Sunday, January 07, 2024

संघीयता कार्यान्वयनका राजनीतिक आयाम

 संघीयता कार्यान्वयनका राजनीतिक आयाम

ठूलो संख्याका मन्त्रालय र मन्त्री, अनावश्यक राजनीतिक नियुक्तिहरू, सवारीसाधनको भेल, विकास तथा सेवाप्रवाहमा अनुभूत प्रयासको कमीले प्रदेश तह फजुलखर्चीको पर्यायका रूपमा प्रतिविम्बित हुन थालेको छ

आश्विन २, २०७९पूर्णचन्द्र भट्टराई

नेपाल संघीय शासन प्रणालीको प्रारम्भिक चरणमा छ संघीयता कार्यान्वयनको समग्र गति निकै सुस्त संघीय प्रणालीको बुझाइमा समेत अलमल देखिन्छ संघीय शासन प्रणालीका राजनीतिक, प्रशासनिक र वित्तीय पाटाहरू हुन्छन् जसको सिलसिलाबद्ध र एकीकृत प्रयासबाट संघीय प्रणालीको कार्यान्वयन प्रभावकारी हुन सक्छ

राजनीतिक संघीयता

संघीयता कार्यान्वयन मूलत: राजनीतिक मुद्दा हो संघीयताको आधारभूत सिद्धान्त भनेको राज्यको शक्ति अधिकारलाई एउटै ठाउँमा केन्द्रित नगरी राज्यका विभिन्न संरचनाहरूमा आदर्शतम बाँडफाँट गरिने मान्यता हो राज्यसत्ता शक्तिको वितरण तथा अधिकारको बाँडफाँट राजनीतिक प्रतिबद्धताबाट सृजित हुन्छ मुलुकको नेतृत्व संविधानले दिएको अधिकारको अभ्यास तीनै तहका निर्वाचित प्रतिनिधिहरूबाटै हुने वित्तीय प्रशासनिक पाटोलाई मार्गनिर्देशित गर्ने, समन्वय र प्रभावकारी बनाउने जिम्मेवारी पनि अन्तत: राजनीतिक क्षेत्रमा नै रहन्छ राजनीतिक नेतृत्वले नै प्रशासन वित्तीय प्रणाली सम्बन्धी विधि प्रणालीको स्थापना गर्छ यसैले संविधान कार्यान्वयनको मूल विषय नै राजनीतिक पक्षसँग जोडिएको हुन्छ, राजनीतिक क्षेत्रले नै संघीयता कार्यान्वयनका प्रक्रियालाई नेतृत्व र निर्देशित गर्छ

राजनीतिक संघीयतामा मूलत: (क) संविधान अनुसार राज्यको पुन:संरचना, (ख) निर्वाचित निकायहरूको स्थापना र क्रियाशीलता, (ग) विधि र प्रक्रियाको स्थापना, (घ) अन्तरतह समन्वय र विवाद व्यवस्थापन, (ङ) संघीय ढाँचामा राजनीतिक दलको संरचना निर्माणजस्ता मुख्यमुख्य विषयहरू पर्छन्

कार्यान्वयन अवस्था

नेपालले संघीय प्रणालीको कार्यान्वयनमा राजनीतिक पाटोमा सम्पादित मुख्यमुख्य कार्यहरू यस प्रकार छन्-

संविधानअनुसार राज्यको पुन:संरचना : नेपालको संविधान अनुसार राज्यको पुन:संरचनाको कार्य सम्पन्न भएको छ मुलुकमा तीन तहका सरकारका संरचनाहरू गठन भएका छन्, जस अनुसार संघका अलावा ७ प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय तह, यस अन्तर्गत ६,७४३ वडा कार्यालयहरूको संरचना स्थापना भएको छ

निर्वाचित निकायको स्थापना र क्रियाशीलता : संविधान अनुसार निर्वाचनबाट तीनै तहका व्यवस्थापिकाको निर्माण, सरकार गठन भई क्रियाशील भएका छन् संवैधानिक संरचना अनुरूप, राज्यका तीनै तहबाट संघीयताको अभ्यास भइरहेको छ नागरिकलाई राज्यका तीनै तहमा नेतृत्व चयन, परीक्षण र मूल्यांकन गर्ने अवसर प्राप्त भएको छ जनताको घरदैलोको सरकारका रूपमा स्थानीय तहको दरिलो उपस्थिति देखिएको

विधि र प्रक्रियाको स्थापना : संविधान कार्यान्वयनका लागि करिब ११० वटा विषयमा संघीय, करिब २२ वटा विषयमा प्रदेश र करिब ६ (अत्यावश्यक) वटा विषयमा स्थानीय तहका कानुनको तर्जुमा गर्नुपर्ने गरी पहिचान भएको थियो यस्तै, मौजुदा ३१५ भन्दा बढी ऐन तथा करिब २७० को संख्यामा रहेका नियमावलीहरूलाई समेत संविधान अनुकूल बनाउनुपर्ने (कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, २०७३) भनी पहिचान भएको थियो यीमध्ये हालसम्म संघीय ऐन ३४०, प्रदेश कानुन २१३ (मलेप प्रतिवेदन,२०७७) र औसतमा दर्जनभन्दा बढी स्थानीय कानुनहरू बनेका छन् यसै गरी धेरै पुराना कानुन संविधानअनुकूल बनाउने कार्य पनि भइरहेका छन् मौलिक हक कार्यान्वयन तथा अन्य केही आधारशिला कानुनहरूको निर्माण भएको प्रदेश र स्थानीय संघीय मापदण्डका आधारमा प्रशस्त विधि–प्रणालीहरू निर्माण भएका छन्

समन्वय र विवाद व्यवस्थापन : संविधानले अन्तरतह समन्वयका लागि अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ अन्तरसरकारी वित्त परिषद्, राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद्जस्ता संरचनाहरूको व्यवस्था गरेको छ जिल्लाभित्र समन्वयकारी भूमिकामा जिल्ला समन्वय समिति यसै गरी संघीय एकाइका व्यवस्थापिकाहरूबीच सामञ्जस्यका लागि सहकार्य हुने व्यवस्थासमेत कानुनले गरेको विवादका कतिपय विषयमा संवैधानिक बेन्चसमक्ष मुद्दाहरू प्रस्तुत भइरहेका छन्

संघीय ढाँचामा राजनीतिक दलको संरचना : मुख्य राजनीतिक दलका संगठनहरूसमेत संघीयताअनुकूल पुन:संरचित भएका छन् संघ, प्रदेश, स्थानीय तह र कतिपय राजनीतिक दलले त वडा तहसम्मै संरचनाहरू निर्माण गरेका छन्

समस्या

संघीयता कार्यान्वयनको राजनीतिक आयाममा निम्न प्रमुख समस्याहरू देखिएका छन्–

राजनीतिक स्वामित्वको कमी : संघीयताको कार्यान्वयनमा राजनीतिक दलहरूको नेतृत्वदायी भूमिका रहन्छ तर राजनीतिक दलहरूले लिनुपर्नेजति स्वामित्व ग्रहण नगरेको अवस्था राजनीतिक दलभित्र संघ बलियो बनाउने, कुनै अधिकार हस्तान्तरण गर्नुपरेमा स्थानीय तहमा पुर्‍याउन चाहने र संघीयताको पहिचान नै प्रदेश भएकाले प्रदेश मजबुत बनाउनुपर्छ भन्ने दुई धार (स्कुल अफ थट) का बीच अन्तरसंघर्ष प्रस्ट देख्न सकिन्छ संघीय प्रणालीका लागि आन्दोलन वकालत गर्ने दलहरूको राजनीतिक उपस्थिति कमजोर आवाज मलिन

प्रदेशको अप्रभावकारिता : प्रदेश आफैंमा नयाँ संरचना भएकाले राजनीतिक र वित्तीय दुवै हिसाबले कमजोर रहँदा संघीयता कार्यान्वयनमा यसको भूमिका फैलिन सकेको छैन, कार्यसम्पादनबाट पनि ‘प्रदेश सरकार’ ले खासै पहिचान दिन सकेको छैन संविधानमा उल्लिखित प्रदेशका २१ वटा एकल अधिकारमध्ये अरूको क्षेत्राधिकारसँग नखप्टिएका ९ वटा मात्र छन्Ù बाँकी अरू कि केन्द्रको क्षेत्राधिकारभित्र छन् कि त केन्द्र र प्रदेशको साझा अधिकारमा छन्, स्थानीय तहको अधिकार क्षेत्रमा दोहोरिएका छन्

ठूलो संख्याका मन्त्रालय र मन्त्री, अनावश्यक राजनीतिक नियुक्तिहरू, सवारीसाधनको भेल, विकास तथा सेवा प्रवाहमा अनुभूत प्रयासको कमीले प्रदेश तह फजुलखर्चीको पर्यायका रूपमा प्रतिविम्बित हुन थालेको छ यो समग्र परिवेशले ‘प्रदेश’ संघीयता नरुचाउनेहरूको पहिलो निसाना बन्न पुगेको दलहरूले प्रदेश जिल्ला समन्वय समितिलाई ध्यम तहका कार्यकर्ता थन्क्याउने स्थलका रूपमा प्रयोग गरिरहेका छन्

केन्द्रीकृत मानसिकता : जतिसुकै राजनीतिक आदर्शका नारा दिए पनि दलहरूमा सत्ताप्राप्तिसँगै केन्द्रीकृत मानसिकता हावी हुने प्रवृत्ति देख्न सकिन्छ विगतमा विकेन्द्रीकरणका माध्यमबाट सीमित शक्ति िक्षेपणमा अवरोध गर्ने एउटा सशक्त वर्गलाई संघीय शासन प्रणाली त्यसै पनि रुचिकर छैन

अधिकारको दोहोरोपन : संविधानको अधिकारसूची अन्तर्गत साझा अधिकारहरू विभिन्न तहका एकल अधिकारसँग दोहोरिएका छन् साझा अधिकारबारे स्पष्ट हुने गरी कानुन बन्न सकेको छैन लामो एकात्मक शासन प्रणालीमा जारी भएका कतिपय कानुनहरू अझै पनि संघीय प्रणालीअनुकूल हुन सकेका छैनन्

संविधानले तीनै तहका सरकारहरूलाई दिइएका अधिकारहरू कार्यान्वयन गर्दा संविधानसँग नबाझिने गरी र साझा अधिकारको हकमा एकअर्को तहको एकल अधिकारमा असर नपर्ने गरी कानुन बनाउने व्यवस्था गरेको छ तर संविधान जारी भएपश्चात् तर्जुमा भएका दर्जनौं कानुनसमेत प्रदेश स्थानीय तहको संवैधानिक अधिकारसँग बाझिएका छन् हालै गाउँ विकास समिति राष्ट्रिय महासंघले विगत वर्षको अवधिमा निर्माण भएका कानुनहरू सम्बन्धी अध्ययनले संघ प्रदेशबाट तर्जुमा भएका दर्जनौं कानुनले स्थानीय तहको संवैधानिक अधिकार संकुचन गरेको देखिएको छ कतिपय कानुन बने पनि राजनीतिक इच्छाशक्तिका कारण कार्यान्वयनमा आउन सकेका छैनन् प्रहरी समायोजन सम्बन्धी ऐन बनेर पनि कार्यान्वयन हुन सकेको छैन कतिपय ऐनहरू (मौलिक हक, अन्तरतह समन्वय आदि) तर्जुमा भएको लामो समय व्यतीत हुँदासम्म पनि नियमावली नबन्दा कार्यान्वयनमा आउन सकेका छैनन्

संघीयताका आयामहरूको व्यवस्थित र सिलसिलाबद्ध कार्यान्वयन : संघीय प्रणालीलाई दिगो र दरिलो बनाउन राजनीतिक संघीयतासँगै वित्तीय र प्रशासनिक संघीयता सन्तुलित ढंगले अगाडि बढ्नुपर्छ तर हालसम्मको अनुभव हेर्दा राजनीतिक संघीयताको तुलनामा अरू पाटाहरू अघि बढ्न सकेका छैनन् जसले गर्दा असन्तुष्टिहरू बढ्दै गएको देखिन्छ

आगामी कार्यदिशा

विभिन्न राजनीतिक प्रणालीको अभ्यासमा मुलुकले धेरै समय व्यतीत गरिसकेको छ जनताले चुनेको संविधानसभाले जारी गरेको संविधानको सफल कार्यान्वयन गर्न यस अवधिको संघीय अभ्यासको मूल्यांकन गरी कमीकमजोरी सच्याउँदै संघीय प्रणालीलाई सबल बनाउनुपर्ने हुन्छ संघीय प्रणाली खास गरी राजनीतिक संघीयताको कार्यान्वयन प्रभावकारी बनाउन निम्न प्रयास आवश्यक देखिन्छ-

संघीयता कार्यान्वयन कार्ययोजना निर्माण : संघीयता कार्यान्वयनको हालसम्मको अवस्था र प्रगतिको समीक्षा गरी सम्पादन गर्न बाँकी कामहरूका लागि कार्यान्वयन कार्ययोजना बनाएर समयबद्ध र सिलसिलेवार ढंगले अघि बढ्न आवश्यक हुन्छ कतिपय मुलुकले संघीयता अवलम्बनसँगसँगै यस्तो कार्यान्वयन कार्ययोजना बनाएर संसदीय निगरानीमा अनुगमन गर्ने गरेका उदाहरण छन्

निर्वाचन प्रणालीमा सुधार : संघीय प्रणालीको सफलताका लागि निर्वाचन प्रणालीमा सुधार जरुरी छ अहिलेको जस्तो निकै खर्चिलो चुनावले जनमतलाई धनमतले निर्देशित गर्ने जनताले सही प्रतिनिधि छान्न कठिन हुने गर्छ निर्वाचन प्रणालीमा सुधारका साथै निर्वाचन आयोगले कठोर निर्णय क्षमता प्रदर्शन गर्न जरुरी

बाझिएको कार्यक्षेत्र : संविधानमै दोहोरिएको कार्यक्षेत्रका विषयमा संवैधानिक स्पष्टता आवश्यक देखिन्छ साझा अधिकार सम्बन्धी कानुन तर्जुमाका साथै कार्यविस्तृतीकरण (अनबन्डलिङ) को पुनरवलोकन र अद्यावधिक गरी कानुन बनाउँदा यसलाई आधार लिनुपर्ने व्यवस्था गर्न सकेमा समस्या किनारा लगाउन सहज हुने थियो

कानुनमा सुधार : सरकारका तहहरूको कार्यक्षेत्रमा स्पष्टता संघीय प्रणालीको सफलतामा महत्त्वपूर्ण हुन्छ लामो एकात्मक शासन प्रणालीमा जारी भएका कतिपय कानुनमध्ये संघीय प्रणालीअनुकूल बनाउन बाँकी कानुनहरूमा शीघ्र सुधार आवश्यक छ संविधान जारी भएपश्चात् तर्जुमा एकअर्को तहको संवैधानिक अधिकार एवं कार्यक्षेत्र बाझिने कानुनहरू संशोधन गर्न जरुरी

लक्षित वर्गसम्म समावेशिताको लाभ : संघीयताको महत्त्वपूर्ण उपलब्धिका रूपमा समावेशितालाई लिने गरिएको छ समावेशिताको लाभ ‘सम्भ्रान्त/तरमारा वर्ग’ ले प्राप्त गरेको भनी आलोचना पनि उत्तिकै यसैले समावेशिताको लाभ सीमान्तीकृत लक्षित समूहसम्म पुर्‍याउन गर्नुपर्ने सुधारका सम्बन्धमा पनि काम हुनुपर्छ

संवैधानिक आयोगको समीक्षा : समावेशिताका क्षेत्रमा काम गर्ने केही संवैधानिक आयोगहरूको भूमिका दस वर्षमा पुनरवलोकन गर्ने संवैधानिक प्रावधान रहेकामा अब तीन वर्ष मात्र बाँकी छ अत: समावेशितामा हस्तक्षेपकारी सशक्त भूमिका निर्वाह गर्न सक्ने गरी विद्यमान आयोगहरूको संख्या र कार्यदायरामा छलफल चलाउनुपर्छ

प्रदेश भूमिकाको सबलीकरण : संविधान अनुसार राज्यको पुन:संरचना भई तीनै तहका सरकारको पुन:संरचना गरिएको भए पनि अभ्यासको हिसाबले संघीयताले निम्त्याएको प्रदेशको संरचना नितान्त नयाँ अभ्यास हो तर यो संरचनाले नै आफ्नो अस्तित्व प्रभावकारी रूपमा स्थापित गर्न सकेको छैन त्यसकारण यसको भूमिका सबल बनाउँदै प्रभावकारिता बढाउन आवश्यक

क्षमता विकास : जननिर्वाचित प्रतिनिधिहरूलाई आफ्नो भूमिका र संवैधानिक तथा कानुनी दायित्वबारे राम्रो बोध एवं राजनीतिक दलहरूमा संघीयताप्रतिको बुझाइमा प्रस्टता र कार्यान्वयनमा प्रतिबद्धता आवश्यक हुन्छ जनप्रतिनिधि सशक्त नभएसम्म जनउत्तरदायित्व निर्वाह गर्न पनि कठिन हुन्छ यसै गरी समावेशी प्रणालीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू खास गरी प्रदेश र स्थानीय तहका जनप्रतिनिधि (महिला, दलित र अल्पसंख्यकहरू) को क्षमता अभिवृद्धि नभएसम्म समावेशिताले सार्थकता पाउन सक्दैन यसैले लक्षित जनप्रतिनिधिहरूको क्षमता विकासमा थप प्रयास लगानी आवश्यक छ

अन्तरतह समन्वय संयन्त्रको क्रियाशीलता : संविधान संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भएकाले तीनै तहका सरकारहरू एकअर्काका परिपूरक हुन् यसैले अन्तरप्रदेश परिषद्, राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद्, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगजस्ता समन्वयकारी निकायहरूको भूमिकालाई प्रभावकारी बनाउन जरुरी हुन्छ अन्तरतह समन्वय सम्बन्धी संरचनाहरूको बैठक नियमित गर्ने, यसका समिति र विशेष समिति क्रियाशील गरी समन्वयद्वारा समस्या समाधानतर्फ अभिमुख गरिनुपर्छ

विधायिकी क्रियाशीलता : संघीयता कार्यान्वयनको मुख्य जिम्मेवारी सरकारको हो सरकार विधायिकाप्रति जवाफदेह हुन्छ यसैले संघीयता कार्यान्वयनमा विधायिकाको पनि उत्तिकै जिम्मेवारी हुन्छ संघीयता कार्यान्वयनको निगरानी गरी कार्यान्वयन पक्षलाई चुस्त पार्न र संघीय प्रणालीलाई लिकमा राख्न स्थायी सदनका नाताले राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा संसद्का दुवै सदनको प्रतिनिधित्व हुने गरी ‘अधिकारसम्पन्न संघीयता कार्यान्वयन तथा निगरानी समिति’ को गठन गर्न उचित हुन्छ

निष्कर्ष
नेपालले अनेकौं आरोह–अवरोह र लामो एकात्मक शासन प्रणालीपश्चात् संघीय प्रणालीको अवलम्बन गरेको छ मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि संघीयतालाई सफल पार्नुको विकल्प छैन

संघीयता कार्यान्वयनको नेतृत्व राजनीतिक तहबाटै हुनुपर्दछ राजनीतिक दलहरूका गतिविधि सरकारका क्रियाकलापमा संघीयताप्रतिको प्रतिबद्धता झल्किनुपर्छ विगतका अनुभवबाट पाठ सिक्दै व्यवस्थित कार्ययोजना लिएर संविधानको व्यवस्था अनुसार संघीय प्रणालीको कार्यान्वयनमा दृढताका साथ अघि बढ्नु आजको आवश्यकता हो

भट्टराई पूर्वसचिव हुन्

प्रकाशित : आश्विन २, २०७९ ०७:२२

नेपाली वास्तुकला र तिनका विशेषता


 

नेपाली वास्तुकला र तिनका विशेषता

https://chinarinepal.com  

वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने मन्दिरहरूलाई निम्न तीन प्रकारमा विभक्त गर्न सकिन्छ । प्यागोडा शैली (छाने शैली) हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने उद्देश्यबाट मन्दिर वास्तुकलाका नमुनाका रूपमा निर्माण गरिएका हुन्छन् । यस्तो प्रयोजनका लागी  विभिन्न स्वरूपका मन्दिरहरू निर्माण गर्ने चलन छ जसमध्ये प्रमुख नेपाली प्यागोडा शैली एक हो । प्यागोडा शैलीका मन्दिरहरू त्यस्ता मन्दिर हुन् जसमा अनेकन तल्ला हुने गर्दछन् भने यिनमा एकपछि अर्को गरी तह–तह परेका अनेकन संख्यामा छानाहरू पनि हुने गर्दछन् । तसर्थ यस्ता मन्दिरहरूलाई Multiple roofed temple or Tiered Temple पनि भनिएको पाइन्छ ।

प्यागोडा शैलीका मन्दिरहरूका  विशेषताहरू

१) मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू
२) विशेष प्रकारको गर्भगृह
३) तहतह परेको छानो
४) टुँडाल र तोरणको प्रयोग
५) इँटा र काठको रुचिपूर्ण संयोजन
६) मन्दिरबीचको भाग खोक्रो छाड्नु
७) तल्ले शैलीका मन्दिरहरू ज्यादै अलङ्कृत हुने ।

प्यागोडा शैलीमा निर्माण भएका नेपालका केही मन्दिरहरू निम्नानुसार छन ।

१) पशुपतिनाथ मन्दिर

शिखर शैली

शिखर शैलीका मन्दिरहरू विभिन्न स्वरूप र प्रकारका हुन सक्दछन् । सुलुत्त परेर माथि चुलिंँदै गएका झलक्क हेर्दा  खरजस्तो देखिने छाना नभएका मन्दिरको सम्पूर्ण रचना नै चुलिनाले गुम्वज जस्तो बनेको घामपानीबाट भित्र सुरक्षित हुने किसिमको निर्माणलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । बाहिर वरिपरि प्रदक्षिणापथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ । भारतमा गुप्त राजवंशीहरूको पालामा यस किसिमका मन्दिर बनाइन्थे ।

गुप्तहरूका समकालीन लिच्छवि राजाहरूको पालामा यस किसिमका मन्दिर बनेको पाइँदैन । तर मल्लकालमा सत्रौँअठारौँ शताब्दीमा यस्ता मन्दिरहरू निक्कै बने । यस किसिमका मन्दिरहरू प्रस्तरका टुक्राहरूलाई लेपले जोडेर बनाइन्छ भने इँट निर्मित मन्दिरहरूमा बाहिरबाट बज्रलेप  गरी झरीबतास आदिबाट सुरक्षित गर्ने गरेको देखिन्छ । यस शैलीका मन्दिरहरू ब्रह्मा मन्दिरपाटनको श्रीकृष्ण मन्दिरपाटनको महाबौद्ध मन्दिर हुन् । यो शैलीको मन्दिरहरू मुख्य गरी नागरद्रविड र वेशर प्रकारका हुन्छन् ।

शिखर शैलीका विशेषताहरू

१) सामान्यतया विभिन्न तहका पेटीमाथि शिखर मन्दिर स्थापना गर्नु ।
२) मन्दिरअगाडि एउटामात्र मण्डप निर्माण गर्नु ।
३) प्रदक्षिणापथको व्यवस्था गर्नु ।
४) बत्ती बाल्ने दियाहरू राख्नु ।
५) गर्भगृहमा मन्दिरका मूल देवताको प्रतिमा स्थापना गर्नु ।
६) धेरै तलाहरू निर्माण नगर्नु ।
७) मन्दिरमा छानाको आवश्यकता महसुस नगरी शिखरलाई नै छानाको रूपमा प्रयोग गर्नु ।
८) शिखर उँभोतिर सानो हुँदै गएको बनाउनु ।
९) विभिन्न रथहरूको प्रयोग गर्नु ।
१०) उरुश्रृङ्गको प्रयोग गर्नु ।
११)  त्रिरथपञ्च रथ र सप्त रथको कल्पना गर्नु ।
१२) आमलकछत्र र गजुरको प्रयोग गर्नु ।

शिखर शैलीबाट बनेका केही मन्दिरहरू

१) पशुपतिको प्राङ्गणको ब्रह्मा मन्दिर

२) पाटनको महाबौद्ध मन्दिर

३) पाटनको कृष्णमन्दिर

४) भक्तपुरको वत्सलादेवी मन्दिर

५) स्वयंभूको प्रतापपुर र अनन्तपुर

६) पाटनको च्यासिँदेग 

७) पाटन शङ्खमूलको जगत् नारायण मन्दिर

८) ललितपुर बुङ्गमतीको मत्सेन्द्रनाथ मन्दिर

९) मिश्रित शैली


भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानुकुमारीले वि.स. १८९५ मा निमार्ण कार्य सुरु गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो । राजपुत शैली र मुगल शैली अर्थात शिखर र गुम्बज शैलीको विशिष्ट मिश्रित स्वरूप हो ।

नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छः वास्तुकलाचित्रकलामूर्तिकला र काष्ठकला ।











Tuesday, January 02, 2024

यसरी मनाइयो ललितपुरमा उधौली पर्व

यसरी मनाइयो ललितपुरमा उधौली पर्व 
पुस १०, २०८०
तस्बिर : अंगद ढकालतस्बिर : सन्जोग मानन्धर

ललितपुर — प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाइएको छ । हरेक वर्ष संसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । ललितपुरमा मंगलबार किराती समुदायले किरात पूजाघरमा जम्मा भएर उधौली चाड मनाएका छन् 



किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । यस चाडमा किरातीहरु एकापसमा भेला भएर संगठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।

किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ ।

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

 

Saturday, December 23, 2023

सोरठी जोगाउनै मुस्किल

 



सोरठी जोगाउनै मुस्किल

टोपलाल अर्यालगुल्मी, naya patrika,

२०८० कार्तिक २९ बुधबार ०७:३०:००

 

गुरुमा ६२ वर्षीय डम्बरबहादुर थापाले सोरठीको साँखी बाँधेपछि मादले रिमलाल थापाले मादल घन्काए। घेरामा उभिएका कलाकारले सोरठी लयमा स्वर भर्न थाले। पुर्सुंगे तीलबहादुर थापासँगै महिला भेषका मारुले अशोक राना र चित्रबहादुर थापा भुर्न (नाच्न) थालेपछि मुसिकोटको बामी बसपार्क सोरठीमय बन्यो। 

डम्बरबहादुर थापा १२ वर्षदेखि सोरठीका गुरुमा हुन्। गुरुमाले सोरठीको नेतृत्व र सुरुवात गर्छ। सोरठी देख्दा निकै आनन्द आउँछ। तर, प्रस्तुत गर्न सजिलो छैन। सोरठीका १६ चरण (हाँगा) हुने भएकाले लामो हुन्छ। गाउँको एक घरमा सोरठी खेल्ने र छिमेकीहरू जम्मा भएर सोरठी हेर्ने चलन रहेको थापाले बताए। 

पश्चिमी संस्कृतिका कारण युवाहरूबीच नेपाली मौलिक लोक भाका, संंस्कार र संस्कृति गुमनाम बनिरहेका वेला बाग्लुङको रिघामा सोरठी पुस्तान्तरणको प्रयास गरिएको छ। रिघामा तिहारको पाँच दिन खुबै सोरठी खेलिन्छ। ‘गाउँमा पुराना गुरुमा र कलाकार छैनन्। कोही बिते कसैले बिस्तारै छोडे,' उनले भने, ‘सानो प्रयास र देखासिकी गरेर सोरठी आउँदैन।’ सोरठीको लागि समय धेरै चाहिने भएकाले सबैको घरमा खेल्न सम्भव छैन। 

सोरठीलगायतका संस्कृति जोगाउन चुनौती

टोलटोलमा खेलिने भएकाले सबैले थोरै धेरै गरेर पचास हजारदेखि एक लाखसम्म पैसा पनि दिन्छन्। तर, स्थानीय रूपमा पैसाभन्दा संस्कृतिको संरक्षणलाई जोड दिइएको सोरठी समूहको नेतृत्वकर्ता दलबहादुर बुढाथोकीले बताए। उनले गाउँमा युवापुस्ता नै कम हुन थालेपछि सोरठीलगायतका संस्कृति जोगाउन चुनौती रहेको बताए। जिटिभी नेपालले आयोजना गरेको सोरठी नृत्य प्रतियोगितामा बाग्लुङ गल्कोट नगरपालिका–११ को सानो रिघाको सोरठी प्रथम बनेको छ।

गुल्मीको मुसिकोट नगरपालिका–८ मालारानीका ६१ वर्षीय टेकबहादुर छन्तेल सोरठीका गुरुमा हुन्। उनले चारै दिशाका देवीदेवता भाकेपछि सोरठीको मेलो सुरु हुन्छ। मादलका गुरु टेकबहादुर श्रीस र तुलप्रसाद छन्तेलले मादल ठोकेपछि घाँगर, धोती, इस्टकोट र सेतै साफाले सजिएका पुर्सुंगे तेजबहादुर छन्तेलसँगै महिलाको पोसाकमा अभिनय गर्ने मारुले गोविन्द छन्तेल र उमेश दर्लामी नृत्यमा बग्छन्। 

गुम–गुम मादलको लामो स्वरमा गाइने सोरठी र भुर्भुर नृत्य दर्शकका बीच निकै मनमोहक देखिन्छ। मालारानी जनजातिहरूको राम्रो बसोबास भएको गाउँ हो। तर, सबै समुदाय मिलेर सोरठी खेल्दै आएको गुरुमा टेकबहादुर छन्तेलले बताए। छन्तेलले सोरठी पाको पुस्तामा रहेकाले पुस्तान्तरणका लागि युवाहरूमा चासो नरहेको गुनासो गरे। यद्यपिआफूहरूले नै सोरठीको जीवन्तता बचाइरहेको छन्तेल बताउँछन्। मालारानीको सोरठी समूह जिटिभी नेपालले आयोजना गरेको सोरठी नृत्य प्रतियोगितामा दोस्रो बनेको थियो।

आफ्नो कला र संस्कृति प्राणभन्दा प्यारो

सोरठी नाच्न र गाउन अब्बल गंगुप्रसाद छन्तेल, गुरुमा हरिलाल छन्तेल र नरबहादुर छन्तेल दिवंगत भए। ८९ वर्षीय खड्गबहादुर घर्ती अझै पनि सोरठी खेल्छन्। घर्ती १४ वर्षको उमेरदेखि सोरठी नाच्न थालेका हुन्। उनका बाउबाजेहरू पनि सोरठीका कलाकार थिए। उनैबाट खड्गबहादुरले पनि सिके। 

उनीसँग गाउने, नाच्ने र बजाउने सबै कला छ। उमेरले रातिमा खेल्न र टाढा पुग्न सक्दैनन्। तर, नजिकमा सोरठी छुटाउँदैनन्। किनकि गाउँमा आफ्नो शेखपछि पनि सोरठी जीवितै रहोस् भन्ने चाहना घर्तीमा छ। ‘पल्टनभन्दा पहिले सोरठी सिकेर गाउने र नाच्ने गरेँ। पेन्सनपछि सोरठीसँगै घाटु नाच भित्र्याएँ,' घर्तीले भने, ‘आफ्नो कला र संस्कृति प्राणभन्दा प्यारो लाग्दो रहेछ।’ जैसिंगे राजाको जीवन गाथा, देविदेवताको नामसँगै बीचबीचमा चुट्कासहित सोरठी प्रस्तुत गरिन्छ।

तिहारपछि मंसिरको पूर्णिमासम्म सोरठी खेलिने भएकाले गाउँ, छिमेकसँगै बामी, बुर्तिबाङदेखि बुटवलसम्म पुगेर सोरठी खेलिएको खड्गबहादुरले सुनाए। मालारानीमा सोरठी र घाटुबाट उठेको रकमले थुप्रै सामाजिक कामहरूसमेत भएका छन्। 

नयाँ पुस्तालाई छैन चासो

सोरठी दिनरात खेलिन्छ। गाउँको मूलघरमा देवी बाँधेपछि गाउँ डुल्न फुक्छ। आफूहरूले दुई रात नसुतेर पनि सोरठी खेलेको सम्झिँदै घर्तीले नयाँ पुस्तामा चासो नभएको बताए। ‘त्यो वेला बाउबाजेको डर हुन्थ्यो, त्यसैले सिक्ने र खट्ने हुन्थ्यो। अहिलेको पुस्ता सुन्न, हेर्न र सिक्न उत्सुक छैन,' उनले भने, ‘म आफैँ टोलीमा उभिएर नयाँलाई सोरठी सिकाइरहेको छु।’

गाउँमा निकै प्रख्यात मानिएको सोरठी हराउँदै जान थालेपछि जिटिभी नेपाल सूचना केन्द्रले वार्षिक उत्सवको अवसरमा सोरठी नृत्य प्रतियोगिता आयोजना गरेको थियो। गुल्मी र बाग्लुङका १० समूहले प्रतियोगितामा भाग लिएको केन्द्रका अध्यक्ष दीपक नेपालीले बताए।

Rajendra Bikram Kunwar

मारुले बोलिचालिको भासामा प्रयोग गरिए पनि मारुनी सहि हो ।
दसैंको कालरात्रीमा स्थानिय कोतमा देविबन्धना सङै ध्वजा बाँधेपछी सोरठी फुक्ने र गाइतिहारको साँझ सोरठिको गुरु (ठूलो नाँचको नाइके) घर वा स्थानिय कोतमा बाध्यबादनका साधन तथा पहिरनका सामाग्री सङै देवि देवताको प्राथना, पूजा र ध्वजा अर्पण गरेर भैलो, सोरठिको आरम्भ गर्ने गरिन्छ ।

 

 


दलितलाई खै ?

  दलितलाई खै ? सञ्जीव कार्की भदौ १६ , २०८१ आइतबार ९:२५:५१ माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको , दा...