Monday, August 08, 2022

राज्यको अभिलेखमा नभएको एउटा जाति

 राज्यको अभिलेखमा नभएको एउटा जाति

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली...

·         चतुर्भुज केवरत, नयाँ पत्रिका, वि.सं २०७९ श्रावण २३ सोमबार

नेपालको राष्ट्रियगानले यहाँको बहुलतालाई प्रस्ट झल्काएको छ बहुरंगी फूलहरूको साझा फूलबारी नै नेपालको सुन्दरता हो यहाँ भूगोल, जातजाति, भाषा, धर्म, संस्कार, संस्कृतिमा विविधता छ बहुरंगी संरचना नै नेपाल नेपाली समाजको विशेषता हो हिमाल, पहाड र तराई मधेसमा विविध जातजाति, आदिवासी जनजाति, मधेसी, मुस्लिम, कथित दलित तथा पिछडावर्गका मानिसको बसोवास छ तीमध्ये केवरत जाति पनि नेपालको पूर्वी तराईको मोरङ जिल्लामा बसोवास गर्ने आदिवासी जनजाति हो

केवरत जातिको बसोवास मोरङको सुनवर्सी न.पा. वडा नं. ४ का कासिजान (जिम्दार टोल, प्रधान टोल, स्कुल टोल) गोपी कामत टोल, वडा नं. ५ का गाइडेग्रा, बेलडाङी, रमनपुर, वडा नं. ६ का बाँसबारी, बिर्ता, तालगाछ, खिखिरडाङ्गी र सरनपुर गाउँहरूमा रहेका छन् त्यसै गरी यसै नगरको वडा नं. को बारडङ्ङा वडा नं. का चन्ननखारही डाइनियाँ गाउँहरूमा केवरत जाति बस्छन् रतुवामाई .पा.वडा नं. को महादेवा पिढाली वडा नं. को कुइलडाङी रतिलालमा पनि केवरत टोल

नेपालमा केवरत जातिको जनसंख्या लगभग १५ हजार छ यस जातिको आफ्नै  केवरत मातृभाषा छ केवरतहरू परस्परमा आफ्नै  मातृभाषाको प्रयोग गर्छन् यस भाषामा कविता, गीत, गजल, निबन्धजस्ता साहित्यिक पुस्तक पनि प्रकाशित भइसकेका छन् केवरत भाषाका लगभग चार हजार शब्दहरू समावेश गरिएको ‘केवरत शब्दसंग्रह (२०७०) नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित केवरत जातिबारे ‘केवरत आदिवासित्वका आधारहरू (२०७५) प्रकाशित । नेपाल प्रज्ञा–प्रतिष्ठानबाटै केवरत जातिको समग्र पहिचान झल्काउने ‘केवरत लोकजीवन २०७६’ पनि प्रकाशित छ केवरत जातिको भाषाबारे त्रिविको शिक्षा संकायबाट विभिन्न शीर्षकमा सातवटा स्नातकोत्तर तहका शोधकार्य सम्पन्न भइसकेका छन्

 यस जातिबारे त्रिविको मानविकी संकायबाट एउटा मानवशास्त्रीय शोधकार्यसमेत सम्पन्न भएको छ यो जातिले भूमि, रुख, पानी, सर्प, बालीनालीको पूजा गर्छ यस जातिमा झारफुक, तन्त्रमन्त्र, लाग लगानमा विश्वास गर्ने प्रचलन छ आदिवासी केवरतहरू लौकिक तरिकाले पूजाआजा गर्छन् विवाह तथा पितृकार्यमा आफ्नै  जातिको बबाजीको अनिवार्य उपस्थिति हुन्छ बबाजीको अनुपस्थितिमा कुनै पनि कार्य सम्पन्न हुँदैन यस जातिको आफ्नै  न्याय प्रणाली रहेको इतिहास पाइन्छ चोरी, डकैती तथा अनैतिक क्रियाकलापजस्ता अपराध नियन्त्रण गर्न ‘सोलोसबाली बाइस’ नामक मुखिया संस्थाले न्याय सम्पादन गर्ने गथ्र्याे जातीय सरदार देमानहरू रहने प्रावधान पनि थियो सामाजिक नीतिनियम निर्माण गर्न सामाजिक बन्देजका लागि यस संस्थाले कडा सर्त एवम् नियम बनाउँथ्यो हरेक केवरतले उक्त नियम पालन गर्नुपथ्र्यो केवरत जातिमा न्याय सम्पादन गर्ने यो सर्वोच्च निकाय थियो अन्य आदिवासी जनजातिमा जातीय न्याय प्रणाली भएझैँ  केवरतको यस परम्परागत जातीय संस्थाले आदिवासित्वलाई प्रमाणित गर्छ 

राज्यले कुनै जंगली जनावरको संख्या लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्छ । तर, आफ्नै  मौलिक भाषा, संस्कार, संस्कृति तथा लोकपरम्परा र लोकसाहित्य भएको केवरत जातिको अभिलेखनमा कुनै चासो दिँदैन ।

केवरत जातिमा नयाँ काम थालनी गर्दा न्यायप्रणालीका अगुवाहरूको परामर्शमा सम्पन्न गर्नुपथ्र्याे तिनले दिएका निर्देशनअनुसार नै केवरतहरू सामाजिक कार्य सम्पादन गर्थे कृषि मुख्य पेसा हो यसबाहेक गरिबीको रेखामुनि रहेका केवरतहरू आयआर्जनका निम्ति मजदुरी गर्ने, जुटको डोरी बाटेर बिक्री–वितरण गर्ने गर्छन् केवरत महिलाहरूले भुजा भुटेर स्थानीय हाटबजारमा बिक्री–वितरण गर्दै आएका छन् अचेल केही केवरत युवाहरू रोजगारीको खोजीमा छिमेकी देश भारतका दिल्ली, पन्जाबजस्ता सहरमा जान थालेका छन् त्यसैगरी केही युवाहरू रोजगारीको खोजीमा खाडी मुलुक कतार, दुबई, साउदी अरब र मलेसिया जान थालेको पाइन्छ

राज्यमा यस जातिको पहुँच छैन सत्ता शक्तिमा नभएकाले केवरतहरूले सरकारी तथा गैरसरकारी निकायमा प्रवेश पाउन सकेका छैनन् नेपालमा वि.सं. १९६८ देखि हालसम्म ११० वर्षको अवधिमा बाह्रौँपटक राष्ट्रि«यस्तरका जनगणना सम्पन्न भइसकेका छन् तर, विडम्बना! परापूर्व कालदेखि यसै थातथलोमा बस्दै आएको यस जातिलाई नेपाल सरकारले आफ्नो तथ्यांकमा हालसम्म समेटेको छैन पृथक् विशिष्ट पहिचान भएको केवरत जातिलाई एघारौँ जनगणनाको तथ्यांक प्रकाशन गर्ने वेलासम्म पनि पृथक् जातिका रूपमा राखिएको छैन यस जातिलाई हालसम्म तराईकै अर्को केवट जातिमा गाभेर राखिँदै आएको , जुन सर्वथा गलत छ किनभने तराईमा बसोवास गर्ने केवरत केवट फरक–फरक जाति हुन् यी दुई जातिका भूगोल, भाषा, वेशभूषा र जीवनपद्धति बेग्लाबेग्लै छन्

नेपालमा वि.सं. १९६८ देखि हालसम्म ११० वर्षको अवधिमा बाह्रौँपटक राष्ट्रियस्तरका जनगणना सम्पन्न भइसकेका छन् । तर, विडम्बना ! परापूर्व कालदेखि यसै थातथलोमा बस्दै आएको केवरत जातिलाई नेपाल सरकारले आफ्नो तथ्यांकमा हालसम्म समेटेको छैन ।

केवरत जातिबारे हालसम्म व्यवस्थित रूपमा एउटा मात्र अध्ययन भएको छ वि.सं. २०६५ मा त्रिविका प्रा.डा.ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति पुनः सूचीकरण उच्चस्तरीय कार्यदल गठन भएको थियो त्यस कार्यदलको तीन सदस्यीय एक टोलीले केवरत जातिको बसोवास स्थलमा भ्रमण गरेको थियो त्यस टोली त्यहाँ तीन दिन बसेर केवरत जातिका भाषा, संस्कार, संस्कृति, प्रथा प्रणाली र जीवन पद्धतिबारे सूक्ष्म अध्ययन गरेको थियो त्यस कार्यदलले नेपालका केवरतलगायत थप २५ वटा जाति नेपालका आदिवासी जनजाति हुन् भनी प्रतिवेदन ेस गरेको थियो उक्त टोलीबाट प्राप्त अध्ययनका आधारमा केवरत जातिलाई नेपालको आदिवासी जनजातिमा सूचीकृत गर्न नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गरेको थियो उक्त प्रतिवेदन साविक स्थानीय विकास मन्त्रालय हालको संघीय मामिला मन्त्रालयमा हालसम्म कार्यान्वयन नगरी त्यत्तिकै थन्क्याएर राखिएको छ राज्यमा केवरत जातिको हालसम्म जातीय पहिचान कायम हुन सकेकोे छैन यो जाति राज्यमा हालसम्म पहिचानविहीन भएर बाँच्न विवश

नेपालमा विगत ७० वर्षमा चरणबद्ध राजनीतिक परिवर्तन भए ‘नेपाल अधिराज्यको संविधान २०७२’ जारी भयो धेरै जातजातिले आआप्mना विशिष्ट पहिचान पाए कतिपयले धेरथोर अधिकार पनि पाए तर, नेपालको आदिवासी जनजाति केवरत जातिलाई आजसम्म राज्यले चिनेन आफ्नो पहिचान पाउन केवरत जातिले निरन्तर कठिन संघर्ष गर्दै आएको  

केवरतहरूले वि.सं. २०६५ पछि स्थानीय तहदेखि संघीय तहसम्ममा ठाउँ–ठाउँमा जातीय गणना र पृथक् पहिचानका निम्ति निवेदन दिँदै आएका छन् यस जातिको अगुवा संस्था ‘नेपाल केवरत विकास सेवा समाज,’ टकुवा, मोरङले ठाउँ–ठाउँमा पहलकदमी गर्दै आए पनि हालसम्म राज्यस्तरमा पहिचान स्थापित भएको छैन देश संघीय संरचनामा गइसक्दासमेत एउटा जाति यसरी जनगणनामा छुटाइँदै आउनुलाई राज्यको गैरजिम्मेवार क्रियाकलाप भन्नु उपयुक्त हुन्छ राज्य कुनै जंगली जनावरको संख्या लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्छ तर, आफ्नै  मौलिक भाषा, संस्कार, संस्कृति तथा लोकपरम्परा र लोकसाहित्य भएको केवरत जातिको अभिलेखनमा राज्यले कुनै चासो दिँदैन यसबाट राज्यको कुनै जाति एवम् नागरिकप्रतिको बेवास्तालाई संकेत गर्छ राज्य सबै नागरिकको अभिभावक हो

 राज्यभित्र बसोवास गर्ने हरेक नागरिकको सही र वास्तविक लागत राख्ने दायित्व राज्यको हो राज्य यसबाट पन्छिन पाउँदैन राज्यमा कुनै जातिको वास्तविक तथ्यांक नहुँदा उक्त जाति राज्यबाट उपलब्ध गराउने विभिन्न सेवा तथा अवसरबाट वञ्चित हुन्छ राज्यमा अभिलेख नराखिएको जातिले धेरै समस्या भोग्न बाध्य राज्यले नागरिकबाट कर मात्र असुल्ने होइन, नागरिकका सुखदुःखमा सहभागी भएर समस्या समाधानमा अभिभावकीय भूमिकासमेत निर्वाह गर्नुपर्ने हुन्छ वि.संं. २०७८ मा बाहौँ राष्ट्रिय जनगणना सम्पन्न भएर प्रारम्भिक तथ्यांकसमेत सार्वजनिक गरिसकेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक प्रकाशन गर्न लागेको बाह्रौँ जनगणनाको तथ्यांकमा पूर्वी तराईको केवरत जातिलाई पृथक् जाति र केवरत भाषालाई फरक भाषाका रूपमा समावेश गरियोस्

(केवरत त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत उपप्राध्यापक हुन्)

 

Saturday, August 06, 2022

लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली


 लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली, आदिको अध्ययन गर्दा साविक पाल्पा हाल नवलपरासी जिल्लाको पहाडी क्षेत्र र देवचुलीको सेरोफेरोलाई केन्द्र विन्दु मान्न सकिन्छ । यसको समथर भागमा रहेका नवलपुर, कोल्हुवा, डण्डा, रजहर, र मुकुण्डपुर क्षेत्रका गुरौं थारुहरुले समेत चैत्रपूर्णिमा देखि वैसाख पुर्णिमा सम्म घाटु देवताको पूजाआजा गरेको पाइन्छ । देवचुलीमा घाटु देवता अर्थात कुमारवर्ती माईको पूजा गर्न जाने थारु समूहमा मादल र झयाली बजाएर नाच्ने गरिन्छ । नृत्यमा सहभागी महिला र पुरुषमा देवता चढने गर्दछ जसलाई घाटु नाटयगाथाको प्रारम्भिक रुप मान्न सकिन्छ । देवचुलीबाटै घाटु संस्कृतिको प्रसारण हुने क्रममा कालान्तरमा व्यवस्थित नाटयगाथाको रुप धारण गरेको मान्न सकिन्छ । साँस्कृतिक विकास र प्रसारको क्रममा यसको स्वरुपमा समुदाय अनुरुप परिवर्तन भएको पाइन्छ

स्राेतः मीन श्रीस, घाटु, मगर अध्ययन केन्द्र, २०६९)
देउचुली गाउँ पुर्व IGP स्व. खडगजीत बरालकाे पुर्खयाेली थलाे रहेछ । मेरा पुर्खा हरु पनि यसै गाउँबाट गुल्मीको डिब्रुङ गाउँमा बसाँइ सरेको भन्ने कथन छ । एक पटक त्यस गाउँमा जाने इच्छा छ ।

५० बढी लोक नृत्यमाथि बहस

 ५० बढी लोक नृत्यमाथि बहस

http://swaviman.com

नेपाली लोक नृत्यको आकर्षण बढाउन पोखरामा सप्ताहिव्यापी ‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७५’ आयोजना गरिएको कार्यशालामा ६० भन्दा बढी नृत्य निर्देशक एवम् नृत्यका विधार्थीहरुले लोक नृत्यसम्बन्धि बहस गरेका थिए।

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर काठमाडौले अनुशीलन कला पाठशाला, पोखराको सहकार्यमा २२ देखि २६ चैतसम्म आयोजना गरेको सो कार्यशालामा देशका सातैवटा प्रदेशका लोकनृत्य निर्देशकहरुले ५० भन्दा बढी नृत्यबारे कार्यपत्र प्रस्तुत गर्दै सो माथि बहस गरेका हुन् । नेपालमा बिदेशी नृत्यको प्रभाव घटाएर लोक नृत्यको आकर्षण बढाउँदै यसको प्रवर्धनको लागि यो कार्यशाला आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा जानकारी दिएका छन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेको कार्र्यशालामा दैनिक नृत्य सम्बन्धि गोष्टी आयोजना गरिएको थियो । कार्यशालामा पहिलो दिन चर्या विज्ञ अरुण श्रेष्ठले नेपाली लोकनाचको परिभाषा सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

अरुण श्रेष्ठको कार्यपत्रमा लोकनाचको जानकारी, उदेश्य, बिकाश बिस्ता, समस्या जस्ता विविध विषय उठाईएको थियो । त्यसपछि नगेन्द्र राईको साकेला, खौमा र ओहाङ नाच, सुरेन्द्र देसारको चर्या नृत्य, तुल्सी प्रभासको बालन नृत्य, अनु रजकले थारु समूदायको झर्रा नृत्य, कुलमान नेपालीको सुर्खेती झ्याउरे नृत्य, सुनिल सुवेदीले झुमरा नृत्य, रोमित कर्माचार्यले लाप्चा जातीको लोपोन्मुख परम्परागत नृत्यको विषयमा कार्यपत्र प्रस्तुतसँगै छलफल भएको थियो ।

कार्यशालाको दोस्रो दिनमा लोकचन्द्र श्रेष्ठले सन्थाल जातीको सतार नृत्य, पदमराज ढकालको सोरठि नृत्य, नगेद्र राईको डोकिनी र साकेन्वा लाक्छाम नृत्य, सन्दिप मण्डलको सामाचकेवा नृत्य, हर्क आलेको कौरा नृत्य, गोरन बहादुर चौधरी र सुभचन्द्र सुवेदीको सख्यारपैयाँ नृत्य, ओमप्रकाश बस्नेतको भानदान नृत्य, प्रितम लिम्बुको केलाङ नृत्य र पर्वत राईले चेपाङ जातीको झाक्रि नृत्यको विषयमा कार्यपत्र प्रस्तुतसँगै बहस भएको थियो ।

कार्यशालाको तेस्रो शत्रमा कल्याण राना मगरले सोरठी नचरी नृत्य, विकास घले गुरुङले नेपाली नृत्यको शैदान्तिक ज्ञान, तेजप्रसाद सिवाकोटिले विर्जा समूदायको डमकच नृत्य, प्रतिभा पुन मगरले म्याग्दी जिल्लामा बसोवास गर्ने मगर समूदायको पूर्खौली नृत्य र गम बहादुर गुरुङले कृष्ण चरित्र नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमा विभिन्न बिज्ञहरुले बिचार राखेका थिए ।

कार्यशालाको चौथो दिन पनि विभिन्न नृत्यमा बहस भयो । चौथो दिन अमन गुप्ताले मेचे समूदायको नाच, सन्तोष मगर र भुपेन्द्र रिखाम मगरले मगर जातीमा प्रचलित हुर्रा नाच, पवित्रा खड्काले तामाङसेलो नृत्य, प्रेम सुनामले मोरङ जिल्लामा प्रचलित लोक नृत्यहरुको बारेमा, अनु रजकले मुसहर समूदायको हुरका नृत्यको कार्यपत्र प्रस्तुत गरे । यस्तै चौथो दिन नै तुल्सी प्रभावले नेवारी समूदायको छाङछाङदि नाच, सुवेक्षा मेयाङवोले लिम्बु जातीको धान नाच, ओमप्रकाश बस्नेतले विदापद नृत्य, चिना नेपालीको हुड्केली नृत्य, अमित प्रसाईले हुदुलधुरा नृत्य, नगेन्द्र राईले स्यादर पिदार र धिमाल नृत्य, हर्क आलेले झाम्रे नृत्य र मनोज राजवंशीले झिझिया, विदापद नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमा छलफलसँगै सुझाब पनि बिज्ञहरुले दिए ।

कार्यक्रमको अन्तिम दिन मँगलबार चिना नेपालीको छलिया नृत्य, सुलप खतिवडाको लाप्चा जातीको तेन्दोङ लार्फाक नृत्य, विकास घले गुरुङको पैस्यारु नृत्य, नगेन्द्र राईको सेग्रो नृत्य र गोरे गुरुङको घाटु नृत्य विषयको कार्यपत्र प्रस्तुतिसँगै कार्यपत्रमा छलफल भएके थियो ।

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...