्चारण गर्दा रुद्र घण्टी तल माथि सार्‍यो भने, यी भाषामा चिनियाँ भाषामा जस्तो नयाँ अर्थ दिने शब्दै बेग्लै बन्छन्, त्यसैले नेपाली मातृभाषा हुनेका कानमा एउटै जस्तो लाग्ने ‘ङा’ शब्दलाई रुद्र घण्टी तल माथि सारेर नुवाकोट रिसिङ्खुका तामाङहरूले चारओटा बेग्ला बेग्लै शब्द बनाए झैँ काइके भाषा बोल्ने वक्ताहरू पनि उच्चारणको फरकले एउटै अक्षरका कम्तीमा चार चार ओटा शब्द बनाउँछन् । रुद्र घण्टीको उँचाइको फरकले एउटै अक्षरका अनेक अर्थ बन्ने भाषालाई तानल भाषा भन्छन् । यस आधारमा डोल्पाका मगरहरूले बोल्ने काइके चाहिँ तानल भाषा हो । काइके भाषालाई पूर्णतः एकाक्षरी भाषा भन्न सकिन्छ ।
भाषा वैज्ञानिक दृष्टिले रोल्पा, रुकुम र पश्चिम बाग्लुङ अर्थात् गण्डकी र कर्णाली नदी बिचमा बसोबास गर्ने मगरहरूले बोल्ने भाषा (मगर पाङ् मगर खाम) झन्डै पूर्वी नेपालका राई लिम्बुले बोल्ने किराँती भाषा जस्तो छ । काइके भाषामा क्रियाहरू एकदम छोटा हुन्छन् भने, मगर पाङमा चाहिँ किराँती भाषामा जस्तै क्रियाहरू एकदम लामा हुन्छन् । धेरैजसो त एउटा क्रियाले नै पुरै वाक्यको काम गर्छ । नेपालीमा ‘कुट्यो’ भन्ने एउटा शब्दले पुग्ने ठाउँमा रुकुमको तकसेरातिर बोलिने मगर भाषामा (‘मलाई कुट्यो’, ‘हामी दुई जनालाई कुट्यो’, ‘हामी तिन जनालाई कुट्यो’, ‘तँलाई कुट्यो’, ‘तिमीहरू दुई जनालाई कुट्यो’, ‘तिमीहरू धेरै जनालाई कुट्यो’, ‘उसलाई कुट्यो’, ‘उनीहरू दुई जनालाई कुट्यो’ र ‘उनीहरू धेरै जनालाई कुट्यो’) नौ ओटा बेग्ला बेग्लै शब्द चाहिन्छन् ।
यस्ता भाषालाई सार्वनामिक भाषा भन्ने नाउँ हज्सनले दिएका छन् । नेपालमा सार्वनामिक भाषा बोल्ने यी मगर मात्र नभएर राजी, राउटे, व्यासी, चेपाङ, वनकरिया, हायु, राई र लिम्बु भाषाहरू पर्छन् । नेपालका भाषामा सरल सर्वनामीकरण र जटिल सर्वनामीकरण पाइन्छ । आर्य परिवारमा मैथिली र दराईमा जटिल सर्वनामीकरण पाइन्छ । झापा र मोरङमा बोलिने भोट बर्मेली धिमाल भाषा र परिवारमा कसैसित नमिल्ने कुसुन्डा भाषामा चाहिँ सरल सर्वनामीकरण पाइन्छ । मगर पाङ भित्रकै जटिल सर्वनामीकरणमा पनि पर्वते भाषिका जति जटिल त रोल्पामा बोलिने सेसी भाषिका पनि छैन । यसै मगर भाषाको गमाले भाषिका बुझ्न त यसै भाषाका अरु भाषिका बोल्नेहरूलाई पनि गारो पर्छ ।
सबैभन्दा पूर्वतिर बसोबास गर्ने मगरहरूले बोल्ने भाषालाई अचेल ‘मगर ढुट’ भन्ने चलन भएको कुरो माथि लेखीसकियो । मगर ढुट बोल्ने मगरहरूले नै सबभन्दा ठुलो भौगोलिक क्षेत्र ओगटेका छन्, सबभन्दा धेरै ऐतिहासिक सामग्री बटुलेका छन्, सबभन्दा धेरै राजनीतिक, प्रशासनिक र सैनिक शक्ति कमाएका छन् र नेपालको राष्ट्र निर्माणमा सबभन्दा ठुलो भूमिका पुरा गरेका छन् । यसै समूहका मगरहरू नै विश्वप्रसिद्ध पनि भएका छन् । मगर ढुटका कम्तीमा तिन ओटा भाषिका देखिन्छन् ।
लो बहादुर थापाले गरेको अनुसन्धान अनुसार, पश्चिम स्याङ्जा, पूर्वी स्याङ्जा र अन्यत्र गरी यो मगर भाषामा कम्तीमा तिन किसिमको क्षेत्रीय भेद देखिन्छ । पश्चिम स्याङ्जाको लसर्घामा ‘मैले खाएँ’ भन्नु पर्दा ‘ङाज्याङ्’ भन्नुपर्छ, पूर्वी स्याङ्जामा ‘ङाज्या’ भन्नुपर्छ र अन्यत्र ‘ज्याले’ भन्नुपर्छ । यस समूहका मगरहरूले अन्य भौतिक विकास धेरै गरेकाले होला, झन्डै ३०-३५ प्रतिशत मगरहरूले मात्र आफ्नो पुख्र्यौली भाषा बोल्न सक्छन् ।
हङ्गेरीका जातिहरू आफुलाई मग्यार भन्दछन्, कज्जाकहरू पनि आफुलाई मजर भन्छन् भन्ने मैले कतै पढेको थिएँ अनि मङ्गोलियाका बासिन्दा नै मङ्गोल हुन् । संसारभरकै एकनासे अनुहारको बान्की भएकालाई ‘मङ्गोलोइड’ (मङ्गोलियाका बासिन्दा जस्ता) भन्ने नाम बेलाइती मानवशास्त्रीले कुनै वेला दिए । भाषा विज्ञानको सन्धि नियम अनुसार, संसारभरका भाषामा लकार र रकार (वा रेफ) मा पारस्परिक परिवर्तन हुन्छ । यसरी ‘म-ग-र’ अनि ‘म-ग-ल’ व्यञ्जनबाट बनेका शब्द एउटै माउका सन्तान हुन सक्छन् । ऐतिहासिक भाषा विज्ञानको यसै सिद्धान्तका आधारमा मगर, मग्यार र मङ्गोलहरू पुर्ख्यौली साइनो लाग्ने हुन सक्छन् ।
मध्यएसियाको पुरातात्विक अन्वेषण र ऐतिहासिक खोजीका आधारमा मङ्गोल, तुर्क, कज्जाक, किर्घिज, युगुर, मन्चुहरू एउटै मूलका देखिन्छन् । जनकलाल शर्माले मगरहरू मध्य एसियाबाटै नेपाल आउने मङ्गोल हुन् भनेका छन् । अनुहार हेर्नु हो भने कज्जाक र किर्घिजहरूको अनुहार मगरहरूसित मिल्छ भने, मङ्गोलियाका बासिन्दाहरूको अनुहार चाहिँ तिब्बतीहरूसित मिल्छ । ‘राजा केसर’ भन्ने लोक महाकाव्य आज पनि तिब्बत र मङ्गोलियाका जातिहरूले साझा महाकाव्य वा गाथाका रूपमा गाउँछन् ।
मैले मगर ढुट र मग्यार (हङ्गेरियाली) भाषाका आधारभूत शब्दावलीमा १६ प्रतिशत समानता पाएको छु । यसका आधारमा मगर ढुट र मग्यार भाषा बोल्नेहरूका साझे पुर्खा झन्डै ६ हजार वर्ष अघि एउटै बगालमा थिए भन्ने निष्कर्ष निकालेको छु । तुर्की, हङ्गेरियाली, कोरियाली, जापानी आदि भाषाहरूलाई युराल-अल्टाइक भाषा परिवार भन्ने नाउँ दिइएको छ । यस भाषा परिवारको विशेषता के हुन्छ भने, यहाँ प्रेरणार्थक क्रिया अनेक पल्ट बनाउन सकिन्छ ।
जापानी भाषामा ‘ताबेरु’ भनेको ‘खानु’, ‘ताबेसासेरु’ भनेको ‘खुवाउनु’, ‘ताबेसासेसासेरु’ भनेको ‘खुवाउने पार्नु’, आदि । मगर भाषाका क्रियामा पनि त्यस्तै किसिमको प्रेरणार्थक क्रिया (हाट्के ‘उम्लिनु’-हाटाक्के ‘उमाल्नु’-हाटाकाक्के ‘उमाल्न लगाउनु’) बन्छ । मगर भाषामा जस्तो यस्तो प्रेरणार्थक क्रिया बन्ने नेपालमा अर्को भाषा छैन । यसरी एकातिर मगर भाषा युरालिक भाषा परिवारको छेउमा पुग्न सक्ने देखिन्छ भने, अर्कातिर यसमा भोट चिनियाँ भाषा परिवारका बेहोरा नै प्रशस्त देखिन्छ । यसरी मगर ढुट भाषा युरालिक बेहोरा मिसिएको भोट चिनिया भाषाका रूपमा चिनिने देखिन्छ ।
मगर पाङ वा मगर खामले पनि अनुसन्धानमा समस्या तेस्र्याएको छ । यो भाषा किराँती भाषाका बेहोराले समृद्ध छ भन्ने कुरो माथि नै उल्लेख गरियो, तर इतिहासमा कतै कतै मगर जातिलाई किराँती लेखेको पाइए पनि मगरलाई कसैले किराँती भनेर ठोकुवा गरेको छैन । डा. सुनीति कुमार चटर्जी (१९७४ ई०) ले ‘किरात-जन-कृति’ भन्ने किताबमा किराँती भनेर पूर्वी नेपालका राई लिम्बुलाई मात्र चिनाएका छन् । चटर्जीले चिरैतो पूर्वी नेपालका किराँतीहरू मात्र चलाउँछन् र चिरैतो शब्द संस्कृतको ‘किराततिक्त’ भन्ने शब्दबाट बनेको हो भन्ने व्युत्पत्ति निकालेका छन् । अथर्व वेद र अरू उत्तर वैदिक ग्रन्थहरूमा ‘किरात’ शब्द पाइन्छ ।
संस्कृत महाकवि भारविले ‘किरातार्जुनीय’ महाकाव्यमा किरात रूप शिवसित अर्जुनले युद्ध गरेको कुरो लेखेका छन् । किथ र म्याक्डोनेलले ‘वेदिक इन्डेक्स’ भन्ने कृतिमा वैदिक साहित्यका आधारमा बेग्लाबेग्लै देश र जाति क्षेत्र देखाउने नक्सा प्रकाशित गरेका छन् । त्यस नक्सामा किरातहरू बसोबास गर्ने क्षेत्र ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत पर्दैन, बरु गण्डकी र कर्णाली बिचको भूभाग देखाइएको छ । यसबाट इतिहासमा अर्को एउटा गाँठो के पर्छ भने, उत्तर वैदिक साहित्यले किरात भनेर चिनेको जाति चाहिँ रोल्पा र रुकुमको मगर थियो कि क्या हो ?


Kathmandu in the time of cholera


Kathmandu in the time of cholera
British resident recalls the cholera epidemic that killed thousands in Kathmandu Valley in 1885
Tom RobertsonMarch 21, 2020
Kathmandu in the 1880s was a small place, about 1.5 km across and with 50,000 people living in its dense core area. In-migration after 1768 and new Rana palaces after 1846 had started expanding the city. Sanitation was poor, and conditions in Kathmandu were ripe for another disease outbreak.
The doctor at the British Residency in Lainchaur, G H Gimlette, did not pull punches in describing Kathmandu’s poor hygenic conditions: ‘The filth of the city is indescribable; along each side of the narrow lanes and streets run deep gutters, a foot to eighteen inches wide, filled with a stagnant mass of black stinking mud, into which fecal matter and every sort of refuse find their way. The stench of the thoroughfares is at all times bad enough, but, on a warm morning in the rains, it becomes sickening. (The houses) are generally overcrowded and ill-ventilated.’
Cholera had struck before — in 1823, 1831, 1843, 1856, 1862, 1867, 1872, 1874, and 1875. The 1856 and 1872 outbreaks killed large numbers. In 1872, 200 to 250 people perished each day.
The dreaded disease which brought on dysentery and vomiting killed half of those who got it. People were just beginning to understand how to contain outbreaks. Health knowledge was needed, but also smart, concerted government action. Kathmandu had little of either.
The city strained to feed itself. ‘Every scrap of available ground in the valley of Nepal is cultivated to exhaustion,’ an 1880s visitor noted, ‘to yield its utmost to support a population already too large for its limited area.’
The most common ailments at the time were typhoid fever  chronic dyspepsia, goitre, and syphilis. With syphilis, the chronicler noted, it was ‘rather the rule than the exception for a man to be infected at some period of his life’.
In 1885 Nepal had seen lots of rain and extremely hot weather. The city’s ‘sultry and oppressive’ air, Gimlette noted, ‘was undisturbed by the slightest breeze’.
The first ugly symptoms of cholera manifested themselves in mid May. Soon, five or six people were dying each day. By the end of May 10-12 people were dying. The British doctor tried to spur the palace into action, making ‘frequent and urgent’ calls for temporary clinics to treat the sick. But his pleas went ‘entirely disregarded’ by the Rana rulers at the time.
Eventually the government gave a space for a small dispensary, but that fell far short of the what Gimlette really wanted — a ‘place into which patients could be admitted and treated continuously’.
Another poor decision added fuel to the fire. Over 15,000 troops were gathered in Kathmandu for a possible deployment in India. Some soldiers got sick, and others were not dispatched home immediately. Only after a colorful parade two weeks later on 1 June 1885 were soldiers sent home. But it was too late.
The disease followed them around the country. Kathmandu saw ‘a sudden increase’ in cases, the death rate now topping 50 per day. Cases appeared in Patan and then Bhaktapur. Cholera spread into the mountains.
Meanwhile, the troops at the British Residency remained healthy, despite cases nearby. Gimlette credited good hygiene and a limited quarantine — soldiers were not allowed into the city, then a slight distance away.
By 14 June, cholera had invaded the palace. Of the over 300 people who lived there, 25 were dead by evening, chiefly slave-girls and servants.
‘A panic ensued, and the Durbar was quickly emptied,’ Gimlette wrote. The dying were rushed to Pashupati. Others fled to the palaces of Patan and Bhaktapur which themselves soon grew into ‘fresh centres of the disease’.
On June 29th, after alternating days of heavy rain and high temperatures, the daily death toll climbed over 100, its highest yet, and stayed there for several days. Gimlette made house calls, and visited the ghats daily. He observed a society struggling to maintain its humanity.
He described the cremation ghats as ‘crowded with sick, dying, and dead. Many unfortunate wretches were simply, when attacked, brought to the edge of stream and there abandoned’.
The scene was gruesome. The better off could afford to burn their dead, but ‘the bodies of the poor and low castes were thrown into the middle of the shallow stream by hundreds, to be pulled again piecemeal to the banks by the dogs, jackals, and vultures, who feasted on them’.
Cooler temperatures in July gave the city a short respite. But the disease soon roared back ‘as bad as ever’. This time it devastated the city’s lower quarters. Only in August did the death rate significantly drop, the outbreak finally coming to an end in early September.
Over 9,000 people in Kathmandu Valley had died, the Darbar announced. Gimlette thought this estimate high, but agreed that the loss of life ‘must have been very great’. The city’s population, before the outbreak, was approximately 50,000.
G H Gimlette worried that poor hygiene and government indifference would yield yet more killer epidemics. ‘The disgustingly insanitary condition of Katmandu and other towns,’ he wrote, ‘is quite certain to breed epidemics in future. No efforts to remedy it are in the least likely to be made by the Durbar, nor would anything much short of burning the city to the ground suffice. The foundations are saturated with filth, and the air is almost thick with stenches.’


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...