Monday, October 19, 2020

कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सवः किन, कसरी र कहिले गरिन्छ ?

 कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव

किन, कसरी र कहिले गरिन्छ ?

सुदर्शन अर्याल

https://www.onlinekhabar.com/2020/03/843865

२०७६ फागुन ३० गते १४:४३ मा प्रकाशित

हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ, जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ । आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्ने विभिन्न जातजातिमा आ–आफ्ना तौरतरिका छन् । यसमध्ये एउटा हो, कुलपुजा । आर्य संस्कृतिमा मात्रै नभएर किराँतदेखि अरु पनि पूर्वीय परम्परामा कुलपूजाको परम्परा भेटिन्छ । यद्यपि, पुजाको विधिमा फरकपना छन् ।

मानिसहरु फिरन्ते जीवन छाडेर पारिवारिक संरचनामा प्रवेशसँगै कुल पूजाको संस्कार सुरु भएको हो । पारिवारिक संरचनामा प्रवेश गरेसँगै बिस्तारै मान्छेमा ‘तेरो र मेरो’ को भावना विकास हुन थाल्यो । कृषि जीवन, परिवारका सदस्य र सिंगो जीवन नै तेरो–मेरोमा बित्न थालेसँगै कुलपूजाको परम्परा पनि कठोर र अनिवार्य हुँदै गयो ।

विशेषगरी देउराली र त्यस्तै साझा ठाउँमा कुलपूजाहरु गर्ने गरिन्छ । भगवानको पुजा र कुलपुजामा मुख्य फरक के छ भने कुलपुजा गर्दा कसैको पनि मुर्ति राखिँदैन ।

मानिसहरुले यायावरी जीवन छाडेको लामो समयसम्म एउटा परिवार विशाल वंशवृक्षमा परिणत हुँदै गएको पाइन्छ । यसैबाट एउटा ‘कुल’को निर्माण भएको हो । परिवारको वंशवृक्ष अझ बिस्तार हुँदै जाँदा यसमा ‘उपकुल’ हरु समेत थपिँदै गए । तिनलाई पनि ‘कुल’ को रुपमा नै मान्न थालियो । अहिले भने एकै गोत्र र थरभित्र समेत धेरै कुलहरु अस्तित्वमा छन् ।

कुलपूजा आफूलाई फुर्सदको मौसममा शुभ मुहूर्त जुराएर गर्न सकिन्छ भने अर्काेतर्फ यो पूजाको विधि पनि कुल अनुसार फरक हुने गर्छ । तर, यो पूजा नगर्ने हो भने कुल रिसाएर ठूलो अनिष्ट हुन सक्ने मान्यता छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई कुल पूजाको नियम खुकुलो हुँदा हुँदै पनि अति आवश्यक र अनिवार्य गर्नैपर्ने पूजाको रुपमा मान्ने गरिएको बताउँछन् । उनकाअनुसार कुल पूजामा विशेषगरी ७ पुस्तासम्मका दिवंगत पितृहरुलाई सम्झिने गरिन्छ । ‘कुल पूजालाई पहिलेदेखि नै भगवत् पूजनभन्दा पनि महत्वका साथ हेर्ने गरिएको छ,’ भट्टराई भन्छन् ।

जनजाति संस्कारका विज्ञ भोगीराज चाम्लिङ कुल पूजाको महत्व मुन्धुममा समेत विशेष किसिमको हुने गरेको बताउँछन् । यसलाई प्रकृति पूजनको रुपमा लिँदै चाम्लिङ भन्छन्, ‘यो एक किसिमको प्रकृति पूजा हो । तर, यसमा पितृहरुको सम्झना धेरै गरिन्छ । मुन्धुमले पनि आफ्ना पितृहरुको पूजा गर्ने परम्पराको रुपमा यसको ब्याख्या गरेको छ ।’

देउराली पुज्ने प्रचलन धेरै पहिलेदेखि चल्दै आएको हो । अहिले यो परम्परा बिस्तारै कम हुँदैछ । परिवारिक संरचनाको सुरुवाती समयदेखि नै चलेको ‘तेरो मेरो’ भन्ने भावना विकास हुँदै मान्छे मरेपछि पनि आत्मालाई मेरो र तेरो भन्ने चलन चल्दै गयो । यसैले आफ्ना पुर्खाहरुले जीवनपछि पनि आफूलाई संरक्षण गर्छन् भन्ने मान्यताको विकास हुँदै गयो । यो चलन बिस्तारै मृत्युपछिसम्म पनि चल्दै गयो ।

पूर्ववैदिककालमा पनि मानिसहरु अलौकिक शक्तिमाथि विश्वास गर्थे र उनीहरुको कृपाले नै आफूहरुको सहज दैनिकी सम्भव भएको मान्ने गर्थे। आफूले कूलपूजा गरेपछि मात्रै मृत पूर्खाहरुको आत्माले शान्ति पाउने गर्छन् भन्ने मान्यता विकास भएसँगै यो एउटा नियमित प्रक्रियाको रुपमा चल्दै आयो ।

वैदिककालीन सूत्र

वैदिककालका मानिसहरु दुईवटा शक्तिलाई मान्थे । एउटा त अदृश्य तत्वको रुपमा रहेको भगवान र अर्काे पुर्खाहरु । ऋग्वैदिक काल (आजभन्दा तीन हजार वर्ष पहिले) सम्म पनि कुनै प्राकृतिक समस्याको कारण अलौकिक शक्ति नै हो भन्ने मान्यता देखिन्छ । खडेरी, अतिबृष्टि, अनाबृष्टि, हुरीबतास आदिको कारण अलौकिक शक्तिलाई मान्ने चलन पहिलेदेखि नै चल्दै आएको चलन हो । यसैबाट जन्मिएको मानिन्छ कूलपूजाको परम्परा ।

ऋग्वेदका कतिपय ऋचाहरुमा रुद्र(शिव)लाई धेरै नरिसाउन र आफूहरुबाट भएको गल्तीमा माफी दिन धेरै आग्रह गरिएको पाइन्छ । त्यसको लागि उनीहरुले क्षमा पूजाको रुपमा स्तुति, यज्ञ जस्ता शर्तहरु समेत राख्ने गरेको वैदिक ऋचाहरुमा उल्लेख छन् । सोही समयमा कुल देवताको रुपमा आफ्ना पितृहरुलाई समेत पूजा गर्न सुरु गरियो । कुलायनको रुपमा वैदिक साहित्यहरुमा यसको धेरै चर्चा गर्ने गरिन्छ ।

के हो कूल ?

आचारो विनयो विद्या प्रतिष्ठा दर्शनम्

निष्ठा वृत्तिस्तपो दानं नवधा कुल लक्षणम् ।

अर्थात्, कुनै पनि कुल बन्नको लागि आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्टा, वृत्ति, तप, दान गरी नौ वटा गुणहरु आवश्यक पर्छन् । यही नौ वटा लक्षण रहेको कुलमा आफ्ना पुर्खाहरुलाई सम्झिएर गरिने पूजा नै कुल पूजा हो ।

सामान्यतया कुनै पनि कूलको पूजा हुने ठाउँमा मूर्ति राख्ने गरिँदैन । एउटा कूलको अदृष्य स्वरुपको पूजा गर्ने गरिन्छ । तसर्थ कुल देवताको रुपमा कुन देवीलाई पूज्ने भन्ने यकीन हुँदैन । यद्यपि कुल २४ वटा गोत्रका मानिसहरुले कुल देवीको रुपमा विभिन्न योगिनीहरुको उल्लेख गर्ने गरेका छन् ।

कहिले र कसरी गर्ने ?

कुल पूजा कुन समयमा गर्ने भन्ने निश्चित विधान छैन । विधि पनि फरक फरक हुनसक्छन् । कोही वेदोक्त विधिका अनुयायी छन् भने कसैले तान्त्रिक विधिबाट पूजा गर्छन् । वेदोक्त विधिबाट पूजा गर्नेहरु शान्त रुपमा पूजा गर्छन् । तान्त्रिक विधिबाट पूजा गर्नेहरु भने केही भिन्न हुन्छन् । कोही पूजाको समयमा ‘शरीरमा कुल चढेर’ काम्छन् । कसैको पुरै परिवार नै काम्ने गरेको पनि पाइन्छ ।

कसैले कुलपुजामा बली चढाउँछन् । कसैले बली बर्जित गरेका हुन्छन् । यही बली दिने पनि आ–आफ्नै शैली हुन्छ । कोही खुकुरीले काटेर बलि दिन्छन् । कोही रगत आफैं पिउने पनि गर्छन् । कोही भगवानलाई रगत चढाउँछन् ।

धेरैले कुलदेवताको मन्दिरमा छानो राख्दैनन् । कुलदेवताको मन्दिरमा मूर्ति नहुने भएकोले छानो पनि राख्न नहुने कतिपयको मत हुन्छ । कसैले छानो राखेर मन्दिर समेत बनाएको देखिन्छ । यद्यपि त्यो पूजा गर्ने ठाउँमा रुख वा एउटा किलोलाई नै कुल देवताको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।

कतिपय जाति तथा सम्प्रदायहरुले फुर्सदको समयमा कुलपुजा गर्छन् । यसमा कुनै निश्चित समय तोकिएको हुँदैन । तर, अधिकांशले मंसिर पूर्णिमा, अष्टमी र पञ्चमीका दिनमा कुलपूजा गर्ने गरेको पाइन्छ ।

वैदिककालको कृषिमैत्री स्तुति

आदिम कालमा मेघ गर्जन, बिजुली चम्किने र भारी वर्षामा ‘ईश्वर’ रिसाएको भन्दै विभिन्न किसिमको प्रकृति पूजा गर्ने चलन थियो । यही स्तुतिबाट हिन्दू धर्ममा यज्ञको सुरुवात भयो ।

शिवलाई रौद्र रुप निकालेको भनेर उनको नाम नै रुद्र राखियो । यसको कारण थियो धेरै रिसाएर चट्याङ आदिबाट आफूहरुको विध्वंस गराए भन्नु । इन्द्र, मरुत (वायु), सूर्य, पानी जस्ता खेतीपातीसँग सम्बन्धित विषयमा धेरै स्तुतिहरु गरिएको पाइन्छ । कतिपयले आफ्ना कुलदेवताको रुपमा नै सूर्य, वायुआदिको समेत स्तुति गर्ने गरेको पाइन्छ ।

 

 

Saturday, October 03, 2020

‘नेपाल लोकवार्ताको जीवित संग्रहालय हो’

 नेपाल लोकवार्ताको जीवित संग्रहालय हो’

सम्पूर्ण, बिहिबार, १७ पुष २०७६, https://sampurnaweekly.com/news/2719

संस्कृतिविद् तुलसी दिवस नेपाली लोकवार्ता तथा संस्कृति समाजका अध्यक्ष हुन्। उनका लोकसंस्कृतिसम्बन्धी आधा दर्जन किताब प्रकाशित छन्। यही संस्थाको आयोजनामा मंसिरमा काठमाडौँमा ‘सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कंग्रेस’ सम्पन्न भएको थियो। सम्मेलनमा स्वदेशी र विदेशी संस्कृतिविद्, प्राध्यापक र अनुसन्धाताको सहभागिता थियो। संस्कृतिविद् दिवससँग सातौँ लोकवार्ता सम्मेलन र नेपाली लोकसंस्कृतिको समग्र अवस्थाबारे ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले संवाद गरेका छन्। 


सातौँ लोकवार्ता सम्मेलन’ औपचारिकता निर्वाह गर्न मात्रै गरिएको थियो या यसको कुनै विशिष्ट अभिप्राय थियो

पहिला–पहिला नेपालमा लोकवार्तालाई निकै पुरातन दृष्टिले हेरिन्थ्यो। तर, लोकवार्ता र लोकसंस्कृति आधुनिक दृष्टिमा समेत उत्तिकै महत्त्वपूर्ण छन्। लोकवार्ताभित्र गाउँखाने कथा, उखानटुक्का, रीतिरिवाज, अनुष्ठान, जीवनशैली सबै पर्छन्। यिनै लोकवार्ता, मौखिक लोकवार्ता, अभौतिक सांस्कृतिक सम्पदा र सांस्कृतिक अध्ययनको संकलन, संरक्षण र प्रवद्र्धन नै लोकवार्ता सम्मेलनको मुख्य अभिप्राय हो। 

लोकवार्ता संस्कृति समाजले विभिन्न लोकजीवनको अध्ययन र अनुसन्धान गर्ने थालनी गरेको छ। यस क्रममा संस्थाले लोकसाहित्य र लोकवार्ताका २५ वटा पुस्तक प्रकाशन गरिसकेको छ। ती पुस्तक र प्रत्येक लोकवार्ता सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई डिजिटलाइज्ड गरेका छौँ। जसबाट हाम्रो विशेषता, विशिष्टता र सम्पन्नतालाई अन्तर्राष्ट्रिय रूपमा लाने प्रयत्न भएको छ। यसैले लोकवार्ता सम्मेलन औपचारिकता मात्र नभएर हाम्रो कामको निरन्तरता हो। 

सम्मेलनमा मुख्य गतिविधि के–के थिए?  के तिनले नेपालको लोकवार्तालाई अझ समयसापेक्ष बनाउन सहयोग गर्छन्

सम्मेलन मुख्य त ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’मा  केन्द्रित रह्यो। यसबाहेक थप १० वटा उपविधामा हामीले विमर्श गर्‍यौँ। ती उपविधामा ‘लोकवार्ता, लैङ्गिकता तथा शक्ति’,  ‘लोकवार्ता, सृजनात्मक लेखन तथा काव्य’,  ‘सांस्कृतिक अध्ययन’ आदि पर्छन्। यिनै मूल विषयमा केन्द्रित रहेर ८८ वटा भन्दा बढी कार्यपत्र प्रस्तुत भयो भने त्यसमाथि प्रशस्त छलफल र टिप्पणी पनि गर्‍यौँ। 

नेपाल कुनै एउटा जाति विशेष, कुनै एउटा भाषा विशेष र कुनै एक संस्कृति विशेषको पेवा होइन। यहाँ बसोबास गर्ने १ सय २५ जातजातिको सामूहिक सम्पदा नै नेपाल हो। यो कुरा बुझ्न सकियो भने नेपालको लोकसाहित्यको महत्त्व आफैँ बोध हुन्छ। 

पहिलेका सम्मेलनझैँ यो सम्मेलन पनि लोकवार्ता, संस्कृति, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भूगोल, विज्ञान, इन्जिनियरिङ विधाका अनुसन्धाता, शिक्षक, विद्यार्थीहरूबीच मन्थन हुने साझा थलो बनेको थियो भन्ने विश्वास लिएका छौँ। सम्मेलनले नेपाली लोकवार्तालाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्न थप सहज भएको छ। 


दक्षिण एसियाको समकालीन लोकसाहित्यसँग नेपालको लोकसाहित्य तुलना गर्दा कस्तो पाउनुहुन्छ ?

हरेक जाति र राष्ट्रको आ–आफ्ना सांस्कृतिक विशिष्टता हुन्छन्। हामी नेपालीको त विविधताका कारण लोकसाहित्य धनी छ। तर, कुनै पनि परम्परागत संस्कृति आजको समयसँग तुलना गर्दा रूढिग्रस्त छन् भने तिनलाई त्याग्न पनि सक्नुपर्छ। 

फेरि अरू देश र भूगोलको संस्कृतिसँग आफ्नो संस्कृति तुलना गर्दा हामीले के बुझ्नुपर्छ भने संस्कृति भनेको स्थिर अवधारणा होइन, गतिशील अवधारण हो। संसारैभरि आ–आफ्नै शैलीका लोकजीवन र संस्कृति विद्यमान छन्। त्यसमा समय, स्थान र घटनाक्रम जोडिन्छन्। दक्षिण एसियाको लोकसाहित्य हेर्ने हो भने त्यसमा हिन्दूत्वको प्रभाव छ। त्यही कुरा नेपालमा पनि लागू हुन्छ। तर, नेपाल कुनै एउटा जातिविशेष, कुनै एउटा भाषाविशेष र कुनै एक संस्कृतिविशेषको पेवा होइन। यहाँ बसोबास गर्ने १ सय २५ जातजातिको सामूहिक सम्पदा नै नेपाल हो। यो कुरा बुझ्न सकियो भने नेपालको लोकसाहित्यको महत्त्व आफैँ बोध हुन्छ। लोकपरम्परा र मौखिक लोकपरम्परामा नेपाल अगाडि छ भन्ने पनि ज्ञान हुन्छ। यसर्थ लोकवार्तामा नेपाल जीवित संग्रहालय हो। 

हाम्रो लोकजीवनको खास विशिष्टता के हो

विविधता नै नेपाली लोकजीवनको मुख्य विशेषता हो। यहाँ भौगोलिक रूपमा हिमालदेखि मधेशसम्म बसोबास गर्ने जातजातिका आ–आफ्नै मौलिक परम्परा र संस्कृति छन्। यसैले नेपाली संस्कृतिलाई भौगोलिक रूपमा हेर्नुपर्छ। एउटा पहाडको फेदीदेखि चुचुरोसम्म पुग्दा मौसम मात्र होइन, त्यहाँका वनस्पति, खाद्यान्न, माटो, वन्यजन्तु फरक–फरक छन्। त्यस भेगमा बोलिने भाषा पनि फरक छ। ती विभिन्न भाषा बोल्नेका नाचगान फरक छन्। तिनका आस्था, विश्वास र प्रचलन फरक–फरक छन्। वेशभूषा र जीवनकर्ममा गहिरो भिन्नता छ। यस किसिमको अनुपम सांस्कृतिक वैविध्य भएको हुनाले नै यो देश सम्पदाको देश हो।

नेपाली लोकवार्ता तथा संस्कृति समाजको निजी प्रयासबाट मात्रै सातौँ सम्मेलन भएको थियो वा यसमा सरकारी निकायको पनि संलग्नता थियो

हामीले विशेष गरेर लोकसाहित्य र संस्कृतिका विषयगत क्षेत्रमा लागेका विज्ञ मानिस संगठित हुनुपर्छ भन्ने अवधारणाले २०५१ सालमा ‘नेपाली लोकवार्ता तथा संस्कृति समाज’ स्थापना गरेका हौँ। यस संस्थाले एक जातिले अर्को जातिको संस्कृति जान्नुपर्छ भन्ने कुरामा विशेष जोड दिन्छ। आफ्नो मात्र होइन, अरूको पनि संस्कृति छ भन्ने बोध हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यही मान्यतालाई अघि सारेर कार्यक्रम गर्दा हामीले केही सरकारी निकाय र अन्य संघसंस्थाको सहयोग पनि पाएका थियौँ। काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहयोग पाएका थियौँ। त्यस्तै, नेपाल पर्यटन बोर्ड सातौँ कंग्रेसको मुख्य प्रवद्र्धक थियो। 

मौलिक सृजनात्मक साहित्य र लोकसाहित्यमा के–के पृथक्ता र कस्ता समानता छन्

साहित्य र लोकसाहित्यबीच निकै नजिकको समानता छ। लोकसाहित्य पनि सृजनशील साहित्यजस्तै हो तर त्यसमा व्यक्तिको भन्दा समूह विशेषको रचनाको भूमिका बढी देखिन्छ। लोकसाहित्य व्यक्तिले जस्तो एक्लैले रचना गरिएको हुँदैन। पहिला–पहिला लोकसाहित्य केवल मौखिक परम्परामा सीमित थियो। तर, आज लिखित रूपमा पनि लोकसाहित्य संकलन भइसकेको छ। लोकसाहित्यमाथि अनुसन्धान र विचार–विमर्श हुन थालेका छन्। 

उसो त व्यक्तिले रचना गरेको कुरा पनि मौखिक परम्परा हुँदै लोकमा गएर फैलियो भने त्यो लोकसाहित्य हुन्छ। फेरि हामीले आधुनिक साहित्यको रचना गर्दा कुनै न कुनै माध्यमले लोकसाहित्य र आफूले आत्मसात् गरेको संस्कृतिको प्रभाव परिरहेकै हुन्छ। सर्जकले आफ्नो लोकजीवन र परम्पराभन्दा पृथक् हुन्छु भनेर सक्दैन। लोकसाहित्यकै जगमा विश्वमा उच्च कोटीका आधुनिक साहित्य लेखिएका छन्। त्यसैले लोकसाहित्य हाम्रो मौलिक रचनामा स्वतः जोडिएर आउँछ। 

लोकसाहित्य र लोकसंस्कृति अझै सर्वसाधारणले बुझ्न नसकेको विषय हो

उहिले लोकसाहित्य भन्नेबित्तिकै गाउँको वा निम्नवर्गीय जीवनको भाषा भन्ने बुझिन्थ्यो। सामान्य मानिसले गाउने गीत, बोल्ने भाषा, लगाउने वेशभूषा, रहनसहन नै लोकसंस्कृति हो भन्ने ठानिन्थ्यो। तर, अहिले त्यो धारणा परिवर्तन भइसकेको छ। आफ्नो विविधता र मौलिक परम्पराको अमूल्य सम्पत्ति हो भन्ने बुझाइ फैलिँदै गएको छ। त्यसैको परिणामस्वरूप नेपालमा पनि लोकवार्ताको अध्ययन र अनुसन्धान हुन थालेको छ। सरकारी तवरबाट पनि लोकसंस्कृतिको संवद्र्धन गर्ने प्रयास सुरु हुन थालेको छ। संस्कृति पढ्ने, पढाउने र पाठ्यक्रममा राख्ने कामको थालनी भएको छ। 

हामी सबै लोकजीवनकै उत्पादन हौँ

हो, हामी सधैँभरि लोकजीवनबाटै प्रेरित भइरहेका हुन्छौँ। त्यसैले त भौतिक विकासका लागि नेपाली लोकजीवन, लोकवार्ता र लोकसंस्कृतिको विकास अपरिहार्य छ। भौतिक विकासलाई स्थायित्व दिने काम लोकसाहित्य र लोकजीवनले नै गर्छन्। लोकसंस्कृतिको बलियो आधार भएन भने विकास एकपाटे मात्र हुन्छ। तर, विकास र समृद्धि त चारैतिर फैलिनुपर्छ। त्यसका लागि आफूसँग भएका ‘सांस्कृतिक सम्पदा’ र ‘जीवित सांस्कृतिक सम्पदा’ बलिया आधार हुन्। 

 

 

 

Tuesday, September 29, 2020

भुमेको भूमिमा सांस्कृतिक उत्सव


 भुमेको भूमिमा सांस्कृतिक उत्सव

कुलदीप न्योपाने, २०७५, असार ११, दाङ ।

भूमे खामभाषी मगरहरुको मुख्य चाड हो । स्थानीय खाम भाषामा यसलाई ‘नाकोवाङे’ पनि भन्ने गरिन्छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि हप्ता १० दिनसम्म यो पर्व मनाउने चलन छ ।

त्यसको तयारी भने १ महिना अघिदेखि नै हुन्छ । जेठ १ गते बाजा फुकाएर सुरु हुने यो पर्वमा मुख्यगरी प्रकृतिको पूजा गरिन्छ । एकातर्फ हिउँदे बाली भित्रिएको खुशीयाली र अर्कोतर्फ वर्षे बाली सप्रियोस भनेर भूमि पूजा गर्ने यो पर्वको विशेषता हो । बाजागाजा बजाउन शुरु भयो भने प्रकृतिमा भएकाका चराचुरुङी किरा फट्यांग्रा संगीत सुन्न बाहिर निस्कन्छन् र बालीनालीलाई असर हुँदैन भन्ने जनविश्वास रहिआएकोे छ

मगर जाति मध्यपहाडी भेगमा बसोबास गर्ने बासिन्दा हुन् । यिनीहरुको आफ्नै कला संस्कृति, रहनसहन र भाषा छ । मगर क्षेत्र भाषिक हिसाबले तीन क्षेत्रमा बिभाजित छ । कालीगण्डकी पूर्वलाई बाह्र मगरात भन्ने गरिन्छ भने त्योभन्दा पश्चिम अठार मगरात तथा डोल्पा क्षेत्रलाई काइके मगरात क्षेत्रको रुपमा चिनिने गर्दछ ।

यिनीहरु परापूर्वकालदेखि नै अग्ला भीर काल्नामा बस्ने कृषिकर्म गर्ने चलन थियो । वर्षातको समयमा ती भीरपाखा पखेरामा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोप नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

मगर जातिले कुनै देवी देवताको पूजाआजामा भन्दा पनि बढी आफ्नै पूर्खा र प्रकृतिको पूजामा विश्वास गर्दछन् । मगरहरु खासमा प्रकृति धर्म मान्छन् ।

भूमे गाउँपालिका वडानम्बर ६ का देवबहादुर बुढामगर भूमे आदिवासी जनजातिको वार्षिक पर्व भएको बताउँछन् । ‘हामी अरु धर्म संस्कृतिमा भन्दा प्रकृतिमा भर पर्ने हुँदा यही समयदेखि भन्ने यकिन नभए पनि परापूर्वकालदेखि नै भुमे पर्व मनाउँदै आएका छौं ।’

मगर बस्तीहरुमा भूमि बाराह, सिद्ध बाराह आदिको पूजा गरेको समेत देख्न सकिन्छ । यो दिनमा मगर समुदाय बसोबास गर्ने बस्तीहरुमा सानोतिनो मेला नै लाग्ने गर्दछ । यसैले यस भूमे पर्वलाई गाउँघरमा भूमे मेला पनि भन्ने गरिन्छ ।

यो पूजा अठार मगरात क्षेत्रमा असार १ गते एकैदिन गर्ने गरे पनि गाउँअनुसार भूमे पूजा गर्ने आआफ्नै चलन छ । गाउँठाउँ अनुसारको विशेषता र कथा पनि हुने गर्दछ भुमेको ।

भूमेमा फूलको महिमा

भुमे शुरु हुनुभन्दा दुई दिनअघि नै नजिकैको पहाडमा बुकीमध्यको दुर्लभ मानिने रथबिरथ फूल टिप्न जाने गरिन्छ । यो फूलको पनि आफ्नै महत्व छ । यो फूल लामो समयसम्म ओइलाउँदैन । यो फूल टिप्न प्राय गरेर मगर समुदायका युवायुवती जाने गर्दछन् ।

दुई दिनअघि फूल टिप्न गएकाहरु असार १ गते बिहान आफ्नो भेषभुषामा सजिएर उतैबाट नाचगान गर्दै फर्किन्छन् । एक लाइनमा यसरी आउँदै गरेको दृश्य साँच्चिकै हेर्नलायक देखिन्छ ।

यता भूमेथानमा सम्पूर्ण तयारी गरिसकिएको हुन्छ । सम्पूर्ण गाउँलेहरु आफ्नो मौलिक पहिरनमा भूमे थानमा जम्मा भएका हुन्छन् । यसपछि भूमेथानमा पूजापाठ गर्नुका साथै भेंडाको बली दिने गरिन्छ । जम्मा भएका सबैले मान्यजनबाट बुकीपाटनदेखि लिएर आएको रथबिरथ फूल लगाउने र अशिर्वाद लिने चलन छ । यसरी फूल लगाउँदा आपसी सदभाव, सामाजिक, भाइचारा सम्बन्ध पनि फूल जस्तै नओइलाओस् भन्ने कामना गरिन्छ ।

आशिर्वाद लिइसकेपछि भूमे थानलाई बीचमा पारेर सबै गोलो घेरा बनाएर नाचगान गर्दछन् ।

लोप हुँदै नाचका ताल

मगर समुदयमा यो नाच भूमे नाचको नामले प्रख्यात छ । मगर समुदायको मुख्य पर्व भूमेको अवसरमा युवायुवती, बालबालिकादेखि बृद्धबृद्धासम्म नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । दमाह झ्यालीसहित पञ्चेबाजा बजाएर त्यसैको तालमा नाचिने यो नाचमा भूमे गीत पनि गाउने गरिन्छ ।

यो नाचको २२ ताल हुने भए तापनि अहिले केही तालहरू लोप भइसकेका छन् । त्यसैले थबाङका युवा समाजसेवी उदय मगर भन्छन्, ‘यसको जगेर्नाका लागि युवा वर्गलाई अग्रपंक्तिमा आउन जरुरी छ ।’

पर्वबाट गाउँपालिकाको नामाकरण

भूमिको पूजा, सामूहिक जीवनशैली र अग्रजको सम्मान यो पर्वको प्रमुख विशेषता हो । रुकुमका हुकाम, मैकोट, तकसेरा, राङ्सी, जाङ, लुकुम, काँक्री, क्याङ्सी, मोराबाङ, महत, काँडा, रोल्पाका थवाङ, मिरुल, जेलवाङ, कुरेली, उवालगायतका मगर समुदायको सघन बसोबास रहेका वस्तीहरुमा यो पर्व भब्यरुपमा मनाउने गरिन्छ ।

मगरजातिहरु विशेष गरी धार्मिक संस्कृतिका हिसाबले प्राकृतिक पूजक हुन्, जसमा भूमिलाई पूज्ने गरिन्छ । यस भेगमा मगर जातिको बाहुल्यता र अन्य जाति मिश्रित रुपमा रहेका छन् । ‘हाम्रो पहिचानको लागि यो गाउँपालिकाको नामकरण गर्दा भूमे गाउँपालिका राखेका हौं,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले भने, ‘स्थानीय भाषा संस्कृतिको सरक्षणको लागि पनि हामीले हाम्रा पर्वहरु धुमधामका साथ मनाउने गरेका छौं ।’

यो संस्कृति आफैमा पहिचानको आधार बनेको छ । त्यसैले त मगर समुदाय मगर हुनुमा गौरव गर्छन् ।

https://www.onlinekhabar.com/2018/06/688268

 

Thursday, September 24, 2020

के हामीले हाम्रो ईतिहाश राम्ररी पढेका छौ?

 के हामीले हाम्रो ईतिहाश राम्ररी पढेका छौ?

हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा हाम्रा राणा प्रधानमन्त्री स्वयं आफै तिनलाई सिकार खेलाउन ठोरी वा त्यस्तै ठाउंमा पुग्ने गर्दथे त्यो हाम्रो वास्तविक हैसियत थियो । डराएर परिवार सहित भारत पलायन भएका राजा त्रिभुवन कलकत्तामा बोरिस लिसानेविचले संचालन गरेको ूऋगिद घण्ण्ू रेष्टुरेन्टमा सुरा र सून्दरी विच भुल्न थाल्दा थाल्दै उनले नचाहदा नचाहदै पनि भारतको तत्कालिन राजनैतिक शक्तिले सरकार संचालनको निम्ती सहयोगी साथ लगाएर जवरजस्ती नेपाल पठाएपछी त्यसलाई हामीले गर्वको रुपमा लियौ र तिनै त्रिभुवनको सालिक सहिदगेटमा उच्च स्थानमा प्रतिष्ठापन पनि गर्यो । तिनै त्रिभुवनले बोरिस दम्पतीलाई ज्यादेनै अनुनय विनय गरेर नेपालमा बोलाएको र सौभाग्यवश तिनै दम्पतीको प्रयासको कारण हालको निर्वाचन आयोगको भवनमा च्यथब िजयतभ िको स्थापना भै नेपालले पर्यटनको ढोका खोल्न सफल भयो । बोरिस लिसानेविचको सम्बन्धमा लेखिएको किताब ९त्ष्नभच ायच दचभबपाबकत० भन्ने किताव पढन योग्य छ । तत्कालिन राजा त्रिभुवनले के गरे गरेनन म त्यसतर्फ जान जाहन्न । सो को कुनै औचित्य पनि छैन । तर, राजा त्रिभुवनवाट आर्थिक रुपमा हेपिएका, पहिलो पत्नी इन्द्रराज्यलक्ष्मीको मृत्युपछी उनकी वहिनी रत्नराज्यलक्ष्मीलाई विवाह गर्न मरिहत्ते गरेका तत्कालिन युवराज महेन्द्रलाई राजा त्रिभुवनले गरेको न्यूनतम ब्यवहार सायद धेरैलाई थाहा पनि नहोला । राजा त्रिभुवनको असहयोगको कारण रत्नराज्यलक्ष्मीलाई विवाह गर्न उनले अरुसंग सरसापट समेत गर्नुपरेको वारे पनि हामी धेरैलाई थाहा नहुन सक्ला । तर, तिनै महेन्द्र जव राजा भए तव उनले क्रमिक रुपमा राणाको पालामा अग्रेज( भारत र राणापछी स्वतन्त्र( भारतलाई नेपालको तर्फबाट भैरहेको ज्युहजुरीको प्रथाको अनत्य गर्ने प्रयाश गरे र सो मा सफल पनि भए ।यस्को श्रेय निर्विवाद रुपमा राष्ट््रभक्त राजा महेन्दलाईनै जान्छ । तिनै राष्ट््रभक्त राजाको छोटो समयको नेतृत्वको परिणामस्वरुप नेपालको परराष्ट्र निती, आर्थिक निति, भुमिसुधार निति, सिक्षा निति, पूर्व पक्षिम राजमार्गको परिकल्पणा, विभिन्न कलकारखाना लगायतका जे जती पनि आज छ र जे जती हामीले विगतमा तहस नहस गर्यो त्यो सवैनै राजा महेन्द्रको देन थियो । राजा महेन्द्रलेनै हामीलाई सेवक वाट वास्तविक नागरिकको स्थानमा पुर्याउन सफल भएका हुन । त्यसपछी राजा विरेन्द्र जो लर्ड हन्टिगटनको सच्चा विध्यार्थि थिए जस्ले ९उयष्तिष्अब ियचमभच ष्ल अजबलनष्लन कयअष्भतथ० भन्ने किताको दर्शन राजा विरेन्द्रलाई घोकाएका थिए । जसमध्ये उक्त कितावमा दिईएको प्रेशर कुकरको उदाहरण राजा विरेन्द्रले आफ्नो जीवनकालमा केही हदमा प्रयोग पनि गरेको थिए । उनको सम्वन्धमा धेरै उल्लेख गर्न चाहन्न ९उनको भित्री महत्वाकांक्षाको बारेमा सुधिर शर्माको किताववाट पनि केही थाहा पाउन सकिन्छ० । उनले मुलुकको निम्ती कुनै नराम्रो काम नगरेपनि नागार्जुन दरबारमा बसेर च्यथब िक्बगितभ को चुस्कीको मजा लिने बाहेक उनको पालामा कुनै उपलब्धिमुलक कार्य भएको मलाई लाग्दैन । त्यपछीको ईतिहास केवल भारतको चाकडीमानै वित्यो । उदाहरणको रुपमा दिवंगत शुर्यबहादुर थापा भारत सरकारको नजिकको मित्र हुनुहुन्थ्यो । वहा बेलाबखतमा भारत भ्रमणमा गैरहनुहुन्थ्यो । वहा साउथ ब्लकमा जानुहुन्थ्यो । नेपालको डेस्क हेर्ने दोश्रो दर्जाको कर्मचारीलाई आफ्नो याचना र फेहरिस्त सुनाएर आउनुहुथ्यो । ति कर्मचारीको अर्ति उपदेशमा कुनै प्रतिकार नजनाएर जिहा जिहा भनेर फर्किनु हुन्थ्यो । त्यसलाई भारत भ्रमणको ठूलो उपब्धिको रुपमा लिने गरिनथ्यो । लगभग सवैले गर्ने र गरेको पनि त्यही हो । आफुलाई भारतले पत्याउछकी भनेर आशा गर्दा गर्दै माधव नेपाललाई प्रधानमन्त्री बनाएकोमा असहमती जनाउने क्रममा बर्तमान प्रधानमन्त्री ओलीमा पलाएको भारत प्रतिको कडां रवैया कालान्तरमा फल्दै फुल्दै आज पूर्ण रुपमा बर पिपलको बृक्षको रुपमा खडा भएको छ । राजा महेन्द्र पछाडी पहिलो पटक प्रधानमन्त्री ओलिको नेतृत्वमा हामी नेपालीले वास्तविक नेपाली नागरिक भएको अनुभूती गरिरहेका छौ । आज भारत र नेपालको सम्वन्ध राजनैतिक रुपमा बल्ल तल्ल बराबरीमा उक्लिएको छ । त्यसमा किमार्थ पनि तलमाथि नहोस । जस्तै सुकै विषम परिस्थितीको सामना हामी नेपालीले किन गर्नु नपरोस अव हामी भारतको अगाडी झुक्न हुदैन । यदी यो परिस्थितीमा हामी टिक्यौ भने हामी सदाको लागि सार्वभौम नेपाली भएर उभ्भिन सक्छौ। हामी भारतको सानो भाई भएर हैन समान राष्ट्र्को हैसियतमा विश्व सामु खडा हुन चाहन्छौ । यो नै मेरो अन्तश्करणको कामना हो । त्यसर्थ, भविष्यको उपलब्धी प्रति प्रधानमन्त्री ओलिलाई अग्रिम रुपमा शुभकामना दिन चाहन्छु ।

https://www.facebook.com/mainali.lav/posts/4155543417850704

June 15, 2020

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...